बल्झिएको समस्या
दुई महिना नबित्दै खेलकुदले फेरी एउटा दुखद समाचारसंग आत्मसात गर्नुपरेको छ । सन् १९९९ मा काठमाडौंमा सम्पन्न आठौं दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) की रजत पदक विजेता मञ्जु तुलाधरको दुवै मिर्गौलाले काम गर्न छोडेको छ । अहिले उनी हप्ताको दुई पल्ट डाइलोसिस गराइरहेकी छिन् ।
झन्डै दुई महिना अघि राष्ट्रिय भलिबल टोलीका पूर्व खेलाडी दीनेश बानियाँको पनि दुवै मिर्गौला काम नलाग्ने भएको थियो । उनी अहिले मिर्गौलाको प्रत्यारोपणका लागि भारतमा छन् । दीनेशको उपचार सहयोगार्थ सबै क्षेत्रले हात बढाएका थिए । नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषद् -राखेप) ले ५-५ लाख रुपैया आर्थिक सहयोग गरेका थिए । उनको उपचारमा सहयोग गर्न नेपाल राष्ट्रिय तथा अन्तर्राष्टिय खेलाडी संघ र नेपाल खेलकुद पत्रकार मञ्चले नेपाटप खेलाडी कप फुटबल प्रतियोगिताको आयोजना गर्यो भने हास्य कलाकारहरुले मैत्रीपूर्ण खेलको आयोजना गरे । दीनेशले धेरै संघ संस्था र व्यक्तिबाट पनि आर्थिक सहयोग पाए ।
एकै प्रकृतिका विरामीका लागि सरकारले कस्तो व्यहार गर्ने र अन्य संघ संस्थाले कस्तो सहयोग गर्ने यति खेर गम्भिर प्रश्न खडा भएको छ । मञ्जुका लागि पनि अब त्यस्तै सहयोगी हात अघि बढ्छन् बढ्दैन । सहयोगका लागि कतिलाई गुहार्ने क-कसको ढोका चहार्ने, फेरी पुरानै तरिकाबाट रकम संकलन होला नहोला ।
रोग जो कोही लाई पनि लाग्छ । राष्ट्रका लागि रगत पसिना बगाउने खेलाडीको उपचार गर्ने पहिलो जिम्मेवारी राष्ट्रको हो, तर हाम्रो देशमा खेलाडीप्रति सरकारको दायित्व प्रस्ट नहुादा दीनेश र मञ्जुजस्ता अन्तर्राष्ट्रियस्तरका खेलाडीले सहयोगको लागि अपिल गर्दै हिड्नुपर्ने बाध्यता आइपर्छ । भविष्यमा पनि यस्ता धेरै मुद्दा हाम्रा सामु आउनेछन् । सरकारले खेलाडीको उपचार निशुल्क गराइदिने भए सहयोगका लागि याचना गर्नुपर्ने दिएन । उपचारको सबै खर्च बेहोर्न नसके निश्चित सुविधा उपलब्ध गराउने व्यवस्था भएपनि विरामी खेलाडीले थप चिन्ता बोक्नु पर्ने थिएन । सरकारले अब खेलाडीको स्तर हेरी उपचार सहयोगमा मापदण्ड तोक्नुपर्छ । अन्तर्राष्ट्रिय पदक विजेता, अन्तर्राष्ट्रिय र राष्ट्रिय खेलाडीको अलग अलग श्रेणी निर्धारण गर्नुपर्छ । र रोगको प्रकृति हेरी कस्तो आर्थिक सहयोग गर्ने स्पष्ट नीति तय गर्नुपर्ने अवस्था आइसकेको छ । त्यस्तै राखेपले छुट्ाएको १ करोड रुपैयाको अक्षयकोष लाई व्यवस्थित गर्न छिटो छोटो नियमावली तयार पारी त्यसलाई सक्रिय पार्नुपर्छ ।
दीनेशले माग गरेजत्तिकै रकम पाए । खेलकुदमा त्यो पहिलो घटना भएकाले पनि उनले सबैको सहानुभुति पाएका थिए । यस्तो रोग अर्को खेलाडीलाई यत्ति छिट्टै देखिएला भन्ने कसैले कल्पनासम्म पनि गरेका थिएनन् । दुर्भाग्य भयो तस्तै र तेक्वान्दोकी अन्तर्राष्ट्रिय पदक विजेता होनहार खेलाडी मञ्जुलाई पनि त्यहि रोग देखा पर्यो । अझ त्यसमाथि उनी त मधुमेहबाट पनि पिडित छिन् । मधुमेह हुनेको मिर्गौला खराब हुनु थप दुखद विषय हो । उनको उपचार जटिल हुने जानकारहरु बताउछन् । त्यसैले उनको उपचारका लागि थप रकम लाग्ने अवस्था छ र त्यो मञ्जुको परिवारले मात्र गर्न सक्ने अवस्था नरहेको परिवारजनले बताएका छन ।
हिजो दीनेशलाई सहयोग गर्ने सरकार र राखेपले मञ्जुलाई पनि त्यस्तै सहयोग गर्नुपर्ने नैतिक दायित्व छ । खेलाडी संघ, मञ्च लगायत सबै संघ संस्थाले मञ्जुको उपचारका लागि पहिलाको जत्तिकै पहल गर्नुपर्छ । एउटा खेलाडीको जीवनरक्षाका लागि फेरी सबै एकजुट हुनैपर्छ । तर भविष्यका लागि हामी सबैले पाठ सिक्नु पर्छ । प्रत्येक पटक खेलाडी बिरामी भएपछि उसको उपचारका लागि टालटुले पारामा सहयोग उठाउने काम सधै प्रभावकारी हुन सक्दैन । सरकार र राखेपले खेलाडीको उपचारका विषयमा स्पष्ट नीति चाडो भन्दा चाडो बनाउनुपर्छ । त्यसो हुन सकेमात्र खेलाडीले खेलक्षेत्रमा लागेकोमा पछुताउनुपर्ने छैन ।