हिमाल हेर्न माइजोमाईमा पर्यटक आकर्षित
१७ फागुन २०८०
•
४ मिनेट पाठ
हिमाल हेर्न माइजोमाईमा पर्यटक आकर्षित
इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुगेका टीकाराम बाँस्तोलालाई कञ्चनजङ्घा हिमालको दृश्यले आकर्षित बनायो। तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो (८,५८६ मिटर) हिमाल प्रष्ट देखिन्छ भन्ने उनलाई लागेको थिएन। ‘हिमाल हेरेरै बसिरहुँ लाग्यो, फुत्त उफ्रिदा हिमाल छोइएलाजस्तो, चिसो हावाको स्पर्श कति आनन्द,’ उनले भने।

तुम्लिङ मात्र होइन नयाँबजार, थुम्के, मेग्मा, जौबारी, कालपोखरीलगायत इलामका उत्तरी भेगका लेकाली क्षेत्र नेपाल भारत सीमामा पर्ने पर्यटकीयस्थल हुन्। हिमाल हेर्न, झुल्के घामको दृश्यावलोकन गर्न, लोपोन्मुख वन्यजन्तु रेडपाण्डा हेर्न र औषधीय गुण भएका जडीबुटी खोज्न पाइने भएपछि खोज, अनुसन्धान र अवलोकन गर्न नेपालसहित भारत, भुटान, बङ्गलादेशलगायतका मुलुकबाट पर्यटक आउने गरेका छन्।

प्रदेश सरकारले मेची राजमार्गमा पर्ने सूर्योदय नगरपालिकाको फिक्कल बजारदेखि माइजोगमाईको केन्द्र नयाँबजारसम्म जोडिने २० किलोमिटर सडक कालोपत्रे गरिदिएपछि सडक सहजताका कारण पर्यटक भित्रिने क्रम वृद्धि भएको गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले बताए। ‘सडक बनिएपछि सजिलो भएको छ, तराईबाट आउने पर्यटक कन्याम, फिक्कल हुँदै सिधै नयाँबजार आएर हिमाल हेर्न, रेडपाण्डाबारे बुझ्न र जडीबुटी खोजी गर्न तुम्लिङतिर जाने गर्नुभएको छ’, उनले भने।

जैविक विविधताले भरिएको माइजोगमाई प्रचारप्रसारको अभावमा ओझेल परेपछि गाउँपालिकाले पर्यटन प्रवद्र्धनको काम सुरु गरेको छ। पर्यटकीयस्थललाई प्रवद्र्धन गर्न ‘टुरिज्म एप्स’ सञ्चालनमा ल्याउने काम अन्तिम चरणमा पुगेको अध्यक्ष थेबेले बताए। ‘एप्समा यहाँका पर्यटकीयस्थल समेटिने छन्। उहाँले भन्नुभयो, ‘त्यसका साथै कृषिका कुरा, धार्मिक, सांस्कृतिक एवं यहाँका पुरातात्विक सम्पदाका कुरा समावेश हुन्छ।’  देश विदेशमा बसेर पनि माइजोगमाईमा कहाँ–कहाँ पर्यटकीय क्षेत्र छन् भन्नेबारे जानकारी लिन सकियोस् भनेर एप्स सार्वजनिक गर्न लागिएको उनले बताए।

पालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखेर गत वर्ष थुम्केरानीमा तीन दिने थुम्केरानी महोत्सव आयोजना गरेको थियो। थुम्केरानी तुम्लिङ मेग्मा संरक्षण तथा पर्यटन प्रवद्र्धन समितिको आयोजनामा महोत्सव भएको थियो। थुम्केरानीबाट झुल्के घामको दृश्यावलोकनका साथै १० वटै स्थानीय तह, भारतका विभिन्न ठाउँ र तराईका फाँटको दृश्यावलोकन गर्न सकिन्छ। पर्यटकले गाउँपालिकाको केन्द्र नयाँबजारदेखि थुम्केरानी, जौबारी, तुम्लिङ, टङ्लु, मेग्मासम्मको पैदलयात्रा गर्छन्। जङ्गल सफारी र दुर्लभ रेडपाण्डाको अवलोकन पर्यटकका लागि यहाँँ थप आकर्षक बनेका छन्। विश्वको तेस्रो अग्लो हिमशृङ्खला, दुर्लभ वन्यजन्तु हाब्रे रेडपान्ड, एसियाको दोस्रो पुरानो मेग्मा गुम्बा अवलोकन गर्न सकिने अध्यक्ष थेबेले बताए।

माइजोगमाई गाउँपालिका २ र ६ को सङ्गमस्थलमा पर्ने थुम्के डाँडामा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको हो। लेकाली जीवजन्तुको अवलोकन, सूर्योदयको मनोरम दृश्यले भरिएको यस क्षेत्रमा दैनिक दर्जनौँ पर्यटक पुग्ने गरेका छन्। थुम्के र जौवारीमा गरिएको केसर खेतीले समेत पर्यटकलाई तान्न थालेको छ। अध्यक्ष थेवेले गाउँपालिकाको थुम्केसहित माथिल्लो लेकाली क्षेत्रको विस्तृत अध्ययन गरी पर्यटन पूर्वाधारका काम थालिएको बताए। पालिकामा उत्तरे पोखरी, शिव मन्दिर बौद्धगुम्बासहित विभिन्न देवस्थलसहितका धार्मिक पर्यटकीयस्थल रहेका छन्।

‘नयाँबजारस्थित उत्तरे पोखरीमा पानीको सतह घटेपछि हामीले सहयात्रा नेपाल इलामसँगको साझेदारीमा पोखरीमा पानी पहिलाकै अवस्थामा फर्काउन प्रयास सुरु गरेका छौँ। त्यसलाई ब्युटिफिकेसनको काम गर्नेछौँ,’ उनले भने, ‘तुम्लिङ, थुम्केरानी, उत्तरे पोखरी, साततले झरनालगायतका ठाउँ हाम्रा प्रमुख पर्यटकीय गन्तव्य हुन्। करिब ३१ सय मिटरको उचाइमा रहेको तुम्लिङलगायत यहाँको उच्च हिमाली क्षेत्रमा धेरै जैविक विविधता पाइन्छ। हाम्रो ठाउँ लोपोन्मुख वन्यजन्तु रेडपाण्डा पाइने क्षेत्र हो। औषधीय गुण भएका जडीबुटी प्रशस्त पाइन्छन्। यी कुराको संरक्षणमा हामी जुटेका छौँ। यस्तै कुराको प्रचारप्रसार गरेर पर्यटन प्रवद्र्धनमा हाम्रो ध्यान गएको छ।’ पर्यटन पूर्वाधारका काम केही भएका छन् भने बाँकी काम निर्माणाधीन रहेको थेबेको भनाइ छ। ‘भगवान् गौतमबुद्धको सालिक, गणेशको मूर्ति, राजा यलम्बरको सालिक र लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको मूर्ति बनिएका छन्,’ उनले भने।

पाँच सय ६१ मिटरदेखि तीन हजार एक सय मिटरसम्मको उचाइमा माइजोगमाईको भूगोल पर्दछ। यो क्षेत्र कृषि उत्पादनको उर्वर भूमि भएकाले कृषि पर्यटनलाई विकास गर्ने पालिकाको तयारी छ। धान, अलैँची, आलु, एभोकार्डो, किवी, खेतीदेखि केशर, चिराइतोलगायतको उच्च हिमाली जडीबुटीसमेत पाइने भएकाले खेतीबाट नै आर्थिक समृद्धि हासिल गर्ने यात्रामा पालिका अघि बढेको पालिका उपाध्यक्ष प्रवीना राईले बताइन्। ‘किसानलाई  खेतीमा प्रोत्साहन दिन कृषि शाखामार्फत बजेट छुट्याएर लगानी गरेका छौँ। किसानलाई व्यावसायिक बनाउन र उत्पादनलाई गुणस्तरीय बनाउन विगत वर्षदेखि नै हाम्रो प्रयत्न जारी छ,’ उपाध्यक्ष राईले भनिन्, ‘युवापुस्तालाई वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता हटाएर गाउँमा नै खेतीबाट आर्थिक समृद्धि ल्याउन पालिकाले सहयोग गर्नेछ। उहाँहरुलाई अभिमुखीकरण तालिम, कृषिमा अनुदान र कृषि सामग्री वितरण गरिरहेका छौँ। सिँचाइ नपुगेर खेतीमा समस्या भएपछि प्रदेश र सङ्घीय सरकारसँगको साझेदारीमा विभिन्न क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध गराइरहेका छौँ,’।

थुम्केरानी जोड्ने सडक स्तरोन्नतिको काम सम्पन्न भएकाले यहाँ आउने पर्यटकलाई सहज भएको गाउँपालिका उपाध्यक्ष राईले बताइन्। यस क्षेत्रमा ऐतिहासिक जौवारी बजारसहित नेपालकै ठूलो आलु विकास केन्द्र रहेको छ। रासस
अर्को समाचार
इलाममा किन हार्‍यो त रास्वपा?
२५ वैशाख २०८१
•
६ मिनेट पाठ
इलाममा किन हार्‍यो त रास्वपा?
नेपाली कांग्रेस/नेकपा एमाले जस्ता स्थापित शक्तिका लागि इलाममा भएको उपनिर्वाचन ज्यादा अर्थपूर्ण भएन। एमालेका उम्मेदवारले जिते, कांग्रेसकाले हारे, भएको त त्यही हो।

