सुन र विदेशी मुद्रा तस्करीमा कारबाही सिफारिस गरिएका मल्होत्रा नै विमानस्थल व्यवस्थापनमा
०७ साउन २०८०
•
५ मिनेट पाठ
सुन र विदेशी मुद्रा तस्करीमा कारबाही सिफारिस गरिएका मल्होत्रा नै विमानस्थल व्यवस्थापनमा
सुन र विदेशी मुद्रा तस्करीमा पटक पटक नाम जोडिएर कारबाहीका लागि सिफारिस भएका व्यापारी दीपक मल्होत्रालाई नै सरकारले विमानस्थलका अधिकांश सेवाहरूको व्यवस्थापन र सञ्चालन जिम्मा दिएको छ। त्यो पनि ३० वर्षका लागि।




मल्होत्रा २०५५ साल देखिनै विमानस्थलमा जोडिएका हुन जबकि विगतका तस्करीका अनुसन्धानमा उनको नाम मुछिएका छन्। संसदीय समितिले समेत उनको संलग्नता खुलाएर प्रतिवेदन तयार गरेको छ।

मल्होत्राको कम्पनी आइएमएस ग्रुपले विमानस्थलमा पार्किङ र आगमन कक्ष सञ्चालन गरिरहेको छ। नागरिक उड्डयन प्राधिकरणले मल्होत्राको सो कम्पनीलाई ३० वर्षका लागि बुट मोडलमा ठेक्का दिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्र कटेपछि यात्रुहरूका लागि सहज आगमन, गाडी पार्किङ क्षेत्र, यात्रु मार्ग, यात्रु प्रतीक्षा कक्षलगायत निर्माण, व्यवस्थापन र सञ्चालनको जिम्मा आइएमएस एयरपोर्ट सर्भिसेज प्रालिले पाएको छ। यसमा निर्माण व्यवसायी कम्पनी रसुवा कन्स्ट्रक्सन पनि जोडिएको छ। रसुवा कम्पनीका मालिक सांसद मोहन आचार्य हुन्।

२०६७ सालमा मल्होत्रा, विमल पोद्दार र आचार्य साझेदार रहेको तत्कालीन रसुवा केडी जेभीसँग वार्ता गरी सम्झौताको आधार तयार गर्न प्राधिकरण व्यवस्थापनलाई सरकारले निर्देशन दिएपछि सुरक्षा निकायको ध्यान आकृष्ट भएको थियो।

विमानस्थलमा व्यापारी मल्होत्रा अहिले मात्र जोडिएका होइनन्। उनी २०५५ सालअघिबाटै त्यहाँ जोडिएका हुन्। पछिल्लो समय तस्करी भइआएको सुनमा आफ्नो कुनै संलग्नता नभएको र त्यसमा आफूलाई नियतवश जोडिएको दाबी गरिरहेका मल्होत्राले विमानस्थलको ठेक्का लिँदा सुरक्षा निकायले सरकारलाई मौखिक रूपमा पटक पटक तिनलाई ठेक्का नदिन र दिए विमानस्थलमा सुरक्षा थ्रेट हुने जनाएको थियो।

जब २०६७ सालमा उनले विमानस्थलको पार्किङ स्थल, आधुनिक पार्क, बालबालिकालाई खेल्ने ठाउँ, प्रतीक्षालय कक्ष र विमानस्थल व्यवसायसँग सम्बन्धित पूर्वाधार निर्माण गर्ने परियोजनासम्बन्धी प्रस्ताव पेस गरेपछि २०६९ कात्तिक २ मा प्राधिकरण र रसुवा केडी जेभीबीच सम्झौता भएको थियो। अहिले त्यही ग्रुप अन्तर्गतको आइएएस सर्भिसे विमानस्थलको बाहिरी संरचनाको व्यवस्थापन गरिरहेको छ।

यो विषयमा नेपाल प्रहरीले २०५५ सालमा सांसद परी थापाको संयोजकत्वमा बनेको समितिले दिएको प्रतिवेदन र त्यसयता भएका सुन तस्करी तथा विदेशी मुद्रा तस्करीमा मल्होत्राको संलग्नता र अघोषित बिचौलियाको भूमिकालाई लिएर सरकारलाई सजग गराउँदै आएको छ।

तर पनि सरकारले तिनै व्यापारी मल्होत्राको कम्पनीलाई ३० वर्षका लागि विमानस्थलको बाह्य व्यवस्थापनको जिम्मा दिएको छ। सो कम्पनीले यात्रुहरूले आगमन कक्षबाट बाहिर निस्कँदा प्रयोग गर्ने ट्रलीहरूको व्यवस्थापन गर्छ। ट्राभल लेटरमा सुरक्षित रूपमा प्रयोग गर्न मिल्ने ह्विल लकिङ सिस्टम भएका नयाँ ट्रलीहरू खरिद गरेर उपलब्ध गराउने काम पनि सोही कम्पनीको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलेदेखि नै प्रयोगमा रहेका ह्विल लकिङ सिस्टम नभएका ट्रलीहरू प्रस्थान कक्षबाट आगमन कक्षमा लगेर नयाँ ट्रलीहरूसँग मिलाएर काम सो कम्पनीबाट हुँदै आएको छ। कम्पनीको नियमित काम यस्तो भए पनि त्यहाँबाट हुने ठुला तस्करीमा यसका साझेदारहरूको संलग्नता रहेको आशङ्का प्रहरी तथा सुरक्षा निकायले धेरै पहिलादेखि गरिरहेका छन्।

नेपाली व्यापारीले भरियामार्फत तस्करीको सुनलाई सुरक्षित रूपमा भारतीय सीमासम्म पठाउन प्रतिकिलो २ लाख लिने र त्यसभित्र सबै सेटिङ मिलाउने भएका कारण पनि त्यस कम्पनीका सञ्चालक बिचौलियाको भूमिकामा रहेको आशङ्का प्रहरीको छ। यद्यपि यो सुन बरामद र अनुसन्धान प्रक्रियामा नेपाल प्रहरीलाई अनुसन्धानबाहिर राखिएको छ।

‘२०६७ सालमा दीपक मल्होत्राको कम्पनीले विमानस्थलको बाहिरी संरचना निर्माणको प्रस्ताव गरेको पाइन्छ। २०६९ सालमा ठेक्का सम्झौता नै गरिसकेको छ। २०६९ भदौमा नेपालका प्रहरीका एसएसपी रविराज श्रेष्ठ विदेशी मुद्रा तस्करीमा संलग्न भएको र त्यसमा उनकै व्यापारिक साझेदार मुरारीलाल गोयल (जामलिया) मुछिएका थिए, यसमा मल्होत्रालाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको थियो तर त्यति बेला राजनीतिक दबाबका कारण पक्राउ गर्न सकिएन,’ स्रोतले भन्यो।

जामलियाको दरबारमार्गमा सुन पसल थियो। त्यसमा मल्होत्रा साझेदार थिए। ‘२०५५ सालमा मल्होत्रालाई विदेशी विनिमय नियमन गर्ने ऐनअनुसार कारबाही गर्न सिफारिस गरिएको थियो, २०६९ सालमा उनको विषयमा थप छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान विभागलाई दिनुपर्ने राय दिएको थियो।

पछि गृह मन्त्रालयले बनाएको ३३ किलो सुन प्रकरणमा पनि उनको नाम जोडियो। त्यति बेला मल्होत्रामाथि अनुसन्धान र छानबिन भएन। अहिले अनुसन्धान हुन बाँकी छ तर विमानस्थलमा उनको राम्रै पहुँच छ। भन्सार प्रमुख, सुरक्षा प्रमुखलगायत सरकारी निकायसँग उनको राम्रो पहुँच हुने भएकाले बिचौलियाको आशङ्का गर्ने प्रशस्त आधार छन्,’ प्रहरीको उच्च स्रोतले भन्यो। अनुसन्धानमा पोख्त एक अधिकारीका अनुसार सेटिङको भूमिकामा निभाउन उनी अनुभवी छन्। 

‘नेपाली र भारतीय व्यापारीसँग पनि राम्रो सम्बन्ध र साझेदारी रहेका कारण मल्होत्रामाथि शङ्का गर्ने ठाउँ छ,’ ती अधिकारीको दाबी छ। उनका साझेदार जामलिया विदेशी मुद्रा तस्करीमा संलग्न भएको पाइएपछि उनलाई २०६९ सालमा दुबई भगाइएको थियो। २०७१ सालमा प्रहरीको अपराध अनुसन्धान महाशाखाले सुन तस्करीमा पनि उनको ‘लिङ्क’ फेला पारेको थियो। तर पछि अनुसन्धान अघि नबढेपछि उनी जोगिए।

२०७४ सालमा अपराध महाशाखाले बरामद गरेको ८८ किलो सुन तस्करीमा भारतीय तस्कर नन्दकुमार पांडुरङ मगर जोडिएपछि त्यसमा मल्होत्राको पनि संलग्नता हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान गरेको थियो। उनको नाम ३३ किलो सुन तस्करी प्रकरणमा पनि जोडिएको थियो। २०७४ सालमा सरकारले बनाएको ३३ किलो सुन तस्करी छानबिन समितिले पनि विमल पोद्दार पक्राउ गरेपछि मल्होत्रा पनि अनुaसन्धानको राडारमा परेका थिए। तर सुन नभेटिएको भन्दै सो अनुसन्धान रोकिएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको करिब एक सय किलो सुन राजस्व अनुसन्धान विभागले बुधवार बरामद गरेपछि विमानस्थल सुरक्षाको विषयलाई लिएर गम्भीर प्रश्नहरू उठेका छन्।

पर्यटन मन्त्रालय अन्तर्गतको विमानस्थलमा भन्सार, अध्यागमन, प्रहरीलगायत सरोकारवाला र सहयोगी निकाय भए पनि त्यहाँबाट बारम्बार हुने अवैध कारोबारका कारण सुरक्षासम्बन्धी प्रश्नहरू उठेका हुन्।

प्रहरीका विभिन्न अध्ययन प्रतिवेदनले नेपाल हुँदै भारततर्फ तस्करी हुने सुनमा नेपाली व्यापारीले बिचौलियाको काम गर्ने र त्यसका लागि भन्सार, प्रहरीलगायत निकायमा ‘सेटिङ’ गर्न पनि तिनै व्यापारी र बिचौलियाको भूमिका रहेको देखाएका छन्।

अन्तर्राष्ट्रिय सीमाको पहिलो गन्तव्य भएका कारण विमानस्थलको सुरक्षामा सरकारले विशेष ध्यान दिनुपर्ने भए पनि लापरबाही गरिरहेको छ।

यो पनि पढ्नुहोस्

सुन तस्करीका बिचौलिया विमानस्थल सुधारक !
अर्को समाचार
सुन तस्करीको अनुसन्धान सिआईबीले नै टुंगोमा पुर्‍याउँछः गृहमन्त्री
०३ भदौ २०८०
•
१ मिनेट पाठ
सुन तस्करीको अनुसन्धान सिआईबीले नै टुंगोमा पुर्‍याउँछः गृहमन्त्री
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६१ किलो सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले नै टुंगोमा पुर्‍याउने बताएका छन्।




आइतबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले सुन प्रकरणको सम्बन्धमा सिआईबीले अनुसन्धान गरिरहेको र सिआईबीले नै यसलाई टुंगोमा पुर्‍याउने दाबी गरे। संसद गतिरोध अन्त्य गर्ने सन्दर्भमा छलफल सकारात्मक भएको उनको भनाइ छ।

उनले भने, ‘संसदको अवरोध अन्त्य गर्ने सन्दर्भमा बैठक केन्द्रित थियो। राम्रोसँग छलफल भएको छ, आज नै निस्कर्षमा पुगेको छैन। तर छलफल सकारात्मक छ। हामीलाई विश्वास छ, भोलिसम्ममा निस्कर्ष सकारात्मक निस्केला र पर्सिसम्ममा सदन खुल्ला की भन्ने आशावादी छौँ। सुन प्रकरणको सम्बन्धमा सिआईबीले अनुसन्धान गरिरहेको छ। सिआईबीले नै यसलाई टुंगोमा पु¥याउनेछ।’
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
यो पनि पढौँ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस