शेयरको ‘लक इन’ अवधि सकिनु एक महिना अगावै जानकारी गराउन निर्देशन
२६ मंसिर २०८०
•
१ मिनेट पाठ
शेयरको ‘लक इन’ अवधि सकिनु एक महिना अगावै जानकारी गराउन निर्देशन
नेपाल धितोपत्र बोर्डले पुँजीबजारमा कारोबार हुने शेयर रोक्का अवधि (लक इन पिरियड) सकिनु एक महिना अगावै जानकारी गराउन निर्देशन दिएको छ। बोर्डले हिजो सोमबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) सिडिएस एन्ड क्लियरिङ लिमिटेड र नेप्सेमा सूचीकृत सबै सङ्गठित संस्थालाई पत्र पठाउँदै यस्तो निर्देशन दिएको बोर्डका उपकार्यकारी निर्देशक अम्बिकाप्रसाद गिरीले जानकारी दिए।




नेप्सेमा सूचीकृत संस्थाका संस्थापक तथा स्थानीय प्रभावित शेयरधनीले निश्चित अवधिपछि मात्रै दोस्रो बजारमा शेयर कारोबार गर्न पाउँछन्। यसरी कारोबार रोक्का हुने अवधिलाई ‘लक इन पिरियड’ भनिन्छ । बोर्डको सोमबारको निर्देशनअनुसार अब ‘लक इन पिरियड’ खुल्नु एक महिना अगावै त्यसको जानकारी दिनुपर्नेछ।  ‘सम्पूर्ण सूचीकृत सङ्गठित संस्थाले संस्थापक समूह तथा अन्य समूहको शेयर बिक्री गर्न नपाइने गरी तोकिएको ‘लक इन पिरियड’  समाप्त हुनुभन्दा कम्तीमा तीस दिन अगाडि लगानीकर्ता एवं सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराउनुपर्नेछ’, बोर्डको निर्देशनमा भनिएको छ।

‘लक इन’सम्बन्धी व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न र सर्वसाधारण लगानीकर्तालाई समेत त्यसको जानकारी हुने व्यवस्था गर्न आवश्यक देखिएकाले यस्तो निर्देशन दिइएको बोर्डले जनाएको छ । सङ्गठित संस्थाले ‘लक इन पिरियड’  खुल्ने अवधिबारे धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई जानकारी दिनुपर्नेछ।
अर्को समाचार
महिलामा लगानी गर्ने प्रतिबद्धता
१७ चैत्र २०८०
•
२ मिनेट पाठ
महिलामा लगानी गर्ने प्रतिबद्धता
विश्वस्तरमा अघि बढेको महिलामा लगानी विषयक नारालाई कार्यान्वय गर्न सरोकारवाला निकायका नेतृत्व प्रतिनिधिहरूले प्रतिबद्धता जनाएका छन्। शुक्रबार राजधानीमा आयोजित ‘लैंगिक समानताका लागि घण्टी बजाऔं’ भन्ने प्रतिबद्धता कार्यक्रममा उनीहरूले प्रतिबद्धता जनाएका हुन्।




ग्लोबल कम्प्याक्ट नेपाल, युएन वुमन, इन्टरनेसनल फाइनान्स कोअपरेसन, नेप्से परिसूचक र युएन आरसियोको संयुक्त आयोजित कार्यक्रममा उनीहरूले प्रतिबद्धता जनाएका हुन्।

महिला दिवसका अवसरमा यस्तो प्रतिबद्धता गरेको आयोजकहरूले जनाएका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, बिओटीका अध्यक्ष सिद्धान्त पन्त, एनएमबी बैंककी मार्केटिङ तथा ब्रान्ड शाखाकी प्रमुख प्रनिशा श्रेष्ठ, सेवोनकी प्रमुख नवराज अधिकारी, आइएफसीका देशीय प्रतिनिधि वावकर सेदिक फाय, नेपालका लागि फिनल्यान्डकी राजदुत रिना रिक्का हेयिकालगायतले घण्टी बजाएर प्रतिबद्धता जनाएका हुन्।

मन्त्री भगवती चौधरीले सबै मन्त्रालयमा आउँदो बजेटमा महिला उत्तरदायी बजेट विनियोजन गर्न बैठक बसेको र महिलामा लगानी हुने खालका कार्यक्रमका लागि पहल गर्ने प्रतिबद्धता जनाइन्। नेपालको संविधानको धाराले महिलाको हकको व्यवस्था गरेको भए पनि व्यवहारमा कमी भएको मन्त्री चौधरीले बताइन्।

फिनल्यान्डकी राजदूत रीना–रिक्का हिक्काले महिलामा हुने आर्थिक लगानी महिलाका लागि मात्र नभएर समग्र समाजको विकासमा टेवा पुग्ने बताइन्। फिनल्यान्डले पनि सुदृढ समाज र अर्थतन्त्रका लागि महिलामा लगानी गरेको उदाहरण रहेको उल्लेख गरिन्।

संयुक्त राष्ट्रसंघीय निकाय युएम वुमनका लागि नेपालकी प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज पाचेकाले महिलामा लगानी गर्ने कुरा बुद्धिमतापूर्ण भएको बताइन्। अनुसन्धानका अनुुसार कार्यस्थल एवं नेतृत्वमा समावेशिता र लैगिक विविधताले वित्तीय र गैरी वित्तीय कार्यसम्पादनलाई सकारात्मक प्रभाव पार्छ। जसले संस्थाको सर्वाङ्गीण विकासमा शासकीय अभ्यास नीतिलाई सुधार गर्छ।

भुटान, बंगलादेश र नेपालका लागि आइएफसीका व्यवस्थापक मार्टिक होल्टम्यानले लैंगिक विविधता र समानता प्रवर्धन गर्न गैरपरम्परागत क्षेत्रहरू सकारात्मक प्रभाव परेको बताए।

रोजगारीमा रहेको लैंगिक अन्तरलाई सम्बोधन गर्न औपचारिक प्रमुख संवाहकका रूपमा निजी क्षेत्र रहेको र यसको भूमिका महत्त्वपूर्ण हुन्छ। तथ्यांकअनुसार निजी क्षेत्रको व्यवस्थापक पदमा २९.६ प्रतिशत महिला र ७०.३ प्रतिशत पुरुष छन्।

नेपाल धितोपत्र बोर्डका कार्यवाहक अध्यक्ष डा. नवराज अधिकारीका अनुसार व्यवसायिक क्षेत्रमा महिलाको संख्या न्युन भएपनि व्यवसायमा महिलाको स्वामित्व र सञ्चालकको भूमिका रहेको बताए।

अन्तर्राष्ट्रिय महिला दिवसको यो वर्षको नारा ‘महिलामा लगानी गरौं, महिला उन्नतिलाई तीव्रता दिऔं’ कार्यान्वयनका लागि आहवान गरिएको छ। ग्लोबल कम्प्याक्ट नेपालका कार्यकारी निर्देशक कृष्ण शाहले नेपालको निजी क्षेत्रले महिला सशक्तीकरणको सिद्धान्त अंगीकार गर्नुपर्ने बताए। कम्प्याक्ट नेपालले युएन वुमनसँगको सहकार्यमा यो कार्यलाई अघि बढाइरहेको छ।
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस