एक सातामै १४ हजार श्रमिक जोडिए
१५ चैत्र २०७९
•
३ मिनेट पाठ
एक सातामै १४ हजार श्रमिक जोडिए
सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई पेन्सनसहितको सुविधा प्याकेज ल्याएको ६ दिन मै करिब १४ हजार जना सूचीकृत भएका छन्। सरकारले विदेशमा रहेका श्रमिकलाई चैत ८ गतेदेखि पेन्सनसहितको सुविधा ल्याएको हो। योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रममा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेटेपछि एक साता नपुग्दै (मंगलबारसम्ममा) १३ हजार ६ सय ३८ जना कामदार कोषमा आबद्ध भएका छन्। कोषमा सूचीकृत भएका श्रमिकले सामाजिक सुरक्षा कोषमा १ करोड १३ लाख ६७ हजार ६ सय ५२ रूपैयाँ जम्मा गरेको कोषका सूचना अधिकारी रोशन कोजुले जानकारी गराए।




सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा रहेका र विदेश जान चाहने नयाँ श्रमिकहरूले रकम योगदान गर्ने क्रम बढ्दै गएको छ। सामाजिक सुरक्षा कोषमा प्रत्येक दिन २ हजारभन्दा बढी श्रमिकहरू जोडिने गरेको कोषका सूचना अधिकारी कोजुले जानकारी दिए।

सामाजिक सुरक्षा योगदान ८ गतेबाट सुरु भए तापनि कार्यान्वयन भने ९ गतेबाट मात्रै सुरु भएको उनी बताउँछन्। ‘विदेसिएका नेपाली नागरिकहरू सामाजिक सुरक्षा कोषमा आबद्ध हुन अनलाइन मार्फत फर्म भर्ने कार्य उच्च भएकाले कहिलेकाहीँ सिस्टमले पनि काम गर्दैन्,’ उनले भने, ‘वैदेशिक रोजगारीमा रहेका श्रमिक वा नयाँ श्रम स्वीकृति लिएर विदेश जाँदै गरेका श्रकिमहरूको सहभागिता यस कोषमा उत्साहप्रद रहेको देखिन्छ।’

‘अब विदेशमा रहेका कुनै पनि नेपाली कामदार सामाजिक सुरक्षा कोषको दायराबाट बाहिर बस्नुपर्दैन। घरमा काम गर्ने घरेलु कामदारदेखि प्रतिष्ठानमा कार्यरत सबैले आफूलाई अधिकार सम्पन्न श्रमिकका रूपमा अनुभूति गर्न पाउने व्यवस्था मिलाइएको छ।’ कोषका अध्यक्षसमेत रहेका श्रम सचिव एकनारायण आर्यालले भने।

श्रम मन्त्रालयका अनुसार वैदेशिक रोजगारीमा कार्यरत २२ लाख श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित गरिएको जनाएको छ। कोषमा आबद्ध हुनका लागि श्रमिकले तोकिएको प्रक्रिया पूरा गर्नुपर्नेछ। सामाजिक सुरक्षा कोषमा सात महिनासम्म वा सो भन्दा बढी महिनाहरूको एकै पटक रकम जम्मा गरेमा उक्त कोषले १० प्रतिशत छुटको व्यवस्था पनि गरिएको छ। हरेक महिना सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्नुपर्ने झमेला भए एकै पटक धेरै महिनाको रकम जम्मा गर्न मिल्ने सुविधा रहेको अर्यालले बताए।

वैदेशिक रोजगारीमा रहेका वा जानेले न्यूनतम २ हजार २ देखि अधिकतम २८ हजार १ सय ५५ रूपैयाँसम्म कोषमा योगदान गर्न पाउने व्यवस्था छ। यसरी योगदान गर्नेलाई १ लाख रूपैयाँसम्मको वार्षिक दुर्घटना उपचार खर्च, ५ हजार ६ सय ३१ रूपैयाँसम्म अशक्तता पेन्सन, आश्रित परिवारलाई ३ हजार ७ सय ५४ रूपैयाँसम्म आजीवन पेन्सन र २१ वर्षसम्म सन्ततिलाई शैक्षिक वृत्तिबापत ३ हजार ७ सय ५४ रूपैयाँसम्मको रकम पाइनेछ।

वैदेशिक रोजगारीको समयावधि सकिएपछि एकमुस्ट रकम वा पेन्सन सुविधा पाइने सूचना अधिकारी कोजुले बताए। ६० वर्षपछि आजीवन पेन्सन पाइने हुँदा विदेश गएका श्रमिकले अनलाइनबाटै आवेदन दिइरहेको जानकारी कोषका अधिकारीहरूले दिए। ‘कोषमा सहभागी हुन श्रमिकलाई कुनै पनि कम्पनीको अनुमति नचाहिने। आफैंले राहदानी र श्रम स्वीकृति राख्ने र त्यसपछि तोकिएको रकम सिधै खातामा जम्मा गर्दै आएका छन्,’ कोषका अधिकारीहरूले भने।

नयाँ श्रम स्वीकृति लिएर विदेश जाने वा विदेशमा रही पुनः श्रम स्वीकृति लिन चाहने व्यक्तिका लागि वैदेशिक रोजगार विभागको श्रम स्वीकृति सम्बन्धी अनलाइन प्रणालीबाटै सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने प्रबन्ध गरिएको छ। विदेशबाट प्रत्येक वर्ष झण्डै एक हजार जनाको शव आउने गरेको जानकारी वैदेशिक रोजगार बोर्डले दिएको छ।

त्यस्तै अंगभंग र गम्भीर प्रकृतिका बिरामी पनि आउने गरेका छन्। बोर्डले उनीहरूका परिवारलाई राहत रकम दिए पनि मासिक गुजाराबापतको रकम भने दिने गरेको छैन। सामाजिक सुरक्षा कोषमा आबद्ध भए पनि मृतकका परिवारले आजीवन पेन्सन पाउने सुविधा छ।

वैदेशिक रोजगारमा गएका जति पनि कामदारहरू आफ्नो कामको बाबजुद सामाजिक सुरक्षामा योगदान गर्न असहज वा नभ्याएको खण्डमा परिवार मार्फत पनि कोषमा योगदान गर्न सकिने कोजुले जानकारी दिए।

वैदेशिक रोजगारीमा रहेको कामदारले १२ महिना नै सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरेमा उक्त कोषबाट पाउने सेवा सुविधा पूरा पाइने व्यवस्था छ। ‘पहिलो पटक सामाजिक सुरक्षा कोषमा पैसा जम्मा गरेर दोश्रो महिनाबाट रकम भुक्तानी नगरेमा कोषबाट पाउने सेवा सुविधा सबै कटौती हुने,’ कोषका अधिकारीहरूले भने।  
अर्को समाचार
सामाजिक सुरक्षा कोषबाट आठ अर्ब भुक्तानी
२३ चैत्र २०८०
•
१ मिनेट पाठ
सामाजिक सुरक्षा कोषबाट आठ अर्ब भुक्तानी
सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत आठ अर्बभन्दा बढी भुक्तानी गरेको छ। कोषले बिहीबारसम्म एक लाख ३५ हजार आठ सय ४३ योगदानकर्तालाई आठ अर्ब ४८ करोड भुक्तानी गरेको हो।  




कोषले सबैभन्दा बढी वृद्धावस्था सुरक्षा योजना अन्तर्गत  सात अर्ब २५ करोड ३३ लाख एक हजार तीन सय १८ भुक्तानी गरेको छ। औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाबापत ९८ करोड ४३ लाख ७६ हजार तीन सय २२, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा रु ११ करोड ४७ लाख १९ हजार पाँच सय ४५ र आश्रित परिवार सुरक्षा योजनामा १३ करोड २८ लाख एक सय ६५ भुक्तानी गरेको छ।  

कोषबाट एक लाख ३५ हजार आठ सय ४३ योगदानकर्ताले विभिन्न योजनाअन्तर्गत सुविधा लिएका प्रवक्ता विवेक पन्थीले जानकारी दिए। कोषले योगदानकर्तालाई औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता,आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजनाबापत विभिन्न सुविधा उपलब्ध गराउँदै आएको छ।  

कोषमा हालसम्म ५२ अर्ब ६३ करोड योगदान रकम जम्मा भएको छ। कोषमा औपचारिक,वैदेशिक रोजगारी,अनौपचारिक र स्वरोजगार गरी कुल १२ लाख ५७ हजार सात सय ९९ श्रमिक सूचीकृत भएका छन्। सूचीकृत हुनेमा वैदेशिक रोजगारीमा रहेका श्रमिकको सङ्ख्या बढी छ। सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने विषयलाई अनिवार्य गरेको छ।  

बिहीबारसम्म औपचारिक क्षेत्रका चार लाख ९१ हजार दुई सय २३,वैदेशिक क्षेत्रका सात लाख ६६ हजार दुई सय ४३,अनौपचारिक क्षेत्रका दुई सय ५१ र स्वरोजगार क्षेत्रका ८२ जना सूचीकृत भएका कोषले जनाएको छ। कोषमा १८ हजार आठ सय १९ रोजगारदता आबद्ध छन्। -रासस
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस