‘जागेश्वर महादेवले सबैको कल्याण गरून्’
०५ साउन २०७७
•
६ मिनेट पाठ
‘जागेश्वर महादेवले सबैको कल्याण गरून्’
पुरुषोत्तमलोचन श्रेष्ठ

पुरुषोत्तमलोचन श्रेष्ठ

भक्तपुर शहरको पश्चिमस्थित, च्वङापा (सल्लाघारी)मा रानीपोखरी छ। त्यो पोखरी नेसं  ७५० (विसं.१६८७) मा तत्कालीन भक्तपुर राज्यका राजा जगज्योर्ति मल्लले बनाउन लगाएका हुन्। तत्कालीन समयमा बनेको नया“ पोखरी भएकाले नेवार लोक जीवनमा यो पोखरी ‘न्हुपुखू’ (नया“ पोखरी) भनी प्रख्यात रहि आयो। जगज्योति र्मल्लले राख्न लगाएको नेसं ७५० को सोही पोखरीको सिंहफले (सिंहसत्तल)को शिलालेखमा सो पोखरीलाई ‘पुष्करिणी’ (कमल हुने पोखरी) भनिएको छ। भक्तपुरका जनता मिलेर पा“च महिनाको छोटो समयावधिमै (पौषकृष्ण एकादशीको दिनदेखि आरम्भ गरी वैशाखकृष्ण द्वादशी, वृहस्पतिवारको दिनमा पूर्ण) पोखरीको सबै निर्माण पुरा गरिदिएका थिए।  




भक्तपुरका जागेश्वर महादेव। 
पोखरीको मध्यभागमा रहेको काष्ठ स्तम्भमा वासुकी नागको सुनको मूर्ति थियो। पोखरीमा जानका निमित्त दक्षिणमा राजकीय एवं सांस्कृतिक महत्वको उही सिंहफले (सिहंसत्तल)  बनेको थियो। सिंहसत्तलको उत्तरमा वा पोखरीको दक्षिणघाटमा अनेक कलाकृति लगायत चतुर्मुख शिवलिंग स्थापित (जागेश्वर महादेव) सानो ढुङ्गे मन्दिर पनि थियो। नेसं ७८३ (वि.सं.१७२०) मा कान्तिपुरका राजा प्रताप मल्लले ललितपुरका राजा श्रीनिवास मल्लसित मिलेर भक्तपुरमा आक्रमण गर्दा शहर बाहिरका भाज्या पुखू लगायत यो पोखरी पनि बिगारी यहा“का कलाकृति लिएर गएका थिए। त्यसको ४८ वर्षपछि नेसं ७९८ (विसं १७३४) मा उनका पनाति, राजा जितामित्र मल्लले यो पोखरी जीर्णोद्धार गर्न लगाएका थिए। त्यस उत्सवमा उनको निमन्त्रणलाई मानेर कान्तिपुरका राजा नृपेन्द्र मल्ल (प्रताप मल्लका पुत्र) र ललितपुरका राजा श्रीनिवास मल्ल पनि उपस्थित हुन आएका थिए। मल्लकालको पतनपछि यस पोखरीको राजकीय महत्व भने रहेन तर सांस्कृतिक महत्व भने कुनै न कुनै रूपमा आजसम्म पनि रहिआएको छ।  

प्रताप मल्लले उठाएर लगेको जागेश्वर महादेवकोे पुरानो शिवलिङ्गको स्थानमा जितामित्र मल्लले यो नयाँ शिवलिङ्ग बनाउन लगाई पुनः प्रतिष्ठा गरेको देखिन्छ। 
मल्लकालपछि पोखरीले मरम्मत हुने अवसर पाएन, उपेक्षित नै र≈यो। विसं २०४० सालमा यो पोखरी परिसर नेपाली सेनाको स्वामित्वमा गएपछि र पोखरीमा तारबार लागेपछि भक्तपुरको सांस्कृतिक जीवनसित यसको स्थापनाकालदेखिको अटुट सम्बन्ध पनि टुट्न पुग्यो। मल्लकालपछि भग्न हुँदै गएको सिंहसत्तल पनि विसं २०५६–०५७ सालको ठूलो वर्षाले गल्र्याम्मै ढलेर पाताल हुनपुग्यो।  विसं २०७६ सालमा भक्तपुर नगरपालिका र नेपाली सेनाबीचको ऐतिहासिक सहमति पश्चात् भने पोखरीले पुनः पुनर्जीवन पाउने अवसर पाएको छ।  

