पहिलो अनुभवमै ‘अन्नपूर्ण आधार शिविर’! भएन न त मजा
३० जेष्ठ २०८०
•
६ मिनेट पाठ
पहिलो अनुभवमै ‘अन्नपूर्ण आधार शिविर’! भएन न त मजा
धेरै जनामध्येबाट थोरै हुन्छन्, हिमाल आरोहणको सपना देख्नेहरु। ती मध्ये अझै थोरै हुन्छन्, ती सपना पूरा गर्नेहरु। हिमाल आरोहण गर्न साहस नहुनेहरुको अर्को सपना बन्न सक्छ, आधार शिविरसम्मको यात्रा। त्यही आधार शिविर यात्राको सपना देख्ने एउटा पात्र थिए म।




जीवनमा एकचोटी अन्नपूर्ण आधार शिविरसम्म पुग्ने सपना थियो मेरो। त्यहि सपनालाई पूरा गर्न गत चैत १० गते अन्नपूर्ण आधार शिविरको यात्रामा निस्किए म। यो यात्रामा निस्किदै गर्दाको उत्साह एकातर्फ थियो भने कसरी जान सक्छेस् भन्ने प्रश्नहरुले गर्दा सक्छु र भन्ने सोच अर्कोतर्फ थियो। यहि दोधारबीचको यात्रामा निस्किदै गर्दा अन्नपूर्ण आधार शिविर जसरी नि पुग्छु भन्ने प्रण चै गरेको थिए। मेरो सपना पुरा गर्न मैले लामो यात्रा तय गर्ने निधो गरे।

यो यात्रामा संगै हुनुहुथ्यो एनिका राई दिदि। दुबैको गतव्य एउटै, ‘अन्नपूर्ण आधार शिविर’। पोखराबाट ‘हुदु’ भन्ने ठाउँसम्मको यात्रा गाडीमा सुरु ग¥यौं। पोखराबाट घान्दु्रक हुँदै पनि आधार शिविर जान सकिँदो रहेछ। हामी भने हुदुको बाटो हुँदै गर्यौं। हुदुबाट २ घण्टाजति हिडेर हामीले पुनः गाडीको यात्रा गर्यौ। गाडीले हामीलाई ‘झिनु’ पुर्याइदियो। त्यसपछि सुरु भयो वास्तविक पद यात्रा।

झीनुबाट सिधै उकालो पहाड चढनु पर्छ। बाटो भने कतै राम्रो छ कतै अलि बिग्रिएको। उकालो चढेर झिनुको डाँडामा पुगेर तलतिर हेर्दा लाग्छ कसरी हिडियो यति धेरै उकालो? त्यसपछि आउँछ छुम्रुङ। माथि डाँडाबाट हेर्दा छुम्रुङ असाध्यै राम्रो देखिन्छ। गाउँको बीचबाट हिड्ने बाटो, ढुङ्गा हालेका घरको छाना अनि हरियाली बाताबरण। छुम्रुङलाई छोड्दै ओरालो झरेपछि नदि आउँछ अनि त्यसपछि आउँछ ‘सिन्हा’को बाटो।

पहिलो दिन सिन्हामा गएर बस्यौं। होटलको सत्कार र संचालकहरुको व्यवहार लोभ लाग्दो थियो। होटलकी दिदि भन्दै हुनुहुथ्यो, ‘नेपाली पर्यटकहरुलाई हामीले कम पैसा लिन्छौं। यसले नेपाली पर्यटकहरुको आगमन पनि बढुन् भनेर हो।’ यो पक्ष मलाई निकै मन परेको थियो। मानविय स्वभाव नै हो, सस्तो फेला पारेपछि खुसी हुने।

दोस्रो दिन बिहानी खाजा खाएपछि हाम्रो पाइला अगाडि बढे। हामी जतिसक्छौं त्यति लामो बाटो हिड्ने भनेर अगाडि बढेका थियौं। बाटोमा बेस क्याम्प जाँदै र आउँदै गरेका स्वदेशी र बिदेशी पर्यटकहरु बाक्लै भेटिन्थ्ये। थकित भएपनि भेटिएपछि एकअर्कालाई गरिने त्यो मुस्कानसहितको नमस्कारले ती थकान सबै मेटिन्थ्ये। त्यहि बेला बुझे मैले एक मुस्कानले मानिसलाई कति प्रेरणा मिल्छ भनेर। अझ पदयात्रामा ‘मुस्कान’ आत्मबलका लागि कम्ता चाँहिदैन।

सिन्हाबाट हिडेको हामी दोभान पुग्दा मौसममा केहि परिवर्तन भयो, पानी पर्ला जस्तो भयो। दोभानबाट हामी केही अगाडी बढ्दै गर्दा ठूलो पानी नै पर्यो। पानीसंगै असिना पनि। पानीसंगै रुझदै हामी देउराली पुग्यौं। त्यहा पुग्दा त हिउँ नै पर्न थाल्यो। आहा! हिउँ । यसरी हिउँ परेको मैले जीवनमा पहिलो चोटी प्रत्यक्ष रुपले देखेकी थिए।

हामी देउरालीबाट पनि अगाडी बढ्यौं। बेस क्याम्प पुग्ने उत्साह, हिउँको चिसो अनि खुट्टाको दुखाई कहिलेकाहि लाग्थ्यो सक्दिन की के हो?

हिउँको रमाइलोसंगै हामी हिंडिरहयौं। धेरै हिउँ परेकाले हिड्नलाई भने असहज भएको थियो। ओडार भन्ने ठाउँबाट देउरालीसम्म पुग्ने बाटोमा भने हिउँपहिरो जाँदो रहेछ। हामीलाई अन्य व्यक्तिहरुले भन्दै थिए यहाँ त हिउँपहिरो जान सक्छ, अलि छिट्टो छिट्टो हिड्नु। बल्ल बल्ल यात्रामा निस्किएको म, हिउँपहिरोको डरले उत्तिकै सतायो।  

तेस्रो दिन बिहान देउरालीबाट हामी अगाडि बढ्यौं। धेरै हिउँ परेकोले हिड्न गाह्रो थियो। बाटो पुरै हिउँले छोपिएको। हिउँमाथिबाट बनेको बाटो हिड्नुपर्ने। तर हिउँले छप्पकै छोपेको हिमाल, अनि आइरहेको चिसो सिरेटो त्यसले छुट्टै उर्जा दिथ्र्यो। त्यहाँबाट हामी खोलाको किनारै किनार अगाडि बढ्यौं। देउरालीबाट अगाडी बढ्दाको बाटो भने त्यति राम्रो छैन्। वर्षेनी हजारौें यात्रा गर्ने बाटोको हालत देख्दा दुःख लाग्यो। सरकारसँग गुनासो पनि उत्तिकै। हाम्रो कर–कर सुनेर होला बाटोमा भेटिएका ट्रेकिङ्ग गाइड दाईहरुले भन्दै हुनुहुन्थ्र्यो, ‘अब बनाउँछ होला यहाँको पनि बाटो।’

त्यसपछि हामी पुग्यौं माछापुच्छे« बेस क्याम्प। माछापुच्छे« बेस क्याम्प ३ हजार ७ सय मिटरको उचाइमा छ। त्यहाँ पुग्दा मलाई लागेको थियो कोही साच्चिकै घुम्ने योजना बनाउदै छन् भने अन्नपूर्ण बेस क्याम्पको यात्रा राम्रो हुन सक्छ। माछापुच्छे« बेस क्याम्पबाट करिब २ घण्टा हिडेपछि अन्नपूर्ण बेस क्याम्प पुगिदो रहेछ। हामी त्यो रात अन्नपूर्ण बेस क्याम्प नै बस्ने भनेर अगाडि बढ्यौं।

जति जति हामी माथि पुग्थ्यौं, त्यति नै हामीलाई गाह्रो भएको जस्तो महसुस हुन्थ्यो। हिउँको बाटोलाई छिचोल्दै हामी अगाडी बढ्यौं। बेस क्याम्प पुग्नै लाग्दा ठूलो हावा चल्यो, हिउँहरु उडाएर बाटो नै देखिन छाड्यो। त्यो बेला भने मेरो मन चिसो भएको थियो। केहि त हुने होइन भनेर। त्यो समयमा मलाई टाउको दुख्नुका साथै सास फेर्न गाह्रो भएको थियो। तर केहि समयपछि हावा चल्न रोकियो हामी गतव्यतर्फ बढ्यौं। झण्डै आधा घण्टा हिडेपछि अन्नपूर्ण बेस क्याम्प लेखिएको ठाउँमा पुग्यौं। त्यहाँ पुग्दा मेरो खुशीको सिमा नै थिएन्। हामी त्यो रात बेस क्याम्प नै बस्यौं।  

हाम्रो यात्रामा भेटिएका थिए ट्रेकिङ्ग गाइड तेन्जिङ नोर्वे शेर्पा। उनले थाइल्याण्डको टिम लिएर जाँदै थिए। हामी सिन्हादेखि नै त्यही टीम संगसंगै थियौं। हामीसंग उनले गरेको व्यवहार कम्ता अभिभावकिय थिएन्। बाटोमा अन्य गाइडहरुसंग पनि हामी गफ गर्दै गएका थियौं। केहि राम्रैसंग बोलेका थिए केहिको बोलाई असामान्य थियो। असामान्य बोल्नेहरुलाई देखेर मलाई लागेको थियो सबै क्षेत्रमा एउटा न एउटा नराम्रा मान्छे हुँदा नै रहेछन्।  

थकित भएर बेस क्याम्पमा पुगेका हामीलाई रमाइलो गर्न भने थकानले छेकेन राती ११ बजेसम्म नाचेर बस्यौं। सुनसान बेस क्याम्प,स्पीकरमा बजेको गीत छेक्यो छेक्यो देउराली डाडा कुइरो र हुसुले अनि हामी दुई जना र हामी संगै गएको ग्रुपको नाच। मैले सोचेको पनि थिइन त्यस्तो थकित हुँदा नी त्यति रमाइलो गरिन्छ भनेर।

भोलिपल्ट हामी सुर्य उदाएको हेर्ने योजनामा थियौं। बिहान उठेर हामी सुर्य उदाएको हेर्न निस्कियौं। चारैतिर हिमालले घेरेको, हिमाललाई हिउँले छपक्कै छोपेको अनि हिमालको टुप्पोमा बिहानी सुर्यको किरण वर्णन गर्ने कुनै शब्द नै छैन्।

केहि फोटो र भिडियो खिचेपछि हामी बेसक्याम्पबाट फर्कियौं। फर्किदै गर्दा मलाई लागेको थियो अब जीवनमा मैले यस्तो यात्रा गर्न सक्छु कि सक्दिन्। यसरी पुरा गरे मैले मेरा एउटा रमाइलो सपना।  
अर्को समाचार
अन्नपूर्ण आधार शिविरमा ‘पञ्चकुण्ड ताल’को छुट्टै आकर्षण
१० जेष्ठ २०८०
•
३ मिनेट पाठ
अन्नपूर्ण आधार शिविरमा ‘पञ्चकुण्ड ताल’को छुट्टै आकर्षण
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ले पर्यटकलाई आकर्षित गर्ने गरेको छ।




समुद्री सतहबाट चार हजार एक सय मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यो ताल अन्नपूर्ण हिमाल आरोहण र आधार शिविरको भ्रमणमा जाने पर्यटकको मुख्य आकर्षणको केन्द्र बनेको छ।

यस क्षेत्रमा पुग्ने पर्यटक हिमालको फेदीको उपत्यकामा आकाशे निलो रङको पानीले भरिएको तालको अवलोकन गर्दा मोहित भएर फर्कने गरेका छन्। पहिलोपटक आधार शिविर पुगेका अन्नपूर्ण गाउँपालिका-७ हिस्तानका प्रदीप पुनले हिमालकै फेदीमा प्राकृतिक सुन्दरताको छटाले भरिएको पञ्चकुण्ड ताल अवलोकन गर्दा पैदलयात्राका सबै दुःख बिर्साएको बताए।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ले पर्यटकलाई आकर्षित गर्ने गरेको छ।
‘आधार शिविरबाट वरिपरि घेरिएको हिमाल, हिमालको फेदीमा यति विशाल ताल, हिमतालकै वरपर वर्षौँदेखि जमेका हिउँको ग्लेसियरका अनौठा आकृति, एउटै आकाशे रङमा देखिने तालको पानी नियाल्दा समय बितेको पत्तै नहुने रहेछ’, उनले भने।

ग्लेसियर क्षेत्रमा फैलिएको यो हिमताल हिउँद याममा विभिन्न पाँच कुण्डको आकृतिमा देखिने भएकाले कुण्डको नाम पञ्चकुण्ड नामकरण गरिएको नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङले बताए।

उनका अनुसार सन् १९५० तिर हिमाल आरोही लिएर आएका शेर्पाहरूले यसको नाम डिकिचो ताल भनेर नामकरण गरेका थिए। हिमालको फेदीमा उच्च उचाइमा रहेको कारण पानी जमिरहने भएकाले जम्ने तालको अर्थका रूपमा शेर्पाहरूले डिकिचो ताल नामकरण गरेको भएपछि स्थानीयवासीले तालको भू-बनोटका आधारमा पञ्चकुण्ड नामकरण गरेको गुरुङले बताए।

ग्लेसियर क्षेत्रमा फैलिएको यो हिमताल हिउँद याममा विभिन्न पाँच कुण्डको आकृतिमा देखिने भएकाले कुण्डको नाम पञ्चकुण्ड नामकरण गरिएको नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङले बताए।
नारच्याङबाट ‘मौरिस हर्जोग पदमार्ग’ हुँदै एकदेखि दुई दिनको यात्रामा पञ्चकुण्ड तालमा सजिलै पुग्न सकिन्छ। आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकका लागि कुण्ड नै पहिलो र प्रमुख आकर्षणका रूपमा रहेको छ। निलो रङले भरिए जस्तै देखिने पञ्चकुण्ड ताल परिसरबाट अन्नपूर्ण हिमालका साथै फ्रेन्क, तिलिचो र निलगिरि हिमालको मनमोहक दृश्य फन्को मारेर अवलोकन गर्न सकिन्छ।

वरिपरि हिमालले घेरिएको उपत्यकामा निलो तालको मनमोहक प्राकृतिक सौन्दर्य लोभलाग्दो रहेको आधार शिविर क्षेत्रमा पुग्नुभएका आन्तरिक पर्यटक धनीलाल गर्बुजाले बताए। तालमा देखिने हिमालको छाया र उज्यालो बढ्दै जाँदा गाढा हुँदै जाने तालको पानीको निलो रङले पहिलोपटक पुग्ने जो कसैलाई आश्चर्यमा पार्ने गर्बुजाले अनुभव सुनाए।

वरिपरि हिमालले घेरिएको उपत्यकामा निलो तालको मनमोहक प्राकृतिक सौन्दर्य लोभलाग्दो रहेको आधार शिविर क्षेत्रमा पुग्नुभएका आन्तरिक पर्यटक धनीलाल गर्बुजाले बताए।
ताललाई धार्मिक गन्तव्यका रूपमा विकास गराउन शिवमन्दिर र गुम्बासमेत निर्माण गरिएको छ। हिमाल आरोहण र आधार शिविरको भ्रमणमा आउने पर्यटकले हिमालको मूलबाट सकंलन भएको तालको पानीले स्नान गरेर शुद्ध भएर शिवमन्दिर र गुम्बामा पूजाआजा गर्दै आएका छन्।

पञ्चकुण्ड तालबाट निकास भएर जाने पानीमाथि पुल निर्माण गर्ने र सुरक्षित रूपमा अवलोकन गर्ने पूर्वाधार बनाउन पहल गरिने नर्थ अन्नपूर्णको प्रवद्र्धनका लागि आधार शिविर पुगेका अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए।

नारच्याङबाट ‘मौरिस हर्जोग पदमार्ग’ हुँदै एकदेखि दुई दिनको यात्रामा पञ्चकुण्ड तालमा सजिलै पुग्न सकिन्छ।
सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेका थिए। हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै २०६८ सालमा ‘मौरिज हर्जोग पदमार्ग’को पहिचान गरिएको थियो।

अन्नपूर्ण र निलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृंखला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै नारच्याङको हुमखोलासम्म सवारीसाधन र त्यहाँबाट २२ किलोमिटर पैदलयात्रा गरेर आधार शिविर पुग्न सकिन्छ।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस