काठमाडौं – ललितपुरको भट्टेडाँडामा राखिएको इनरुट मोनोपल्स सेकेन्डरी सर्भिलेन्स राडार (इएमएसएसआर) बिहीबारबाट सञ्चालनमा आएको छ । जापानी सहयोग नियोग (जाइका) को ९५ करोड र नागरिक उडड्यन प्राधिकरणको १५ करोड गरी एक अर्ब १० करोड रुपैयाँ लगानीमा बनेको उक्त राडार ललितपुरको भट्टेडाँडामा छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले भट्टेडाँडामा राखिएको इनरूट राडारले चार सय ५० किलोमिटर दुरीसम्मको आकाशमा उडेका विमानको निगरानी गर्न सक्ने जानकारी दिए । उनका अनुसार नेपालको ७५ प्रतिशत भू–भागको निगरानी नयाँ राडारले गर्छ ।
‘पश्चिममा सुर्खेतसम्म र पूर्वका सबै क्षेत्रका विमानलाई यो राडारले निगरानी गर्न सक्छ । नेपालमा भित्रने विभिन्न विमानको विषयमा तथ्यपूर्ण जानकारी समेत दिन्छ,’ प्रवक्ता श्रेष्ठले भने ।इनरुट मोनोपल्स सेकेन्डरी सर्भिलेन्स राडार परियोजनाका निर्देशक संजीवसिंह कठायतले नयाँ राडार सञ्चालनमा आएपछि उडिरहेका जहाजबीचको दुरी घट्न जाने तथा पाँचदेखि नौ किलोमिटरसम्मको अन्तर राखेर विमानले उडान, अवतरण गर्न सक्ने बताए ।
नयाँ राडार निर्माणका लागि सन् २०११ मा सम्भाव्यता अध्ययन गरेर काम थालिएको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार ६ वर्षमा सो राडार निर्माण भएको हो ।नेपालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडानलाई सुरक्षित बनाउन नयाँ राडार जडान गरिएको प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले बताए । ‘पुरानो राडारले करिब एक सय १०किलोमिटरसम्मको जहाजको जानकारी दिन्थ्यो । नयाँ राडार जडानपछि चार सय ५० किलोमिटरसम्मको जहाजको सम्पूर्ण जानकारी लिन सकिन्छ,’ महानिर्देशक गौतमले भने, ‘भट्टेडाँडामा जडित ‘इनरूट राडार’ र विमानस्थलको ‘टर्मिनल राडार’ले हवाई उडानलाई थप व्यवस्थित र सुरक्षित बनाउने छन् । राडारले रेडियो तरंगमार्फत विमानको स्थिति, उचाइ, गति जस्ता जानकारी दिन्छ ।’
यो राडारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवतजावत गर्ने सबै विमानको जानकारी दिन सक्ने प्रवक्ता श्रेष्ठले बताए । प्राइमरी राडार पुरानो भएको र स्पेयर पार्ट्स पनि बिग्रन लागेको हँुदा नयाँ राडार सञ्चालनमा ल्याएको उनको भनाइ छ ।
यसअघि संयुक्त राज्य अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रेसनबाट आएको जहाजले फ्लाइट क्यालिब्रेसन गरी नयाँ राडार परीक्षण गरेको थियो । अमेरिकाबाट विशेष जहाजसहित ६ जनाको टोली नेपाल आएको थियो । उक्त टोलीमा जापानका चारजना प्राविधिक समेत सहभागी भएको जाइकाले जनाएको छ ।
नेपाली आकाशलाई सुरक्षित बनाउन सन् १९९७ मा पहिलोपटक जापान सरकारको सहयोगमा ६० नटिकल माइल अर्थात ८० किलोमिटरसम्म निगरानी गर्न सक्ने राडार जडान गरिएको थियो । नयाँ राडार जडान भए पनि पुरानो विस्थापन नगर्ने प्राधिकरणले जानकारी दिएको छ ।