घरको पश्चिम दिशातिर खोपा जस्तो झ्याल छ। त्यही झ्याबाट चियाएर बाहिर काले गाइनेको सारङ्गीको धून सुनेँ। चारवटा ढागोमा खुब मिठो र्याइँ... र्याइँ... धून। पछि थाहा भयो उनीहरुले मेरो सारङ्गी छेवर गरिदिएका रे। त्यही साल माघमा मेरो छेवर भारैछ। मेरो सारङ्गी छेवर गरे बापत गाइनेलाई एउटा कचौरा, थाल दान दिए।
एक्लो छोरो। त्यही भएर भात खुवाई, छेवर, विवाह सबै भव्य गर्ने बा, आमाको आश हो रे जन्मनासाथ। त्यसैको एक भाग मेरो सारङ्गी छेवर रहेछ। त्यसपछि सारङ्गीको त्यति ख्याल भएन गाइनेहरु दशैंताका र बैशाखमा आउने गर्थे।
एक्कसी सारङ्गीमा ०४८ सालतिर फेरि मोह जाग्यो। मोह जाग्नुमा बागलुङको खोलेसबाङ्ग भन्ने ठाउँमा बागलुङ दक्षिण भेगका प्रदीप शाही भन्ने शिक्षक आए। उनी नेकपा (मसाल)को सांस्कृतिक मोर्चा रक्तिम परिवारमा पनि संलग्न थिए। उनले तल हुन्द्रफेदीमा लाग्ने जेठ २० को मेलामा सारङ्गी बजाएको देंखे।
गाउँमा सारङ्गी गाइनेले मात्रै बजाउँछन् भन्ने चलन थियो। जुन चलनले अन्य समुदायले बजाउने चलन थिएन। एक्कसि ती बालपनको काले गाइनेको सारङ्गीको धून र प्रदीप शाहीकोमा आएर मेरो चेतना जोडियो। त्यसपछि म पनि गाउँमा गएर सारङ्गी बनाउन र बजाउन सक्छु भन्ने आँट आयो। जेठ २० पछि असारमा अर्धवार्षिक परिक्षा सकियो। गाउँ गएर मुठाचौर भन्नेमा वर्षे गोठ हुन्छ, त्यहाँ पुगें। नरम काठ तर, सुकेपछि कडा हुने पांग्राको रुखको सारङ्गी बनाएँ। सारङ्गी बनेपछि दिनरात त्यही रेटन लागियो। छरछिमेक, बा, आमा सबैले गाइने भनेर गाली गर्न लागे। रेट्दा रेट्दै सारङ्गीको यति राम्रो धून निस्कन लाग्यो कि साथीहरुले टेपरेर्कडर लिएर रेर्कड गर्न लागे।
त्यसपछिका मेरो सारङ्गी बजाउने रहर मात्र होइन केही गाउँका केटाहरुको गुरु समेत बनें। उनीहरुले पनि राम्ररी बजाउन सिके। एकदिन आगनमा बसेर सारङ्गी रेटेर साथीहरुसँग गफिंदै थियौं। सानो मकैका कुम्ला बोकेको दाइने कुममा सारङ्गी कुइना ठोक्याउँदै २ जना गाइने आए। अनि उनीहरुले मेरो सारङ्गीको राग सुनेर मख्ख परे।
सामान्यतः सारङ्गी खरीको वा खिर्राको हुन्छ। यो काठ के हो? ती गाइनेले प्रश्न गरे मैले 'यो पांग्रासारङ्गीको भनेर जवाफ दिएँ। त्यो सुनेर काठ लिने विचार त गरे गाइनेहरुले तर माथि लेकमा पुग्नुपर्ने। उनीहरुले आफ्नो सारङ्गी रेटे तर, मेरो सारङ्गीको रागले उनीहरुको सारगीको रागलाई पछि पार्यो।
पछि ती गाइनेसँग सारङ्गी कति इन्च, कति खोपिल्टो हुन्छ भनेर सबै जानकारी लिएँ। उनीहरुले यसरी बनाउँदा अझै राम्रो हुन्छ भनेर सुझाए र अर्को नयाँ सारङ्गी बनाए। त्यसको राग त झन बयान गर्नै नपर्ने गरी राम्रो भयो। तीन साल जति बजाएँ। पछि आफू बुटवल, काठमाडौंतिर बरालिइयो। त्यही बेला मेरो सारङ्गी अर्को गाउँमा पुगेको खबर पाएँ।
अझै सारङ्गी बजाउँछु भेटदाखेरी। एक दिन एयरपोर्टनेर सेकुवा खान गइयो साथीहरुसँग। त्योबेला चौरमा बसेर घलेको सेकुवा खुबै खाइन्थ्यो।
त्यही बेला एउटा गाइने आयो। सारङ्गी मागेर रेटेको त साथीहरु जिल्ल खाए। उपद्रो हाँसो पनि भयो। अहिले अनमिनमा रहेका युवराजले हँसाए 'ल उजिर अब पत्रकारिता छोडे पनि गतिलो गाइने रहेछ। पछि एउता यात्रामा मलेखुमा माछा खान लागियो। त्यहीँ एउता गाइने टुप्लुक्क आए। सारङ्गी मागेर मैले बजाएपछि फेरी अर्को हाँसो भो। त्यो यात्रामा गोरखापत्रका कुलप्रसाद (केपी) गौतम दाइ जुरुक्कै उठेर नाचे। अर्को हाँसो भयो। पछि त्यही गाइनेको फोटो खिचेर फिचर लेखें।
सारङ्गीको कथासँगै लोकप्रिय गन्धर्भ मानिने झलकमानको निधनपछि पनि उनी बारे मैले नै लेख लेखें। अझै पनि मलाई सारङ्गीको मोह भंग भाएको छैन। कतिपय बेला मेरो पुरानो सारङ्गी रेटेको सपनामा देख्छु। र, सम्झिने गरेको छु 'धून मिठो मेरो सारङ्गीको।'
एक्लो छोरो। त्यही भएर भात खुवाई, छेवर, विवाह सबै भव्य गर्ने बा, आमाको आश हो रे जन्मनासाथ। त्यसैको एक भाग मेरो सारङ्गी छेवर रहेछ। त्यसपछि सारङ्गीको त्यति ख्याल भएन गाइनेहरु दशैंताका र बैशाखमा आउने गर्थे।
एक्कसी सारङ्गीमा ०४८ सालतिर फेरि मोह जाग्यो। मोह जाग्नुमा बागलुङको खोलेसबाङ्ग भन्ने ठाउँमा बागलुङ दक्षिण भेगका प्रदीप शाही भन्ने शिक्षक आए। उनी नेकपा (मसाल)को सांस्कृतिक मोर्चा रक्तिम परिवारमा पनि संलग्न थिए। उनले तल हुन्द्रफेदीमा लाग्ने जेठ २० को मेलामा सारङ्गी बजाएको देंखे।गाउँमा सारङ्गी गाइनेले मात्रै बजाउँछन् भन्ने चलन थियो। जुन चलनले अन्य समुदायले बजाउने चलन थिएन। एक्कसि ती बालपनको काले गाइनेको सारङ्गीको धून र प्रदीप शाहीकोमा आएर मेरो चेतना जोडियो। त्यसपछि म पनि गाउँमा गएर सारङ्गी बनाउन र बजाउन सक्छु भन्ने आँट आयो। जेठ २० पछि असारमा अर्धवार्षिक परिक्षा सकियो। गाउँ गएर मुठाचौर भन्नेमा वर्षे गोठ हुन्छ, त्यहाँ पुगें। नरम काठ तर, सुकेपछि कडा हुने पांग्राको रुखको सारङ्गी बनाएँ। सारङ्गी बनेपछि दिनरात त्यही रेटन लागियो। छरछिमेक, बा, आमा सबैले गाइने भनेर गाली गर्न लागे। रेट्दा रेट्दै सारङ्गीको यति राम्रो धून निस्कन लाग्यो कि साथीहरुले टेपरेर्कडर लिएर रेर्कड गर्न लागे।