लोडसेडिङ्गको नयाँ तालिका
१७ माघ २०६६
•
१२ मिनेट पाठ
लोडसेडिङ्गको नयाँ तालिका
लोडसेडिङ्गले गर्दा डा. गुरुङ्गले अर्को समस्या पनि झेलिरहेका रहेछन। 'बत्ती छैन। काम गर्न पाइएन। ल्यापटप चाहियो भनेर हैरान गर्नुहुन्छ अफिसका साथीहरु। कसरी सबैलाई ल्यापटप पुर्‍याउने?' उनी भन्दै थिए।

***
लामो समयको अन्तराल पछि बुधबार एउटा औपचारिक कार्यक्रममा सहभागी भइयो। त्यो पनि अस्तित्वको लडाईमै ३४ बर्ष बिताएको एउटा सरकारी आयोगको। उमेर भन्दा जेठो आयोग 'जल तथा उर्जा'।
आयोगका सह-सचिव डा. रवि शर्मा अर्याललको तारन्तार टेलिफोन पछ्याउँदै राजधानीको एउटा पाँचतारे होटलको कार्यक्रममा सहभागी हुने निधो मंगलबार नै गरेको थिएँ। औपचारिकतामा सीमित यस्ता कार्यक्रम र भाषण खासै चासोको बिषय हुँदैन अहिलेको सञ्चार माध्यमलाई। तरपनि 'लोडसेडिङ्ग'सँग सम्बन्धित एउटा निकाय भएकाले कार्यक्रममा जाने इच्छा बढ्यो।
वार्षिक उत्सवमा सहभागी हुनु पूर्व थापाथलीस्थित नेपाल वातावरण पत्रकार समूहको कार्यालय के पुगेको थिएँ, मित्र निमेष रेग्मीले सहकर्मी माँझ छ/सात वटा फोटोकपी बाँढ्दै हिँडिररहेका थिए। ध्यान त्यसतर्फ आकर्षित भयो।
अनि मागे 'खै के हो त्यो? हेरौ त।' सबैको ध्यान उनले बितरण गरिरहेको लोड सेडिङ्गको समय तालिकातिर पो तानिएको रहेछ। सुरुमा त्यो तालिका 'मसँग छ' भन्नेहरु बहुमतमा थिए। 'यो लोडसेडिङ्गको नयाँ तालिका हो। तपाईसँग भएको पुरानो भइसक्यो। आज देखि लोडसेडिङ्ग चार घण्टा थपियो। दैनिक एघार घण्टा भयो', रेग्मीले बडो उत्साहका साथ नयाँ खबर साथीभाईबीच बाँडदै थिए। उनले यो के भनेका थिए, तालिकाको माग ह्वात्तै बढ्यो। किन कि नयाँ तालिका कसैसँग थिएन। कार्यालयका सबै कर्मचारी र कामका सिलसिलामा आएका व्यक्तिले समेत त्यो फोटोकपी गरेर खल्तीमा हाले।

घरपरिवारको बारम्बार माग थियो, लोडसेडिङ्ग तालिकाको। त्यसैलै एउटा फोटोकपी खल्तीमा हालेर लागियो उर्जा आयोगको वार्षिक उत्सवतिर। अनि सुनियो यसको गाथा। यो एउटा काम नभएका र कारवाहीमा परेकालाई थान्को लगाउने निकाय पो रहेछ। पहिला जलस्रोत मन्त्रालय र अहिले उर्जा मन्त्रालय अर्न्तगत यसलाई राखिएको छ। यसको अध्यक्ष पनि उर्जा मन्त्री नै हुने रहेछन् जुन कुरामा आयोगका पदाधिकारीहरु असन्तुष्ट देखिए। र यसलाई कुनै एक मन्त्रालयको अधिनमा राख्न उचित नहुने सुझाव लिखित रुपमा राखे, तर भाषणमा राखेनन्। नाम धेरै सुनेको र काम त्यति नदेखिएकाले पनि होला बढो चाखपूर्वक यसको बिगत जान्ने मौका पाइयो।
आयोगका वर्तमान र पूर्व पदाधिकारी, इन्जिनियर, राज्य र फुल मन्त्रीको भाषण खुबै चलिरहेको थियो। संयोगवश विगतमा राष्ट्रिय योजना आयोग अर्न्तगतको एउटा परियोजना र हाल बर्ड कर्न्जरभेशन नेपालमा कार्यरत डा. हुम गुरुङ्ग सँगै बसेका थिए। उनी पनि बडो गम्भीरताका साथ आयोगको उमेर र बुधबार मात्र थपिएको लोडसेडिङ्ग तालिकाको चर्चा गर्दै थिए। 'बुझनुभयो त आयोगको प्रभावकारिता?', गुरुङ्गले बारम्बार व्यङग्यात्मक प्रश्न गर्दै थिए।

आयोगले अहिलेसम्म गरेका जलविद्युत् सम्बन्धी अध्ययन, अनुसन्धान र सुझाव मन्त्रालय वा अन्य निकायले समयमै कार्यान्वयन गरेको भए लोडसेडिङ्गको यस्तो अवस्था आउने थिएन। आफ्ना अध्ययन र अनुसन्धान तथा सुझावलाई कार्यान्वयन स्तरमा पुर्‍याउन नसक्नु आयोगको पनि कमजोरी हो।

डा. गुरुङ्गले अर्को बडो गम्भीर कुरा राखे। भने, 'यो आयोग तपाई भन्दा पक्कै जेठो हो। खै यसले तपाईलाई के दियो? एघार घण्टे लोडसेडिङ्ग।' उनले लोडसेडिङ्गले गर्दा आफ्नो कार्यालयको कार्यतालिका नै परिवर्तन गरेका रहेछन।

गुरुङ्गले भने, 'मैले सबै बैठक र भेटघाट लोडसेडिङ्गकै समयमा राख्ने गरेको छु। आफ्ना सहकर्मीलाई पनि त्यही सुझाव दिएको छु। यस्ता कार्यक्रममा पनि त्यही बेला सहभागी हुनुपर्छ।' शायद तारे होटलमा हुने यस्ता कार्यक्रम लोडसेडिङ्गबाट प्रभावित हुदैनन भनेर होला उनले यस्तो भनाई राखेका। किनकी यस्ता होटलले 'जेनेरेटर'को प्रयोग गरेर भएपनि आफ्ना सुविधा दिइरहेका छन्।

लोडसेडिङ्गले गर्दा डा. गुरुङ्गले अर्को समस्या पनि झेलिरहेका रहेछन। 'बत्ती छैन। काम गर्न पाइएन। ल्यापटप चाहियो भनेर हैरान गर्नुहुन्छ अफिसका साथीहरु। कसरी सबैलाई ल्यापटप पुर्‍याउने?' उनी भन्दै थिए। अलिअलि भएपनि काम गर्न ब्याकअप हुन्छ भनेर साथीहरुले हैरान पारिसके।' यो समस्या डा. गुरुङ्गको मात्र होइन। अधिकांस कार्यालयले यही समस्या झेलिरहेका छन।

उर्जा आयोगको उमेर ३५ बर्ष पुग्दा लोडसेडिङ्ग एघार घण्टा पुगिसकेको छ। यो एउटा गणितको 'एकिक' नियम नबनोस भन्ने नेपालीको चाहना हो। फेरी आयोग ३६ बर्ष हु"दा 'लोडसेडिङ्ग' कति घण्टा हुने हो? यसमा गुरुङ्गले पनि त्यत्तिकै चासो दिइरहेका थिए। तरपनि आगामी बर्ष यो अझै बढ्दै जाने निश्चित भइसकेको छ।
आयोगका पूर्व सचिव तथा इन्जिनियर मोहनबहादुर कार्कीले बार्षिक उत्सवका अवसरमा आयोगलाई शुभकामना दिदै भने, 'आयोगले देशलाई अध्यारोबाट उज्यालोमा लग्न सकोस मेरो यही शुभकामना।' तर उनले भनेनन 'मैले आयोगमा बस्दा यो काम गरे वा सरकारलाई यो यो परियोजना सुरु गर्न सुझाव दिए भनेर।' यो यो काम गर्न सकिन पनि भनेनन।

आगामी वार्षिक उत्सवमा फेरि पनि आयोगका पूर्व सचिवले यस्तो शुभकामना नदिउन। यस्तो शुभकामना दिनु पहिले आफुले विगतमा आयोगमा बसेर के-के काम गरे र के गर्न सकिन भनेर समिक्षा गर्दा उचित हुन्छ। र त्यसलाई सार्वजनिक गर्दा अझ बढि उत्तम हुन्छ। कम्तिमा नेपालीले वास्तविक कुरा त थाहा पाउँछन्।

जल विद्युत सम्बन्धी कुनैपनि परियोजना सुरु हुनुभन्दा पहिले बिरोध गर्ने नेपाली प्रवृत्ति अध्यारोको कारण हुनसक्छ। सकारात्मक पक्ष भन्दा नकारात्मक कुरा उठाएर परियोजना सुरु गर्न नदिने प्रवृतिबाट उर्जा मन्त्री प्रकाशहरण महत वाक्क भएका रहेछन। उनले भाषणमा भने, 'अर्काले लुटला, झुक्याउला भनेर कहिलेसम्म ढुकुटी र भण्डार नखोलेर बस्ने? यस्तो प्रवृत्ति त्यागौ। यसले हामी पछि परिसक्यौ।' उनको आशय थियो, 'जलविद्यूत उत्पादन गर्दा लगानीकर्ताले ठग्छ की? मूल्य बढि पर्छ की? वा पर्याप्त विद्यूत दिदैन की भन्ने डरले हामीमा डेरा जमाएर बसेको छ।'

नेपालका जल तथा उर्जा विज्ञहरु कमजोर भएकाले कुनै पनि परियोजना सुरु नभएको र भएका पनि निश्चत अवधिका पुरा नभएको मन्त्री महतको आशय थियो। उनले आफ्नो देशको जलस्रोत र त्यसको विद्यूत उत्पादन क्षमता अध्ययन गरेर सम्बन्धित लगानीकर्तासँग राष्ट्रिय हितमा सम्झौता गर्न सक्ने क्षमता नभएकाले नै देश अन्धकारमय भएको गूनासो गरे।

यो क्षमताको विकास अहिलेको आवश्यकता हो। समाधानका उपाय सुझाउने भन्दा पनि समस्या र डर देखाइदिने प्रवृत्ति त्याग्नुपर्छ, विज्ञहरुले पनि। यो प्रवृत्ति नत्याग्ने हो भने देश निकट भविष्यमै चौबिंस घण्टे 'लोडसेडिङ्ग'मा जगकडिने छ।
अब आयो पैंतीस बर्षिय उर्जा आयोगका कुरा। यसका काम कर्तव्य र अधिकार सैद्धान्तिक रुपमा बडो सुन्दर छन। ठूला र मध्यम स्तरका बहुउद्देश्यीय जलस्रोत परियोजना सरकारबाट स्वीकृत हुनु अघि पुनरावलोकन गर्ने र कार्यान्वयनको सिफारिस गर्ने। जलस्रोत तथा उर्जाको विकास र व्यवस्थापन गर्न आवश्यक नीति, रणनीति, सम्भाव्यता अध्ययन गर्ने लगायतका कार्यक्षेत्र यसलाई दिइएको छ। यसले जलस्रोत रणनीति र राष्ट्रिय योजना पनि नबनाएको होइन तर ती कहिल्यै कार्यान्वयन भएनन। ३५ बर्षसम्म भएका कामलाई कार्यान्वयनमा लैजान सक्ने क्षमता आयोगले राख्नुपर्छ। स्वायत्त र प्रभावकारी कार्यान्वयनमा दवाव दिन सक्ने क्षमता राख्ने हो भने मात्र यसको औचित्य पुष्टि हुन्छ होइन भने आफ्नो उमेरस"गै लोडसेडिङ्ग समय बढाउदै लैजाने हो भने यसलाई तत्काल खारेज गर्दा उचित होला।
अर्को समाचार
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
०९ मंसिर २०८३
•
७ मिनेट पाठ
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
नेपालमा प्रजातन्त्र स्थापना गर्ने देखी सबै खाले राजनैतिक आन्दोलनहरूमा आफ्नो दर्बिलो उपस्थिति देखाउँदै यस देशको विकास क्रममा नेपाली कांग्रेस कहिले खुम्चिएर त कहिले आम जनताको अभुतपूर्ण समर्थनमा करिब आठ दशकदेखि नेपालको राजनीतिको अग्रमोर्चामा छ।

पहिलो पटक जनताले आफ्नो प्रतिनिधि आफैँ चुन्न पाउनेदेखि, मौलिक हकहरू, समावेशिता, विकास(?)का अनेक पूर्वाधार निर्माणका सवालमा कांग्रेसले महत्त्वपूर्ण योगदान गरेको कुरा अकाट्य छ। नेपालमा बहुदलीय प्रतिस्पर्धात्मक राजनैतिक व्यवस्था , शान्ति प्रक्रिया हुँदै नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रूपमा संविधानमै सुनिश्चित गराउने सम्मका काममा नेपाली कांग्रेस सदैव नेतृत्वदायी भूमिकामा रह्यो। 

तर कांग्रेसबाट जनताको अपेक्षा यतिमा मात्रमा सीमित थिएन। हिजोको जहानिया राणाशासन , पञ्चायती व्यवस्थाको विषम परिस्थितिमा समेत डटेर लडेको कांग्रेस आजको यत्तिको अवसरका बिचमा किन लरखराएको छ ? यो नै आम चिन्ताको विषय बनेको छ।

संविधानको कार्यान्वयन , सरकारको पारदर्शिता , भ्रष्टाचार , महँगी , बढ्दो बेरोजगारी , युवा पलायन लगायतका अनकन विषयहरूमा कांग्रेस र यहाँका मुख्य दलहरूमाथि जनताको जबरजस्त अविश्वास पैदा भयो। यही अविश्वासको जगमा समाजमा आक्रोश पैदा गराई देशका महत्त्वपूर्ण धरोहरहरू ; संसद् भवन , राष्ट्रपति कार्यालय ,सिंहदरबार लगायत थुप्रा नेताका घरहरू , व्यावसायिक स्थलहरू , छापाखाना क्षणभरमै खरानी बनाइए। 

नेपाली कांग्रेसको समर्थनमा रहेको तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार शान्ति सुरक्षाको मामिलामा निरीह मात्र रहेन सत्तासीन मन्त्री र सांसदहरूलाई ज्यान जोगाउनै धौधौ पर्‍यो। अझै पूर्वप्रधानमन्त्री समेत बनिसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा आफ्नो धर्मपत्नीकै साथ कुटाइ खानुपर्‍यो। अहिले उनको पछिल्लो अभिव्यक्ति अनुसार आफूलाई मार्ने षड्यन्त्रमा आफ्नै पार्टीका तत्कालीन महामन्त्री गगन थापाले व्यक्तिहरू परिचालन गरेको गम्भीर आरोपसमेत आएको छ। समयले थप सत्यहरू उजागर गर्दै पनि जाला।

तर राजनीतिका यी अनकन फोहोरी हर्कतभन्दा माथि आजको मुख्य सवाल नेपाली कांग्रेसको वैचारिक धरातलको हो। नेपालको राजनीतिमा आफूलाई जेठो पार्टी दाबी गरेर मात्रै वा हिजोका अग्रजहरूको योगदानको ब्याज खाएर मात्रै कांग्रेसले भोलिको समयमा आफ्नो औचित्य पुष्टि गरिरहन सक्दैन। 

स्थापनाको समयदेखि अहिलेसम्ममा सायदै काँग्रेस सबैभन्दा बढी विचार शून्य अवस्थामा छ र केवल पद प्राप्तिको लडाइँमा मात्र सीमित देखिन्छ। विशेष र नियमित महाधिवेशनको नाममा कांग्रेस अब प्राविधिक रूपमा मात्र विभाजित हुन बाँकी रहेको छ। तर यो विभाजन कुनै वैचारिक जगमा उभिएको विभाजन भने पटक्कै होइन। यो केवल राजनीतिलाई सतरन्जको खेल सम्झिनेहरूको परिणामहीन कुकृत्य मात्र हो। यसलाई पुष्टि गर्ने केही आधारहरू छन्। 

गत वर्षको भाद्रमा जेनजीआन्दोलनको भावना/मर्मको नाममा भाद्र २२ गतेसम्म भागबन्डामा मग्न नेताहरू भाद्र २५ देखि नेतृत्व हत्याउने हतारमा देखिन पुगे। भातृ संगठनको जगमा पार्टीको महामन्त्रीजस्तो जिम्मेवार पदमा आसीन नेताहरू आफ्नो पूरा कार्यकालभरि कुनै भातृ संगठनको अधिवेशनको पक्षमा न कतै बोले न त कुनै पहलकदमी देखाए। 

अझै भद्दा नेविसंघ र तरुण दलमा आफ्ना मान्छेहरू भन्दै भागबन्डाको बार्गेनिङमा यिनलाई निकम्मा बनाउन लागिपरे , त्यसकै फलस्वरूप युवाहरूको असङ्गठित आवाजले जेनजी आन्दोलनको नाममा विनाशको रूप लियो। फेरि उल्टै सारा दोष अरूमाथि पन्छाएर आफू पानीमाथिको ओभानो देखिन रत्तीभर लाज मानेनन्,हिचकिचाएनन्।

अब प्रश्नहरू आउँछन् , नेपाली कांग्रेसको मुख्य समस्या नीति हो वा नेतृत्व ? शेरबहादुर देउवाको अनुहार फालेर गगन थापा वा कसैको अनुहार देखाउँदैमा पार्टी मजबुत भइहाल्ने भए हालै सम्पन्न निर्वाचनको परिणाममा कांग्रेसको नयाँ सभापति बनेर आएँ भनेकै व्यक्तिको र पार्टीका सबैजसो उम्मेदवारहरूको निर्वाचनमा लज्जास्पद पराजय कसरी हुन पुग्यो ?

महाधिवेशन भनेको सभापति वा पदाधिकारी फेर्ने अभ्यास मात्र हो वा वैचारिक मन्थनको प्रक्रिया पनि हो ?

नेपालको शासन व्यवस्थामाथि जनताको जबरजस्त अविश्वास पैदा भयो , किन? त्यो अविश्वास पैदा हुनुमा तत्कालीन माओवादसहित सबै दल जिम्मेवार छन्। तर कांग्रेस किन र कुन अर्थमा के के कारण बढी जिम्मेवार छ? त्यसको रिफ्लेक्सन कांग्रेसको अन्तर पार्टी संघर्षमा देखिन्छ , कसरी?

अहिलेको कांग्रेसको आन्तरिक अवस्थाले देशको सकारात्मक रूपान्तरणमा सिर्जना हुन सक्ने अवरोधहरू कस्ता छन्? ती अवरोधहरू सिर्जना हुनुमा कांग्रेसको आन्तरिक शक्तिसङ्घर्ष किन र कसरी जिम्मेवार छ?

अहिले जसरी विशेष महाधिवेशन जसलाई ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको भनिएको छ , त्यो समूहलाई आवश्यक लाग्यो भन्ने बित्तिकै अर्को पक्षलाई निषेध गरेर आफ्नै पार्टी पङ्क्तिलाई दास र लासको संज्ञा दिने हर्कतले कांग्रेसको भलो हुन्छ ?  

हिजो स्थापना कालदेखि कांग्रेसमा बिपी सुवर्णको बिचमा होस् वा केही समय अघिसम्म शेरबहादुर देउवा र कोइराला परिवारको अन्तर सङ्घर्षको बिचमा ! सबै समयमा नेताहरूले संवाद र सहमतिकै बाटो रोजेर पार्टी एक राखेका हुन् भने अहिले विशेष महाधिवेशनको गलत प्रयोग (लुप होल)को सहारा लिएर पार्टी विभाजन गर्नुको प्रयोजन के हो ?

यावत् प्रश्नहरू इतिहासले सोध्ने नै छ।

आज जे सतहमा देखिएको छ यो सरासर वैचारिक स्खलनको दिशातर्फ उन्मुख हर्कतहरु हुन् । तर , सङ्कटले आविष्कारको अवसर पनि दिएकै हुन्छ। अबको कांग्रेस फेरिपनी तब मात्र जनताको अघि सार्थक साबित हुनसक्छ जब कांग्रेस आफ्नो वैचारिक स्खलनको बाटोबाट वैचारिक पुनर्ताजगीको बाटोमा आइपुग्नेछ।

वैचारिक पुनर्ताजगी के हो ? बिपी कोइरालाले समाजवादको सन्दर्भमा भन्नुभएको एक हरफको मद्दत लिन चाहन्छु , "हाम्रो मुलुक गरिब छ , हाम्रो मुलुक किसान छ , जुन नीति र कार्यक्रमबाट गाउँमा बस्ने किसानहरूको भलाई हुन्छ त्यही अवधारणा नै नेपालको समाजवादी अवधारणा हो।" तर आजको दिनमा उत्पादनको साधन बदलिएको छ। 

हिजो बिपीको समयको हलो,कोदालो वा दुहुनो गाईलाई हामी बिम्बात्मक रुममा मनन गर्दै आजको प्रविधियुक्त विश्वमा नेपालका जनतालाई कसरी समृद्धितर्फ उन्मुख गर्न सकिन्छ भन्नेमा मुख्य ध्यान दिनु आवश्यक छ। भूमण्डलीकरण वा पुजीवादबाट समाजको बढ्दो उचनीचको खाडललाई कसरी भर्न सकिन्छ भन्नेमा अबको चासो देखिनु आवश्यक छ। 

शिक्षा , स्वास्थ्य लगायतका मुख्य विषयमा सबैलाई कसरी समान अवसर प्रदान गर्न सकिन्छ भनेर राज्यले र राजनैतिक दलहरूले सोच्न जरुरी छ। जाति, पेसा, भाषा, वर्ण, लिङ्ग, भूगोलको आधारमा हुने विभेदलाई हटाई नेपाललाई अनेकतामा एकता भएको देशको रूपमा सिद्ध गर्न गरिनुपर्ने कार्यक्रमहरूको चर्चा हुनु जरुरी छ।  

बदलिँदो विश्व राजनीति र यसको प्रभावको सन्दर्भमा हाम्रो मुलुकको साझा लक्ष र चुनौतीहरूको बिस्तारमा  छलफल हुनु आवश्यक छ। यी सबै उत्तरदायित्व नेपालको राजनीतिमा अझैसम्म पनि नेपाली कांग्रेसकै हो। अन्तरपार्टी संघर्षमा अनकन बिचारहरूको साझा प्रतिनिधित्व खोज्दै , राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा एकताको मध्य बिन्दु खोज्न सक्ने क्षमता कांग्रेसमा छ र सबै विषयहरूलाई निष्कर्षमा पुर्‍याउनुपर्ने अभिभारा समेत अझैसम्म पनी कांग्रेसको काँधमा छ। तर कांग्रेस बरालिएको देखिएको छ। 

'मियो बिनाको दाइँ ' भनेझैँ वा ' कुहिरोको काग ' भनेझैँ कांग्रेसले अहिले आफ्नो गति, दिशा र लक्ष पहिल्याउन सकिरहेको छैन। लामो वादविवादबाट सही बिचार ठम्याउन सक्नुपर्ने अवस्थामा अहिले तर्कभन्दा बढी कुतर्क , एकतामा भन्दा बढी आपसमा अनावश्यक पौठेजोरी खोज्नमा कांग्रेस मग्न देखिन्छ। अब सारा समस्याको एक मात्र हल भनेको पानी धमिल्याएर माछा मार्ने पदलोलुप , महत्वाकांक्षी र अवसरका भोगिहरुविरुद्ध कांग्रेसका सम्पूर्ण युवा , तरुण र अग्रजहरू एक ढिक्का भई तिनको सही पहिचान गरी तिनलाई परास्त गर्नुमा नै छ। 

भोलिको दिनमा कांग्रेसको वैचारिक धरातलको जग नै यहाँको लोकतन्त्र र देशको भविष्यसँग जोडिएको छ। यसरी आदर्श र बिचारलाई तिलाञ्जली दिँदै फगत चिन्हको लडाइँमा कांग्रेस मग्न रहने हो भने यो कांग्रेसजनका लागि मात्र होइन समग्र देश र यहाँको समग्र लोकतान्त्रिक व्यवस्थाकै लागि अभिशाप सिद्ध हुने निश्चित देखिन्छ। 

जनताको ठुलो त्याग , तपस्या र साहदत्तपश्चात् प्राप्त यो व्यवस्थाको जगमा अझै थुप्रा उपलब्धिहरू हासिल गर्नतर्फ उद्धत हुनुपर्ने कांग्रेस अहिलेको निर्णायक समयमा पतन (स्खलन)को  बाटो नरोजोस् , एउटा उन्नत र परिष्कृत बिचारको साथ जनताको मनमा हाजिर बनोस्। 

केन्द्रमा जुँघाको लडाइँमा मग्न बन्दै जाँदा कसैको आफ्नो व्यक्तिगत अभीष्ट त पूरा होला तर वडा,पालिका तहमा निस्वार्थ भावनाले पार्टीमा आबद्ध लाखौँ सदस्यहरूको मनमा ठेस पुग्नेछ। यसरी शिथिल अवस्थामा आसन्न निर्वाचनमा होमिँदै गर्दा पार्टीको कुन हबिगत रहने हो भन्नेमा पार्टीका जिम्मेवार नेतृत्व पंक्ति बेलैमा होसियार हुनु आवश्यक छ। समयमै कुवा खने पछि सहज होला , घरमा आगो लागिसकेपछि कुवा खन्न हिँड्नुको कुनै तुक हुनेछैन । (नेपाल कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन्।)
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस