थप दुई आयोजनाको बिजुली भारत निर्यातका लागि अनुमति
१२ पौष २०७९
•
२ मिनेट पाठ
थप दुई आयोजनाको बिजुली भारत निर्यातका लागि अनुमति
भारतले थप दुई जलविद्युत् आयोजनाको विद्युत् खरिद गर्ने भएको छ। भारतको केन्द्रीय विद्युत् प्राधिकरणको सहमतिअनुसार अब निजी क्षेत्रमा थप दुई आयोजनाको बिजुली भारत निकासी हुने भएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आज मात्रै ती आयोजनाको बिजुली निकासीका लागि अनुमति प्राप्त भएको हो। ती आयोजनाको बिजुली समेत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड ९आइएक्स०को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री  हुनेछ। पछिल्लो विवरण अनुसार काबेली बी एक र तल्लो मोदी जलविद्युत् आयोजनाको बिजुली अब निकासी हुनेछ। तत्काल भने मुलुकभित्रै नै ती आयोजनाको बिजुली खपत हुने छ।

आगामी जेठदेखि मात्रै ती आयोजनाको बिजुली भारत निर्यात हुनेछ। उनका अनुसार काबेली बी एक २४ दशमलव २५ मेगावाट र तल्लो मोदी १९ दशमलव चार मेगावाट क्षमताको हो। यी आयोजनाको समेत अब कूल चार सय ५२ दशमलव छ मेगावाट बराबरको बिजुली भारत निकासी हुनेछ।

प्राधिकरणले यही पुस ३ गतेसम्म ११ अर्ब १६ करोड ३० लाखको विद्युत् भारततर्फ निर्यात भएको छ। देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत् नेपाल प्राधिकरणले निर्यात गरेको थियो।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत जेठ १९ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो। भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट छ अर्ब ९७ करोड ६९ लाख भारु नेपाल भित्रिएको छ।

सुरुमा दुईवटा  जलविद्युत् केन्द्रबाट उत्पादित ३९ मेगावाट विद्युत्लाई स्रोत मानी दैनिकरुपमा आइएक्समा बिक्री सुरु गरिएको थियो। त्यसपछि गत जेठ २७ देखि छ वटा जलविद्युत केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा तीन सय ६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो।

प्राधिकरणले गत कात्तिक १८ र  ३० गतेदेखि थप दुई जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् निर्यात गर्न स्वीकृति पाएको थियो। योसँगै आठ जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत्लाई स्रोतमानी भारततर्फ निर्यात हुने विद्युत्को स्वीकृति क्षमता चार सय आठ मेगावाट बराबर पुगेको थियो। आज प्राप्त भएको अनुमति थप हो।

प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९को जेठ तथा असारमा २९ करोड ९१ लाख युनिट विद्युत् निर्यात गरी दुई अर्ब ८३ करोड ८८ लाख आम्दानी गरेको छ। चालु आव २०७९/८० को तीन पुससम्ममा एक अर्ब पाँच करोड ८६ लाख ३४ हजार युनिट विद्युत् निर्यात गरी  आठ अर्ब ३२ करोड ४२ लाख ४० हजार बराबरको रकम आर्जन गरिएको छ।

आइएक्समा विद्युत् खरिदबिक्रीका लागि २४ घण्टालाई १५÷१५ मिनेटको ९६ ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार हुन्छ। त्यसैले हरेक ब्लकको मूल्य फरक–फरक हुने गरेको छ। प्राधिकरणले तीन पुससम्म निर्यात गरेको विद्युत्को औसत दर प्रतियुनिट आठ रुपैयाँ २२ पैसा छ।रासस  
अर्को समाचार
‘चिनियाँ लगानीको बिजुलीमा भारतको रिजर्भेसन छ’
२६ पौष २०८०
•
४ मिनेट पाठ
‘चिनियाँ लगानीको बिजुलीमा भारतको रिजर्भेसन छ’
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालबाट भारतले आफ्नो लगानीको मात्र बिजुली किन्ने भनेर कुनै सम्झौता नभएको बताएका छन्।

प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बुधबार बसेको बैठकमा उनले भारतसँग भएको सम्झौताबारे जानकारी दिने क्रममा त्यस्तो बताएका हुन्। ‘प्रश्न उठ्ने गरेको छ, यो भारतले बनाएका परियोजनाको मात्रै विद्युत् लैजाने भनेको हो कि भनेर। यसमा स्पष्ट हुनु जरुरी छ, त्यस्तो कुनै सहमति, कुनै सम्झौता नेपालले गरेको छैन र होइन पनि,’ उनले भने।

उनले भारतले चीनबाट नेपालमा उत्पादित बिजुलीप्रति चासो भने राख्ने गरेको तर त्यसको समाधानका लागि नेपाल–भारतबीच संवाद भइरहेको स्पष्ट पारे। 

‘भारत सरकारको कन्सर्न (चासो) केमा छ भने चीन सरकारले प्रत्यक्ष लगानी गरेका आयोजनाको विद्युत् लिने कि नलिनेमा भारतको रिजर्भेसन छ,’ उनले भने, ‘यो अहिलेको कुरा होइन, पहिलादेखि हुँदै आएको छ। यसबारे पनि संवाद भइरहेको छ। चिनियाँ ठेकेदार कम्पनीले उत्पादन गरेको बिजुलीलाई भारतले चीनको भनिदिनु भएन। ग्लोबल टेन्डरबाट आउँछ भने त्यो चिनियाँ ठेकेदारको कम्पनी होस् कि अरू कुनै देश अमेरिका या युरोपको होस्, त्यसलाई भारतले सहज रूपमा लिइदिनुपर्छ। मलाई आशा छ, यो समस्या पनि सकारात्मक तरिकाले समाधान हुन्छ।’
प्रधानमन्त्री दाहालले नेपालको विद्युत् विकासमा लगानी गर्ने स्वतन्त्रता सबै देशलाई भएको पनि स्पष्ट पारे। ‘नेपालको विद्युत्मा लगानी गर्ने स्वतन्त्रता भारतलाई पनि छ, अरूलाई पनि छ। हामीले जताबाट उत्पादन भए पनि १० हजार मेगावाट १० वर्षमा भन्ने मात्रै कुरा गरेका हौं,’ उनले भने। 

आफूले भारत भ्रमण गर्ने क्रममा भएको सहमतिलाई भारतको मन्त्रिपरिषद्बाट अनुगमन भएको र भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका बेला समझदारी भई त्यसले अन्तिम रूपम लिएको उनले बताए। उनले यो सम्झौताले नेपाल–भारतबीच दीर्घकालीन विद्युत् व्यापारको ढोका खुलेको जिकिर पनि गरे।

विज्ञहरूले नेपालको संविधानको धारा २७९ मा प्राकृतिक स्रोत र त्यसको उपयोग बाँडफाँटको विषयमा संघीय संसद्को दुवै सदनको दुई तिहाइ बहुमतले अनुमोदन गर्नुपर्ने भन्दै १० वर्षमा १० हजार मेगावाट बिजुली भारतलाई दिने विषय संसद्मा ल्याउनुपर्ने माग गरेका छन् भने भारतीय दूतावासले सोझै स्थानीय निकायमा लगानी गर्न खोजेको भनेर पनि विरोध भइरहेको छ।  

प्रधानमन्त्री दाहालले भारतीय उच्च अधिकारीहरूसँग भएका पछिल्ला बैठकहरूमा नेपालको पक्षबाट सन् १९५० को सन्धि र सीमा विवादका विषयमा आफ्ना पक्ष दह्रोसँग राखिएको पनि बताए। नेपालको राष्ट्रिय हित, जनताको बृहत्तर हित र आर्थिक समृद्धिलाई ध्यानमा राखेर भारतीय पक्षसँग नेपालले कुरा राखेको प्रधानमन्त्री दाहालको भनाइ छ।
उनले कतिपय विषयमा भने भारतसँग नेपाली पक्षले आफ्ना कुरा दह्रोसँग राखेको बताए। ती विषयमा सीमा समस्या पनि रहेको उनको भनाइ थियो। ‘भारतसँग कतिपय विषयमा अलि टफ डिस्कसन (गहिरो छलफल) नभएको होइन। सन् १९५० को सन्धि, सीमा विवादसँग सम्बन्धित विषयमा हामीले विगतदेखिको पोजिसनलाई दह्रोसँग राखिएको छ,’ उनले भने।

त्यस्तै प्रधानमन्त्री दाहालले पञ्चेश्वर जलविद्युत् परियोजनाको कार्य प्रारम्भको तयारी अन्तिम चरणमा पुर्‍याइएको पनि जानकारी दिए। उनले पञ्चेश्वरको डिपिआर स्वीकृत गर्ने चरणमा पुगेको जानकारी दिए। ‘पञ्चेश्वर अन्तिम चरणमा पुगेको छ। केही दिनभित्रै ब्रेक थ्रु हुन्छ,’ उनले भने। 

उनले सन् २०२४ जनवरी ४ अर्थात् पुस १९ गते सामुदायिक विकासमा उच्च प्रभाव पार्ने आयोजनासम्बन्धी भएको सम्झौताबारे पनि प्रकाश पारे। सो सम्झौताअनुसार प्रतिआयोजना लागत बढीमा २० करोड हुने व्यवस्था भएको, सम्झौताअनुसार भौतिक पूर्वाधार तथा सामाजिक पूर्वाधारका आयोजनामा भारतीय सहयोग उपलब्ध हुने, यस्ता आयोजना सरकारी निकाय वा एनजिओबाट सञ्चालन हुन सक्ने उनले स्पष्ट पारे।  

प्रधानमन्त्री दाहालले स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा प्रस्ताव पेस गर्ने, अन्य सरकारी निकायले अर्थ मन्त्रालयमा प्रस्ताव पेस गर्ने, अन्य सरकारी निकायले अर्थ मन्त्रालमा प्रस्ताव पेस गरी पठाउन सक्ने बताए। 
सरकारी बाहेकका निकायका हकमा ती निकायमा अर्थ मन्त्रालयले आयोजनासँग सम्बन्धित मन्त्रालयको रायका आधारमा यस्तो सहमति दिने वा नदिने भन्ने आधारमा निर्णय गर्ने र अर्थ मन्त्रालयले भारत सरकारसमक्ष सहयोग माग गरी पठाउने उनले बताए।

यस्ता आयोजना गाउँपालिकामा सञ्चालन हुने भए आयोजना सञ्चालन गर्ने निकायले ५ प्रतिशत र नगरपालिकामा सञ्चालन हुने भए १० प्रतिशत लागत साझेदारी गर्नुपर्ने र भौतिक पूर्वाधारबाहेकका आयोजनामा भारतीय सहयोग शतप्रतिशत नै पनि हुन सक्ने उनले बताए। यसका लागि सामान्य मन्त्रालय, भारतीय दूतावास र आयोजना गर्ने निकायबीच त्रिपक्षीय सम्झौता हुने उनले बताए। उनले गैरसरकारी संस्थाका हकमा समाजकल्याणको स्वीकृति आवश्यक पर्ने बताए।  

यसैबीच प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले सन्धि ऐनले किटान गरेअनुसार नेपाल पक्षराष्ट्र पक्ष भई गरेका सन्धिसम्झौताको सबै विवरण उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ। समितिले बुधबार प्रधानमन्त्री दाहाललाई बोलाएर पछिल्लो सहमतिबारे छलफल गरेको थियो। 

छलफल सकिएलगत्तै समितिले त्यस्तो निर्देशन दिएको हो। भारतीय विदेशमन्त्री एस जयशंकरले पुस १९ गते गरेको नेपाल भ्रमणमा दुई देशबीच भएको विद्युत् सम्झौता र विकास निर्माणमा सहयोग गर्ने सम्झौताबारे प्रधानमन्त्री दाहालले समितिमा जानकारी गराएका थिए। 
कानुन तथा संसदीय मामिला मन्त्रालयमार्फत भारतसँग भएको सम्झौताका साथै विभिन्न मुलुक तथा अन्तरसरकारी संघसंगठनसँग भएका सम्झौता, त्यसका मिति र अवस्था, संसद्बाट अनुमोदन भएका र बाँकी रहेका सबै विवरण पेस गर्न सरकारलाई निर्देशन दिएको हो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस