उदयपुरमा ३० करोड लागतको अर्को खानेपानी आयोजना
०६ फागुन २०७९
•
३ मिनेट पाठ
उदयपुरमा ३० करोड लागतको अर्को खानेपानी आयोजना
खानेपानी आयोजना सिल्यान्यास कार्यक्रमको बोर्ड। तस्बिरः महेश्वर
गाईघाट बासीलाई लक्षित गर्दै उदयपुरमा अर्को खानेपानी आयोजना निर्माण सुरु भएको छ। गाईघाट बजार समेटिएको त्रियुगा नगरपालिका ११, १२ र छिमेकी वडा १३ मा बसोबास गर्नेहरूलाई लक्षित गरी ३० करोड बढी लागतको आयोजना निर्माण सुरु भएको हो। 




प्रस्तावित ‘गाईघाट खानेपानी आयोजना’ उपभोक्ता समितिका अध्यक्ष प्रकाशकुमार बस्नेतका अनुसार ३० करोडभन्दा बढीको प्राविधिक इस्टीमेट भए पनि पहिलो चरणमा मूल्य अभिवृद्धि कर (भ्याट) सहित १७ करोड ९ लाख ८४ हजार १ सय ४६ रुपैँया ३८ पैसाको ठेक्का लागेको छ। गएको पुस १८ गते नै सम्झौता भईसकेको आयोजनाको काम माघ २ गतेदेखि सुरु भएको भए पनि शुक्रबार मात्र औपचारिक सिल्यान्यास गरिएको अध्यक्ष बस्नेतले बताए। 

आयोजनाको काम आउँदो ०८१ माघ १ गतेभित्र सम्पन्न गर्ने गरी एम/एस सागर मल्टी टेक जेवी बुढानीलकण्ठ काठमाडौँले ठेक्का लिएको छ। अध्यक्ष बस्नेतका अनुसार एउटा ट्रीटमेन्ट प्लान्ट (प्रेसर फिल्टर), ५ वटा फायर हाईड्रान्ट, एउटा कार्यालय भवन, एउटा पम्प हाउस र २ वटा डिप ट्युब वेल निर्माण गर्नुपर्ने इस्टीमेट रहेको छ। बरुवा खोलाको बाबरीमा मुहान थापेर खोला किनारमा बनाइने समपवेलको पानी मुख्य ट्यांकीमा तानेर १ सय ५ किलोमिटर ५७ मिटर पाइपलाइन बतिरणको काम गर्नुपर्ने उनले बताए। 

समितिका सचिव विष्णु कोईरालाले आयोजना अन्तर्गत ११ नं. वडाको गाईघाट बजार, पिजी चोक, प्रगति टोल, असारी लाइन, संगम टोल, शिवालय टोल, साकेला थान क्षेत्रमा सुद्ध खानेपानी सेवा पुर्‍याउने लक्ष्य लिइएको बताए। उनका अनुसार त्यसैगरी १२ नं. वडाको प्रतिभा टोल, , १२ नं. को पुरानो गाईघाट, सुम्निमा चोक, फुलचोक, सगरमाथा टोल, शनि मन्दिर क्षेत्र, डिएमगेट, नयाँ बसपार्कलगायत क्षेत्रबासीलाई खानेपानी उपलब्ध गराउने लक्ष्य छ। त्रियुगाकै १३ नं. वडाका हवाई फिल्ड, पूर्वपश्चिम बरुवा बसपार्क, गोजीपोखरी, खैजनपुर, असारी, भुसुने, किरात चोक, दनुवारी चोक, पोर्ताहा, लक्ष्मीपुरलागयत क्षेत्रलाई पानीको व्यवस्था गर्ने प्राविधिक इसटीमेट रहेको पनि सचिव कोईरालाले बताए। 

प्रदेश सरकार, खानेपानी तथा ढल व्यवस्थापन आयोजना बिराटनगरको रेखदेखमा निर्माण हुने आयोजनाले प्रारम्भिक चरणमा ३ हजार ८ सय ४८ घरधुरीका २५ हजार हाराहारी उपभोक्तालाई सुद्ध खानेपानी उपभोग गराउने जनाइएको छ। आयोजनाको शुक्रबार आयोजित एक कार्यक्रमका बिच त्रियुगा नगरप्रमुख बसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले सिल्यान्यास गरे। 

सिल्यान्यास कार्यक्रममा बोल्दै मेयर बस्नेतले गाईघाट सदरमुकामको बजार भएकाले दिनदिनै जनघनत्व बढ्दो क्रममा रहेको भन्दै भविष्यमा खानेपानीको समस्या आउन नदिन यो आयोजना महत्त्वपूर्ण हुने बताए। उनले हाल चालु त्रियुगा साना सहरी खानेपानी आयोजनाको पानी सीमित भएकाले १०, ९ र ८ नं. वाडबासीलाई खुवाउँदै ठिक्क हुने हुँदा बजारबासीका लागि अर्को योजनाको सुरुवात गर्न नगरपालिकाले पनि सहयोग गरेको बताए। 

उपमेयर राईले नगरबासीले सुद्ध खानेपानी पाउनु नैसर्गिक अधिकार भएको भन्दै त्यसको व्यवस्था गर्न नगरपालिकाले सक्दो भूमिका खेलिरहेको बत्ताइन्। उनले आयोजना सञ्चालनका लागि सहभागिता शूल्कवापत लाग्ने १ प्रतिशतले हुन आउने ३० लाख रकम नगरपालिकाले बेहोरिदिएको बत्ताइन्। आयोजना समयमै सकेर नगरबासीलाई स्वच्छ खानेपानी उपभोग गराउन निर्माण कम्पनी र उपभोक्ता समितिलाई आग्रह गर्दै उपमेयर राईले नगरपालिकाको तर्फबाट हुने कुनै पनि सहयोगका लागि तत्पर रहेको बत्ताइन्।

सदरमुकामबासीलाई लक्षित गरी ०५३ सालदेखि निर्माण सुरु भएर सञ्चालनमा आएको त्रियुगा साना सहरी खानेपानी योजनाले नगरपालिकाका १०, ९ र ८ नं. वडाबासीलाई खानेपानी उपभोग गराउँदै आएको छ। ११ नं. वडामा पर्ने गाईघाटका सीमित उपभोक्ताले धारा जडान गरेको भए पनि पर्याप्त रुपमा पानी नआउने भएकाले अधिकतर उपभोक्ता कल (भूमिगत) को पानी खाँदै आएका छन्। बरुवा खोलाकै मुहानबाट सञ्चालित साना सहरी खानेपानी योजनाबाट १ हजार २ सयभन्दा बढी उपभोक्ता लाभान्वित भई रहेका छन्। 
अर्को समाचार
मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
२० पौष २०८०
•
१ मिनेट पाठ
मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
सदरमुकाम गाईघाटमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको निधन भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।




शुक्रबार बिहान १ः३० बजे मदन भण्डारी लोकमार्गअन्तर्गत त्रियुगा नगरपालिका ११ पिजीचोकमा पूर्वतर्फ गईरहेको प्र १-०५-००१ प ७४३० नं. को मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार दुई युवकमध्ये २२ वर्षीय मनोज चौधरीको निधन भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका अनुसार मोटरसाइकल आफैं अनियन्त्रित भई सडकको बायाँतर्फको सिमेन्ट रेलिङमा ठोक्किएर दुर्घटना भएको पाइएको छ। दुर्घटनामा परी मोटरसाइकलमा सवार घाइते दुवैजनाको उद्धार गरी जिल्ला अस्पताल लगिएकोमा त्रियुगा ११ मुख्यचोकका चौधरीको उपचारका क्रममा निधन भएको हो।

अर्का गम्भीर घाइते गाईघाटकै २२ वर्षकै ज्ञानेन्द्र मलाहालाई थप उपचारका लागि विराटनगर रिफर गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख वरिष्ठ नायब निरीक्षक (वसई) लोकबहादुर दियालीले बताए।

उनका अनुसार तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान छ। घट्नाबारे अनुसन्धान भइरहेको छ।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस