जलविद्युत् आयोजनामा ३६ अर्ब लगानी
०१ असोज २०७४
•
६ मिनेट पाठ
जलविद्युत् आयोजनामा ३६ अर्ब लगानी
काठमाडौं – जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडिसिएल) ले आगामी पाँच वर्षभित्रमा ३५ अर्ब ७६ करोड रुपैयाँ लगानी गर्ने कार्ययोजना सार्वजनिक गरेको छ । स्वदेशी तथा विदेशी लगानी भित्र्याएर जलविद्युत् आयोजना निर्माणमा लगाउने भएको हो ।




एचआइडिसिएलले शुक्रबारसम्म १९ वटा जलविद्युत् आयोजनामा सात अर्ब १२ करोड रुपैयाँ लगानी गरिसकेको छ । सबै आयोजनामा सहवित्तीयकरणमा लगानी गरेको हो ।

कम्पनीले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटका क्रममा हालसम्म गरेको कार्य र भावी योजनाको फेहरिस्त प्रस्तुत गरेको थियो । ६ वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेको कम्पनीले आगामी योजनाका उपलब्धि हसिल गर्न स्वदेशी तथा विदेशी वित्तीय संस्थाबाट आवश्यक स्रोतको व्यवस्था गरी परिचालन गर्ने कार्यक्रम रहेको जानकारी गराइएको थियो ।

निजी क्षेत्रबाट निर्माण हुने आयोजनालाई प्रोत्साहन गर्ने उद्देश्यले २०६८ सालमा स्थापना भएको उक्त कम्पनीले जलविद्युत आयोजनामा ऋण र सेयरको रुपमा लगानी गर्दै आएको छ ।

स्थापनाको ६ वर्षको अवधिमा कम्पनीले पाँच सय ४१ मेगावाट क्षमताका १४ आयोजनामा ६ अर्ब ७८ करोड रुपैयाँ ऋण लगानी सम्झौता गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) छविराज पोखरेलले जानकारी दिए । यस्तै पाँच कम्पनीमा ३४ करोड रुपैयाँ बराबरको सेयर लगानी गरेको उनको भनाइ छ ।

कम्पनीले आगामी पाँच वर्षका लागि व्यावसायिक योजना तयार पारेको जानकारी उनले दिए । उक्त अवधिमा तीन हजार दुई सय ३८ मेगावाट क्षमताका आयोजनामा ३५ अर्ब ७६ करोड रुपैयाँ ऋण तथा सेयरमा लगानी गर्ने योजना भएको जानकारी उनले दिए । कम्पनी सञ्चालक समितिको एक सय ६०औं बैठकले उक्त व्यावसायिक योजना अनुमोदन गरिसकेको पोखरेलले बताए।

आउँदो पाँच वर्षमा निजी क्षेत्रबाट निर्माण हुने पाँच सय ६५ मेगावाट क्षमताका विभिन्न आठ आयोजनामा पाँच अर्ब नौ करोड सेयरको रुपमा लगानी गर्ने भएको छ । सरकारी निकायबाट निर्माण गरिने एक हजार ६ सय ४० मेगावाट क्षमताका विभिन्न पाँच आयोजनामा १६ अर्ब २१ करोड सेयर लगानी गर्ने योजना कम्पनीको रहेको जानकारी उनले दिए । 

निजी क्षेत्रबाट निर्माण हुने एक हजार ३३ मेगावाट क्षमताका १८ जलविद्युत आयोजनामा १४ अर्ब ४६ करोड रुपैयाँ ऋणको रुपमा लगानी गर्दैछ।

चुक्ता पुँजी १० अर्ब भएको उक्त कम्पनीले सात अर्ब लगानी गरिसकेको छ । थप लगानी गर्नका लागि स्रोत जुटाउने तयारी रहेको छ । स्वदेशी र विदेशी लगानी जुटाउने तयारी भइरहेको पोखरेलले बताए । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बिमा संस्थान, नेपाली सेनाको कल्याणकारी कोषको रकम परिचालनका अतिरिक्त सर्वसाधारणबाट लगानी जुटाउने उनले बताए । सकेसम्म स्वदेशी लगानीमा आयोजना बनाउने तयारी भइरहेको उनको भनाई छ।

यस्तै एसियाली विकास बैंक (एबिबी) बाट ५० लाख डलर ऋण लिने तयारी भइरहेको उनले बताए । सरकारले ल्याएको योजनाअनुसार जलविद्युत आयोजना बनाउन खर्बौं रुपैयाँ लगानी जुटाउनुपर्ने अवस्था रहेको पोखरेलले बताए । सरकारले सात वर्षमा १७ हजार मेगावाटका आयोजना निर्माण गर्ने घोषणा गरेको छ । त्यसका लागि ३० खर्ब लगानी आवश्यक पर्ने उनले बताए । त्यसका लागि २५ अर्ब दातृ निकायसँग लिनुपर्ने हुन्छ, उनले भने त्यसका लागि अर्थ मन्त्रालयमार्फत दातृ निकायसँग कुरा भइरहेको छ।

सरकारको पाँच अर्ब, कर्मचारी सञ्चय कोषको एक अर्ब, राष्ट्रिय बिमा संस्थानको एक अर्ब, नागरिक लगानी कोषको एक अर्ब र सर्वसाधारणको दुई अर्ब रुपैयाँ गरी कुल १० अर्ब चुक्ता पुँजी रहेको यो कम्पनी जलविद्युत आयोजनामा लगानी गर्ने उद्देश्य राखी तत्कालीन ऊर्जामन्त्री गोकर्ण बिष्टको पहलमा स्थापना भएको हो । मुद्दती खातामा पैसा राखेर ब्याज खाँदै आएको आरोप लाग्दै आए पनि पछिल्लो समयमा भने यसले जलविद्युत्मा लगानी बढाउन थालेको छ।
अर्को समाचार
एक सातामा दुई जलविद्युत् आयोजनामा जुट्यो लगानी
२३ पौष २०८१
•
२ मिनेट पाठ
एक सातामा दुई जलविद्युत् आयोजनामा जुट्यो लगानी
विभिन्न जलविद्युत् आयोजनामा लगानी जुट्नेक्रम सुरु भएसँगै पछिल्लो एक सातामा दुई जलविद्युत् आयोजनामा बैंक तथा वित्तीय संस्थाले रु २६ अर्ब बराबरको ऋण लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।  




केही दिन पहिले लालुपाते हाइड्रोपावर कम्पनीद्वारा प्रवर्द्धित ४९ दशमलव ९५ मेगावाट क्षमताको दानाखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको थियो। दानाखोलामा विभिन्न बैंक तथा वित्तीय संस्थाले रु नौ अर्ब ९६ करोड लगानी गर्नेगरी सम्झौता भइसकेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)का उपाध्यक्षसमेत रहनुभएमा प्रवर्द्धक मोहनकुमार डाँगीले जानकारी दिए। यस आयोजनामा रु ७४ करोड बराबरको शेयर आयोजना प्रभावित स्थानीयवासीलाई जारी गरिनेछ भने रु एक अर्ब ७४ करोड बराबरको लगानी सञ्चालक एवं प्रवर्द्धकले गर्नेछन्।

साथै लमजुङमा आयोजनास्थल रहेको एक सय दुई मेगावाट क्षमताको अप्पर मर्स्याङ्दी एक जलविद्युत् आयोजनामा पनि लगानी जुटेको छ। अप्पर मस्र्याङ्दी हाइड्रोपावर कम्पनी प्रवर्द्धक रहेको सो आयोजनामा विभिन्न बैंकले रु १६ अर्ब बराबरको लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।  

प्रवर्द्धक कम्पनीले उपलब्ध गराएको विवरण अनुसार लक्ष्मी सनराइज बैंकले रु सात अर्ब, ग्लोबल आइएमइ बैंकले रु छ अर्ब र प्रभु बैंकले रु तीन अर्ब बराबरको लगानी गर्ने भएका हुन्। सो आयोजनाको कूल लागत रु २१ अर्ब ४० करोड बराबर रहनेछ। कूल लागतमध्ये ७४ दशमलव ७७ प्रतिशत बैंकले र २५ दशमलव २३ प्रतिशत प्रवर्द्धकले लगानी गर्नेछन्।

आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता, विद्युत् उत्पादन अनुमतिपत्रसमेत प्राप्त भइसकेको छ। आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाबाट वार्षिक पाँच सय ८३ दशमलव शून्य तीन गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ।

इपानका अध्यक्ष गणेश कार्कीका अनुसार अन्य आयोजनामा पनि क्रमशः वित्तीय व्यवस्थापन हुनेक्रम अगाडि बढेको छ। उनले छोटो अवधिमा २० वटा जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको र केही प्रक्रियामा रहेको जानकारी दिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस