अचम्म लाग्यो। साढे पाँच बजेसम्म पनि युपीमा चर्को र चरक्क पोल्ने घाम लाग्दोरहेछ।
मै हुँ भन्ने विदेशी कम्पनीले उत्पादन गरेका सन्स् ब्लक क्रिमहरु पनि बिहारी घामको अगाडि निरीह हुँदा रहेछन्। त्यसैले होला युपी र आसपासमा गोरा अनुहारको खडेरी।
जलवायु परिवर्तनले गर्दा चर्को घाम लागेकोचाहिँ पक्कै होइन। आजकल त कपाल झरे पनि जलवायु परिवर्तनको असर भन्न थालेका छन्।
यतिमात्र होइन सीमा सुरक्षामा बसेका जवान पनि गोरा अनुहार देख्नेबित्तिकै झस्किँदा रहेछन्। हत्त न पत्त राहदानी माग्दा रहेछन्। यात्राका सहभागी पत्रकार कुशललाई एकैछिन अत्ताइहाले नि एसबीआई जवानले। हेर्दै गोरा अनि दाह्री र कपाल पालेका उनलाई टाडैबाट 'वाच' गरेका रहेछन्। हामीले हाम्रा झोला देखाउँदै गर्दा जवानले भने-तपाईंहरुलाई होइन ऊ त्यो मान्छेलाई बोलाएको।
कुशल नजिक आएर जब मुस्कुराए अनि हल्का आवाज निकाले। 'वोह् आप नेपाली है। काठमाडौ से है। मै तो पासपोर्ड माग रहाथा। जाइए जाइए' एकैछिन साथीहरु माझ हाँसोको फोहोरा छुट्यो। घामबाट केही छिन भए पनि राहत पाए साथीहरुले।
मिसन लुम्बिनी। तर आकस्मिक कार्यक्रम र योजना पत्रकारिताका लागि अपरिहार्य। रोचक घोचक र आकस्मिक घटनाबिनाको यात्रा शायद हामी सबैका लागि 'बोरिङ्ग' हुने निश्चित थियो।
अनि हामी लागेका थियौ विगतमा निकै विवादमा आएका बाँधहरुमध्येको 'रसियाल खुर्दलोटन' हेर्न युपी सीमामा। बाह्र जनाको टोली। स्थानीय पत्रकार नारायण पनि साथमा थिए। अर्का पत्रकार शेरबहादुर पनि। तर यी सबै त्यस ठाउँका लागि नयाँ नै थिए। झण्डै १२/१५ ठाउँमा सोधियो होला 'भाइ साहेब खुर्दलोटन बाँध कौन सी रास्ते से जाता है ' हामीले सोधेका सबै स्थानीयलाई भेला पारेको भए हामी उनीहरुको कुटाईबाट घाइते भएर अस्पताल पुग्ने थियौं । न भाषा मिल्थ्यो न त तरिका नै । तपाईहरु आफै विचार गर्नुहोस् ।
त्यसै त जापानी गाडी, त्यो पनि शोरुमबाट निकालेको पन्ध्र दिन मात्र भएको । चालक फेरि यस्ता परेछन् तराईको अनुहारै नदेखेका । हरेक कुरा नयाँ । सडक नयाँ । खाल्डा नयाँ । भाषाको कुरै नगरौं । स्थानीयलाई बाँध पुग्ने बाटो सोध्दासोध्दै जतिबेला पनि 'रास्ता आगे जाता है रास्ता आगे जाता है' भन्न थाले चालक रामराजाले । हामीले केही कुरा सोध्दा पनि त्यही शब्दमात्र दोहोर् याउन थाले । तर रिस भने पटक्कै रहेनछ, खुसी लाग्यो । भएको भए त स्थानीय टोली नेता र पत्रकारले चालकको हातबाट कुटाई खान्थे । तपाईं आफै बुझ्नुस त्यो गाडी गन्तव्यस्थल कसरी पुग्यो होला, बीचबीचमा पत्रकारद्वय प्रगति र नीरा निकै दिक्क मान्थे । 'बेकारमा आइएछ कति टाढा हो' भन्दै कराउँथे तर के गर्नु ? आफूलाई अलि पाको पत्रकार देखाउने कसरतमा लागेका रामप्रसादले 'बि पोजेटिभ बि पोजेटिभ' भन्दै उनीहरुलाई बेलाबेलामा थमथमाउँथे ।
हामीसँग एक जना लुकेकी प्रतिभा पनि थिइन। हुन त उनी रेडियो पत्रकार हुन तर स्वर निकै मीठो रहेछ, गीति एल्बमको तयारीमा रहिछन् नीरा । यति भएपछि के चाहियो र गीत संगीतका पारखी इन्जिनियर खेटराजलाई 'मेडम ल जाओस् न अर्को सेन्टिमेन्ट सङ प्लीज मेडम' शायद उनको यो वाक्य कम्प्युटरमा टाइप गरेको भए सानोतिनो पुस्तक नै बन्ने थियो । विचरा नीरा गाउँदा गाउँदा थाकिन् नै । कहिले दोहोरी त कहिले एकल गायन, त्यो पनि फर्माइसमा ।
सीमा नजिकिँदै थियो । बाटो सोध्ने क्रम पनि जारी थियो । नेपाल-भारतको दश गजा आउन लाग्दा केही साथी क्यामेरा लिएर बाँध हेर्न युपी पसे । पछि त गाडी हिलोमा फसेछ । विचरा पत्रकार निमेष, क्यामेरामेन मोहन र चालक रामराजालाई हम्मेहम्मे परेछ । यी सबै अवधी र देहाती भाषा नजान्ने परेछन् । गुहार माग्न पनि सकेनछन् ।
मर्ता क्या नही करता । इशाराको भरमा भए पनि स्थानीयबासी र त्यहाँ पुगेका ट्रक चालकलाई बोलाएर जसोतसो गाडी हिलोबाट निकालेछन् । त्यसको झोक बाँध हेरिरहेका सहकर्मीमाथि पोखे मोहनले । उता नीरा र कुशल सडकको नाममा बनाइएको बाँधमाथि हिँडिरहेका स्थानीयलाई अन्तर्वार्ता के लिन थालेका थिए ठूलो भीडले घेरिहाल्यो । बाँधको पक्षमा स्थानीय खुबै वकालत गरिरहेका थिए । माहोल बिग्रन्छ कि भन्ने डरले गर्दा ती दुई पत्रकारलाई थुमथुमाइयो ।
नेपाली भू-भागलाई डुबानमा पार्दै आएको खुर्दलोटन बाँधमाथिको बाटो करिब डेढ सय मिटर हिँड्यौं । तर पनि झोलाबाट क्यामेरा निकाल्ने आँट कसैले गरेन । पत्रकार रामप्रसाद र क्यामेरामेन मोहनले यसअघि भारतीय सुरक्षाकर्मीको सास्ती बेहोरिसकेका थिए । अझ मोहनले आफ्नो क्यामेरा नै गुमाएका थिए- यसअघिका भ्रमणमा । विगत सम्झिँदै त्यो क्षण निम्त्याउन चाहेनन् उनले ।
बाँधबाट हाम्रो गाडी राखेको स्थानसम्म दशगजाको किनारैकिनार अर्को सडक बनिरहेको देख्यौं । त्यो पनि निर्माण सकिएपछि ठ्याक्कै अर्को सानो बाँध बन्छ र त्यसले अझ बढी नेपाली भू-भाग डुबाउने निश्चित छ भन्ने लाग्यो । भारत सरकारको रणनीतिक योजनाबाट स्तब्ध भएर टोली भैरहवातर्फ लाग्यो ।
तर त्यहाँ पुग्दा भन्दा फर्किंदा अति नै सास्ती बेहोर्नुपर्यो। विशेषगरी अरु साथीले व्यहोरे त्यो सास्ती । जुन बाटो गएको त्यही बाटो नफर्किनु नै त्यसको कारण थियो । स्थानीय पत्रकार नारायणले नेतृत्व गरेको गाडी दर्जनभन्दा बढी स्थानमा फस्यो । गाडी फस्न नपाउँदै निमेष र मोहन खाल्डोमा माटो हाल्न तम्तयार भैहाल्थे । खाल्डाखुल्डीमा माटो भर्दै देहातका गाउँ चाहार्दै थियौं ।
तर टोली नेता नारायण भने चालकलाई निर्देशन दिँदै भन्थे- 'हुन्छ हुन्छ, हालम हालम, केही हुन्न, अगाडि हालम…।' चालक गाडी अगाडि बढाउँथे, अनि फेरि फस्थ्यो । यसबाट अवाक भएर सबै सहकर्मी गाडी छाडेर हिँड्न थाले । विचरा प्रगति गाडीभित्र अति तातो भएपछि चप्पल फुकालेर हिँड्न थालिन, हरियो दुवो खोज्दै मलिनो अनुहार लिएर । गाडी लगातार फस्न थालेपछि सबै साथी यसैगरी हिँडिरहे ।
म भने भैरहवा फर्किंदा माइक्रोको पछाडि सिटमा लम्पसार परेर सुतिरहेको थिएँ तर निदाउनका लागि होइन 'फोनमा उनी थिइन…।' अगाडि बसेका साथीहरु भन्दै थिए- थकाई मेटाउन भैरहवा पुगेर जसरी भए पनि ताडी (प्राकृतिक जुस) खानुपर्छ ।