पर्यटन प्रवर्द्धनका लागि सामुदायिक घरवास सञ्चालन
०८ पौष २०८०
•
१ मिनेट पाठ
पर्यटन प्रवर्द्धनका लागि सामुदायिक घरवास सञ्चालन
फाइल तस्बिर
चितवनको इच्छाकामना ३ तोक्दाङमा सामुदायिक घरवास सञ्चालनमा आएको छ। पर्यटन प्रवर्द्धनका लागि तोक्दाङ ढाप सामुदायिक घरवास सञ्चालनमा आएको हो।




घरवासको जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले शनिबार उद्घाटन गर्दै उनले घरवासले पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। उनले घरवासमा बस्ने पाहुनालाई यहाँको स्थानीय उत्पादनबाट बनेका परिकार खुवाउनुका साथै स्थानीय सांस्कृतिक झाँकीले मनोरञ्जन प्रदान गर्नुपर्नेमा जोड दिए। इच्छाकामना पर्यटकीय गन्तव्यको सम्भावना रहेको गाउँपालिका हो भन्दै उनले पर्यटन प्रवर्द्धनका लागि जिल्ला समन्वयबाट सहयोग हुने प्रतिबद्धता व्यक्त गरे।

फिस्लिङबाट इच्छाकामना, उर्दाङगढी हँुदै सौराहा जाने पर्यटकका लागि लक्षित गरी पर्यटन प्रवर्द्धनका लागि घरबास सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए। अध्यक्ष गुरुङले भने, ‘फिस्लिङबाट इच्छाकामना उपर्दाङगढी हुँदै सौराहा जान सकिन्छ भन्ने प्रचार–प्रसार गर्न र गाउँमा बास बस्न चाहने पर्यटकका लागि सहज होस् भनेर सामुदायिक घरवास सञ्चालनमा ल्याएका हौं, १० जना बस्न सक्ने दुईकोठे भवनमा घरवास सञ्चालन गरिएको हो।’

गाउँपालिकाको १३ लाख, इच्छाकामना आमा समूह तोक्दाङको एक लाख ९२ हजार र नेपाल रेडक्रस सोसाइटी इच्छाकामना ३ तोक्दाङ ढापको एक लाख रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो। साथै गाउँपालिकाले घरवासका लागि आवश्यक बिछ्यौना पनि उपलब्ध गराएको छ। भवन निर्माणका लागि स्थानीय कृष्णबहादुर गुरुङले जग्गादान गरेका थिए।

जिल्लाको उपर्दाङगढी, सिराइचुली हात्तीवाङ, इच्छाकामना मन्दिर, मायाटार जलबिरे झरनालागयत पर्यटकीयस्थलमा आउने पर्यटकलाई लक्षित गरी घरवास सञ्चालन गर्न स्थानीयलाई आर्थिक अनुदानसहित तालिम व्यवस्था गरिने गाउँपालिकाको योजना छ। –रासस
अर्को समाचार
अन्नपूर्ण क्षेत्रमा वर्षमा झन्डै ११ लाख पाहुना
०४ साउन २०८३
•
४ मिनेट पाठ
अन्नपूर्ण क्षेत्रमा वर्षमा झन्डै ११ लाख पाहुना
अन्नपूर्ण क्षेत्रको घुमघामा पुगेका पाहुना । फाइल तस्बिरः नागरिक
अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै सर्वाधिक संख्यामा पाहुना पुगेका छन्। आर्थिक वर्ष २०८२/८३ मा अहिलेसम्मकै सबैभन्दा बढि ५ लाख ८ हजार ४ सय ७६ जना विदेशी पाहुना अन्नपूर्ण क्षेत्रको भ्रमणमा गएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले बताएको छ।




विदेशी बाहेक अन्नपूर्ण क्षेत्रमा जाने आन्तरिक पाहुनाको संख्या झनै ठूलो रहेको छ। आर्थिक वर्ष २०८२/८३ मा ६ लाख बढि आन्तरिक पाहुना उक्त क्षेत्रमा घुमघाममा गएको एक्यापको भनाई छ। स्वदेशी र विदेशी गरेर आर्थिक वर्ष २०८२/८३ मा ११ लाख भन्दा बढि पाहुनाले अन्नपूर्ण क्षेत्र घुमेको एक्यापले बताएको छ। 

एक्यापका अनुसार आर्थिक वर्ष २०८२/८३ मा अन्नपूर्ण क्षेत्रमा गएका पाुहना मध्ये ३ लाख ८४ हजार १ सय ४५ जना सार्क मुलुकका पाहुना छन्। सार्क बाहेकका तेश्रो मुलुकका पाहुनाको संख्या १ लाख २४ हजार ३ सय ३१ रहेको आयोजना प्रमुख डा.रविन कडरियाले जानकारी दिए। 

एक्यापका अनुसार कोरोना भाइरस संक्रमण अघि आर्थिक वर्ष २०७५/७६ मा अन्नपूर्ण क्षेत्रमा सबैगरि १ लाख ८३ हजार ३ सय ५८ जना पाहुना पुगेका थिए। त्यो संख्या आर्थिक वर्ष २०७६/७७ मा १ लाख ४ हजार १ सय ६५ जना पाहुना अन्नपूर्ण क्षेत्र घुमेका थिए। कोरोनाको प्रभावले गर्दा आर्थिक वर्ष २०७७/७८ मा भने जम्मा ४ हजार ९ सय ६१ जना पाहुना पुगेका थिए। 

आर्थिक वर्ष २०७८/७९ मा भने ७५ हजार ८ सय २४ जना पाहुना अन्नपूर्ण क्षेत्रमा गएका थिए।  आर्थिक वर्ष २०७९/८० मा भने कोरोना संक्रमणको प्रभाव कम भएपछि १ लाख ७२ हजार ५ सय १० जना पाहुना घुम्न गएका थिए। आर्थिक वर्ष २०८०/८१ मा भने २ लाख २२ हजार १ सय ८० जना पाहुना अन्नपूर्ण क्षेत्रमा गएका थिए। आर्थिक वर्ष २०८१/८२ मा भने २ लाख ७८ हजार १ सय १३ जना पाहुना अन्नपूर्ण क्षेत्रमा गएका थिए। 

घुमघाममा गएका पाहुनामध्ये सबैभन्दा बढी भारतीय छन्। आर्थिक वर्ष २०८२/८३ मा भारतका मात्र ३ लाख ७५ हजार ७ सय ९७ जना रहेका छन्। दोश्रो नम्बरमा चिनियाँको संख्या १२ हजार ५ सय ३९ जना रहेका छन्। तेश्रो नम्बरमा रहेको अमेरिकी पाहुनाको संख्या ९ हजार ८ सय ८४ जना अन्नपूर्ण क्षेत्रमा गएका छन्। चौथो नम्बरमा रहेका बेलायतका ८ हजार ८ सय ५९ जना रहेका छन्। 

त्यस्तै फ्रान्सका पाहुनाको संख्या ७ हजार ९ सय ३९ जना रहेका छन्। मलेशियाका पाहुनाको संख्या ७ हजार ८ सय ४८, जर्मनी पाहुनाको संख्या ७ हजार ६ सय ३४ रहेको छ। बंगलादेशी पाहुनाको संख्या ७ हजार ४ सय ८४, अस्टेलियाका पाहुनाको संख्या ७ हजार ९५ र इजरायली पाहुनाको संख्या ६ हजार ३ सय ९८ रहेको एक्यापले बताएको छ। 

‘आन्तरिक पाहुनाको यकिन विवरण एक्याले राख्दैन। तर, उक्त क्षेत्रमा घुमघामका गएका पाहुनाको विवरण प्रहरीले लिने गरेको छ। प्रहरीको त्यही तथ्यांकलाई आधार भनेर आन्तरिक पाहुनाको आकार निकालिएको हो,’ उनले भने, ‘पछिल्लो समय त आन्तरिक र भारतीय पाहुनाको आकार अन्नपूर्ण क्षेत्रमा निकै नै उकालिएको छ।’
मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने भारतीयको आकार बढेकोले गर्दा पनि अन्नपूर्ण क्षेत्र योपटक पाहुनामय बनेको उनले बताए। ‘आन्तरिक र भारतीयले त बास पाउनै पनि मुस्किल भयो। सिजनको बेला यो पटक मुस्ताङ र मनाङले पाहुनालाई आतिथ्यता दिन समेत हम्मेहम्मे भयो,’ उनले भने, ‘सिजनका बेला त त्यहाँको क्षमता पनि अपुग भएको छ।’ भारतीय पाहुनाको योपटक पोखरामा मात्र चाप परेको होइन, त्यो भीडभाड हिमाली क्षेत्रमा समेत देखिएको उनले बताए। 

गन्तव्यसम्मको सहज पहुँचका कारण हिमाली क्षेत्रसम्म पाहुना पुग्न सहज भएको उनले बताए। पछिल्लो समय भारतीय पाहुना आफ्नै सवारी लिएर मुक्तिनाथसम्म उक्लिन थालेका छन्। त्यसले गर्दा पनि भीडभाड बढेको उनले बताए। ‘मुक्तिनाथ मात्र नभई अन्नपूर्ण आधारशिविर (एबिसी) मात्र समेत यो वर्ष २५ हजार हाराहारीमा भारतीय पाहुना पुगेका छन,’ उनले भने, ‘आधारशिविरसम्म उक्लने भारतीयको संख्या अघिल्ला वर्षसम्म कम थियो। तर, यो पटक अधिक नै भएको छ। यसले पनि आगमनलाई उकासेको हो।’ पदयात्राकै लागि भनेर भारतीय पर्यटक नेपाल आउन थालेको उनले बताए। ‘भारतीय पाहुना अब धार्मिक मात्र होईनन, पदयात्री पनि हुन,’ उनले भने।

पछिल्लो समय अन्नपूर्ण क्षेत्रमा जानेमा बंगलादेशी पाहुनाको आकार पनि बढि रहेको छ। बंगलादेशी पाहुनाको नेपालमा आगमन थपिएसँगै अन्नपूर्ण क्षेत्रले पनि आकार बढाएको उनले बताए।

‘अन्नपूर्ण क्षेत्र जाने उत्कृष्ट १० मुलुकका पाहुनाको समूहमा बंगलादेश पनि पर्न थालेको छ। बंगलादेशी पाहुना पनि पदयात्रा क्षेत्रका लागि नयाँ पाहुना हुनु,’ उनले भने, ‘भारतीय र बंगलादेशी पाहुना पनि पदयात्रा क्षेत्रले पाउन थालेको छ। यूरोपियन र अमेरिकी पाहुना मात्र नभई नयाँ पाहुनालाई अन्नपूर्ण क्षेत्रले भित्र्याउन पाएको छ।’
अन्नपूर्ण क्षेत्रमा समग्रमा पाहुना आगमन बढेको भएपनि समग्रमा तेश्रो मुलुकका विदेशीको संख्या भने उल्लेख्य बढ्न सकेको छैन। आर्थिक वर्ष २०८१/८२ मा अन्नपूर्ण क्षेत्रमा जम्मा १ लाख २० हजार ३ सय २७ जना तेश्रो मुलुकका पाहुना गएका थिए। त्यो आगमन पछिल्लो वर्ष बढेर १ लाख २४ हजार ३ सय ३१ पुगेको छ। 

‘तेश्रो मुलुकका विदेशी अन्नपूर्ण क्षेत्रमा सोचेजस्तो आकारमा गएका छैनन। मोटरबाटोले गर्दा पुरानो पदयात्राको रुट ध्वस्त भएपछि विदेशी अन्यत्र डाइभर्ट भएका छन। त्यसबाहेक मध्यपूर्वका मुलुकमा निम्तिएको युद्धले पनि अमेरिकी र यूरोपियन मुलका विदेशीको आगमन प्रभावित भयो,’ उनले भने, ‘पाहुना आगमन प्रभावित भएपनि आएका पाहुना पनि अन्नपूर्णको साटो अन्यत्र गए। त्यसको कारण भनेकै मोटरबाटोले बिगारेको रुटको हो।’ मोटरबाटोले बिस्थापित भएको अन्नपूर्ण क्षेत्रको पुरानो रुटको ठाउँमा नयाँ रुट पहिचान गरेर प्रवर्द्धन गर्न थालेको प्रमुख कडरियाले जानकारी दिए। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस