साताको तेस्रो कारोबार दिन बुधबार सेयर मापन गर्ने नेप्सेपरिसूचक २७.९० अंकले बढेको छ।
बुधबार दिनभरजसो उतारचढावपूर्ण रहेको नेप्सेपरिसूचक कारोबार बन्द हुने बेला २७.९० अंकले बढेर २०५८ विन्दुमा पुगेको हो। बुधबार २०९ कम्पनीको सेयर बढ्यो भने ३० कम्पनीको सेयर घट्यो। ६ कम्पनीको सेयर स्थिर रह्यो।
बुधबार एक करोड ५ लाख ४ सय ९८ कित्ता सेयर किनबेच हुँदा चार अर्ब ४ करोड ८८ लाख ५७ हजार ४ सय ५४ रुपैयाँको सेयर कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्सेका तीनवटै सूचक बढ्यो। सेन्सेटिभ सूचक ३.७६ अंकले बढ्यो भने फ्लोट सूचक पनि १.८५ अंकले बढेको छ। सेन्सेटिभ फ्लोट सूचक पनि १.०७ अंकले बढ्यो। नेप्सेका १३ उपसूचकमध्ये बुधबार सबै सूचक बढे।
बुधबार सबैभन्दा धेरै बढ्ने उपसूचकमा निर्जीवनबीमातर्फ रह्यो। सो उपसूचक २२१.४१ अंकले बढेको छ। त्यसैगरी होटल तथा पर्यटनतर्फको उपसूचक पनि १४७.६१ अंकले बढेको छ। उत्पादन तथा प्रशोधनतर्फको उपसूचक पनि १२३.६६ अंकले बढेको छ। बुधबार ६ वटा कम्पनीको सेयर १० प्रतिशतको दरले बढेको छ। १० प्रतिशतले बढ्ने कम्पनीमा दिव्याश्वरी हाइड्रोपावर कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चरडेभलपमेन्ट,पिपुल्स हाइड्रोपावर कम्पनी र भागवती हाइड्रोपावर कम्पनी र सोनापुर मिनरल्स एण्ड वेयल कम्पनी र मुक्तिनाथकृषि कम्पनी रह्यो।
बुधबार सवैभन्दा धेरै सेयर घट्ने कम्पनीमा लक्ष्मी लघुवित्त कम्पनी रह्यो। सो कम्पनीको सेयर ५.१० प्रतिशतले घट्यो। त्यसैगरी प्रभु स्मार्ट फण्ड कम्पनीको सेयर ४.८१ प्रतिशत र मनकामना स्मार्ट लघुवित्त कम्पनीको सेयर पनि ३.८७ प्रतिशतले घटेको छ।
साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ८.७५ अंकले बढेको थियो । सो दिन एक करोड १८ लाख ९२ हजार पाँच सय ५९ कित्ता सेयर किनबेच हुँदा चार अर्ब ४८ करोड ३९ लाख ८२ हजार चार सय ६१ रुपैयाँको सेयर कारोबार भयो। सोमबार १५९ कम्पनीको सेयर घट्यो भने ७७ कम्पनीको सेयर बढ्यो। १० कम्पनीको सेयर स्थिर रहेको थियो।
साताको दोस्रो कारोबार दिन मंगलबार नेप्सेपरिसूचक ३०.०५ अंकले घटेर २०३०.१० विन्दुमा झरेको थियो। सो दिन २०५ कम्पनीको सेयर घट्यो भने ३७ कम्पनीको सेयर बढ्यो। तीन कम्पनीको सेयर स्थिर रह्यो। मंगलबार एक करोड १८ लाख ८५ हजार सात सय १२ कित्ता सेयर किनबेच हुँदा चार अर्ब चार करोड ४६ लाख ५९ हजार नौ सय २२ रुपैयाँको कारोबार भयो।