एघार महिनामा १० वटा काम गरेः धितोपत्र बोर्ड अध्यक्ष हमाल
२४ माघ २०७९
•
४ मिनेट पाठ
एघार महिनामा १० वटा काम गरेः धितोपत्र बोर्ड अध्यक्ष हमाल
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गर्दै आफ्नो ११ महिने  कार्यकालमा १० वटा काम गरेको फेरिहस्त सार्वजनिक गरेका छन्।




बोर्डका अध्यक्ष हमालले सोमबार एक प्रेस विज्ञप्ति जारी गरेर विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

‘धितोपत्र बजारमा सुरु भएका विभिन्न सुधार अभियानको क्रममा बोर्ड अध्यक्षप्रति लक्षित गरी सञ्चार माध्यममा तथ्यहीन समाचारहरू सम्प्रेषण  हुनु गम्भीर विषय हो,’ बोर्डका अध्यक्षद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘पद्धति र थिति निर्माण गरी यस क्षेत्रमा भएका उल्लेखनीय हस्तक्षेप एवं विगतदेखि निहित स्थार्थ समूहको इच्छा विपरीत ठोस पहलकदमीबाट तिल्मिलाएकाहरूद्वारा सम्प्रेषित समाचारहरू स्वतः खण्डनीय नै छन्।’

अध्यक्ष हमालले त्यस किसिमका क्रियाकलापबाट कति पनि विचलित नभएको दाबी गरेका छन्। ‘यस प्रकारको क्रियाकलापबाट म कत्ति पनि विचलित भएको छैन,’ हमालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कानुन बमोजिम सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्दै स्वच्छ, निष्पक्ष पारदर्शी र प्रतिस्पर्धी धितोपत्रबजार तथा समग्र धितोपत्र बजारको विकास एवम् विस्तार गर्दै राष्ट्रिय पुँजी निर्माण र परिचालन मार्फत मात्र देश समृद्ध हुनेछ।’

हमालले आफ्नो ११ महिने कार्यकालको अवधिमा लगानीकर्ताहरूले विकसित बजारमा उपलब्ध भएका विशेषता तथा सुविधासहितको सेवा प्राप्त गर्न सक्ने गरी नेप्सेको कारोबार प्रणालीसँग आबद्ध हुने गरी धितोपत्र दलाल तथा धितोपत्र व्यापारीले कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) स्थापना गर्न सक्ने गरी धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को तेस्रो संशोधन गरी २०७९ वैशाख १६ देखि लागू गरेको बताए। 

अध्यक्ष हमालले सूचीकृत संगठित संस्था गाभ्ने गाभिने क्रममा शेयर कारोबार वर्षौंसम्म रोक्का रहने आम लगानिकर्ताको शेयर बन्धक रहने लगायतका समस्याको अन्त्य गरेको दाबी गरे।

‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ बनाइ स्पष्ट नीति तथा व्यवस्था गरिएको छ। साथै यस निति अनुरूप १५ दिनभन्दा बढी कारोबार रोक्का नरहने व्यवस्था समेत लागु गरिसकिएको छ।

गाभ्ने गाभिने प्रक्रियाका लागि दिइएको निवेदनउपर आवश्यक छानबिन गरी बढीमा ३ दिनभित्र स्वीकृति दिने व्यवस्था लागु गरिएको छ,’ अध्यक्ष हमालले भने, ‘सर्वसाधारण लगानीकर्ताको हकहितलाई ध्यान दिँदै बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिदसम्बन्धी सुविधा उपलब्ध गराए बापत बढीमा १०० रुपैयाँ सेवा शुल्क लिन सक्ने विगतको व्यवस्थामा परिमार्जन गरी बढीमा ५ रुपैयाँ सेवा शुल्क लिन सक्ने व्यवस्था गरिएको छ।’

अध्यक्ष हमालले वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई सार्वजनिक शेयर निष्कासनमा १० प्रतिशत सेयर आरक्षण हुने व्यवस्था गरिएको जानकारी गराए। 

उनले नवीन सोच र ज्ञान भएका तर पर्याप्त स्वपुँजी एंव धितो सुरक्षण नभएका स्टार्टअपका लागि पुँजी तथा व्यावसायिक ज्ञान बिना धितो दिन मिल्ने अन्तर्राष्ट्रिय अभ्यास अनुसार देशमा भित्र्याउन पहिलो पटक नेपालमा ९ वटा विशिष्टीकृत लगानी कोष व्यवस्थापकलाई अनुमति पत्र जारी गरिएको दाबी गरे।

उनले धितोपत्र दलाल तथा व्यापारीको अनुमतिपत्रमा ‘कोटा प्रणाली मार्फत अनुमति प्रदान गरिँदै आएकोमा यसको सेवा तथा गुणस्तर स्वच्छ, निष्पक्ष, पारदर्शी र प्रतिष्पर्धी बनाउन ओपन इन्ट्री एण्ड एक्जिट नीति मार्फत मापदण्ड पुग्ने सबैलाई ३५ दिनभित्र सीमा समय तोकी अनुमति प्रदान गर्न नेपाल सरकारको निर्णय अनुसार नियमावली स्वीकृत गराइ आवेदन आह्वान गरिएकोमा सर्वोच्च अदालतबाट उक्त निर्णय हाललाई कार्यान्वयन नगराउन आदेश भएको जानकारी दिए।

‘धितोपत्र बजारमा लगानीकर्ताको पहुँच वृद्धि सँगसँगै प्रतिस्पर्धी अन्तर्राष्ट्रिय प्रविधियुक्त धितोपत्र बजारका लागी आवश्यक आवेदन कार्य अगाडि बढाइएकोमा सर्वोच्च अदालतको अल्पकालीन आदेश बमोजिम सो सम्बन्धी कार्य हाल स्थगनमा रहेको छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ ‘धितोपत्र सम्बन्धी कसुरहरूमा संगठित संस्थाका सञ्चालकहरूलाई कारबाही गरी भित्री कारोबार भए नभएको सम्बन्धमा छानबिन गर्न बोर्डको इतिहासमै पहिलो पटक दुईवटा केशमा तहकिकात अधिकारी नियुक्त गरी कार्य अगाडि बढाइएको छ।’

अध्यक्ष हमालले धितोपत्र सम्बन्धी ऐन र सो अन्तर्गत बनेका नियमावली, निर्देशिका र विनियमावली अनुरूप कार्य नगर्ने धितोपत्र दलाल व्यवसायीहरूलाई ऐन तथा नियम अनुसार कारबाही गरिएको जानकारी दिए।

उनले संस्थाको वित्तीय विवरण ढिला गरी पेश गर्ने मर्चेन्ट बैंकरहरूलाई हदैसम्मको कारबाही किन नगर्ने भनी सफाइ पेश गर्न सूचित गरिएको र क्रेडिट रेटिङमा ‘स्वार्थको द्वन्द्व’ देखिने कम्पनीलाई कारबाहीको प्रक्रिया अगाडि बढाइएको बताए।

अध्यक्ष हमालले सर्वसाधारण लगानीकर्तालाई संरक्षण गर्दै स्वच्छ, निष्पक्ष, पारदर्शी तथा प्रतिस्पर्धी धितोपत्र बजार तथा समग्र धितोपत्र बजारको विकास तथा विस्तार गर्दै राष्ट्रिय पुँजी निर्माणका लागि काम गर्ने समेत जनाएका छन्।
अर्को समाचार
धितोपत्र बोर्डका अध्यक्ष हमालको २२ महिने कार्यकाल २३ काम सम्पादन,सात अधुरै
२० पौष २०८०
•
५ मिनेट पाठ
धितोपत्र बोर्डका अध्यक्ष हमालको २२ महिने कार्यकाल २३ काम सम्पादन,सात अधुरै
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आफ्नो २२ महिने कार्यकालमा २३ वटा मुख्य काम गरेको र ७ वटा काम कार्य योजना अनुसार हुन नसकेको दावी गरेका छन्।अध्यक्ष हमालको शुक्रवारदेखि २२ महिने कार्यकाल सकिएको छ। अध्यक्ष हमालले आफ्नो २२ महिने कार्यकालमा २३ काम भए पनि सात काम भने अधुरै रहेको बताएका छन्।




हमालले २०७८ साल फागुन ५ गते बोर्डको नेतृत्व सम्हालेका थिए। ‘यस यात्राको क्रममा नेपालको दीर्घकालीन आर्थिक समृद्धिमा सहयोगी हुने कयौँ सकारात्मक सुधारका प्रयास सुरु भएका छन्,’हमालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘स्टार्ट अप तथा उद्यमशीलता विकास र पुँजी निर्माणको सबलीकरण एवम् एसएमइको माध्यमले एक नयाँ आयाम सिर्जना गर्नेछ। सुशासन, प्रतिस्पर्धा र गुणवत्ताको वातावरण मार्फत बजारलाई स्वच्छ तथा पारदर्शी बनाउने र उच्चतम जबाफदेहिता राखी कानुन कार्यान्वयनको स्थिरताबाट लगानीकर्ताको हित संरक्षणमा निरन्तरता दिएका थियौं।’

अध्यक्ष हमालले विशेषगरी “स्तुतिको संस्कारबाट “कार्यसम्पादन संस्कारको रूपान्तरणमा एक दियो बालेर शुक्रवारदेखि यो यात्रा समाप्त भएको बताएका छन्। अध्यक्ष हमालले आगामी दिनमा सार्वजनिक भूमिकामा नरहे पनि एक सचेत नेपाली नागरिकको रुपमा नेपालको आर्थिक र सामाजिक विकासमा सधैँ नै प्रयत्नशील रहने प्रतिवद्धता समेत व्यक्त गरेका छन्। बोर्डले शुक्रवार धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास तथा सुधारमा २०७८ फागुन देखि २०८० पुस २० गतेसम्म बोर्डबाट सम्पादन गरिएका मुख्य कार्यहरू सार्वजनिक गरेको छ।

 सो अवधिमा विशिष्टीकृत लगानी कोषको सुरुवात भएको थियो। त्यसैगरी वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई सार्वजनिक निष्कासनमा १० प्रतिशत सेयर आरक्षण व्यवस्था पनि गरिएको बताइएको छ। अध्यक्ष हमालका कार्यकालमा देशमा लगानीकर्ता मैत्री, प्रतिस्पर्धात्मक एवं अन्तर्राष्ट्रियस्तरको प्रविधि र क्षमतायुक्त वस्तु विनिमय बजार सञ्चालन अनुमति प्रक्रिया अन्तिम चरणमा रहेको बताइएको छ। सोही अवधिमा नयाँ स्टक एक्सचेन्जका लागि प्रक्रिया र सूचीकृत कम्पनीमा क्षेत्रगत विविधीकरणको का पनि भएको थियो। बोर्डका अध्यक्ष हमालले आफ्नो कार्यकालमा समयसीमा तोकी गरिएका सुधार कार्यहरू भएको पनि प्रगति विवरणमा उल्लेख गरिएको छ। 
‘ओपन इन्ट्रि एण्ड एक्जिट’ मार्फत धितोपत्र दलाल व्यवसायलाई अनुमति: बोर्डबाट तोकिएको मापदण्ड पुराएका सबै आवेदकलाई ‘ओपन इन्ट्रि एण्ड एक्जिट’ मार्फत तोकिएको समयसीमा भित्र पारदर्शी रुपमा अनुमति पत्र प्रदान गरिएको जनाएको छ। त्यसैगरी बुक बिल्डिंग प्रणाली मार्फत अनुमति प्रदान, मर्जर तथा एक्विजिशनमा छरितो काम गर्ने वातावरण तयार पारिएको बताएको छ। उनैको कार्यकालमा धितोपत्र बजार सेवालाई देशव्यापी बनाउने क्रममा धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका, २०७९ बनाई बोर्डमा निवेदन पेश गरेको पन्ध्र दिनभित्र स्वीकृति दिने व्यवस्था गरिएको थियो।

लगानीकर्ता हित संरक्षणमा जोड दिई सम्पादित कार्य ५ वटा रहेका छन्। जसमा लगानीकर्ताको हकहितलाई ध्यान दिदैं बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बढीमा पाँच सेवा शुल्क लिन सक्ने व्यवस्था गरिएको छ। जसबाट आईपीओमा लगानी गर्ने लगानीकर्ताहरूको लागत कमी हुन भई बजारमा लगानी गर्न प्रोत्साहन हुने अवस्था भएको प्रगति विवरणमा उल्लेख छ। हमालको कार्यकालमा पहिलो पटक धितोपत्र दर्ता गरी नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भई कारोबार भई रहेका कम्पनीले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ बमोजिम बुझाउनुपर्ने त्रैमासिक विवरण नबुझाउने र ढिला गरी विवरण बुझाउने ८८ वटा कम्पनीलाई स्पष्टीकरण सोधी कारबाही प्रक्रिया अगाडि बढेको थियो। 

त्यसैगरी बोर्डबाट लगानीकर्ताहरूको हक हित संरक्षणका लागि कानुन प्रबलीकरणलाई सुदृढ गर्ने क्रममा छोटो समयमा नै २० भन्दा बढी कारबाही गरिएको छ। उक्त क्रममा धितोपत्र सम्बन्धी कसुरहरूमा कारबाही, धितो पत्रको भित्री कारोबारको अनुसन्धान, धितोपत्र व्यवसायीहरुलाई कारबाही गरिएको प्रगति विवरणमा उल्लेख छ। 

हमालको कार्यकालमा बजार विकास तथा सुधारका अन्य कार्यहरू पनि भएको बताइएको छ। जसमा डेडिकेटेड टिएमएस का लागि व्यवस्था गरिएको थियो। त्यसैगरी धितोपत्र बजारमा गैर आवासीय नेपाली भित्र्याउन आवश्यक व्यवस्थाको प्रबन्ध मिलाइएको पनि प्रगति विवरणमा उल्लेख छ। अर्कोतर्फ जलविद्युत समूहको कम्पनीहरूका लागि विशेष व्यवस्था र एप्लिकेशन प्रोग्रामिङ्ग इन्टरफेस (एपिआई) सम्बन्धी व्यवस्था पनि गरिएको बताइएको छ। यी सात योजना अधुरै रहे अध्यक्ष हमालले बोर्ड अध्यक्षको नियुक्तिको क्रममा पेश गरिएको ७ कार्य योजना अनुरूप सम्पन्न हुन नसकेको ७ योजना रहेको जनाएका छन्। हमालले आफ्नो कार्यकालमा साना तथा मझौला कम्पनीको धितोपत्र निष्कासन तथा कारोबार सम्बन्धी नियमावली तयार गरी नेपाल सरकार, अर्थ मन्त्रालयमा २०८० जेठ ७ गते पेश गरिएकोमा सो नियमावली नेपाल सरकारबाट स्वीकृत भई नसकेकाले कार्यान्वयनमा ल्याउन नसकेको जनाएका छन्।

 धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी महत्त्वपूर्ण मौजुदा तथ्याङ्क एवं जानकारीहरूको समुचित अभिलेख व्यवस्थापन तथा बोर्डमा प्रयोग भइरहेका र भविष्यमा प्रयोग हुने विभिन्न प्रणालीहरूको व्यवस्थापन गर्न बोर्डको आफ्नै डाटा सेन्टर स्थापना गर्ने कार्य गर्न नसकिएकोले डिजिटल प्लेटफर्म÷पेपरलेस एडमिनिस्ट्रेसन सिस्टम लागू गर्न नसकिएको उल्लेख छ। त्यसैगरी धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा हुने कारोबारको अनुगमन तथा सुपरिवेक्षण गर्न अन्तर्राष्ट्रिय रुपमा प्रयोग भइरहेका एआईमा आधारित एकीकृत वास्तविक समय सुपरिवेक्षण प्रणालीको विकास तथा कार्यान्वयन ल्याउन नसकिएको प्रगति विवरणमा उल्लेख छ। 
अध्यक्ष हमालले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी लगानीकर्ताहरू तथा अन्य सरोकारवाला पक्षहरूबाट बोर्डमा प्राप्त हुने गुनासो र उजुरीहरूको प्रभावकारी समाधानको व्यवस्था गर्न मोबाइल एप सहितको केन्द्रीकृत गुनासो सुनुवाइ प्रणालीको व्यवस्था गर्न नसकिएको जनाएका छन्। त्यसैगरी बोर्डको जग्गा खरिद तथा प्राप्त गर्ने र भवन निर्माण गर्ने कार्य गर्न नसकिएको बताइएको छ।

‘नयाँ धितोपत्र औजारहरूको सञ्चालनका लागि सहजीकरण गर्न आवश्यक नीतिगत, प्रक्रियागत तथा संस्थागत व्यवस्था गर्ने क्रममा मार्जिन लेन्डिगं सम्बन्ध अध्ययन भइसकेको भएता पनि पूर्ण कार्यान्वयनमा मार्जिन कारोबारको व्यवस्था गर्न सकिएन,’ प्रगति विवरणमा भनिएको छ‘ सूचीकृत संगठित संस्थाको स्वतन्त्र संचालक नियुक्ति सम्बन्धी कार्यविधि एवं धितोपत्र व्यवसायीको लागि संस्थागत सुशासन सम्बन्धी निर्देशिका बनाई कार्यान्वयनमा ल्याउन नसकिएको।

उपुर्यक्तानुसारका अध्ययन भई सम्पन्न हुन नसकेका कार्यहरू बोर्डको आगामी नेतृत्वले अगाडि बढाएमा नेपालको पुँजी बजारमा दिगो विकास भई बजार नयाँ उचाइमा पुग्ने देखिन्छ।’
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस