सोमलाललाई लाग्यो भ्रष्टाचार रोक्ने राम्रो उपाय थाहा पाएछ अख्तियारले। अबदेखि विमानस्थलका कर्मचारीले खल्ती नभएको पोसाक लगाउन अख्तियारले दिएको कडा निर्देशनसम्बन्धी समाचार पढ्दै उसले गुन्यो�, अख्तियारको उपायको प्रकृति हेर्दा यो प्राकृतिक उपचारजस्तै छ।
आधुनिक पद्धतिको उपचारमा रोग निवारणको प्रयास गरिन्छ भने सोमलालले थाहा पाएसम्म प्राकृतिक उपचार रोगको कारण हटाउने सिद्धान्तमा आधारित हुन्छ। अर्थात् कसैलाई ज्वरो आएको छ भने आधुनिक पद्धतिको उपचारले जहाँ ज्वरो निको पार्ने औषधि दिन्छ त्यही प्राकृतिक उपचार पद्धतिले ज्वरो आएको कारण पत्ता लगाई त्यसको उपचार गर्छ। ��अख्तियारले पनि आखिरमा त्यही गरेको हो सोमलालले मनमनै भन्यो। आखिर भ्रष्टाचारको असली कारण भनेकै कर्मचारीले लगाउने पोसाकमा रहेको खल्ती रैच हे गाँठे हेर त्यति जाबो कुरा थाहा नपाउँदा हाम्रो मुलुक अहिलेसम्म भ्रष्टाचारमा चुर्लुम्म डुबेको थियो।
हैन नेपालीको बुद्धि पछिबाट आउछ भन्छन् साच्चै पो रैच कि क्या हो बेलैमा थाहा पाएको भए हाम्रो मुलुक अहिले अमेरिकाजस्तै नभए िसंगापुरजस्तै त पक्कै हुन्थ्यो होला। सोमलालको मुखबाट एक्कासि निस्क्यो� तर ढिलै भए पनि छोरा...... हैन हैन लायक सन्तान भयो। यो उपाय निकाल्नेलाई स्याबासी त दिनैपर्छ। अब खल्ती नभएको पोसाक लगाएको कारण देशमा भ्रष्टाचार हुने छैन र हाम्रो मुलुक पनि साच्चैमा स्वर्गजस्तै हुने छ।
खल्ती नभए राख्ने ठाउँ हुने छैन अनि राख्ने ठाउँ नभए भ्रष्टाचारसम्बन्धी सोचाइ नै कर्मचारीमा आउने छैन। अब खल्ती नभएको पोसाक लगाउने कुनै पनि कर्मचारीमा घुस खाने विचार पनि आउने छैन किनभने घुसको पैसा राख्ने खल्ती त हुने छैन। त्यस्ता भ्रष्टाचारीह�रुको हृदय स्वयमेव परिवर्तन हुँदै जानेछ र मुलुकको आर्थिक स्थिति बलियो हुने छ।
तर एउटा प्राविधिक कठिनाइ भने उत्पन्न होलाजस्तो लाग्यो उसलाई। हैन खल्ती नै नभएको पोसाक लगाउने हो भने तलब केमा राखेर जालान् त बिचराह�रुले ��ह्या म पनि ! अब यस्तो उपाय निकाल्नेले त्यो पनि मिलाई हाल्लान नि त �! उसले आफैसँग भन्यो। नभए तलब बुझ्ने दिन खल्ती भएको पोसाक लगाउने अनुमति पाउने होला !
बाप रे बाप �! यो खल्ती त साह्रै असत्ती जात पो रैछ �! त्यै भएर त ! म भनू नेता मन्त्री र ठूला कर्मचारीभन्दा साना कर्मचारी किन बढी घुस खान्छन् त अहिले थाहा पाएँ। नेता र ठूला कर्मचारी त दौरा सुरुवाल लगाउँछन्। अब दौरा सुरुवालमा त खल्ती हुँदैन। तर साना कर्मचारी त पाइन्ट� सर्ट लगाउछ त्यो पनि खल्ती भएको �!
सोमलाललाई अचम्म लागेको अर्को कुराले हो। विमानस्थलमा सबै कर्मचारी त भ्रष्टाचारी छैनन्। अनि जो खल्ती भएको पोसाक लगाउँदा पनि इमानदार थिए ती विचरा अब झन् कति इमानदार हुने होलान् �!
हेर मेरो सालाले मलाई ल्यापटप पठाउन हतार नगरेको भए त्यो मेरै हातमा पुग्ने रैछ। सोमलालले आफैँसँग भन्यो। केही दिनपहिले मात्र उसको सालाले अमेरिकाबाट पठाएको सामानबाट ल्यापटप हराएको थियो। अब खल्ती भएको पोसाक लगाउन नपाएपछि न टेलिविजन हराउनेछ न फ्रिज वाह क्या राम्रो उपाय � ! साँच्चै प्राकृतिक पद्धतिको उपचार जसले ठीक रोगको कारणमा गएर चोट गरेको छ।
हामी नेपालीको दुखको मूल कारण त यही खल्ती पो रैछ � ! उसले अब दार्शनिक पारामा सोच्न थाल्यो। चोरी डकैती रीस क्रोध एवं हत्याको कारण हो लोभ अनि लोभको कारण हो यही खल्ती � ! बरु खल्ती भएको पोसाकलाई हरेक स्थानमा प्रतिबन्ध लगाए कस्तो होला हँ उसको मनमा पनि उपाय आयो। खल्ती नै नभए त लुटपाट पनि हुने थिएन चोरी हुने बसमा कसैको जेब पनि काटिने थिएन। कालाबजारी पनि हुने थिएन। भ्रष्टाचार पनि हुने थिएन। त्यो नभएपछि कुनै राजनीतिक पार्टी पनि टुकि्रने थिएन नेपालमा सत्य युग नआए पनि राम राज्य आउने थियो कि � ! हैन यो उपाय त अख्तियारलाई भन्नै पर्छ कि � ! सोमलाल आफ्नो उपाय बताउन अख्तियारतर्फ लाग्यो।