मन्त्री नेपालीबाट अपेक्षा ...
युवा तथा खेलकुद मन्त्रालयले छुट्टै अस्तित्व पाएको धेरै भएको छैन । ऐतिहासिक संविधानसभापछि पुष्पकमल दाहाल नेतृत्वमा बनेको सरकारले शिक्षा तथा खेलकुद मन्त्रालायलाई छुट्टाएर अलग पारेको थियो । दाहाल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्रालय नेकपा एमालेको भागमा पर्यो । मन्त्री बने गोपाल शाक्य ।
त्यतिबेला शाक्यको आगमनले खेलकर्मी त्यति उत्साहित थिएनन् । भद्दा शरीरका शाक्य अतिथिका रुपमा कार्यक्रममा पुग्दा निदाउने बानिले गर्दा उनी बढी नै आलोचित थिए । समय बित्दै जाँदा शाक्यले खेलकुद बुझ्दै गए र आफुलाई जुझारु मन्त्रीको रुपमा उभ्याए । उनी आउँदा राष्ट्रिय प्रतिभा पहिचानको मुख्य थलोको रुपमा रहेको राष्ट्रिय खेलकुद नभएको दशक बितिसकेको थियो । फुटबल विवाद चरम थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) र विवादका लागि गठित समानान्तर संघ नेपाल फुटबल संघ (नेफा) का पदाधिकारी एकै ठाँउमा छलफल गर्ने अवस्थामा थिएनन् । त्यस्तो जटिल अवस्थामा मन्त्री शाक्य दुई पक्षबीच सहमती गराउन फल भए । फुटबलमा लामो समयदेखि रहेको गाठो उनैको अगुवाईमा फुक्यो । भर्खेरै विशेष साधारणसभा सम्पन्न गरेको एन्फा निर्वाचनको संघारमा छ । यसको आधार मन्त्री शाक्यले नै तयार पारेका थिए ।
अझ महत्वपूर्ण दशकयता हुन नसकेको पाँचौं राष्ट्रिय खेलकुद शाक्यकै नेतृत्वमा सम्पन्न भएको थियो । चौंथो राष्ट्रिय खेलकुद २०५५ मा नेपालगञ्जमा भएको थियो । त्यसयता धेरैले खेलकुद मन्त्रालयको बागडोर सम्हाले । राष्ट्रिय खेलकुद सबैको मुद्दा त बन्यो तर मुर्त रुप दिन शाक्य मात्र सफल भए । नौं महिनाभन्दा छोटो कार्यकालमा उनले खेल इतिहासमै सम्झन लायक काम गरे । सरकारको प्राथमिकतामा खेलकुद कहिल्यै नपरेपनि शाक्य राष्ट्रिय खेलकुदका लागि २५ करोड रुपैयाँ छुट्टाउन सफल भए । युवा र खेलकुद विकासका लागि अलग्गै नीति आवश्यक ठान्ने शाक्यले अलग अलग सुझाव समिति बनाए । दुवै समितिले प्रतिवेदन त बुझाए, तर लगत्तै शाक्य मन्त्रीको जिम्मेवारीबाट मुक्त भए । यति खेर सुझाव अलपत्र छ ।
अहिले खेलकुदको अवस्था फेरिएको छ । बर्ष दिन नबित्दै खेल क्षेत्रले नयाँ मन्त्री पाएको छ । युवा तथा खेलकुद मन्त्री बनेका छन् तराई मधेश लोकतान्त्रिक पार्टीका नेता गणेश तिवारी नेपाली । सदस्य सचिव वा मन्त्री को बन्ने त्यो खेलाडीको चासो नहुन पनि सक्छ । खेलक्षेत्रमा कसले राम्रो गर्छ त्यो मात्र खेलकर्मीको चासो हो । त्यसैले निश्चय पनि नेपाली खेलकुदले मन्त्री नेपालीबाट कम्तीमा शाक्यकै जत्ति आशा गरेको छ ।
खेलक्षेत्रमा आफुलाई पछि सम्म सम्झीदिउन भन्ने नेपाली चाहन्छन् भने उनले केही गहकिला कदम चाल्नै पर्छ । सरकार बजेट निर्माणको क्रममा रहेकोले खेलकुदका लागि पर्याप्त बजेट छुट्टाउन उनले पहल गर्नेपर्छ । नेपालीले ढिला नगरी त्यसतर्फ ध्यान दिनैपर्छ । खेलक्षेत्रको वर्तमान अवस्था र यसको आवश्यकतालाई बुझेर बजेट माग गर्न अब ढिला गर्नु हुन्न । बजेटले बर्षभरीकै खेल गतिविधिलाई प्रभाव पार्ने भएकोले यसका लागि गृहकार्य थाली हाल्नुपर्छ ।
१ हजारभन्दा बढी कर्मचारी रहेको राखेपलाई सरकारले तलबभत्ता बाहेकको रकम कमै छुट्टाउछ । त्यसले खेलकर्मीमा राम्रो सन्देश जान सकेको छैन । यो सरकारबाट भौतिक पूर्वाधार निर्माण र खेलाडीको बृति विकासका लागि थप बजेट ल्याउन सके मात्र नेपालीको आगमनलाई खेलक्षेत्रले सार्थक मान्नेछ । अन्यथा जुन जोगी आएपनि कानै चिरिएको अर्थ लाग्नेछ । अघिल्ला मन्त्रीले गरेका सबै निर्णय उल्टाउनै पर्छ भन्ने भ्रमबाट मुक्त रहनसके राम्रो । जसले गरेपनि राम्रो कामलाई निरन्तरता दिनु मन्त्री नेपालीका लागि उत्तम बाटो हो । अघिल्लो मन्त्रीले गर्ने निर्णयलाई उल्टाउनै पर्ने परम्पराको अन्त्य हुनैपर्छ । यद्दपी सुधारको आवश्यकता जहिले पनि रहन्छ ।
नजिकिदै गरेको ११ औं दक्षिण एसियाली खेलकुद तयारीका लागि प्रशिक्षणको योजना र बजेट ल्याउन सके नेपालीको आगमनलाई खेलक्षेत्रले स्वागत गर्नेछ । पछिल्लो दुईवटा सागमा नेपालको प्रदर्शन कमजोर रह्यो । पर्याप्त तयारी नभएकै कारण प्रदर्शन कमजोर भएको हो ।
तयारी जति राम्रो भयो त्यतिनै बढि पदकको आशा गर्न सकिन्छ । ११ औं साग अर्को बर्ष बंगलादेशमा हुादैछ । त्यसको तयारीको लागि मन्त्री नेपालीले अहिलेबाट पहल सुरु गर्न निर्देशन दिनुपर्छ र आवश्यक सहयोग गर्नुपर्छ । पानी परेपछि छाता खोज्नुको सट्टा अगाडि नै जोहो गर्न सके पानी पर्दा भिज्नु पर्दैन । रातारात खेलकुदमा सुखद नतिजा ल्याउन सकिन्न । त्यसका लागि दीर्घकालिन योजना चाहिन्छ । अस्तव्यस्त खेल प्रशासनलाई सुधार गर्नुपनि उत्तिकै जरुरी छ । सरकारबाट अन्य क्षेत्रले जस्तै खेल क्षेत्रले पनि सकारात्मक परिवर्तनको अपेक्षा गरेका छन् । मन्त्री नेपालीले खेलक्षेत्रका सबैको भावनाको प्रतिनिधित्व गर्नैपर्छ । छुट्टै खेल मन्त्रालय गठनको औचित्यतता पुष्टि गर्ने जिम्मेवारी अहिले नेपालीको कााधमा आएको छ । मन्त्री नेपाली खेलकुदमा सकारात्मक परिवर्तन गर्न सफल हुन् शुभकामना छ उनलाई ।