भक्तपुर नगरपालिकाले नगरका अन्य सम्पदा लगायत यस पोखरीको जीर्णोद्धार÷पुननिर्माणको काम विसं २०७६ सालदेखि आरम्भ गरिसकेको छ। सोही सिलसिलामा, प्रारम्भिक चरणमै यसको घाँस, झारपात उखेलेर सरसफाई अभियान  आरम्भ गर्दा  गर्भस्थ हुनलागेका अनेक कलाकृति छरपष्टै देखिनथालेका छन्। त्यसमध्येको एक लोपोन्मुख कृति यो चतुर्मुख शिवलिङ्ग ‘जागेश्वर महादेव’ पनि हुन्। प्रस्तुत चित्र त्यही बेलामा खिचिएको हो। यस चित्रले पनि सो शिवलिङ्ग र यहा“का अन्य कलाकृति कति लथालिङ्ग एवं लोपोन्मुख अवस्थामा पुगेका रहेछन् भन्ने चित्रण गरेको छ।

पुरातत्वका दृष्टिले लिङ्गपुजन परम्परा पाँचहजार वर्षदेखि अनवतरत चली आएको छ। शिव नै एक यस्ता देवता हुन् जसको शरीरका दुई भाग अलग–अलग पुजिएको पाइन्छ। त्यसमध्ये प्रतिमा पुजनका तुलनामा लिङ्गपुजन नै रूढ छ। प्रतिमा पुजन र लिङ्ग पुजनको समावेशी रूप मूर्तियुक्त लिङ्गमा दर्शनीय हुन्छ। मूर्तियुक्त लिङ्गका पनि दुई रूप देखा पर्छन् विग्रहलिङ्ग र मुखलिङ्ग (डा.नीलकण्ठ पुरुषोत्तम जोशी (१९७७) प्राचीन भारतीय मूर्ति विज्ञान, विहार राष्ट्रभाषा परिषद्, पटना: पृष्ठ ५१)।  मुखलिङ्ग पनि एकमुख, दुईमुख र चतुर्मुख अनेक कालखण्डमा चलेको पाइन्छ।  

शिवलिङ्गको शिर्षमा चारैतिर शिवका चार मुख कुँदेर बनाइएको चतुर्मुख शिवलिङ्गको एउटा सुन्दर नमुना यन्त्रासनमास्थित यो जलहरियुक्त चतुर्मुख शिवलिङ्ग पनि हो। शिवलिङ्गको मुखस्थिति (नाम, दिशा, आम्नाय र प्रतीक) यस प्रकार रहेको विदित हुन्छ: १.सद्योजात÷महादेव–पूर्व, पूर्वाम्नाय, पृथ्वीतत्व २.तत्पुरुष÷नन्दीवक्त्र–पश्चिम, पश्चिमाम्नाय, वायुतत्व ३.अघोर÷भैरव–दक्षिण, दक्षिणाम्नाय, अग्नितत्व ४.वामदेव÷उमावक्त्र– उत्तर, उत्तराम्नाय, जलतत्व। भौतिक रूपका यी चार मुखलिङ्गका अतिरिक्त शिवका अन्य दुई अभौतिक मुख पनि छन् जसमध्ये शिवलिङ्गको शिर्षभागलाई ईशान वा सदाशिव (उध्र्वाम्नाय) भनिन्छ जुन आकाशतत्वको प्रतीक मानिन्छ। त्यसैगरी शिवलिङ्गको तलको भागलाई (अधराम्नाय) पातालतत्वको प्रतीक मानिन्छ।  

यस अध्ययन अघि यस चतुर्मुख शिवलिङ्गको नामसित भक्तपुरको सांस्कृतिक जीवन परिचित रहेको देखिएन। ऐतिहासिक सामग्री भाषा वंशावलीमा उल्लेखित विवरणबाट यस महादेवको नाम ‘जागेश्वर’ रहेछ भन्ने नूतन कुराको साथै अन्य महŒवपूर्ण कुरा समेत एकसाथ ज्ञात हुन आएको छ जुन यस प्रकार छ (भाषा वंशावली, भाग २, पृष्ठ ६०)  

‘...कान्तिपुर ललितपत्तनका राजा दुई मिली भक्तपुरमाथि चढाइ गरी त्यहाँ पछि संवत् ७८३ वैशाख मैन्हामाथि पोजोलमाथि जगज्योतिर्मल्लले बनायाको पोखरीको छेउ स्थापना गरी राख्याको जागेश्वर महादेव सुनका छाना भयाका देवता उठाई आफ्ना शहर कान्तिपुरमा लग्या। फेरि यसै पोखरीबीच राख्याको सुनका नाग पनि उठाई लगी कान्तिपुरका भण्डारखालका पोखरीमा सुनका बसाहामाथि जागेश्वर राखी नागफनि समेत राखिदिया ।’

नेपाली सेनाको सहमति एवं भक्तपुर नगरपालिकाको सत्कर्म–प्रयासमा कैयन कालदेखि सुतेका यी जागेश्वर महादेव फेरि जाग्ने ऐतिहासिक दिन आएको छ। यो हामी सबैका लागि खुशिको कुरा हो।
 जागेश्वर महादेव। 
उपरोक्त विवरणलाई आधार मानेर यी जागेश्वर महादेवलाई हेर्दा हनुमानढोका राजदरबारको भण्डारखालको नागपोखरी र नजिकैको सानो महादेव मन्दिरमा स्थापित ती जागेश्वर महादेवको स्मरण हुन आएको छ जसलाई तत्कालीन कान्तिपुरका राजा प्रताप मल्लले ललितपुरसित मिलेर नेसं ७८३ मा भक्तपुर आक्रमण गर्दा यो पोखरी समेत बिगारी यहा“का सुन्दर कलाकृति लगायत यी जागेश्वर महादेव पनि उठाएर लगी त्यहाँ सजाउन लगेका थिए। प्रताप मल्लले पोखरी भताभुङ्ग पारेर यहा“का सुन्दर कलाकृति उठाएर हनुमानढोका राजदरबार सजाउन लगेको कुराको उल्लेख तात्कालिक अन्य ऐतिहासिक सामग्रीको अध्ययनबाट पनि विदित हुन्छ। विचारणीय कुरा के छ भने स्थान विशेषका महत्वपूर्ण कलाकृति उठाएर लगी हनुमानढोका राजदरबार सजाउने सौख राख्ने प्रतापमल्लको निधन भएको १४ वर्षपछि नेपालमण्डल (काठमाडौं उपत्यका) का तीनवटै राज्यबीच राजनैतिक सम्बन्ध सुमधुर भएको अवस्था थियो।  

त्यही समयमा यस पोखरीको जीर्णोद्धार भएको थियो। त्यस क्रममा प्रताप मल्लले उठाएर लगेको जागेश्वर महादेवकोे पुरानो शिवलिङ्गको स्थानमा जितामित्र मल्लले यो नया“ शिवलिङ्ग बनाउन लगाई पुनः प्रतिष्ठा गरेको दृष्टिगोचर हुन्छ। समयको उर्दी र नियतिको खेल हो। नेपाली सेनाको सहमति एवं भक्तपुर नगरपालिकाको सत्कर्म–प्रयासमा कैयन कालदेखि सुतेका यी जागेश्वर महादेव फेरि जाग्ने ऐतिहासिक दिन आएको छ। यो हामी सबैका लागि खुशिको कुरा हो। जागेश्वर महादेवले सबैको कल्याण गरून्।
अर्को समाचार
चाँदबागका दुवै टोली विजयी
०७ फागुन २०८०
•
१ मिनेट पाठ
चाँदबागका दुवै टोली विजयी
आयोजक द चाँदबाग स्कुलका दुवै टोली आइतबार दोस्रो कम्फेस्टअन्तर्गत यु–१२ गल्र्स बास्केटबलमा विजयी भएका छन्।




बाँसबारीस्थित घरेलु कोर्टमा चाँदबाग ‘ए’ ले काष्ठमण्डपलाई १४–७ तथा चाँदबाग ‘बी’ ले बाल दीक्षा सदनलाई ८–६ ले पराजित गरे। सोही स्पर्धामा रिब्सले बौद्ध इन्टरनेसनल स्कुललाई १४–४ तथा बौद्ध चिल्ड्रेन हेभनले क्याम्पियनलाई २४–२ ले हराए।

यु–१२ ब्वाइज बास्केटबलमा बालदीक्षाले काष्ठमण्डपलाई ६–०, होली भिजनले जेभियर इन्टरनेसनललाई ७–५, ज्ञानोदयले चाँदबागलाई ४–३ र प्यारागनले बौद्ध इन्टरनेसनललाई २०–४ ले पाखा लगाए।

यु–१२ ब्वाइज फुटबलमा चाँदबागले अनमोल ज्योतिलाई ५–२, जेभियर इन्टरनेसनलले बाल दीक्षालाई ४–०, बोधीसदनले गुह्येश्वरीलाई ३–१ र रिब्सले एलआरआईलाई ३–० ले पन्छाए। लिटिल वन्डर्स र थ्री स्टारले १–१ गोलको बराबरी खेले।

प्रतियोगिताको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले एक कार्यक्रमबीच उद्घाटन गरे। बास्केटबलको ब्वाइज÷गल्र्समा समान १२–१२ तथा ब्वाइज फुटबलमा २२ टोली सहभागी छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस