गैरआवासीय नेपालीका माग सम्बोधनमा सरकारले सकारात्मक पहल गर्छ: परराष्ट्रमन्त्री पौडेल
०६ माघ २०७९
•
४ मिनेट पाठ
गैरआवासीय नेपालीका माग सम्बोधनमा सरकारले सकारात्मक पहल गर्छ: परराष्ट्रमन्त्री पौडेल
गैरआवासीय नेपाली संघका अध्यक्षसहितको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री डा विमला राई पौडेललाई भेटेर विदेशमा नेपालीहरुको उपस्थिति रहेका मुलुकमा नेपाली दूतावास तथा नियोग स्थापनाका लागि पहल गरिदिन आग्रह गरेका छन्।




सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटका क्रममा अध्यक्षत्रयले दूतावास वा नियोग नहुँदा त्यहाँ रहेका नेपालीले भोग्नुपरेका समस्याहरुबारे जानकारी गराउँदै मन्त्री पौडेललाई समस्या समाधानका लागि आग्रह गरेका हुन्।

नियोग वा दूतावास नभएका तथा नेपालीहरुको बढी घनत्व भएका देशमा गैरआवासीय नेपाली संघको सुझावमा मानार्थ प्रतिनिधि (Honorary Consul)  नियुक्त गर्न अध्यक्षत्रयले मन्त्री पौडेललाई सुझाव दिएका छन्। भेटमा संघकी कार्यकारी अध्यक्ष रबिना थापाले मन्त्री पौडेलसमक्ष संघका तर्फबाट भइरहेका सामाजिक, परोपकारी कार्यसहित आर्थिक सामाजिक र सांस्कृतिक क्षेत्रमा संघले गरेको योगदानबारे मन्त्री पौडेललाई जानकारी गराएकी थिइन्।

यस्तै, संघका अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा संघले नेपाल कानून आयोगसँग विभिन्न चरणमा छलफल गरी दिएका सुझावहरुलाई सम्बोधन गरी कानून ल्याउनको लागि पहल गर्न अनुरोध गरे।

अध्यक्ष केसीले गैरआवासीय नेपाली ऐनमा १८३ दिन भन्दा बढी सार्क मुलुक बाहेक अन्य देशमा बसोबास गरी आएका नेपालीलाई गैरआवासीय नेपालीको परिचय दिलाउन तथा विदेशमा अध्ययनरत विद्यार्थीहरुलाई पनि सोही परिभाषाभित्र  समेट्नुपर्ने आग्रह समेत गरे।

सो क्रममा, अध्यक्ष केसीले नेपाल सरकारद्वारा जारी गरिएको नेपाली परिचयपत्र लिएका गैरआवासीय नेपालीहरुलाई स्वदेश भित्र हवाई यात्रा गर्दा विदेशी नागरिक सरह व्यवहार गर्ने गरेको भन्दै नेपाली नागरिक सरहको समान हवाई यात्रा, हवाई भाडा लगायतको व्यवस्था गर्नुपर्नेमा ध्यानाकर्षण गराए।

संघका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकता विधेयकलाई मूर्तरुप दिन मन्त्री पौडेलसमक्ष आग्रह गरे। अध्यक्ष आचार्यले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न कठिनाई हुने थाईल्याण्ड, म्यानमार, मलेसिया, फिजी लगायतका देशहरुमा पुस्तौंदेखि बसोबास गरी आएका नेपाली मूलका सबैलाई सहज रुपमा नेपालसँग जोड्न तथा सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सहितको गैरआवासीय नेपाली परिचयपत्र प्रदान गर्ने सम्बन्धी व्यवस्था ऐनमा संशोधन गर्न समेत मन्त्री पौडेलको ध्यानाकर्षण गराए।

अध्यक्ष आचार्यले विदेशमा रहेका नेपालीहरु स्वदेशमा लगानीका लागि उत्साहित भएपनि विभिन्न नीतिगत अप्ठ्याराले समस्यामा परेको जानकारी गराउँदै अन्तरमन्त्रालयगत समन्वय गरेर परराष्ट्र मन्त्रालयले समस्या समाधानका लागि पहल गरिदिनुपर्नेमा जोड दिए। गैरआवासीय नेपालीहरु नेपालको समृद्धी र विकासको साझेदार बन्न सदैव उत्साहित रहेको अध्यक्ष आचार्यको भनाइ थियो।

सो अवसरमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री पौडेलले गैरआवासीय नेपालीहरुले नेपालका लागि गरेको योगदान प्रशंसनीय भएको भन्दै त्यसका लागि धन्यवाद व्यक्त गरिन्। मन्त्री पौडेलले कानूनी र नीतिगत विषयमा परराष्ट्र मन्त्रालयले मात्रै नभई अन्तर मन्त्रालयगत सहकार्य र समन्वय र क्याबिनेटको भूमिका समेत महत्वपूर्ण हुने भएकोले आवश्यक अध्ययन, परामर्श र समन्वय गरेर गैरआवासीय नेपाली संघले उठाएका मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाइन्।  

नागरिकताको विषय समेत यही संसदबाटै टुंगिने विश्वास व्यक्त गर्दै उनले गैरआवासीय नेपाली नागरिकतामा कुनै समस्या नभएको जिकिर गरिन्। दूताबास र नियोग नभएका स्थानमा नयाँ दूतावास वा नियोग राख्ने वा हाल सञ्चालनमा रहेका दूतावासलाई चुस्त दुरुस्त र प्रभावकारी बनाउने भन्नेमा सरकारले छलफल गरेर मात्रै निर्णय गर्ने मन्त्री पौडेलको भनाइ थियो। मानार्थ प्रतिनिधि नियुक्त गर्दा गैरआवासीय नेपाली संघको सुझाव लिने विषय अत्यन्त सकारात्मक भएकोले त्यस सम्बन्धमा  आफूले पनि पहल गर्ने उनको भनाइ थियो। सरकार गैरआवासीय नेपालीमा मागप्रति सकारात्मक रहेको भन्दै मन्त्री पौडेलले संवैधानिक प्रावधान अनुसार सबै समस्या समाधान हुनेमा विश्वस्त हुन आग्रह समेत गरिन्।

भेटमा संघको संशोधित विधान तथा संघका तर्फबाट हालसम्म भएका कामहरु, सरकारका तर्फबाट भएका नीतिगत सम्बोधन, र आगामी दिनमा गर्नेपर्ने कानूनी र नीतिगत सुधार लगायतका विषय समेटिएको सुझावपत्र र समेत बुझाइएको छ। यस्तै आगामी अक्टोबरमा हुने संघको विश्व महाधिवेशनका लागि समेत सहकार्यका लागि संघले मन्त्री पौडेललाई आग्रह गरेको छ।

भेटका अवसरमा संघका अन्तर्राष्ट्रिय संयोजक भीम उदास, संघका महिला सचिव राधिका गुरुङ,  प्रवक्ता सोम सापकोटा युवा संयोजक अब्दुल वसिद, क्षेत्रीय उपसंयोजक, ९मध्यपूर्व० अमित चाम्लिङ राई, पूर्व उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ, एनसीसी टर्कीका अध्यक्ष उज्जल कुमार घिसिङ, लगायतको उपस्थिति रहेको थियो।
अर्को समाचार
एनआरएनसम्बन्धी कानुन अविलम्ब जारी गर्न कानुनमन्त्री सकारात्मक
२७ फागुन २०८०
•
१ मिनेट पाठ
एनआरएनसम्बन्धी कानुन अविलम्ब जारी गर्न कानुनमन्त्री सकारात्मक
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले गैरआवासीय नेपालीसम्बन्धी कानुन तथा नियमावली अविलम्ब अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।




गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीसँग शनिबार मन्त्री निवासमा भएको भेटवार्ताका क्रममा मन्त्री गिरीले सो प्रतिबद्धता जनाएका हुन्।

भेटवार्तामा संघका अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली नागरिकता, दोहोरो कर छुटसम्बन्धी निर्देशिका तत्काल जारी गर्न आग्रह गर्दै गैरआवासीय नेपाली नागरिकता लिएपछि पनि त्यसको कार्यान्वयनमा भएका अड्चनबारे मन्त्रीलाई जानकारी गराएका थिए।

उनले नेपालको संविधानले परिकल्पना गरेको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता प्रत्याभूति हुने गरी सरकारलाई कानुन ल्याउन आग्रह गरेका थिए।

भेटमा मन्त्री गिरीले गैरआवासीय नेपालीसम्बन्धी कानुन तथा नियमावलीलाई प्राथमिकतामा राखेर आवश्यक प्रक्रिया अघि बढाउने आश्वासन दिएका थिए।

नेपाल सरकारले गत अक्टोबरदेखि जारी गरेको गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिले अझै पनि नेपाल जाँदा भिसा लिनुपर्ने, मालपोत, अध्यागमन, बैंकलगायत क्षेत्रमा गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा समस्या देखिएपछि अध्यक्ष डा. केसीले मन्त्रीको ध्यानाकर्षण गराएका हुन्।

संघले गैरआवासीय नेपाली नागरिकताको सहज कार्यान्वयन र संशोधनका लागि प्रस्तावित गैरआवासीय नेपाली ऐन अघि बढाउन सरकारसँग माग गर्दै आएको छ।
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
यो पनि पढौँ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस