वित्तीय संस्थाको ज्यादतीविरुद्ध पोखरेली व्यवसायीको प्रदर्शन
११ फागुन २०७९
•
२ मिनेट पाठ
वित्तीय संस्थाको ज्यादतीविरुद्ध पोखरेली व्यवसायीको प्रदर्शन
बैंक तथा वित्तीय संस्थाबिरुद्ध प्रदर्शनमा उत्रिका पोखरेली उद्योगी, व्यवसायीहरु। तस्बिरः सन्देश/नागरिक
बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरुद्ध पोखरेली उद्योगी व्यवसायीहरुले प्रदर्शन गरेका छन्। बैंक तथा वित्तीय संस्थाहरुले मनपरी रुपमा बैंक ब्याजदर बढाएको तथा ऋण र किस्ता तिर्नका लागि दवाब दिएको विरुद्धमा पोखरेली उद्योगी व्यवसायीहरुले पोखराको चिप्लेढुंगामा प्रदर्शन गरेका हुन्।




पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा दुबै संघमा आबद्ध उद्योगी तथा व्यवसायीहरुको बाक्लो उपस्थिति थियो। यसअघि दुई चरणको आन्दोलन गरिसकेको संघहरुले तेश्रो चरणको आन्दोलन अन्तर्गत विहीबार ११ बजेदेखि १२ बजेसम्म एकघण्टा प्रदर्शन गरेका हुन्।

यसअघि संघहरुले पहिलो चरणमा अर्थमन्त्री र राष्ट्रबैंकलाई ज्ञापनपत्र बुझाएका थिए भने दोश्रो चरण अन्तर्गत प्रदेश उद्योग वाणिज्य संघहरुको नेतृत्वमा जिल्ला संघहरुले राष्ट्रबैंकलाई चेतावनी पत्र बुझाएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीले जानकारी दिए।

बिहीबारको प्रदर्शनमा संघमा आवद्ध एशोसिएट तथा प्रतिष्ठानहरुको संस्थागत सहभागिता थियो। प्रदर्शनमा पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघसँगै थोक व्यवसायी संघ कास्की, गण्डकी ट्याक्सी व्यवसाय पव्लिक लिमिटेड, मदिरा व्यवसायी समिति कास्की, फ्लोरिङ फर्निसिङ व्यवसायी संघ कास्की, कम्प्युटर एशोसिएसन नेपाल महासंघ कास्की, स्टिल फेब्रिकेसन एशोसियसन कास्की, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसाय महासंघलगायतको सहभागिता थियो।

त्यस्तै, नेपाल पर्यटक यातायात व्यवसायी संघ कास्की, नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स गण्डकी, सर्वेश्वर व्यवसायी समिति, पोखरा ईलेक्ट्रिक व्यवसायी संघ, रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेवान) पोखरा, कस्मेटिक व्यवसायी संघ कास्की, अधिकृत विक्रेता संघ कास्की, सुनचाँदी व्यवसायी संघ कास्कीलगायतका औद्योगिक, व्यापारिक संघसंस्थाहरुको संस्थागत सहभागिता थियो।

सहभागिहरुले ‘व्याजदर चर्को भो, गरिखान गाह्रो भो’, ‘तरलता समाधान गर’, ‘उद्योग व्यापार नबाँचे अर्थतन्त्र बाँच्दैन’, ‘व्याजदर एक अंकमा कायम गर’, ‘उद्योग व्यापार बचाऔं, राष्ट्रिय अर्थतन्त्र जोगाऔं’, ‘उच्च सेवा शुल्क खारेज गर’, गरिखाने मर्दैछ, सरकारको राजश्व घट्दैछ’लगायतका नाराहरु लेखिएको व्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

प्रदर्शन कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीले बैंक तथा वित्तीय संस्थाहरुले मनपरी रुपमा बढाएको व्याजदर नतिर्ने घोषणा गरे। सरकारले नीति नियम बनाएर व्याजदर बढाउनुपर्ने भन्दै उनले भने,‘तिर्छु भनेको व्याज जति छ त्यो अनुसार तिर्न पाउनु प¥यो। त्यो हामी तिर्न तयार छौं तर बढेको ब्याज तिर्दैनौं।’ उनले व्याजदर घटाउनुपर्ने भन्दै अन्यथा आन्दोलन थप चर्काउने चेतावनी दिए। ‘एक अंकमा व्याजदर झार्नुपर्छ। अन्यथा आन्दोलन थप सशक्त बनाउँछौं।’
अर्को समाचार
बैंक तथा वित्तीय संस्थाको ज्यादतीविरुद्ध पोखरेली उद्योगी व्यवसायीको प्रदर्शन
११ फागुन २०७९
•
२ मिनेट पाठ
बैंक तथा वित्तीय संस्थाको ज्यादतीविरुद्ध पोखरेली उद्योगी व्यवसायीको प्रदर्शन
बैंक तथा वित्तीय संस्थाविरुद्ध प्रदर्शनमा उत्रिएका पोखरेली उद्योगी व्यवसायीहरु। तस्बिर: सन्देश/नागरिक
बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरुद्ध पोखरेली उद्योगी व्यवसायीहरुले प्रदर्शन गरेका छन्। बैंक तथा वित्तीय संस्थाहरुले मनपरी रुपमा बैंक ब्याजदर बढाएको तथा ऋण र किस्ता तिर्नका लागि दबाब दिएको विरुद्धमा पोखरेली उद्योगी व्यवसायीहरुले पोखराको चिप्लेढुंगामा प्रदर्शन गरेका हुन्। पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा दुवै संघमा आबद्ध उद्योगी तथा व्यवसायीहरुको बाक्लो उपस्थिति थियो।




यसअघि दुई चरणको आन्दोलन गरिसकेको संघहरुले तेश्रो चरणको आन्दोलन अन्तर्गत बिहीबार पूर्वाह्न ११ बजेदेखि १२ बजेसम्म एक घण्टा प्रदर्शन गरेका हुन्। यसअघि संघहरुले पहिलो चरणमा अर्थमन्त्री र नेपाल राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाएका थिए भने दोश्रो चरण अन्तर्गत प्रदेश उद्योग वाणिज्य संघहरुको नेतृत्वमा जिल्ला संघहरुले राष्ट्र बैंकलाई चेतावनी पत्र बुझाएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीले जानकारी दिए।

बिहीबारको प्रदर्शनमा संघमा आबद्ध एशोसियट तथा प्रतिष्ठानहरुको संस्थागत सहभागिता थियो। प्रदर्शनमा पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघसँगै थोक व्यवसायी संघ कास्की, गण्डकी ट्याक्सी व्यवसाय पव्लिक लिमिटेड, मदिरा व्यवसायी समिति कास्की, फ्लोरिङ फर्निसिङ व्यवसायी संघ कास्की, कम्प्युटर एशोसियसन नेपाल महासंघ कास्की, स्टिल फेब्रिकेसन एशोसियसन कास्की, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसाय महासंघलगायतको सहभागिता थियो। त्यस्तै, नेपाल पर्यटक यातायात व्यवसायी संघ कास्की, नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स गण्डकी, सर्वेश्वर व्यवसायी समिति, पोखरा ईलेक्ट्रिकm व्यवसायी संघ, रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेवान) पोखरा, कस्मेटिक व्यवसायी संघ कास्की, अधिकृत विक्रेता संघ कास्की, सुनचाँदी व्यवसायी संघ कास्कीलगायतका औद्योगिक, व्यापारिक संघसंस्थाहरुको संस्थागत सहभागिता थियो।

सहभागीहरुले ‘ब्याजदर चर्को भो, गरिखान गाह्रो भो’, ‘तरलता समाधान गर’, ‘उद्योग व्यापार नबाँचे अर्थतन्त्र बाँच्दैन’, ‘ब्याजदर एक अंकमा कायम गर’, ‘उद्योग व्यापार बचाऔं, राष्ट्रिय अर्थतन्त्र जोगाऔं’, ‘उच्च सेवा शुल्क खारेज गर’, गरिखाने मर्दैछ, सरकारको राजश्व घट्दैछ’ लगायतका नाराहरु लेखिएको व्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

प्रदर्शन कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीले बैंक तथा वित्तीय संस्थाहरुले मनपरी रुपमा बढाएको ब्याजदर नतिर्ने घोषणा गरे। सरकारले नीति नियम बनाएर ब्याजदर बढाउनुपर्ने भन्दै उनले भने,‘तिर्छु भनेको ब्याज जति छ त्यो अनुसार तिर्न पाउनु प¥यो। त्यो हामी तिर्न तयार छौं तर बढेको ब्याज तिर्दैनौं।’ उनले व्याजदर घटाउनुपर्ने भन्दै अन्यथा आन्दोलन थप चर्काउने चेतावनी दिए। ‘एक अंकमा व्याजदर झार्नुपर्छ। अन्यथा आन्दोलन थप सशक्त बनाउँछौं।’
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस