न विमानस्थल, न सरकारी सेवा
०७ वैशाख २०७३
•
५ मिनेट पाठ
न विमानस्थल, न सरकारी सेवा
'पहिला निजी जग्गा ८४ बिघा अधिग्रहण गर्नुपर्ने अनुमान गरिएकोमा अहिले नाप–नक्सा गर्दा बढेर एक सय १२ बिघा पुगेको छ,' कर्णले भने, 'बढी देखिएको २८ बिघा अधिग्रहण गर्न र मुआब्जा दिन सरकारबाट निर्णय गराउने प्रक्रियामा लागेका छौं ।'

निजी जग्गा अधिग्रहण गरी मुआब्जा दिन सजिलो भए पनि ऐलानी जग्गामा बसोबास गरेकालाई मुआब्जा दिने विषयमा समस्या देखिएको कर्णले बताए ।

'ऐलानी जग्गामा बसोबास गरेकालाई कसरी अन्यत्र बसाउने भन्ने निर्णय सरकारले नै गर्नुपर्छ,' कर्णले भने । विमानस्थललाई आवश्यक १२ सय बिघा जग्गामा चारकिल्ला गाड्ने र जग्गाको नाप नक्सा गर्ने काम सकिएको कर्णले जनाए । अब, सरकारले स्वीकृति दिए जग्गा अधिग्रहण गर्ने र अधिग्रहण हुने जग्गाको मुआब्जा वितरण प्रक्रिया चाँडै थालिने उनको भनाइ छ ।

विमानस्थल निर्माण गर्ने ठाउँको पूर्वमा बकिया खोला, पश्चिममा पसाहा खोला, उत्तरमा पूर्व–पश्चिम महेन्द्र राजमार्ग र दक्षिणमा हरैया गाविस छ ।

प्राधिकरणले यो विमानस्थल सात खर्ब रुपैयाँमा बनाउन सकिने प्रारम्भिक अनुमान गरेको आयोजनाका अधिकारी बताउँछन् । गढीमाई नगरपालिकाको १६ नम्बर वडामा केन्द्रित यो विमानस्थल निर्माण गर्न आवश्यक पर्ने १२ सय बिघा जग्गामध्ये एक हजार ८८ बिघा वन र एक सय १२ बिघा निजी छ ।

ऐलानीमध्ये टाँगिया बस्ती र मछिहानीमा गरेर लगभग आठ सय बिघा रहेको र अन्य जग्गाको लागि वनको रुख कटान गर्नुपर्ने कर्णले बताए । यसको निर्माण एकैपटकमा पूरा गर्न नसकिने भएकोले तीन चरणमा गर्ने सोच रहेको कर्णले बताए ।

काठमाडौं विमानस्थलको विकल्प भनेर अध्ययन सुरु भएकोले यसलाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भनिएको हो । नेपालबाट ठूला विमान (वाइड बडी) को उडान तथा अवतरण हुने, नेपालले आकास बेचेरै लाभ लिन सक्ने, सिधै युरोप तथा अमेरिकामा उडान हुने, विश्वसँगको हवाई पहुँच बढ्ने तथा ट्रान्जिट गन्तव्यका रूपमा नेपाललाई विकास गर्न सकिने सहितको लाभ लिने सकिने आयोजनाका अधिकारी बताउँछन् । विमानस्थलको क्षेत्रफल तीन हजार हेक्टर रहने छ । यसमध्ये दुई हजार हेक्टरमा विमानस्थल र बाँकीमा एयरपोर्ट सिटी हुने उल्लेख छ ।

दक्षिण एसियाकै सबैभन्दा बढी क्षेत्रफलमा निर्माण हुने यो विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुँदा वार्षिक ६ करोड यात्रु व्यवस्थापन गर्न सकिने आयोजना अधिकारीको भनाइ छ । पहिलो चरणमा ३४ हजार र पूर्णक्षमतामा चार लाख जहाज उडान अवतरण हुन सक्ने क्षमता यो विमानस्थलको हुनेछ । तीन हजार ६ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको दुईवटा छुट्टाछुट्टै धावनमार्ग बनाउने अवधारणा छ । यो फास्ट ट्र्याक निर्माण भए राजधानीबाट ८० किलोमिटर सडक दुरीमा रहने छ ।

यसरी बस्यो बनको जग्गामा टाँगिया बस्ती

बाढी, भूक्षयबाट सुकुम्बासी भएकालाई सरकारले टाँगिया परियोजना अन्तर्गत वनको खालि जग्गामा नयाँ रोपिएको बोट बिरुवा हेरचाह गर्न २०३० सालमा बसोबास गराएको स्थानीय बताउँछन् । सुरुमा सरकारले तीन सय ५४ परिवारलाई दुई बिघा पाँच कट्ठो दरले वनको ऐलानी जग्गा दिएको टाँगिया बस्तीका ७५ वर्षीय इन्द्रदेव विश्वकर्माले बताए ।

वनको खाली जग्गामा नयाँ बिरुवा रोप्ने टाँगिया पारियोजनाको म्याद सकिएपछि २०३५ सालमा सरकारले टाँगिया बस्तीका बासिन्दालाई कैलाली र कञ्चनपुर लगेर पुनर्बास गराएको थियो ।

तीन सय ५४ घपरिवारमध्येबाट टाँगिया बस्ती छोडी कैलाली र कञ्चनपुर गएका एक सय ६० परिवारलाई सरकारले त्यहाँ पनि दुई बिघा पाँच कट्ठाका दरले ऐलानी जग्गा दिएको टाँगिया बस्ती सरोकार समितिका सचिव थोकरले बताए ।
अर्को समाचार
न विमानस्थल, न सरकारी सेवा
०५ वैशाख २०७३
•
९ मिनेट पाठ
न विमानस्थल, न सरकारी सेवा
बारा–बारा, निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चर्चाले बाँकी देशबासीलाई जति उत्साहित बनाउँछ, गढीमाई नगरपालिका–१६ टाँगिया बस्तीका बासिन्दालाई त्योभन्दा कैयौं गुणा दुःखी बनाउँछ।निजगढ विमानस्थलको चर्चा जति लम्बिन्छ, यो बस्तीका १६ सय घरधुरी बिजुली, स्वास्थ्य चौकी, खानेपानी, स्कुल र बाटोघाटो जस्ता आधारभूत मानवीय सुविधाबाट उत्ति धेरै बञ्चित हुन्छन् ।

विमानस्थल निर्माण गर्दा बस्ती हटाउनुपर्ने भन्दै सरकारले त्यहाँ लगानी नगर्दा स्थानीय बासिन्दा राज्यले आफूलाई अनागरिकको व्यवहार गरेको सोच्न बाध्य छन् ।

टाँगिया बस्ती सरोकार समितिका सचिव सुमनबहादुर थोकर २०५१ सालदेखि नै विमानस्थल निर्माण हुने हल्लाका कारण सरकारले त्यहाँका बासिन्दालाई कुनै किसिमको सुविधा नदिएर दोस्रो दर्जाको नागरिक जस्तै व्यवहार गरेको बताउँछन् ।

२२ वर्षदेखि सरकारी सेवा, सुविधा बञ्चित स्थानीयलाई बासस्थानको विकल्प दिएर सरकारले चाँडै विमानस्थल निर्माण सुरु गर्नुपर्ने उनले बताए । २०३२ सालतिर वनमा रोपेको नयाँ बिरुवा हेरचाह गर्न ऐलानी जग्गामा उक्त बस्ती बसाइएको थियो ।

सरकारले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चर्चा मात्रै गरेर बस्दा स्थानीय मारमा परेको थोकरको भनाइ छ । सरकारले उपयुक्त स्थानमा बसोबास गराएर विस्थापित परिवारका सदस्यलाई रोजगारीको ग्यारेन्टी गरे स्थानीयले विमानस्थल निर्माणको काममा अवरोध नगर्ने थोकरको भनाइ छ ।

त्यहाँबाट हटाउँदा आफूहरुलाई घर बनाउने घडेरी र खेती गर्ने जग्गा दिनुपर्ने स्थानीयको माग छ । नयाँ ठाउँमा गएर घर बनाउँदा राज्यले दिने सेवा, सुविधा पाइने भएकोले पनि उचित मुआब्जा दिँदा स्थानीय खुसी हुने उनको भनाइ छ ।

विमानस्थललाई आवश्यक पर्ने १२ सय बिघा जग्गाको चार किल्लाभित्रको ऐलानीमा रहेको टाँगिया बस्तीको जग्गा र निजी जग्गाधनीलाई मुआब्जा दिने प्रक्रिया २०७२ सालको चैत समान्तभित्र सुरु गर्ने भनिए पनि अझसम्म कुनै काम नभएकोमा स्थानीय रुष्ट छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका निर्देशक देवचन्द्रलाल कर्णले पहिला अनुमान गरिएको निजी जग्गाभन्दा अहिले बढी देखिएकोले मुआब्जा वितरणमा ढिलाइ भएको बताए ।

'पहिला निजी जग्गा ८४ बिघा अधिग्रहण गर्नुपर्ने अनुमान गरिएकोमा अहिले नाप–नक्सा गर्दा बढेर एक सय १२ बिघा पुगेको छ,' कर्णले भने, 'बढी देखिएको २८ बिघा अधिग्रहण गर्न र मुआब्जा दिन सरकारबाट निर्णय गराउने प्रक्रियामा लागेका छौं ।'

निजी जग्गा अधिग्रहण गरी मुआब्जा दिन सजिलो भए पनि ऐलानी जग्गामा बसोबास गरेकालाई मुआब्जा दिने विषयमा समस्या देखिएको कर्णले बताए ।

'ऐलानी जग्गामा बसोबास गरेकालाई कसरी अन्यत्र बसाउने भन्ने निर्णय सरकारले नै गर्नुपर्छ,' कर्णले भने । विमानस्थललाई आवश्यक १२ सय बिघा जग्गामा चारकिल्ला गाड्ने र जग्गाको नाप नक्सा गर्ने काम सकिएको कर्णले जनाए । अब, सरकारले स्वीकृति दिए जग्गा अधिग्रहण गर्ने र अधिग्रहण हुने जग्गाको मुआब्जा वितरण प्रक्रिया चाँडै थालिने उनको भनाइ छ ।

विमानस्थल निर्माण गर्ने ठाउँको पूर्वमा बकिया खोला, पश्चिममा पसाहा खोला, उत्तरमा पूर्व–पश्चिम महेन्द्र राजमार्ग र दक्षिणमा हरैया गाविस छ ।

प्राधिकरणले यो विमानस्थल सात खर्ब रुपैयाँमा बनाउन सकिने प्रारम्भिक अनुमान गरेको आयोजनाका अधिकारी बताउँछन् । गढीमाई नगरपालिकाको १६ नम्बर वडामा केन्द्रित यो विमानस्थल निर्माण गर्न आवश्यक पर्ने १२ सय बिघा जग्गामध्ये एक हजार ८८ बिघा वन र एक सय १२ बिघा निजी छ ।

ऐलानीमध्ये टाँगिया बस्ती र मछिहानीमा गरेर लगभग आठ सय बिघा रहेको र अन्य जग्गाको लागि वनको रुख कटान गर्नुपर्ने कर्णले बताए । यसको निर्माण एकैपटकमा पूरा गर्न नसकिने भएकोले तीन चरणमा गर्ने सोच रहेको कर्णले बताए ।

काठमाडौं विमानस्थलको विकल्प भनेर अध्ययन सुरु भएकोले यसलाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भनिएको हो । नेपालबाट ठूला विमान (वाइड बडी) को उडान तथा अवतरण हुने, नेपालले आकास बेचेरै लाभ लिन सक्ने, सिधै युरोप तथा अमेरिकामा उडान हुने, विश्वसँगको हवाई पहुँच बढ्ने तथा ट्रान्जिट गन्तव्यका रूपमा नेपाललाई विकास गर्न सकिने सहितको लाभ लिने सकिने आयोजनाका अधिकारी बताउँछन् । विमानस्थलको क्षेत्रफल तीन हजार हेक्टर रहने छ । यसमध्ये दुई हजार हेक्टरमा विमानस्थल र बाँकीमा एयरपोर्ट सिटी हुने उल्लेख छ ।

दक्षिण एसियाकै सबैभन्दा बढी क्षेत्रफलमा निर्माण हुने यो विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुँदा वार्षिक ६ करोड यात्रु व्यवस्थापन गर्न सकिने आयोजना अधिकारीको भनाइ छ । पहिलो चरणमा ३४ हजार र पूर्णक्षमतामा चार लाख जहाज उडान अवतरण हुन सक्ने क्षमता यो विमानस्थलको हुनेछ । तीन हजार ६ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको दुईवटा छुट्टाछुट्टै धावनमार्ग बनाउने अवधारणा छ । यो फास्ट ट्र्याक निर्माण भए राजधानीबाट ८० किलोमिटर सडक दुरीमा रहने छ ।

यसरी बस्यो बनको जग्गामा टाँगिया बस्ती

बाढी, भूक्षयबाट सुकुम्बासी भएकालाई सरकारले टाँगिया परियोजना अन्तर्गत वनको खालि जग्गामा नयाँ रोपिएको बोट बिरुवा हेरचाह गर्न २०३० सालमा बसोबास गराएको स्थानीय बताउँछन् । सुरुमा सरकारले तीन सय ५४ परिवारलाई दुई बिघा पाँच कट्ठो दरले वनको ऐलानी जग्गा दिएको टाँगिया बस्तीका ७५ वर्षीय इन्द्रदेव विश्वकर्माले बताए ।

वनको खाली जग्गामा नयाँ बिरुवा रोप्ने टाँगिया पारियोजनाको म्याद सकिएपछि २०३५ सालमा सरकारले टाँगिया बस्तीका बासिन्दालाई कैलाली र कञ्चनपुर लगेर पुनर्बास गराएको थियो ।

तीन सय ५४ घपरिवारमध्येबाट टाँगिया बस्ती छोडी कैलाली र कञ्चनपुर गएका एक सय ६० परिवारलाई सरकारले त्यहाँ पनि दुई बिघा पाँच कट्ठाका दरले ऐलानी जग्गा दिएको टाँगिया बस्ती सरोकार समितिका सचिव थोकरले बताए ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ

बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ

स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस