उदयपुरमा लघुवित्तविरुद्ध अनिश्चितकालीन विरोध प्रदर्शन
२३ चैत्र २०७९
•
४ मिनेट पाठ
उदयपुरमा लघुवित्तविरुद्ध अनिश्चितकालीन विरोध प्रदर्शन
जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बसेका लघु वित्त संघर्ष समितिमा आबद्ध उपभोक्ता। तस्बिर महेश्वर
लघुवित्त वित्तीयको ज्यादतीविरुद्ध उदयपुरमा अनिश्चित कालीन विरोध प्रदर्शन जारी छ। 




लघुवित्त पीडित संघर्ष समिति त्रियुगा नगरको आव्हानमा मंगलबारदेखि सुरु भएको आन्दोलन सदरमुकाम गाईघाटलगायत विभिन्न ठाउँमा जारी छ।

यसअघि पटक पटक सरकारको ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बसेको संघर्ष समितिले आफूहरूलाई बेवास्ता गरेको भन्दै मंगलबारदेखि प्रशासन अगाडि धर्ना गरिरहेको छ।

बिहान १०ः०० देखि साँझ ५ः०० बजे कार्यालय समय भरी धर्ना दिँदै आएको संघर्ष समितिको धर्ना कार्यक्रम बुधबार र बिहीबार पनि धर्ना जारी राखेको छ। आफ्ना मागहरुको सम्बोधन नभएसम्म धर्ना जारी राख्ने संघर्ष समिति त्रियुगा नगर समितिले जनाएको छ।

समितिकी अध्यक्ष तबिता राईले महिलाहरुलाई उठिबास गराउँदै आत्महत्याको बाटोमा डोर्‍याउने लघु वित्तको ज्यादती अन्त्य हुनुपर्ने माग राख्दै देशव्यापी भइरहेको आन्दोलनकै सिलसिला उदयपुरमा पनि धर्ना बसेको बत्ताइन्।

बिना धितो ऋण दिने प्रलोभन दिँदै सोझा साझा महिलाहरुलाई समूहमा राखेर थरिथरिका दर्जन बढी बचत खाता खोल्न लगाई भएभरको पैसा जम्मा गर्न लगाएर कंगाल बनाएको उनको आरोप छ। बाल बचत, शिक्षा, पेन्सन समूह, भविष्य, साथी, आतपकालीनलगायत विभिन्न दर्जन किसिमका बचत खोलेर पैसा राख्न लगाउँदै लघु वित्तहरू आफू मोटाउने तर, सदस्य महिलाहरुलाई उठिबास लगाएर अकालमा मर्न बाध्य बनाउने गरेकाले बाध्य भएर संघर्ष गर्नुपरेको उनले बत्ताइन्।

विभिन्न नाममा बचत गर्न लगाउने तर, भनेको बेला अनेक बहाना गरेर ऋण र बचत फिर्ता नदिने, बचत रकम सदस्य महिलालाई नसोधी जथाभाबी व्याज, हर्जाना र अनेक नाममा कटाउने, आफ्नो बचत र ऋणको अवस्थाबारे जानकारी माग्दा नदिने गरेर लघु वित्तहरूले अत्याचार गर्ने गरेपछि सदस्यहरू आन्दोलित भएको उनको भनाई छ।

महिलालाई मात्र सदस्यता दिएर बैठकमा पनि उनीहरुलाई मात्र सहभागी गराउने लघु वित्तहरूले बिना धितो दिने ऋणमा राष्ट्र बैंकले तोकेभन्दा ४–५ गुणासम्म बढी व्याज, हर्जाना र सेवा शुल्क कटाउने गरेको पनि संघर्ष समितिमा आबद्ध सदस्यहरुको गुनासो छ।
लघु वित्तहरू गाउँ छिरेपछि २–३ वर्षमै करोडपतिहरू ‘रोडपति’ मा झरेको भन्दै यस्तो हुनुमा लघु वित्तहरूको घुमाउरो ज्यादती प्रमुख कारण रहेको पनि समितिको ठहर छ। बिना धितो ऋण दिने नाममा दर्जनौँ बचतमा रकम जम्मा गर्ने लघु वित्तहरू रातारात धनी भएर ६ महिना वर्ष दिनमै करोडौँ कारोबार गर्ने र संस्थालाई अकुत मुनाफा दिएर कर्मचारीहरु ढाडिने गरे पनि समूहमा रहेका सदस्यहरू भने दिनदिनै चाउरिँदै आफन्त, नरनाता र साहुको ऋणले चुर्लुम्म डुब्दै घरजग्गा बेच्दा पनि नपुगेपछि आत्महत्या गर्न विवश हुने गरेको पीडितहरूले बताएका छन्।

झट्ट हेर्दा ऋण लिएर तिर्न नमानेको जस्तो देखिए पनि लघु वित्तहरूको ज्यादती सतहमा नदेखिए पनि घुमाउरो रुपमा गम्भीर र जनता मारा नियमले नै यस्तो अवस्था आएको पीडितहरुको ठहर छ।
अध्यक्ष राईका अनुसार लघुवित्तका कर्मचारीहरूले समूहको बैठक १५–१५ दिन र महिनामा १ पटक राख्ने र साँवा, व्याज र बचतको नाममा किस्ता रकम जम्मा गर्न लगाउने गरेका छन्। यसरी बैठक बोलाउँदा तोकिएकै समयमा उपस्थित भएर किस्ता जम्मा गर्न अनिवार्य छ। यदि कोही सदस्य १०–२० मिनेट मात्र ढिला भएमा तथानाम गाली गर्ने, तोके अनुसार रकम नबुझाए कर्मचारीहरु समूहका सदस्यहरुलाई लिएर घर घेर्न जाने र भएको झिटी झाम्टी लुटपाटको शैलीमा उठाएर गाउँमा मुख देखाउनै नमिल्ने गरी बेइज्जत गर्नेजस्तो अमानवीय व्यवहार गर्ने गरेका छन्। सावाँ व्याजसँगै बचत अनिवार्य बुझाउनुपर्ने नियमले आजित भएका उपभोक्ताहरु संघर्ष गर्न बाध्य भएको राईले बत्ताइन्।

देशका अन्य जिल्लाहरुमा वर्ष दिनदेखि नै आन्दोलित भइरहेको भए पनि अहिलेसम्म शान्त रहेको उदयपुरमा पनि अव अनिश्चित कालीन आन्दोलन सुरु भएको ‘लघुवित्त पीडित संघर्ष समिति उदयपुर’ले जनाएको छ।

देशका विभिन्न जिल्लामा धेरै पहिलादेखि आन्दोलन भइरहे पनि उदयपुरमा सकेसम्म आन्दोलन नगर्ने सोचाई रहे पनि संस्थाहरुको ज्यादती कायमै रहेपछि बाध्य भएर आन्दोलन गर्नु परेको राईले बत्ताइन्।

‘लघुवित्तहरूको अत्याचार अचाक्ली हुन थालेपछि देशभर आन्दोलन भइरहेको खबर आएको थियो’ उनले भनिन् ‘तर, हामी चाहिँ सकभर आन्दोलन गर्नु नपरोस् बरु केही खुकुलो भए हुन्थ्यो भन्नेमा थियौँ, तर, पछिल्लो समय झन् अत्याचार गर्न थालेपछि बाध्य भएर सङ्घर्षमा उत्रिएका हौँ।’
‘बाँचौँ, बचाऔँ र अघि बढौँ, लघु वित्तीय संस्थाहरुको ज्यादतीविरुद्ध एक हौँ’ भन्ने नारासहित आन्दोलनमा उत्रिएको संघर्ष समितिले विभिन्न ५ बुँदे माग अघि सारेको छ। लघु वित्तीय संस्थाहरुले लगाएको सामूहिक ऋण मिनाहा, आम गरिब किसानहरुलाई निशूल्क ऋण प्रदान, नबसामन्तीको रुपमा स्थापित लघु वित्तीय संस्थाहरू खारेजी, समाजवादी अर्थतन्त्रको निर्माण तथा आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्नुपर्ने माग संघर्ष समितिले अघि सारेको हो।

यी मागहरुको उचित सम्बोधन नभएसम्म आन्दोलन जारी रहने संघर्ष समितिले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले झण्डै महिना दिनयता केही महिला र पुरुषहरूको समूह प्रशासन कार्यालय अगाडि आएर धर्ना बस्ने गरेको देखेको बताए। विभिन्न माग समेटिएको ब्यानर र प्लेकार्ड लिएर कार्यालयको गेट अगाडि धर्ना दिने गरेको भए पनि उनीहरुको माग भने पुरा हुने खालको नदेखिएको सिडिओ गौतमले बताए। लिएको ऋण मिनाहा हुनुपर्ने, लघु वित्त संस्थाहरू खारेज हुनुपर्ने जस्ता मागहरु पुरा हुने खालका नभएकाले आफूले त्यतातिर ध्यान नदिएको उनको भनाई थियो।

संघर्ष समितिको माग प्रशासन कार्यालयले पुरा गर्ने नभएर राष्ट्र बैंक र नेपाल सरकारको चासोको विषय भएकाले उतै सम्पर्क गर्न सुझाएको उनको बताए।
अर्को समाचार
लघुवित्तको समस्या समाधान गर्न ७ सदस्यीय कार्यदल गठन
०२ चैत्र २०८०
•
२ मिनेट पाठ
लघुवित्तको समस्या समाधान गर्न ७ सदस्यीय कार्यदल गठन
लघुवित्तको समस्या समाधान गर्न ७ सदस्यीय कार्यदल गठन गरिएकाे छन्।




अर्थमन्त्री वर्षमान पुनले शुक्रबार साँझ नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नरको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेका हुन्। 

समितिमा राष्ट्रबैंकको लघुवित्त क्षेत्र हेर्ने, कार्यकायरी निर्देशक, अर्थ मन्त्रालयको वित्तिय क्षेत्र हेर्ने सहसचिव र सोही क्षेत्र हेर्ने उपसचिव सदस्य छन्। यस्तै कार्यदलमा लघुवित्तिविरोधी संघर्ष समितिका तर्फबाट पुनाराम ९मनिराम० ज्ञवाली, क्षेत्रबहादुर मोक्तान र लुजा राई छन्। कार्यदल संयोजकको नाम भने डेपुटी गभर्नर मध्येबाट राष्ट्रबैंकले तोक्ने मन्त्रालयका सचिव डा। रामप्रसाद घिमिरेले जानकारी दिए।

कार्यदललाई लघुवित्तका समस्या निर्धारण गरी ६० दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश तोकिएको मन्त्री पुनले जानकारी दिए । कार्यदललाई लघुवित्तविरुद्ध आन्दोलनरत पक्षको मागबारे स्थलगत अध्ययन गरी समाधानका विकल्पसहित काम सुरू गरेको ६० दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ। कार्यदलको प्रतिवेदनका आधारमा लघुवित्त वित्तीय संस्थाको नियमन तथा सुधारका लागि आवश्यक नीतिगत तथा कानूनी सुधारका प्रक्रिया अघि अघि बढाइने मन्त्रालयले जनाएको छ।

लघुवित्तविरोधी संघर्ष समितिले २०७२ सालको महाभूकम्प, नाकाबन्दी तथा कोभिड–१९ को समस्या एवं लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह एवं असुली गर्दा पालना गर्नुपर्ने कार्यविधि तथा निर्देशन विपरीत कार्य गरेको समेत कारणले समयमा किस्ता बुझाउन नसक्ने ऋणीहरुको साँवा, ब्याज, शुल्क, जरिवाना, कालोसूची एवं धितो फुकुवा, पीडितको पुनर्स्थापना तथा कर्जा भुक्तानी गर्ने कुनै आधार नभएका (घाइते, अपाङ्ग, दीर्घ रोगी) वास्तविक पीडितको कर्जा मिनाहालगायत माग राखेर लामो समयदेखि आन्दोलन गर्दै आएको थियो।

पुन अर्थमन्त्री नियुक्त भएलगत्तै उनले मन्त्रालयको वित्तिय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख सहसचिव नारायणप्रसाद रिसाल नेतृत्वको वार्ता टोलीलाई आन्दोलनरत पक्षसँग तत्काल वार्ता गर्न निर्देशन दिएका थिए। पुनको निर्देशनमा रिसाल नेतृत्वको वार्ता टोलीले बिहीबार र शुक्रबार आन्दोलनरत पक्षसँग वार्ता गरेको थियो। सरकार र आन्दोलनकारीबीच शुक्रबार ६ बुँदे सहमति भएको थियो। सहमतिको ५ नम्बर बुँदामा समस्या पहिचान गरी समाधानको उपाय दिन कार्यदल बनाउने उल्लेख थियो। सहमतिअनुसार आन्दोलनरत पक्षले शुक्रबारदेखि नै काठमाण्डौं केन्द्रित आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस