साउदीमा तीन महिनामा कोमामा पुगेर बाँचेका भूलेजको एनआरएनएको पहलमा उद्वार
१० वैशाख २०७८
•
३ मिनेट पाठ
साउदीमा तीन महिनामा कोमामा पुगेर बाँचेका भूलेजको एनआरएनएको पहलमा उद्वार
परिवारको आवश्यकता पूरा गर्ने, छोराको उचित पालनपोषण गर्ने र सहज जीवनयापनको सपना बोकेर वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका थिए मोरङका वेदबहादुर भुजेल। तर साउदीमा आफूले भनेको जस्तो काम नपाएपछि उनी बेखर्ची मात्र होइन गैरकानुनी रुपमा बस्न बाध्य भए।




आफ्नो परिवारमा खुशी ल्याउने इच्छा पालेर साथ साउदी पुगेका भुजेलको जिन्दगीमा नसोचेको बज्रपात पर्यो। साथीभाइहरुको सहयोगमा गैरकानुनी हैसियतमा रहेर पनि एक कम्पनीमा सामान्य काम सुरु गरेका भूजेल कामकै क्रममा ठूलो दुर्घटनामा परे।

उनी स्थानिय अस्पतालमा साढे दुई वर्षसम्म उपचारका लागि भर्ना भए। त्यस अवधि मध्ये तीन महिनासम्म त भूजेल कोमामा परेका थिए। परदेशमा बेखर्ची रहेका भूजेलेलाई अस्पतालले दुई करोड ५० लाख ९८ लाख (२३ हजार रिहाद) को बिल थमाईदियो। खान, बस्न समेत समस्यामा परेका भूजेल अस्पतालको बिल देखेर छाँगाबाट खसे जस्तै भए।

बिल तिर्न नसक्ने भएपछि साउदी अरबको रियादस्थित फ्यामेलीकियर अस्पतालले उनीविरुद्ध मुद्दा दायर गरेको थियो। सोही मुद्दाका कारण भूजेलले साउदी अरब छोड्न नपाउने स्थितिमा पुगे। विभिन्न माध्यमबाट उनी नेपाली दूतावास र गैरआवासीय नेपाली संघको सम्पर्कमा आइपुगे। दुई वर्षदेखि नेपाली दूतावासको सेल्टरमा रहेका भूजेलको मुद्दा फिर्ता गराउन नेपाली दूतावासले पहलकदमी लियो।

नेपाली दूतावासको विशेष पहलकदमी पछि अस्पतालले भूजेलविरुद्ध अदालतमा रहेको मुद्दा फिर्ता लिईदियो। भूजेलको मुद्दा त फिर्ता भयो तर नेपाल फर्कने कुनै उपाय लागेन। आर्थिक रुपमा निकै कमजोर रहेका भूजेलको सहयोगको लागि नेपाली दूतवास साउदीले गैरआवासीय नेपाली संघलाई आग्रह गर्यो र उनको नेपालसम्मको उदेवारको जिम्मेवारी संघले लिएको थियो।

संघको कोभिड–१९ राहत तथा उद्वार कार्यक्रम अन्तर्गत उनलाई साउदीदेखि विराटनगरसम्म पुग्न आवश्यक हवाई टिकट, काठमाण्डौंमा बस्न तथा खानाको व्यवस्था गरिएको थियो। उनको सहयोगार्थ संघले आफ्ना स्वयंसेवकहरु परिचालन समेत गरेको थियो। विराटनगरबाट घरसम्म जानका लागि गाडीको समेत व्यवस्था संघले मिलाएको थियो। गैरआवासीय नेपाली संघले सञ्चालन गरेको वैदेशिक रोजगारीमा रहेका नेपालहरुको उद्वार र पुर्नस्थापना कार्यक्रमअन्तर्गत भूजेलको सम्पूर्ण खर्च व्यहोरेर उनलाई परिवार समक्ष बुझाएको हो। भूजेलको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको छ।

वैदेशिक रोजगारीको लागि १ लाख  रुपैयाँ चर्को ब्याजमा ऋण लिएका भूजेलको ऋण अहिले  ब्याजसहित ३ लाख ५० हजार भन्दा बढी नाघी सकेको छ। परिवारसँगको भेटपछि प्रसन्न रहेका भूजेल अब के गर्ने भनेर चिन्तित छन्। अहिले उनको ठूलो चिन्ता साहुको ऋण कसरी तिर्ने भन्ने हो। उनी भन्छन्, 'जसोतसो बाँचेर त आएँ तर अब के गर्ने भन्ने चिन्ता छ।'

साउदी अरबस्थित नेपाली दूतावासले बिहीबार एक विज्ञप्ति जारी गर्दै उनको उपचार खर्च मिनाह गर्ने रियादस्थित फ्यामेलीकियर अस्पताल, स्वदेश फिर्तिको लागि आवश्यक सम्पूर्ण प्रवन्ध गरिदिने गैरआवासीय नेपाली संघ लगायतलाई धन्यवाद ज्ञापन गरेको छ।  

संघका उपाध्यक्ष एवं वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा. बद्री केसीले वैदेशिक रोजगारीमा अलपत्रमा परेका नेपाली श्रमिकहरुलाई राहत तथा उद्वारको काम जारी रहेको बताए।  

उनले संघको यस कार्यक्रम अन्तर्गत सेप्टेम्वर २०२० देखि हालसम्म कोभिड–१९ का कारणले समस्यामा परेका १७००० भन्दा बढी नेपाली श्रमिहरुलाई राहत तथा उद्वार सम्बन्धी सहयोग पुर्‍याएको बताए।
अर्को समाचार
अपहरित अढाई वर्षे बालकको भारतबाट उद्वार
२३ माघ २०७७
•
२ मिनेट पाठ
अपहरित अढाई वर्षे बालकको भारतबाट उद्वार
उद्वारपछि आमा संगीताको काँखमा अढाई वर्षे बालक प्रियान्सु यादव । तस्बिरः मिथिलेश यादव/नागरिक
घरको आँगनमा खेलिरहेका बेला अपहरित अढाइ वर्षे बालकलाई आफन्तजनले भारतबाट उद्वार गरेका छन्। बालक प्रियान्सु यादवलाई आफन्तजनले बिहीबार भारत बिहारको खाजेडिहबाट उद्वार गरी घर ल्याएका छन्।




सिराहा नगरपालिका–१ निवासी प्रदीप यादवको अढाई वर्षीय छोरा ईशान्त भन्ने प्रियान्सु यादव मंगलबार साँझ घरबाटै अपहरित भएका थिए। अपहरणलगत्तै परिवारजनले नजिकको प्रहरीमा जानकारी गराई खोजीमा जुटेका थिए।  

बालकका काका कुलदीप यादवका अनुसार भारतको खाजेडीबाट उद्वार गरेर ल्याइएको हो। 'अपहरण भएदेखि नै हामी खोजीमा जुटेका थियौं उनले भने, खोजीकै क्रममा हामीले त्यहाँबाट फेला पार्यौ ।’ खाजेडिहबाट नेपाल भारत सीमा क्षेत्र आइपुगेपछि सिरहा प्रहरीलाई खबर गरेको उनले बताए। सिरहा प्रहरीले सिरहा नगरपालिका–२० लगड़ीगोठबाट हामीलाई जिल्ला प्रहरी कार्यालय सिरहासम्म ल्याएको कुलदीपले बताए।  

यता, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएपी शालीग्राम शर्मा पौडेलले सिरहा प्रहरीबाट खटि गएको टोलीले भारत मधुवनी जिल्लाको खाजेडिहबाट फेला पारी आमा संगीतालाई जिम्मा लगाएको दावी गरेका छन्। घटनाबारे उनले विस्तृत खुलाएनन्।

सुरक्षाको भरपर्दो बन्दोबस्त भैदिएको भए सिरहाका अढाई वर्षे बालकलाई घरबाटै अपहरण गर्ने आँट अपराधिमा पलाउँदैन्थ्यो। बालकका बुवा प्रदीप यादव सात वर्षदेखि रोजगारका लागि कतारमा छन्। पछिल्लो पटक उनी माघ २ गते कताार गएको परिवारजनले बताए। कोरोना महामारीका कारण उनी घर फर्केका थिए। घरमा बालकको हजुर आमा गुलाबदेवी, हजुरबुवा उतिमलाल आमा संगीता बस्दै आएका छन्। समान्य परिवारका उनीहरुको जीविका वैदेशिक रोजगारमा रहेका प्रदीपको कमाइमा अडिएको छ। कमाएर खाने यो परिवारले कसैसँग रिसिइवी नभएको बताउँछन्।  

अपराधमा अब्बल सिरहा

अपहरण अपराधमा मात्र नभई समग्र अपराधको तथ्यांक केलाउँदा सिरहा जिल्ला प्रदेश २ मै सबैभन्दा असुरक्षित छ। अपराधको तथ्यांकअनुसार प्रदेश २ मै सबैभन्दा बढी अपराध घट्ने जिल्लामा दर्ज छ, सिरहा।  

प्रदेश–२ को प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्लो ४१ महिना (आव ०७४/७५ देखि मंसिर मसान्तसम्म) मा यस प्रदेशका आठ जिल्लामा तीन सय ७६ जनाको हत्या भएको छ। जसमा अधिकांश सीमान्तकृत समुदायका छन्। यही अवधिमा नौ सय २८ महिला तथा बालिका बलात्कृत भएका छन्। ४१ महिनाको अपराध तथ्यांकमा प्रदेश–२ का आठ जिल्लामध्ये सबैभन्दा असुरक्षित सिरहा देखिएको छ।

अपराधका घटनामा बढोत्तरी भएपछि प्रदेश प्रहरी कार्यालयदेखि जिल्ला प्रहरी कार्यालयसम्मले सादा पोसाकका प्रहरी ‘घुमुवा’ परिचालन गरेको छ। अपराधका घटना हुन पूर्वको सूचना संकलन तथा अपराधिक व्यतिmको गतिविधि निगरानी गर्न खटाइएका भनिएका ‘घुमुवाहरु’ सीमामा हुने तस्करीमा लिप्त भएको स्थानीयको गुनासो छ। सुरक्षा व्यवस्था दुरुस्त पार्नमा भएको कमजोरीको लाभ अपराधिक समूहले उठाइरहेको छ सिरहाका स्थानीयरु बताउँछन्। यद्यपी प्रहरी अधिकारीले सुरक्षा व्यवस्था मजबुत र चुस्त रहेको दाबी दोहर्‍याउँदै छन्।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस