चामलसहितका कन्टेनर एक महिनादेखि भन्सारमै
२५ फागुन २०७९
•
१ मिनेट पाठ
चामलसहितका कन्टेनर एक महिनादेखि भन्सारमै
विश्व खाद्य कार्यक्रमले नेपाल-भारत नेपालगन्ज जमुनाह नाकाबाट भित्र्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको भन्दै नेपालगञ्ज भन्सार कार्यालयले रोकिदिएको छ।




समुद्री मार्ग हुँदै इटलीबाट ल्याइएको उक्त चामल भारतको कलकत्ताबाट तीन कन्टेनरमा नेपालगञ्जसम्म ल्याइँदै थियो। चामल लिएर गत माघ १५ गते नाकामा आइपुगेका डब्लुबी ०३ डिओ १०७, डब्लुबी ११ सी ५९६० र एनएल ०१ एडी ७१०५ नम्बरका भारतीय कन्टेनर एक महिनादेखि नेपालगञ्ज भन्सार कार्यालयमा थन्किएका छन्।

प्रज्ञापनपत्र नम्बर २२१५ बाट ल्याइएको उक्त चामल कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गतका विद्यालयमा बालबालिकालाई दिवा खाजा खुवाउन ल्याइएको बताइएको छ। नाकामा पुगेपछि गुणस्तर जाँच गर्न चामलको नमूना खाद्य आयात-निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगञ्ज पठाइएको थियो। प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा चामल भिजेको, गन्ध आएको र खान अयोग्य रहेको प्रतिवेदन बुझाएपछि नाकामै रोकेको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले बताए।

उनले भने, ‘गुणस्तर प्रमाणीकरण कार्यालयले चामल गुणस्तरहीन भनेर रिपोर्ट दिएपछि नियम अनुसार उक्त चामल भित्रिन दिन नमिल्ने भएकाले रोकेका हौं’, भन्सारले चामल भित्रिन नदिएपछि कन्टेनर भन्सारमै थन्किएका छन्। विश्व खाद्य कार्यक्रमले खाद्यान्न वितरण गर्ने नाममा पटकपटक कुहिएको खाद्यान्न वितरण गर्ने गरेको गुनासो आएको छ।

यसअघि २०७२ सालमा बाँकेको खजुरास्थित विश्व खाद्य कार्यक्रमको गोदाममा भण्डारण गरेर राखिएको पाँच सय १४ मेट्रिक टन दाल कुहिएको अवस्थामा फेला परेको थियो। रासस  
अर्को समाचार
कर्णालीमा कुपोषण घटाउन पौष्टिक चामल
१० फागुन २०८०
•
२ मिनेट पाठ
कर्णालीमा कुपोषण घटाउन पौष्टिक चामल
कर्णालीमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल वितरण शुभारम्भ कार्यक्रममा सहभागी। तस्बिर : नागरिक
कर्णालीका पाँच जिल्लामा कुपोषण दर घटाउन पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल सहुलियत दरमा वितरण हुने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल वितरण गर्ने भएको हो।




पौष्टिक तत्व भएको चामल वितरणका लागि मेसिनरी तथा अन्य सामग्रीहरू विश्व खाद्य कार्यक्रमको सहयोगमा बर्दियाको राजापुर र जनकपुरमा जडान  गरी परीक्षण उत्पादन समेत सफल भएपछि पोषणअवस्थामा सुधार ल्याउनका लागि साविकको कर्णालीका पाँच जिल्ला हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पामा वितरण गरिने भएको हो।

जिङ्क, भिटामिन बि १२, फोलिक एसिडजस्ता अत्यावश्यक सुक्ष्म पोषक तत्वको कमीका कारण पुड्केपाना, कम तौल र रक्तअल्पताको शिकार भईरहेको सर्वेक्षण भईरहेको बेला विश्व खाद्य कार्यक्रम र सरकारी कार्यालयहरूविचको समन्वयमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल बजारमा ल्याईएको हो।

विश्व खाद्यले मिलमा आवश्यक पर्ने मेसिनरीहरू, पौष्टिक तत्व स्तरोन्नति गर्ने आवश्यक पर्ने पोषक तत्व थप गरिएको चामलको दाना ७३ मेट्रिक टन तथा गुणस्तर परीक्षणका लागि आवश्यक पर्ने प्रयोगशालाका सामग्रीहरू अनुदानमा उपलब्ध गराएको जनाईएको छ।

चामलमा आइरन, जिङ्क, भिटामिन ए, फोलिक एसिड, भिटामिन बि १, बि ३, बि ६ र बि१२ थप गरिएर बनाईएको हुन्छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मिलहरूबाट चामल उत्पादन गरेर खाद्य असुरक्षा तथा कुपोषणको दर बढी भएका कर्णालीका मुगु, हुम्ला, जुम्ला, डोल्पा र कालिकोट जिल्लामा सहुलियत मुल्यमा बिक्री गर्ने योजना रहेको छ।

सबै जिल्लामा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पुगीसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद चन्दले बताए।

२०७२ सालमा पौष्टिक तत्व स्तरोन्नति चामलबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र विश्व खाद्य कार्यक्रमले सम्भाव्यता अध्यायन गरेका थिए।  सन् २०३० सम्म कर्णालीका पाँच जिल्लामा कुपोषण न्यूनिकरण गर्ने लक्ष्य रहेको जनाइएको छ।
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस