विश्व खाद्य कार्यक्रमले सुडानमा पुनः काम थाल्यो
१९ वैशाख २०८०
•
२ मिनेट पाठ
विश्व खाद्य कार्यक्रमले सुडानमा पुनः काम थाल्यो
संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले युद्धग्रस्त सुडानमा पुनः सेवा प्रवाह थालेको छ।गत महिनाको मध्यदेखि प्रारम्भ भएको भीषण युद्धका कारण स्थगन भएका डब्ल्युएफपी कार्यक्रम पुनः सञ्चालन गरिएका हुन्।




संयुक्त राष्ट्रसङ्घका अनुसार युद्धका कारण प्रभावित भएका तथा त्यसबाट भोखमरी उत्पन्न हुनसक्ने सुडानको जटिल अवस्थालाई दृष्टिगत गरी डब्ल्युएफपीले आफ्ना कार्यक्रम अस्थायी रूपमा सञ्चालन गरेको हो। खाद्यान्न वितरणका निम्ति स्थगन गरिएका कार्यक्रम हाललाई अस्थायी रूपमा सञ्चालन हुनेछन्।

सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)बीच गत एप्रिल १५ देखि शुरु भएको भीषण युद्धको पहिलो दिन डब्ल्युएफपीका तीन जना कर्मचारी उत्तरी डार्फुंरमा मारिएपछि डब्ल्युएफपीले आफ्ना सबै गतिविधि रोकेको थियो।

डब्ल्युएफपीका कार्यकारी निर्देशक सिन्डी म्याक्केनले युद्ध शुरु हुनु अगावै चरम खाद्यान्न अभाव झेल्ने अवस्थामा पुगेका करिब एक करोड ५० लाख सुडानीलाई खाद्य सहयोग आवश्यक रहेको बताउँदै द्वन्द्वका बीच पनि डब्ल्युएफपीले सुडानका चार प्रान्तमा खाद्यान्न वितरण गर्ने जानकारी दिए।द्वन्द्व जारी रहेमा खाद्य सङ्कटको मारमा अझ धेरै नागरिक पर्ने चेतावनी पनि उनले दिए।

चार करोड असी लाख जनसङ्ख्या भएको सुडान अफ्रिका महादेशको तेस्रो ठूलो जनघनत्व भएको देश हो।  ‘युद्ध चर्कनुअघि नै एक करोड ६० लाख सुडानी मानवीय सहायताको आशाम बसेका थिए, डार्फुरबाट मात्र करिब ३७ लाख पलायन भएका छन्,’ सुडानमा बढ्दै गएको मानवीय सङ्कटप्रति चिन्ता व्यक्त गर्दै कार्यकारी निर्देशक म्याक्केनले आज जारी गरेको वक्तव्यमा भनिएको छ।

सुडान युद्धमा करिब पाँच सय ५० जनाले ज्यान गुमाएका तथा झण्डै पाँच हजार घाइते भएका संयुक्त राष्ट्रसङ्घीय निकायहरूले बताएका छन्।  दुई लाखभन्दा बढी सुडानी देशबाट बाहिरिएका छन्।  
अर्को समाचार
कर्णालीमा कुपोषण घटाउन पौष्टिक चामल
१० फागुन २०८०
•
२ मिनेट पाठ
कर्णालीमा कुपोषण घटाउन पौष्टिक चामल
कर्णालीमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल वितरण शुभारम्भ कार्यक्रममा सहभागी। तस्बिर : नागरिक
कर्णालीका पाँच जिल्लामा कुपोषण दर घटाउन पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल सहुलियत दरमा वितरण हुने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल वितरण गर्ने भएको हो।




पौष्टिक तत्व भएको चामल वितरणका लागि मेसिनरी तथा अन्य सामग्रीहरू विश्व खाद्य कार्यक्रमको सहयोगमा बर्दियाको राजापुर र जनकपुरमा जडान  गरी परीक्षण उत्पादन समेत सफल भएपछि पोषणअवस्थामा सुधार ल्याउनका लागि साविकको कर्णालीका पाँच जिल्ला हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पामा वितरण गरिने भएको हो।

जिङ्क, भिटामिन बि १२, फोलिक एसिडजस्ता अत्यावश्यक सुक्ष्म पोषक तत्वको कमीका कारण पुड्केपाना, कम तौल र रक्तअल्पताको शिकार भईरहेको सर्वेक्षण भईरहेको बेला विश्व खाद्य कार्यक्रम र सरकारी कार्यालयहरूविचको समन्वयमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल बजारमा ल्याईएको हो।

विश्व खाद्यले मिलमा आवश्यक पर्ने मेसिनरीहरू, पौष्टिक तत्व स्तरोन्नति गर्ने आवश्यक पर्ने पोषक तत्व थप गरिएको चामलको दाना ७३ मेट्रिक टन तथा गुणस्तर परीक्षणका लागि आवश्यक पर्ने प्रयोगशालाका सामग्रीहरू अनुदानमा उपलब्ध गराएको जनाईएको छ।

चामलमा आइरन, जिङ्क, भिटामिन ए, फोलिक एसिड, भिटामिन बि १, बि ३, बि ६ र बि१२ थप गरिएर बनाईएको हुन्छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मिलहरूबाट चामल उत्पादन गरेर खाद्य असुरक्षा तथा कुपोषणको दर बढी भएका कर्णालीका मुगु, हुम्ला, जुम्ला, डोल्पा र कालिकोट जिल्लामा सहुलियत मुल्यमा बिक्री गर्ने योजना रहेको छ।

सबै जिल्लामा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पुगीसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद चन्दले बताए।

२०७२ सालमा पौष्टिक तत्व स्तरोन्नति चामलबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र विश्व खाद्य कार्यक्रमले सम्भाव्यता अध्यायन गरेका थिए।  सन् २०३० सम्म कर्णालीका पाँच जिल्लामा कुपोषण न्यूनिकरण गर्ने लक्ष्य रहेको जनाइएको छ।
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस