अलैँचीले उकासियो किसानको आर्थिक अवस्था
०४ फागुन २०७९
•
३ मिनेट पाठ
अलैँचीले उकासियो किसानको आर्थिक अवस्था
कालो सुनको रुपमा हेरिएको अलैँचीले यहाँका किसानको आर्थिक अवस्था उकासिएको छ। करिब ४५ वर्ष अघिदेखि अलैँची खेती विस्तार भएको लमजुङमा केही वर्षदेखि अलैँची खेतीले राम्रो आम्दानी दिन थालेपछि यहाँका अधिकांश किसानको आर्थिक अवस्था उकासिन थालेको हो।




अलैँचीबाट उकासिएकामध्ये एक हो हिमाली जिल्ला मनाङसँग सिमना जोडिएको लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय तामाङ। उनको दिनचर्या अलैँची बारीमै बित्छ। कालो सुनका रूपमा हेरिने अलैँची खेती थालेपछि भने उनी आर्थिक रूपले सम्पन्न मात्र छैनन् रोजगारी दिलाउन सक्ने हैसियतमा पनि छन्।  

अलैँची किसान तामाङ गाउँगाउँमा सुरु भएको अलैँची खेतीको लहरसँगै १५ वर्ष अघि परिवारसहित गाउँ फर्किए। एक रोपनी जग्गाबाट सुरु भएको अलैँची खेती यतिबेला ४० रोपनी क्षेत्रफलमा फैलिएको छ। सोही छिनखोलामा पाँच रोपनी र ताराचोक शेरामा ५० रोपनी क्षेत्रफलमा नेपालकै ठूलो अलैँची नर्सरी स्थापना भएसँगै उनले अलैँची बिरुवा पनि बेच्न थाले।

उनका अनुसार अलैँची दाना र बिरुवा बिक्री गरी उनले वार्षिक १०/१५ लाख आम्दानी गर्दै आएका छन्। उनी भन्छन्, 'विदेशमा वार्षिक तीन लाख जति कमाइ हुन्थ्यो तर अहिले परिवारको साथमा घरमा बसीबसी १० लाख बढीसम्म वार्षिक आम्दानी हुन्छ।' उनी नेपाल अलैँची व्यवसायी महासङ्घ लमजुङ शाखाका निर्वतमान अध्यक्ष तथा हाल गण्डकी प्रदेशको संयोजक समेत हुन्। उनले रोजगारीका लागि गाउँ छाड्ने र विदेशमा रहेका युवालाई गाउँ फर्किएर अलैँची खेती गर्दै जीवन परिवर्तन गर्न आग्रह गर्दै आएका छन्।

त्यस्तै, सोही वडास्थित लुदीका सोमबहादुर तामाङ पनि एक सफल अलैँची किसान हुन्। उनले मलेसियामा १५ वर्ष श्रम बेचेको तर आर्थिक हैसियत उकासिएन। यतिबेला सोमबहादुरले ६० रोपनी क्षेत्रफलमा लगाएको अलैँचीबाट उहाँ घरमै बसेर वार्षिक चार÷पाँच लाख आम्दानी गर्दै आएका छन्।

धान, मकैभन्दा अलैँची खेतीले राम्रो आम्दानी हुने गरेको र परिवारको गुजारा चलाउन सहज भएको उनको भनाइ छ। उनका अनुसार गाउँका स्थानीय अलैँची खेतीतर्फ आकर्षित भएर लुदीका ४२ घरधुरीले बारापोखरी कृषक समूह दर्ता गरी एक हजार पाँच सय रोपनीमा समेत अलैँची खेती सुरु गरेका छन्। पहिलो पटक यस वर्ष १० क्विन्टल अलैँची दानासमेत उत्पादन भएको उनले बताए। कम मेहेनतमै राम्रो आम्दानी दिने भएकाले अलैँचीप्रति गाउँलेको ध्यान केन्द्रित हुन थालेका छन्।

छिनखोलाका बलराम लामा पनि अजय र सोमबहादुर जस्तै विदेशबाट फर्किएर अलैँची खेती थाल्ने अर्का सफल कृषक हुन्। उनले पनि वार्षिक पाँच लाखभन्दा बढी आम्दानी अलैँची खेतीबाटै गर्दै आएका छन्।

अलैँची खेतीले स्थानीयको आर्थिक हैसियत मात्र होइन, भाग्य नै बदलिदिएको पछि जिल्लाका किसान पछिल्लो समयमा अलैँची खेतितर्फ आकर्षित हुँदै गएका छन्।  जिल्लामा हाल एक हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा अलैँची खेती हुँदै आए पनि एक हजार दुई सय हेक्टर क्षेत्रफलमा मात्र उत्पादन हुँदै आएको छ।

जिल्लामा गत वर्ष ३५ मेट्रिक टन अलैँची दाना उत्पादन भएको थियो। गत वर्षको तुलनामा करिब ८५ प्रतिशत वृद्धि भएको अलैँची कृषकको अनुमान छ। जिल्लामा लगाइएको अलैँचीका दानाको माग उच्च रहँदै आएको छ। जिल्लामा उत्पादित अलैँचीका दाना भारत हुँदै विभिन्न देशमा पुग्ने गरेको छ।

अलैँची व्यवसायमा जिल्लाका किसानको भविष्य राम्रो रहेको छ विगतमा धेरै राम्रो कम हुँदै गएको र सरकारले उचित व्यवस्था गर्नुपर्नेमा नेपाल अलैँची व्यवसायी महासङ्घ गण्डकी प्रदेश संयोजक तामाङले बताए। जिल्लाका किसानले यस वर्ष अलैँची दाना प्रतिकिलो छ सयदेखि सात सयसम्म बिक्री गरेका छन्। मस्र्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्व्होलासोथर गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकामा जिल्लाको सबैभन्दा बढी अलैँची खेती हुने गरेको अलैँची किसानको भनाइ छ। 
अर्को समाचार
'अलैंची हुँदा मूल्य हुँदैन, मूल्य हुँदा अलैंची हुँदैन'
२२ असोज २०८०
•
२ मिनेट पाठ
'अलैंची हुँदा मूल्य हुँदैन, मूल्य हुँदा अलैंची हुँदैन'
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं १ सावादिनका मोहन केसी यसपटक अलैंची टिप्न बगान छिरेनन्। धेरैजसो बसोबास तराईतिर गर्ने उनी अलैंची टिप्न भनेर गाउँतर्फ गए। बगानमा बुट्यान हेरे, टिपौं नै लागेन। ‘सबै बगानभर चहार्दा पनि १०–१५ किलो नाघ्ने देखिन, बगानको रेखदेख गर्ने भाईलाई नै लौ टिपेर खाओ है भनेर हिंडे’केसीले भने।




फक्ताङ्लुङ वडा नं ३ लिङखिमका मानबहादुर लिम्बूले आफ्नो बगानमा यसपटक अलैंचीको उत्पादन गत सालको तुलनामा ६० प्रतिशतले घटेको बताए। ‘औल तिरको त सबै गयो नै, लेकमा समेत त्यति फलेन, तर औल भन्दा लेकमा अलि–अलि चाँहि छ’मानबहादुरले भने।  

किसान मात्र होईन, यसपटक व्यवसायीले पनि अलैंचीको उत्पादन घटेको अनुमान लगाएका छन्। अलैंची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष समेत रहेका भद्रवीर रेग्मीले गत साल यो बेला सम्ममा मोटै परिमाणमा अलैंचीको खरिद गरिसकेका थिए। ‘पोहोर त यो बेला निकै पो झापा पठाई सकेका थियौं त!’ उनले भने। यहाँका व्यवसायीले किसानबाट खरिद गरेको अलैंची झापाका व्यवसायीलाई बेच्ने गरेका छन्। झापाका व्यवसायीले अलैंची उत्पादन हुने जिल्लाका व्यवसायीबाट खरिद गरेको अलैंची भारत सहित तेस्रो बजारमा बिक्री गर्छन्।

अलैंची व्यवसायी संघ ताप्लेजुङका पूर्व अध्यक्ष बालमणि बरालले उत्पादननै कम भएर बजारमा समेत अलैंचीको कम मात्रामा आएको हुन सक्ने अनुमान लगाए।  बरालले भने ‘किसानसंग नै यसपटक कम छ, त्यहिँ आधारमा मात्र बजारमा आउने भएकोले व्यवसायीसंग समेत कमैमात्र अलैंची आएको छ।’  लिङखिमका अलैंची किसान मानबहादुरले खडेरी, असिना सहितका समस्याका कारण अलैंचीको उत्पादन यसपटक मोटो परिमाणले घटेको बताए।

गत साल भन्दा दोब्बर बढी मूल्य रहेको अलैंचीको मूल्यमा सामान्यतया उतारचढाव भने आइरहन्छ। अलैंची व्यवसायी संघका अनुसार आइतवार ताप्लेजुङमा अलैंची प्रतिमन (४० किलोग्रामको) ५८ हजार रुपैयाँका दरले कारोवार भएको छ। ‘यो साता भने मूल्यमा खासै ठूलो उतारचढाव आएन’ अलैंची व्यवसायी संघका जिल्ला अध्यक्ष रेग्मीले भने। नेपालमै सबैभन्दा बढी अलैंची ताप्लेजुङमा उत्पादन हुने तथ्याङ्क रहेको छ।

अलैची व्यवसायी संघका अनुसार अघिल्लो वर्ष यो अवधिमा अलैंचीको मूल्य प्रतिमन २६ हजार रुपैयाँ हाराहारी रहेको थियो। करिव ८ वर्ष पछि नयाँ उत्पादनमै राम्रो मूल्य (प्रतिमन ५८ देखि ६० हजार रुपैयाँ) पाएका किसान यसपटक उत्पादनबाट भने ठगिएका छन्।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस