अन्तर्राष्ट्रिय व्यापार केन्द्रको आयोजनामा बेलायतको मन्चेस्टर शहरमा विश्वभरका महिला उद्यमीहरूको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।
मंगलबारदेखि दुई दिनसम्म चलेको सम्मेलनमा महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीको नेतृत्वमा आएको नेपाली प्रतिनिधिमण्डलको सहभागिता रह्यो। अध्यक्ष ज्ञवालीसहित नेपालबाट सुनील कश्मीरे प्रालिकी रेश्मा श्रेष्ठ, मनुषी लघुवित्त वित्तीय संस्था प्रालिकी नवीना ढकाल शाक्य, नेपाल सिल्ककी गीता श्रेष्ठ, अल्पाइन पश्मिना हाउस प्रालिकी लुम्बिना श्रेष्ठ, सुष्मा श्रेष्ठ र लुम स्टोरी प्रालिकी सपना बज्राचार्य लामा सहभागी भएका थिए।
महिलाहरूको नेतृत्वमा चलाइएका व्यवसायको उत्पादनलाई विश्वको बजारमा पुर्याउन, नयाँ बजारको सम्भावना, आफ्ना उत्पादनहरू प्रदर्शन गर्न, व्यापारिक सञ्जाल स्थापना गर्न र बेलायती कम्पनीहरूसँगको अन्तर्क्रिया गर्ने उद्देश्यले सो मेला आयोजना गरिएको आयोजकले जनाएको छ।
अन्तर्राष्ट्रिय व्यापार केन्द्र, जुन विश्व व्यापार संगठन र संयुक्त राष्ट्रसंघको संयुक्त एजेन्सी हो, विकासशील र संक्रमणशील अर्थव्यवस्थामा साना र मझौला उद्योगहरूलाई प्रोत्साहन र सहयोग गर्दै आएको छ।
म्यानचेस्टरमा १० एशियाली देश र अफ्रिकी देशहरू बंगलादेश, घाना, मंगोलिया, नाइजेरिया, पाकिस्तान, नेपाल, केन्या, मोजाम्बिक, रुवान्डा र जिम्बाब्वेसहित ५० महिला उद्यमीहरूको प्रतिनिधिमण्डलको उपस्थिति रहेको थियो।
ज्ञवालीले नेपाली महिला उद्यमी महासंघ नेपाललाई मेलामा सहभागी हुन अवसर दिएकोप्रति आयोजकलाई धन्यवाद व्यक्त गर्दै नेपाली उत्पादनमा विदेशी बजार विस्तार गर्न र विभिन्न देशका महिला उद्यमीहरूसँग अनुभव साटासाट गर्नको लागि सम्मेलन फलदायी भएको बताइन्।
उनले सम्मेलनमा नेपाली हस्तकलाबाट बनेका सामग्रीहरू समेत प्रदर्शनीमा राखिएको जानकारी दिइन्। सम्मेलनमा नेपालबाट आधा दर्जन व्यापारिक प्रतिष्ठानले आफ्ना उत्पादनहरू प्रदर्शनीमा राखेका थिए।
सम्मेलनमा नेपाली हस्तकलाका सामग्रीहरूको साथै, शिल्पकला, बाँस र जुटका उत्पादनहरू, खेलकुदका कपडा, बुनेका कार्डिगन, हुडी, ज्याकेट, बुनेका स्कार्फ, स्वेटर, स्वेटशर्ट, प्यान्ट, ब्लेजर, मोजा, छाला झोला, ड्रेस मोजा, कम्प्रेसन मोजा, बाँसका मोजा, फेसन मोजा, मोटरसाइकल सुरक्षा कपडा बिक्रीमा राखिएका थिए।
महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले युवाहरूलाई विदेश पठाउनुभन्दा उत्पादनलाई निर्यात गर्न सके मुलुकले समृद्धि हासिल गर्न सक्ने बताएकी छन्। सुमिडिमा सिल्क प्यालेसले आयोजना गरेको सन किस्ड प्रदर्शनीको शनिबार उद्घाटन गर्दै ज्ञवालीले परम्परागत तथा मौलिक उत्पादन तयार गर्न महिला उद्यमी सक्षम भइसकेको बताइन्।
‘महिलाहरू आफन्तलाई विदेश पठाउनुभन्दा आफूले गरेको उत्पादनलाई निर्यात गर्न चाहन्छन्,’ उनले भनिन्, ‘यसका लागि मुलुकभरका महिलाहरूले आ–आफ्नो ठाउँबाट योगदान गर्न थालिसकेका छन्।’ उनले राज्यले सोचे जति सहयोग नगरे पनि महिलाहरू आफ्नै बलबुताबाट अगाडि बढिरहेको बताएकी छन्।
यस्ता प्रदर्शनीले नेपालीमा आशाको सञ्चार गर्ने अध्यक्ष ज्ञवाली बताइन्। ‘बजारीकरणमा राज्यले सोचजति सहयोग नगरे पनि महिला दिदीबहिनीहरू अगाडि बढी रहनु भएको छ,’ उनले भनिन्, ‘यसले समाजमा आशाको सञ्चार गरेको छ।’
महिला उद्यमशीलतालाई अगाडि बढाउन महासङ्घ २२ वर्षदेखि निरन्तर लागिपरेको बताउँदै उनले पछिल्लो समय राज्यसँग निकट रहेर नीति निर्माणमा सहयोग पुर्याउन सफल भएको उनले बताइन्। ‘अहिले हामी उद्यमीको पक्षमा वकालत गर्दै उनीहरूलाई आवश्यक पर्ने लोनलाई सहजीकरण गर्न लागिपरेका छौँ,’ उनले भनिन्, ‘यसले गर्दा नयाँ व्यवसाय सुरु गर्नेलाई उत्साह बढाउने काम गरेको छ।’ उद्यमले आम्दानी मात्र नभएर मुलुकमा आशाको सञ्चार समेत गर्ने उनले बताइन्।
कार्यक्रममा नेपालका लागि युएईका राजदूत अब्दुला सइद, कतारका राजदूत मिसाल मोहम्मद अलि अल अन्सारी, पाकिस्तानका राजदूत अबरार एच हासमी श्रीलङ्काकी पूर्व राष्ट्रपतिकी राजापक्षेकी पत्नी सरान्ती राजापक्षेलगायतका अतिथिको सहभागिता रहेको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...