अक्टबुर महिनाको मध्य । रातको दश बजेको थियो हामी फिनल्याण्डको हेल्सिन्कीमा ओर्लंदा । यो विमानस्थल राजधानी हेल्सिन्की र भान्ता शहरमा पर्दो रहेछ । त्यसैले यसको नाम हेल्सिन्की भान्ता एयरपोर्ट राखिएको रहेछ । मलाई एयरपोर्ट झर्नेबित्तिकै फेसबुकमा चेक इन गर्न मन लाग्छ । प्लेनबाट झर्ने अन्य यात्रुलाई बाटो दिँदै हामीले एउटा सेल्फी लियौं र मैले त्यही फोटो पहिलोपटक फिनल्याण्डबाट पोस्ट गरें जहाँ फोटो सँगै ‘हेल्लो फिनल्याण्ड’ लेखेको थिएँ ।
फिनल्यान्डको हेल्सिन्की विमानस्थलमा अध्यागमन पार गर्न १ घण्टा २५ मिनेट लागेको थियो । ढिलो भयो भनेर कसैले पनि बोलेनन् । अनुशासित रूपमै लाइनमा बसे । प्लेनबाट झरेपछि अध्यागमन पुग्न लगभग ३० मिनेट हिँड्नुप¥यो ।
म पुगेका अन्य देशमा प्लेनबाट झरेर इमिगे्रसन पुग्न राम्रै समय लागेको अनुभव सँगालेको छु । यहाँको एयरपोर्टको बनावट पनि यस्तै थियो । अर्को कुरा युरोपका प्रायः देशमा अध्यागमन त्यहाँको प्रहरीले हेर्छ । यहाँ पनि त्यही थियो । राति भएर होला इमिग्रेसन काउन्टरमा दुई जना अफिसरले मात्र सेवा दिइरहेका थिए । त्यसैले भिसा हुने हामी जस्ताको लाइन लामै थियो । फिनिस र युरोपियन मुलका नागरिक इगेटबाट सरासर गइरहेका थिए ।
सुमन घिमिरेहामी बसेको क्लाइन यति ढिलो बगेको थियो कि हेल्सिन्कीबाट ताम्पेरेका लागि राति एक बजेका लागि लिएको बसको टिकट खेर जान्छ कि भन्ने पिरलो बढ्न थालेको थियो । अझ, त्यो बस छुट्यो भने के गर्ने भन्ने कुरा मनमा खेल्दै थियो ।
म ताम्पेरेमा रहेकी बहिनी सिर्जनासँग निरन्तर अनलाइन सम्पर्कमा थिएँ । उसले मलाई मेसेन्जरमा सन्देश पठाई, ‘लगेज लिएर कस्टमबाट बाहिर निस्कँदा दाहिनेतिर बसको सिम्बल छ । त्यही फलो गर्दै निस्कनुपर्छ, बस नं ५५, ५६ र ५७ को स्टपमा ताम्पेरे जाने बस लागेको हुन्छ । उसले भनेजस्तै ग¥यौं ।
इमिग्रेसनमा लामो समय र थकानले भोक पनि लागेको थियो । बस स्टप जाने बाटाको एउटा साइडमा बर्गर किंग खुल्ला रहेछ । हामीले चिकेन बरगर र फ्राइज खायौं । नजिकै आरकेवस्की पसल खुला रहेछ । मैले फिनिस सिमकार्ड लिएँ ।
‘बस स्टप जान हतार नगर्नु बाहिर चिसो छ’, बहिनीले भनेजस्तै ग¥यौं । साँच्चै बस आउनुभन्दा पन्ध्र मिनेटअघि पुग्दा पनि निकै जाडो थियो । रात भएको कारण फिनल्याण्डको पहिलो रात, हेल्सिन्कीबाट ताम्पेरे पुग्दासम्म वास्तविक फिनल्याण्डको मुहार अत्तोपत्तो भएन । बाटाभरि बसमा भएको वाइफाई सदुपयोग ग¥यौं ।
ताम्पेरे बस स्टेसन पुग्दा बिहानको ४ बजेको थियो । बाहिर पानी परिरहेको थियो । जाडो, त्यसमाथि पानी । हतारहतार पार्किङ वेतिर लाग्यौं । त्यहाँबाट बहिनीको घर पुग्न २० मिनेट लाग्यो । बिहान भए पनि खाने कुरा खाएर सुत्ने तरखर ग¥यौं ।
बिहान ९ बजे नै मेरो आँखा खुले । मोबाइलमा हेरें । तापक्रम ४ डिग्री थियो । यसको मतलब बाहिर निकै जाडो थियो । झ्यालबाट तल हेर्दा केही दिनअघि झरेका हिउँका लप्का भुइँमा देखिन्थे । कताकता अहिले नै तल गएर ती हिउँका लप्कासँग खेलौं भन्ने भावना नआएको होइन । नेपालमा कालिन्चोक जाँदा होस् वा दामन हिउँका लप्कासँग खेलिएको थियो । न्यूयोर्क, डब्लिन, लण्डन, जुरिक लगायतका विदेशका शहर पुग्दा पनि हिउँसँग नखेलेको भने होइन ।
मलाई फिनल्यान्ड उत्रेपछि राति एयरपोर्टको लाममा उभिरहँदा हाम्रो त्रिभुवन विमानस्थलको लामको विषयमा केही समयअघि सामाजिक सन्जालमा उठेका कुराको याद आयो । फिनल्यान्डको हेल्सिन्की विमानस्थलमा अध्यागमन पार गर्न १ घण्टा २५ मिनेट लागेको थियो । ढिलो भयो भनेर कोही पनि बोलेनन् । अनुशासित रूपमै लाइनमा बसे । प्लेनबाट झरेपछि अध्यागमन पुग्न लगभग ३० मिनेट हिँड्नुप¥यो ।
फिनल्याण्डमा शिक्षक हुन त्यति सजिलो रहेनछ । कम्तीमा एउटा विषयमा मास्टर्स गरेको हुनुपर्छ । अझ एकभन्दा बढी विषयमा मास्टर्स गरेका शिक्षक प्राथमिकतामा पर्ने रहेछन् ।
अरु देशका विमानास्थलको अवस्था पनि यही हो । नेपालमा प्लेनबाट झरेपछि ५ मिनेटमै अध्यागमन पुगिन्छ । यो राम्रो पक्ष हो । चाँडै अध्यागमन पार गर्ने हुनाले लगेज समयमा नपुगेको भान हामीलाई हुन्छ । हाम्रो विमानस्थलमा सुधार गर्नुपर्ने चीज धेरै छन् तर लाइनका विषयमा हामी जुन अफवाह फैलाउँछौं त्यो मलाई ठीक लाग्दैन ।
युरोपका धेरै देश घुमे पनि मध्य भागमा पर्ने फिनल्याण्ड मेरा लागि नौलो थियो । प्रायः राजधानी केन्द्रित रहने मेरो विदेश यात्रा यसपटक तेस्रो गन्तव्यमा आएर अड्केको थियोे । यस्तो कि नेपाल आउने कुनै पर्यटक काठमाडौं झरेर सोझै चितवन गएजस्तै । मैले हेल्सिन्की त टेकें तर म सोझै ताम्पेरेको पाहुना बनें ।
मेरो दिमागमा फिनल्याण्ड भन्नेबित्तिकै आउने कुरा दुइटा थिए । एक नोकिया मोबाइल कम्पनीको देश र अर्को यहाँको शिक्षा । नोकिया एउटा नदीको नाम रहेछ र त्यही नदीको नाममा शहरको नामाकरण भएको रहेछ । यसरी मोबाइल कम्पनीले नोकिया नाम लिएका रहेछन् । नोकिया कम्पनीले सुरुमा कागजको काम गर्दथ्यो र पछि मात्र मोबाइल क्षेत्रमा गएको थियो । अहिले पनि मोबाइल भन्नेबित्तिकै नोकिया नै याद आउँछ । र हामीले सुरुवाती मोबाइल नोकिया ३३१० प्रयोग गरेका थियौं, जसमा स्नेक गेम निकै प्रख्यात थियो ।
फिनल्याण्डको शिक्षा विश्वकै उत्कृष्ट किन रहेछ भन्ने कौतुहलता यस पटकको यात्रामा बढ्यो । त्यसमाथि ईश्वर कँडेल सरले मेसेज पठाएर मलाई सोध्नुभएको प्रश्नले यहाँको शिक्षाबारे जान्ने उत्सुकता थपेको थियो । समान शिक्षानीति र विज्ञानमा जानकार शिक्षक यहाँको शिक्षालाई गुणस्तरीय बनाउने मियो रहेछन् । त्यसो त शिक्षण पेशालाई यहाँ निकै आधार गरिन्छ ।
फिनल्याण्डमा शिक्षक हुन त्यति सजिलो रहेनछ । कम्तीमा एउटा विषयमा मास्र्टस गरेको हुनुपर्छ । अझ एकभन्दा बढी विषयमा मास्टर्स गरेका शिक्षक प्राथमिकतामा पर्ने रहेछन् । बालबालिकाको उमेर ७ नपुगिन्जेल विद्यालय जान पर्दैन । ६ वर्षसम्म घरमै अनौपचारिक शिक्षा दिइन्छ, र काममा जानुपर्ने बाबुआमाले डे केयरमा राख्छन जहाँ पढाउनेभन्दा खेलाउने गरिन्छ ।
जब बालबालिका ७ वर्षमा टेक्छन् उनीहरूको औपचारिक शिक्षा सुरु हुन्छ । हाम्रोजस्तो शिशु, प्राइमरी र हाइस्कुल भनेर यहाँको शिक्षाप्रणालीमा छुट्याइएको छैन । निरन्तर ९ वर्षसम्म शिक्षा दिइन्छ । अझ तल्लो कक्षामा त एउटै शिक्षकले एउटै विद्यार्थी समूहलाई पढाउने रहेछन् । यसो गर्दा शिक्षकले विद्यार्थीको व्यवहार, आचरण र विद्यार्थीले पनि शिक्षकसँग पारिवारिक वातावरण पाउँछन् । फिनल्याण्डमा निजी विद्यालय छैनन् । त्यही भएर पनि यहाँको शिक्षामा एकरूपता छ । विद्यालय जाँदा जस्तोसुकै पोशाक लगाए पनि हुन्छ । यहाँ विद्यार्थी ढिलो विद्यालय जाने गर्छन र चाँडै घर फर्कन्छन् । स्कुलमा पनि प्रशस्त ब्रेक र नास्ताको व्यवस्था हुन्छ । विद्यार्थीको परीक्षाप्रणालीबाट गे्रडिंग गरिँदैन बरु उनीहरूको क्रियाकलापलाई हेर्दै मार्क दिने गरिन्छ ।
जब बालबालिका ७ वर्षमा टेक्छन् तब उनीहरूको औपचारिक शिक्षा सुरु हुन्छ । ६ वर्षसम्म उनीहरूलाई घरमै अनौपचारिक शिक्षा दिइन्छ, र काममा जानुपर्ने बाबुआमाले डे केयरमा राख्छन जहाँ पढाउनेभन्दा खेलाउने गरिन्छ ।
फिनल्याण्डमा कुनै विद्यार्थी असफल भयो भने त्यसलाई शिक्षकको असफलताको संज्ञा दिइन्छ । त्यही भएर कहिलेकाहीँ भनिन्छ, ‘यहाँ परीक्षा विद्यार्थीको नभई शिक्षकको हुन्छ ।’
विश्वविद्यालय दुई किसिमका छन् । एउटा युनिभर्सिटी र अर्को युनिर्भसिटी अफ एप्लाइड साइन्सेस् ।
एक दिन लोकल बसमा हामी शहर घुम्न निस्केका थियौं । मैले फेसबुकमा लाइभ गरें । एउटा कमेन्ट आयो, लोकल बस पनि यति राम्रो ! मलाई घत लाग्यो । लोकल बस हाम्रो टुरिस्ट बसभन्दा राम्रा थिए । आखिर कसरी राम्रा भए त ? आफैं भएको पक्कै हैन होला । नागरिकले राज्यको सम्पतिलाई गरेको माया हो ।
हाम्रोमा यस्तो छैन । सरकारी भनेपछि बिर्गानै पर्दछ भन्ने मानसिकताले हामीमा जरो गाडेको छ । यसको जिम्मा हामी सबै नेपालीले लिनुपर्छ । सार्वजनिक सम्पत्तिको माया जबसम्म हामीमा आउँदैन, हाम्रोमा यस्तै रहनेछ । सरकारी बैंक, अफिस, बस, वायुसेवा जस्ता चीज निजीभन्दा नराम्रा छन् वा त्यसको उचित स्याहार भएको छैन ।
एउटा स्टपबाट हामी चढेको बसमा भर्खरको बालक पनि चढेको थियो । घाँटीमा स्कुलको आइडीकार्ड भिरेको थियो । ड्राइभर ढोकाबाट ऊ बस चढ्यो अनि आफ्नो बस कार्ड टच गरायो र मेरो नजिकै सिटमा बस्यो । मैले सोधें, कति कक्षामा पढ्छौ ?
उसले भन्यो, १ कक्षामा ।
ऊ हरेक दिन यसरी नै स्कुल आउनेजाने गर्ने रहेछ । ऊ त प्रतिनिधि पात्र थियो, फिनल्याण्डका धेरै बालक निष्फिक्री यसरी आउनेजाने गर्छन । उनीहरू र अभिभावक दुवै घरबाट स्कुल र स्कुलबाट घरको यात्रा सुरक्षित महसुस गर्छन ।
फिनल्याण्डको नगर बसमा यदि तपाई बच्चाको स्ट्रलर लिएर यात्रा गर्नुभएको छ भने भाडा लाग्दैन । सात वर्षसम्मको बच्चालाई निःशुल्क छ भने ७ देखि १६ सम्मका लागि वयस्कको भाडामा ६० प्रतिशत छुट हुन्छ । एक दिन हामी टे«नमा ताम्पेरेबाट हेल्सिन्किीको यात्रा गर्दै थियौं । टिकट जाँच गर्नेले हाम्रो टिकट जाँच ग¥यो । हामीसँगै रहेकी भान्जीलाई खल्तीबाट एउटा टिकट झिकेर दियो । ट्रेनकोे डमी टिकट । भान्जी निःशुल्क यात्रा गर्दै थिइन्, तैपनि टिकट दिने काइदाको चलन रहेछ । यसो गर्दा भविष्यमा बच्चाले टिकट नलिई ट्रेन चढ्न हुँदैन भन्ने सिकाई हुन्छ रे । मलाई गज्जब लाग्यो यो चलन ।
हामी ताम्पेरे बस स्टेशन पुग्दा बिहानको दश बजेको थियो । नजिककै क्याटमाण्डु नाम गरेको नेपाली रेष्टुराँ देखियो । आज हामीले खाना भने पनि खाजा भने पनि यतै खाने निर्णय गरेका थियौं । तर रेष्टुराँ खोल्न अझ एक घण्टा बाँकी थियो । सृजनाले रीमालाई फोन गरिन ।
‘हामी आउँदै छौं, पाँच मिनेट’, उताबाट आवाज आयो । नभन्दै पाँच मिनेटमै रीमा र दिलुजी आउनुभयो । उहाँहरू नै त्यो नेपाली रेष्टुराँकोे मालिक हुनुहुन्छ । हामी परिचित थियौं र घुम्न जाने कुरा भयो र हामी नजिकैको टोर्नी टावर होटलतर्फ लाग्यौं ।
ताम्पेरे शहरमा दुईतीनवटा अग्ला टावर देखिन्छ । त्योमध्य टोर्नी टावर सबैभन्दा अग्लो । त्यहाँ होटल छ अनि माथिल्लो तल्लामा मोजो स्काई बार खुला गरिएको छ । यो नै फिनल्याण्डको सबैभन्दा अग्लो बार हो । रिसेप्सनबाट सोझै माथिल्लो तल्ला पुग्ने लिफ्ट छ । त्यहाँ जान शुल्क लाग्दैन । माथिबाट हेर्दा ताम्पेरको भौगोलिक बनावट मजाले देखिन्छ अनि सिटीको सुन्दर दृष्य पनि । फिनल्याण्ड तालैतालको देश हो । त्यही भएर होला हामीले माथिबाट थुप्रै पानी भएको भाग देखेका थियौं । त्यहींबाट अर्को अग्लो टावर देखेर दिलुजीलाई सोधें । उहाँले भन्नुभभयो, ‘त्यो नसिन्युला हो ।’
एकाएक त्यता पनि जाने निर्णय गरियो । स्काइ बारमा एकएक ग्लाँस सेम्पेन पिएर हामी नासिन्युलातर्फ लाग्यौं ।
ओडी पुस्तकालयको डिजाइनले मलाई निकै लोभ्यायो । यो पुस्तकालय पनि यहाँको प्रमुख पर्यटकीय आकर्षण रहेछ । पढ्ने पनि उत्तिकै, घुम्न आउने पनि उत्तिकै । तर एकले अर्कोलाई कत्ति डिस्टर्ब नगरी घुम्दा रहेछन् ।
टोर्नी टावर होटलबाट हामीले ट्याक्सी लियौं । ट्राफिक राम्रै थियो, त्यही भएर हामी साविकभन्दा बढी समय लगाएर त्यहाँ पुग्यौं । नासिन्युला टावरको वरिपरि फनपार्क रहेछ । यो फिनल्याण्डकै ठूलो फनपार्क हो । गर्मी महिनामा यहाँ बच्चाबच्ची लिएर आउनेको भीड ज्यादा हुन्छ । दिलुजी भन्दै हुनुहुन्थ्यो, ‘कत्तिले आफ्ना नानीलाई पार्कमा छोड्यो अनि नासिन्युला टावरमाथि रहेको रेष्टुराँमा आएर खाना र मदिराको मजा लिन्छन् । यो टावरको निर्माण ३३ दिनमा भएको रहेछ ।’
हामी लिफ्ट लिएर सुरुमा अभजरभेसन डेकमा पुग्यौं । त्यहाँबाट फेरि ताम्पेरको सुन्दर दृष्य अवलोकन ग¥यौं । भोक लागेको थियो । नासिन्युला रिभलभिंग रेष्टुराँमा गएर खाँदै गर्दा हामी बिस्तारै ताम्पेरे शहरलाई परिक्रमा गरिरहेका थियौं ।
‘फिनल्याण्ड आएर साउना नलिई जान मिल्दैन’, दिलुजीले भन्नुभयो । बहिनी ज्वाइँको अपार्टमेन्टमा रहेको साउनालाई हामीले एक घण्टाका लागि बुक ग¥यौं । चिसो ठाउँ भएर हो कि यहाँ साउना अनिवार्य जस्तै थियो । हामीले आधा घण्टा जति साउनामा बितायौं । यो बेला लागेको थियो, अब नेपाल फर्केर घरमा एउटा साउना राख्छु तर अहिले कथै भयो ।
फिनल्याण्ड आइसकेपछि वरिपरिका देश नघुम्दा खल्लो हुन्छ भनेर म डेनमार्क, स्विडेन र नर्वे पनि पुगेँ । हाम्रो हेल्सिन्कीबाट स्टकहोमको यात्रा गजब र सम्झनलायक थियो । पहिलोपटक पानी जहाजमा यात्रा गरिरहेको थिएँ । डब्लिनमा हुँदा पानी जहाज चढेर बेलायत जाने मेरो सपना अधुरो थियो । आज पानीजहाजमा रातभर चढेर स्टकहोमको यात्रा गर्दै थियौं । रिसेप्सनको लिफ्टबाट हामी दशौं तल्लामा रहेको हाम्रो कोठामा पुग्यौं । तारे होटलभन्दा कम थिएन । सपिंग सेन्टर, रेष्टुराँ, बार, डिस्को थियो । लाग्थ्यो कि एउटा सानो शहरमा थियौं ।
कोठामा लगेज राखेर हामी पानीजहाजको माथिल्लो डेकमा गएर हेल्सिन्की शहरलाई पुनः अवलोकन ग¥यौं । पानीजहाज बिस्तारै घाट छोड्दै स्टकहोमतर्फ अघि बढिरहेको थियो । यो मेरा लागि पहिलो अनुभव थियो । पानीजहाजका क्याप्टेनले स्टकहोम पुग्नुभन्दा आधी घण्टाअघि एराइभलको जानकारी दिँदै थिए, प्लेनमा पाइलटले लिएजस्तै । हामी साँझ यही पानी जहाजमा फर्कदै थियौं । त्यही भएर चाहिने सामान मात्र लिएर र्ओलियौं ।
दिनभर स्टकहोम घुमेर हामी त्यही पानीजहाजमा हेल्सिन्की फर्कन बोर्डिंग गरिसकेका थियौं । निर्धारित समयमा जहाज हिँड्ला भनेको त्यसो भएन । एक घण्टा, दुई घण्टा ढिलो हुँदै आखिरमा जहाजले आफ्नो यात्रा रद्द ग¥यो । हामीलाई फसाद प¥यो । पछि इन्र्फमेसन डेस्कमा बुझ्दा भोलि अर्को जहाज बिहान फिनल्याण्डको अर्को शहर र्तोकुका लागि जाने भयो । हामीले हेल्सिन्कीबाट ताम्पेरेका लागि लिएको टे«नको टिकट अब काम नलाग्ने भयो । हामी अब तोर्कुबाट सोझै ताम्पेरे जाने भयौं ।
मैले फिनल्याण्डलाई चिनेको १२ वर्ष भयो । मेरो स्कुलका साथी हिरामणि अध्ययनको सिलसिलामा फिनल्याण्डको कोपियो गएपछि फिनल्याण्डबारेमा जानकारी राख्न थालेको थिएँ । म पनि त्यतिबेला आयरल्याण्डको राजधानी डब्लिनमा पढ्थें । ऊ अचेल हेल्सिन्कीमा बस्दो रहेछ !
फिनल्याण्ड आएर हेल्सिन्की घुम्न नपाउने हो कि भन्ने पीर मलाई परेको थियो । त्यही भएर मैले एक दिन हेल्सिन्की घुम्ने समय छुट्याएको थिएँ । लण्डनमा भएको वल्र्ड ट्राभल मार्टमा सहभागी भएर फर्कंदा हेल्सिन्कीको लागि मसँग पूरा एक दिन समय थियो । हिरामणिले मलाई घुमाउने बाचा गरेको थियो ।
लण्डनबाट उडेको प्लेन हेल्सिन्की विमानस्थल ओर्लंदा बिहानको ९ बजेको थियो । मलाई लिन हिरामणि आइसकेको रहेछ । विमानस्थलमा रहेको लकरमा लगेज राखेर हामी ट्राम लिएर सिटीतर्फ गयौं । दिनभरको लकर चार्ज १० यूरो रहेछ । मौसम चिसो थियो । हामी ओर्लनेबित्तिकै कै हिउँ पर्न थाल्यो ।
‘फोटो म खिच्दिन्छु’ भन्दै उसले मोबाइलबाट मेरो तस्वीर लिइदियो । निकै रमाइलो भयो । समय कम भएकाले मलाई महत्वपूर्ण र छुट्याउनै नहुने ठाउँ मात्र घुमाउन भनें । उसले त्यस्तै ग¥यो । हामी हेल्सिन्की क्यार्थिडल, ईस्प्लानादी, अस्पेन्की क्यार्थिडल, ओल्ड मार्केट हल, ओडी हेल्सिन्की पुस्तकालय घुम्यौं ।
चिसो ठाउँ भएर हो कि यहाँ साउना अनिवार्य जस्तै थियो । हामीले आधा घण्टा जति साउनामा बितायौं । यो बेला लागेको थियो, अब नेपाल फर्केर घरमा एउटा साउना राख्छु तर अहिले कथै भयो ।
ओडी पुस्तकालयको डिजाइनले मलाई निकै लोभ्यायो । यो पुस्तकालय पनि यहाँको प्रमुख पर्यटकीय गन्तव्य रहेछ । पढ्ने पनि उत्तिकै घुम्न आउने पनि उत्तिकै । तर एकले अर्कोलाई कत्ति पनि डिस्टर्ब नगरी घुम्ने गर्दा रहेछन् ।
आज र यो नै अन्तिम पटकको यात्रा होइन भन्दै हामीले घुम्ने क्रम विश्राम दियौं । एउटा नेपाली रेष्टुराँमा गएर खाजा खायौं । रातको १० बजे मेरो नेपालको उडान थियो । हामीसँग केही समय बाँकी थियो । हिरामणिको उसको घरमा मलाई लग्यो । केहीछिनको बसाइपछि म विमानस्थलतर्फ लागें । विमानस्थल पुग्दा साँझको ७ बजेको थियो । मनमा लाग्यो, फिनल्याण्ड घुम्न भ्याइएन ।
आखिर विश्वकै खुशी जनता भएको देशलाई घुम्न कहाँ पुग्थ्यो र । अहिले त विश्वकै कम उमेर भएको प्रधानमन्त्री भएको देश फिनल्याण्ड हो । आफूले आफैलाई चित्त बुझाएँ । अर्को साल सुनिता, सुरभि र साम्भवीलाई लिएर फेरि आउँछु । दिलुजीले फोनमा भन्नुभएको कुरा सम्झें, ‘सृजना र निराजनहरू नेपाल फर्के भने पनि हामी छौं है, फिनल्याण्डमा घर छ भनेर सम्झनु होला ।’
सिटको पेटी बाँधेको केही मिनेटमै म चढेको विमानले फिनल्याण्डको धर्ती छाड्यो ।
‘अहिले तपाईं हिँड्नुपर्ने उकालो ऊ त्यही जङ्गलबिच देखिएका बाङ्गाटिङ्गा सेता धर्साजस्ता बाटा हुन्। जङ्गलमाथि देखिएका घरहरू तेङ्बोचेका होटल हुन्। त्यही ठाउँमा हो तपाईंको आजको बास।’ सनासाको बिसौनीमा एकजना यात्रीले मेरो जिज्ञासा यसरी मेटाइदिएका थिए। आफ्ना औंलाले पूर्वको पहाड औंल्याउँदै आजको मेरो गन्तव्यबारे मलाई यसरी जानकारी दिएका थिए।
‘उकालो त गाह्रो होला जस्तो पो छ। दुई घण्टामा त उकालो चढिएला नि भाइ?’ मैले उनलाई सोधें।
‘एक घण्टामा तेङ्बोचेको उकालो काट्नुहुन्छ,’ उनले आफूले हिँडिरहेको बाटो हिँड्न सजिलै सकिने अनुभव सुनाए।
यति भन्दै आफ्नो झोला बोकेर उनी नाम्चेतिर उकालिए। तीनचार दिनदेखि सोलु जिल्लाको खुम्बु क्षेत्रमा म हिँडिरहेछु। सगरमाथा आधार शिविरको पैदल यात्रामा पाइलैपिच्छे यात्रीहरूको भिडमा हराउँछु। लुक्लाबाट नाम्चे हुँदै रमाइलो, रोमाञ्चक र कौतुकमय पदयात्रा प्रारम्भ भएको छ।
नाम्चे तेङ्बोचे पुग्न सनासाबाट म लैसासाको ओरालो झर्न थालें। बाटैभरि पदयात्री, विदेशीहरूको भिडाम भिड। सामान बोकेका घोडा र झम्पेहरूको उस्तै लस्कर। बाटो छेउको बडेमान ढुङ्गामा ‘ऊँ माने पेमेँ हूँ’ लेखिएका सुन्दर अक्षर कुँदिएका। यति ठुलो पहाडजस्तो ढुङ्गामा पनि कसरी अक्षर कुँदेको होला भन्ने कौतूहल हुन्छ। उत्तरतिर यस्तै ठुलो चट्टानी पहाड गजधम्म उभिएको।
पूर्वी भागमा हिमाली लस्करैमुनि तेङ्बोचे पाहुना पर्यटक पर्खिएर बसिरहेझैं लाग्छ। लुङ्दर फरफराइरहेका जताततै। ती ध्वजापतकामा बुद्धका शान्त मुद्रा र लेखिएका अनेक अक्षरहरू चलायमान छन्।
तेर्सो बाटो, फेरि ओरालो, फेरि त्यस्तै तेर्सो। कतै बोटवनस्पति केही नभएको पाखो। फाट्टफुट्ट झारपात र बुट्यान मात्र। पाखामा निस्फिक्री नाउर चरिरहेका देखिन्थे। अनेक जातका चरा उडिरहेका, च्याँच्याँचुँचुँ कराइरहेका। बल्ल जङ्गलको ओरालो बाटो हुँदै बिसौनी, लज, रेस्टुरेन्ट। सफा, कञ्चन दुधजस्तै सेतो दुधकोसी उन्मुक्त जलप्रवाहमा बगिरहेको। एकछिन त्यही पानीको छाल, तरङ्ग र भेल हेरेर आनन्दित हुन्छु।
फुङ्गिताङ्गा भन्ने यो ठाउँ पहाडको काखमा पारिलो घामले न्यानो पारिरहने बेंसी। दुधकोसीको झोलुङ्गे पुल तरेर पारि जानुअघि पुलछेउमै चिटिक्कको रेस्टुरेन्ट देखिन्छ। फुलिरहेका फूलहरू गमलामा सजाइएका। सफासग्घर त्यस्तै। त्यहाँ पसेर चियाखाजाले पेटपूजा गर्छु।
‘भाइ, तेङ्बोचेको उकालो काट्न कति समय लाग्ला मलाई ? कत्तिको गाह्रो होला?’ उकालो काट्न अलि कठिन हुने सोच्दै जिज्ञासा राख्छु। रेस्टुरेन्टका शेर्पा भाइले धेरै कुरा सुनाए। हौसला दिएर मलाई हिम्मतिलो पारे। उनको कुरा सुनेर म सजिलै छिनभरमै तेङ्बोचे पुगेजस्तै महसुस भयो।
कोसीको सुसाइले कान टालिएको। हेर्छु सुन्दरताका दृश्यहरू बाटोघाटो, पुलपुलेसा, पाखा, खोल्सा, वन, बगर सबैतिर बिस्कुन सुकाइएझैं। तिनैलाई हेरेर धित मार्न विदेशी पारखी यता ओइरिएका होलान् भन्ठान्छु। त्यसपछि कोसीको बगर हेर्दै, होटल, लज, निकुञ्जको सुरक्षा पोस्ट हुँदै तेङ्बोचेको उकालो सुरु हुन्छ।
त्यहाँका होटल, लजहरूमा पर्यटकहरू आराम गर्दै चियाखाजा खान निकै घुँइचो देखिन्छ। भरियाहरू भारी बिसाइरहेका, बोकेर हिँड्ने तयारी गरिरहेका र पर्यटकहरू फोटो खिच्न व्यस्त छन्। कति त गफमा मस्तले हाँसिरहेका तर कोसीको प्रवाहसँगै पानीको आवाजले आवाज बुझिन्न। उनीहरूको रमाइलो हेर्दै म उकालोमा पाइला चाल्न थाल्छु।
तेङ्बोचेको उकालो छिचोल्नु थकित ज्यान भएको बेला निकै कठिन हुने रहेछ। मुस्किलले पाइला उचाल्दै फेरि अर्को पाइलालाई अघि बढाउनु कम गाह्रो नहुने। कहिले तेङ्बोचेको थाप्लामा पुगिएला र थपक्क पिठ्युँको झोला बिसाउँला भन्ने हतारो तर जति पाइला हिँडाए पनि पुग्न सकेको होइन।
उकालोमा कति पर्यटक ओहोरदोहोर गरिसके। कति जनाले उकालो काटिसके। कति जना ओरालो झरिसके। बटुवा नहिँड्दा एकलास जङ्गलको बाटो। सुनसान वातावरणमा चराचुरुङ्गी उडेको आवाज सुनिन्छ। जमिनमा जनावर हिँडेको आवाजले मन झस्याङ्ग हुँदै हठात् झस्किन्छ। अलिकति डर पनि लाग्छ। लुकाएर लुकाउन नसकिँदो रहेछ डरलाई। एकान्तमा अचानक कतै बाघ निस्कियो भने के गर्ने?
यहाँ यतिबेला ‘गुहार’ भन्दै चिच्याउने कि भाग्ने? रुख चढ्ने कि बाघमाथि जाइ लाग्ने? त्यसबेला मलाई बचाउन को आउने? वनको एकान्तमा कसले सुन्ने मेरो अरण्य रोदन?
यस्तो घना वनको बाटो छ, जहाँका पशुपक्षीलाई मानिसले केही गर्नुहुँदैन। सगरमाथा राष्ट्रिय निकुञ्जले निगरानीमा राखेको छ। आज बिहान चिया खाँदै गर्दा एकजना स्थानीयले भनेका थिए, ‘चराको बच्चा चिसोले मर्न लागेको भेटेर घरमा ल्याएको, बेलुका त सेनाका मानिस सोध्दैखोज्दै आए। किन ल्याएको वनका चरा भनेर सातो खाए। मर्छ होला भनेर न्यानोमा राख्न ल्याएको भन्दा पनि उनीहरूको चित्त बुझेन। यसरी ल्याउनु हुँदैन भन्ने कुरा थाहा भएन भनेपछि बल्ल छुट्कारा दिए। चराको बच्चा पनि उनीहरूले नै लिएर गए।’
तिनले अलि अफसोस माने-‘बिचरा! ती बच्चाले न्यानो पाए होलान् कि पाएनन्, चारा दिए कि दिएनन् होला? मर्न त मरेको छैन होला कि! बेकारमा मैले जङ्जंगलबाट उठाएर ल्याएछु। तर मैले यसरी बच्चा घरमा ल्याएको कुरा चाहिँ ती सेनाका मान्छेलाई कसरी थाहा भयो? कसले भन्यो होला? मैले घरमा ल्याएको कसैले देखेजस्तो त लागेको थिएन।’
त्यसैले यहाँको यो उकालोको बाटो वन्यजन्तुहरूबाट निकै खतरनाक नहोला भन्न सकिन्न। कति हिंस्रक जनावरहरू होलान्। मानिसले केही गर्न नभएपछि तिनीहरू कतिसम्म मात्तिएर महसुर हुँदै डुलिरेहका होलान्। बाघ, भालु, हिउँचितुवा पनि होलान्।
जङ्गलमा घाँसदाउरा गर्न निषेध भएकाले मानिसहरू वनतिर पस्नु पनि भएन। यसो हुँदा वनजङ्गल धेरै झोरझाडी र बोटवनस्पतिले घना भएको होला। बाटा छेउछाउका रुखहरू बुढा भएर लेउझेउले जेलिएका, कुनै सुकेका देखिएकै हुन्। कति ठाउँमा त रुख ढलेर मक्किइसकेका र त्यहींबाट च्याउ, झ्याउ, उन्युजस्ता विरूवा पलाएर अनौठो रूप देखिन्थ्यो।
‘यस्तो जङ्गलको बाटोमा कुनै जनावरहरू आउँदैनन्? कसैलाई आक्रमण गरेको छैन?’ मैले गरेको प्रश्नमा चियापसलका सबैले ‘यस्तो नराम्रो घटना चाहिँ आजसम्म नघटेको’ बताए। तर मलाई विश्वास लागेन किनभने मान्छेले सिकार गर्न पनि नपाउने र जङ्गलभित्र जानु नै एकप्रकारले बन्देज भएपछि त्यहाँका जनावर डरलाग्दा नहोलान् र?
स्थानीयले मलाई आश्वस्त पार्दै भनेका कुरा पुनः सम्झिन्छु-‘जङ्गलको बाटो भए पनि कुनै डर, त्रास केही हुँदैन। राति एक्लै हिँड्दा पनि केही हुँदैन। जनावरले आक्रमण गर्ने वा चोरी, लुटपाट हुने केहीको पनि डर मान्नु पर्दैन। निर्धक्क भएर हिँड्नु भए हुन्छ।’
तथापि मन शान्त हुँदैन। बेचैनीले छट्पटिँदै बाटो छिटो छोट्याउन खोज्छु। कोसीको सुसाइ पनि अब टाढिँदै गइसकेको छ। त्यसैले उकालो बाटो आधाउधी त भयो होला भन्ने अनुमान गर्छु। आफू आएको बाटो फर्केर हेर्छु। जानुपर्ने बाटो घाँटी तन्काएर मास्तिर हेर्छु। अघिसम्म हिँड्नेहरूको कति धेरै हुल ओर्लिरहेका। उछिनापाछिन हुँदै यात्रीहरूको ओहोरदोहोर कति हो कति ? बाटामा भेटिने र छुटिने कति कति यात्री।
बिसौनीमा बिसाएर भरियाहरू खाजा खाइरहेका। भारीलाई तोक्मामा टेकाएर खुइड्ढय गर्दै लामो सास फेरिरहेका। उकालोको साँघुरो घुम्तीमा त बाटो पाउन एकछिन पालो पर्खिनुपर्ने। सामानले लादिएका घोडा, झम्पेहरूका घाँटीमा बाँधिएका घण्टीको आवाज सुनेपछि त बाटोको भित्तातिर सुरक्षित नबसे बित्याँसै पर्ने। तिनले बोकेका सामानको धक्काले लडाउन सक्ने। कुनैले त लात्तीले उछिट्याउने। त्यसैले यिनीहरू आएको देख्ना साथ पहिले नै सतर्क हुनुपर्ने रहेछ। बाटो छोड्नु र भित्तातिर आड लिएर बस्नु बुद्धिमानी हुने रहेछ।
त्राहिमाम् त्राहिमाम् हुँदै छिटो छिटो, झन् छिटो फड्को मार्छु। खुट्टा उकालोमा उक्लिन मुस्किल हुन्छ। नाम्चेदेखि दिनभरि ओरालो झरेकाले खुट्टा थाकिसकेको हुनुपर्छ। त्यसैले उकालोमा पाइला सार्नै हम्मे हम्मे भइरहेको छ। जङ्गलतिर आँखा नियाल्छु, लालीगुराँसको जङ्गल देखापर्छ।
ओहो! हाम्रो राष्ट्रिय फूल लालीगुराँस ! तर चिसोले खाएर होला, फूल फुल्नका लागि कोपिला लाग्ने सुरसारै भएको छैन। फुल्ने, फैलिने कहिले होला भनी सोच्छु। गुराँस फुल्दा वनै रङ्गीन, सुगन्धित भएर मगमगाउँदो होला।
कहिल्यै नदेखेका, नचिनिएका चराहरू निर्धक्क भुइँमा चारा खोज्दै खाँदैछन्। अनि आत्मबल बढाउँछु– यिनलाई त केही डर छैन भने म मान्छे किन डराउनु? यदि बाघ आउने भए यी बिचरा चरा कहाँ यसरी आरामले चारा खोज्दै बस्थे होलान् र?
मन बुझाउँछु। तथापि कानहरू चनाखा हुन्छन्। आँखाहरू जङ्गलतिर नियालिरहन्छन्। पाइला बाटोमा दौडाउँछु। चुपचाप चुपचाप मौन सन्नाटाले उकालो केहीछिन चकमन्न हुन्छ। झन् अनेकौं कुरा मनमा खेल्न थाल्छन्। डरले अन्यौलमा पर्छु। निधार खुम्च्याएर बाटो तलतिर यसो नियाल्छु।
पर्यटक भरिया कोही पनि उकालो निस्किरहेका देखिँदैनन्। बाटो पनि एकदमै सुनसान छ। विस्फारित लोचनले ठाडो उकालो मास्तिर हेर्छु– चरामुसाको पनि कुनै चालचुल छैन। पात खसेको, चरा चलबलाएको फिटिक्क केही आवाज सुनिँदैन।
मधुर गुञ्जन एक्कासी मेरो चनाखो कानमा पर्छ। सास रोकेर सुन्छु– यो गुञ्जन मान्छेको हो कि कुनै अज्ञात पशुपक्षीको हो? म ठम्याउन सक्दिनँ। मान्छेले खासखुस कुरा गरेजस्तो पनि लाग्छ। चराले पातपतिङ्गर खोस्रिएजस्तो पनि। कुनै जनावर बिस्तारै हिँडिरहेजस्तो पनि। आङ सिरिङ्ग हुन्छ। पछि थाहा भयो आखिर त्यो त सरर हावा चलेको सुस्तरी गुञ्जन मात्रै रहेछ।
दिन ढल्किसकेको छ। सायद घाम अस्ताउने तर्खरमा होला। हेलिकोप्टरको चर्को आवाज पनि आउन छाडिसकेको छ। चिसोको मात्रा पनि बढ्न थालिसकेको छ। त्यसैले होला, बाटोमा मानिसको हिँड्डुल कम हुँदै गइरहेको। चित्त बुझाउने प्रयत्न गर्छु। डर भगाउने उपाय खोज्छु। सोच्छु, सम्झन्छु, आफैंलाई सम्झाउँछु।
तेङ्बोचेबाट विदेशी पदयात्रीहरू प्रायः दिउँसै बास बस्छन्। र, आफूलाई वातावरण अनुकूल राख्न आराम गर्दै हिँड्छन्। ओरालो झरिरहेका भरियालाई सोध्छु– ‘अब तेङ्बोचे पुग्न कति समय लाग्ला?’
‘अँ, तपाईंलाई आधा घण्टा जति हो।’ मलाई यसो हेर्दै अनि आफू आएको उकालोतिर फर्केर हेर्दै तिनले मलाई लाग्ने समयको अनुमान गरी भने। तर तिनको त्यो अनुमान कति सही हो तिनैले जानून्। मलाई चाहिँ जति हिँड्दा पनि उकालो काटेर भन्ज्याङमा बिसाउन पुग्ने समय बितेर गइरहेकामा दिक्क लाग्नु स्वाभाविक हो।
आधा घण्टा भनेको एक घण्टामा त जसरी पनि पुगिहाल्छु भन्दै म फेरि उकालो चढ्छु। एकछिन बस्छु, बिसाउँछु। अब बास बस्न पुग्ने भनेकै त्यही तेङ्बोचे हो, के को हतार र!
झोला बोक्छु। लट्ठी टेक्छु। हिँड्छु। उही उकालो, उस्तै ढुङ्गाका सिँढी आउँछन्। तिनलाई टेक्दै मास्तिर निस्किन्छु। तर माथि पुग्ने छेकछन्दै आउँदैन। फेरि उस्तै कुइनेटो आउँछ। उही उकालो भेटिन्छ। उही बोटबुट्यानहरू आउँछन्।
आधा घण्टा कटेर एक घण्टा पुग्छ समय। तर मरिगए तेङ्बोचे आउँदैन। म जङ्गलकै उकालो बाटोमा छु। हरे, हैन थाकेको बेला पुग्नुपर्ने गन्तव्य पनि कति टाढिँदै गएको हो? आखिर म हिँडिरहेकै छु।
‘हैन, तेङ्बोचे अब आइपुगेन?’ अर्का बटुवासँग प्रश्न गर्छु।
‘अब अलिकति मात्रै हो। आधा घण्टा जतिमा पुगिहाल्नुहुन्छ,’ सजिलै उत्तर दिएर उनी खुरुरु ओरालो झर्छन्। म तिनको हिँडाइ र भारीको बोझ हेर्छु। यसरी भारी बोकेर सजिलै बाटो काट्नेहरूको कैयौं ताँतीले डाँडा काटिसके। म भने सोध्दैमा जहाँको तहीं छु जस्तो लाग्छ। कहिले पुगिने हो त्यो तेङ्बोचे? हैन कति टाढा भएको हो? आफैं हैरान हुन थाल्छु।
लालीगुराँसका बोटबुट्यानका जङ्गल हुँदै उकालो चढिरहँदा पाइपबाट पानी झरिरहेको आवाजले झस्काउँछ। पानी पिएर जाँगर बटुल्नुपर्ला भन्ने सोच्दै झोला बिसाउँछु। आँखै सामु एकदमै नजिकबाट पानी पिउन आएका एक जोडी डाँफे देखेर खुसीले उफ्रिन्छु। एकदमै नजिकबाट डाँफे देख्न पाउँदा खुसीले रमाउँछु। डाँफेका प्वाँख र पखेटाका रङहरू।
भाग्ला कि भनेर बिस्तारै चाल मारेर फोटो खिच्ने कोसिस गर्छु। एउटा डाँफे भुर्र उडेर जङ्गलतिर पस्यो। अर्को डाँफेले भने मलाई फोटो खिच्नका लागि मजाले ‘पोज’ दियो। यसरी राष्ट्रिय फूल र राष्ट्रिय पक्षी एकसाथ देख्न पाउँदा थाकेर हिरिक्क हुन लागेको ज्यानले पनि आनन्द महसुस गर्न पाउँदा आफैंलाई धन्य सम्झिँदै उकालो लाग्छु।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...