यत्तिले मात्र जनताको मनको आँधीलाई राम्रोसँग झल्काउँदैन। यी दुवै पार्टी सदाझैँ प्रतिस्पर्धी रहे/भए। विगतको विरासत हेर्दा एमालेले आफ्नो दाबी गर्ने इलामको यो क्षेत्रमा माओवादीसमेतको समर्थनमा जित हात पार्नु उसका लागि पनि चमत्कारको कुरा भएन। इलाममा प्रायः दोस्रो रहने कांग्रेस दोस्रो नै रह्यो। उसले पनि आत्तिनुपर्ने वा मात्तिनुपर्ने कारण भएन। दुवै पार्टीको केही हजार तल, केही हजार माथि हुने हो। भएको हो। त्यसले गणितमा त प्रभाव पार्‍यो तर त्यसले राजनीतिक परिदृश्यमा कुनै खास संकेत दिएको मान्न सकिन्न।

एमालेको मतदाताले सुहाङलाई हेरेको पक्कै हैन, मत अन्त दिने स्थिति नभएपछि दिएको एमालेलाई नै हो। यत्ति हो कि एमाले नेतृत्वलाई चाहिँ सुहाङ त्यहाँ भइदिएकाले उम्मेदवार छान्न सजिलो भएको हो।
मान्छेले युवाको कुरा गरेको वा जातीय प्रभावको कुरा गरेको देख्छु। कांग्रेसले खड्काको ठाउँमा कुनै तन्नेरी लिम्बूलाई नै उठाएको भए पनि त्यत्तिको भरमा ज्यादा फरक पथ्र्यो भन्ने कुरामा म सहमत छैन। यसैगरी सधैंझैं ‘मुढा कांग्रेस’ भन्ने भाष्य पनि बनेकै छ, नौलो भएन। त्यसैगरी सुहाङ नेम्वाङको ठाउँमा एमालेले जसलाई उठाएको भए पनि सामान्यतः एमालेले जित्ने नै थियो भन्ने देखिन्छ।

सुहाङलाई बाबुको विरासत र सहानुभूतिको भोट आएको वा उनले युवा भएकाले जितेको भन्ने तर्क पनि वास्तविकताको त्यत्ति नजिक देखिन्न। लिम्बू त अरू पनि थिए, युवा उम्मेदवार अरू पनि थिए। एमालेको मतदाताले सुहाङलाई हेरेको पक्कै हैन, मत अन्त दिने स्थिति नभएपछि दिएको एमालेलाई नै हो। यत्ति हो कि एमाले नेतृत्वलाई चाहिँ सुहाङ त्यहाँ भइदिएकाले उम्मेदवार छान्न सजिलो भएको हो।

पहिचानवादी भनिएका डेकेन्द्र थेगिम स्वतन्त्ररूपमै चुनाव लडे पनि पहिचानको आन्दोलनमा लागेका शक्ति र अझ धरानका चर्चित मेयरको समेत समर्थन उनका लागि एउटा निकै अर्थपूर्ण र जबर्जस्त कुरा थियो। मान्छेले उनले ल्याएको ११ हजार माथिको मतलाई ठूलो उपलब्धि भनेका छन्।

यद्यपि ७० वर्ष पुराना पार्टीसँग चुनाव लडेको एक वर्ष पुरानो रास्वपाको के कस्तो मूल्यांकन गर्ने ? तर यहाँनिर जनताको राजनीतिक मनोविज्ञान र अभिलाषाको कोणबाट विषयलाई हेर्नु जरुरी हुन्छ।
पहिचानवादीहरूको असन्तुष्टिको पृष्ठभूमि र हर्क साम्पाङलगायतको जोडबलमा आएको यो मत उस्तो ठूलो उपलब्धि होइन। दुई–अढाइ हजार मत पहिचानको समर्थकबाट, त्यस्तै त्यस्तै मत हर्कको नाममा, दुई अढाइ हजार कांग्रेस/एमालेबाट बिच्कनेको मत र परिवर्तनका लागि भोट दिन उद्यत र त्यसका लागि रास्वपा विकल्प नहुने देखेपछि बदलिएको मतसहित जसोतसो मुढाले त्यति मत ल्यायो। कुन खास विचारणीय कुरा भयो र?

यो चुनाव, चुनाव जस्तो भएको नै रास्वपाका कारण हो भन्नेमा त शायद कसैको दुईमत नहोला। यद्यपि ७० वर्ष पुराना पार्टीसँग चुनाव लडेको एक वर्ष पुरानो रास्वपाको के कस्तो मूल्यांकन गर्ने ? तर यहाँनिर जनताको राजनीतिक मनोविज्ञान र अभिलाषाको कोणबाट विषयलाई हेर्नु जरुरी हुन्छ।

 कतिलाई त यो अपत्यारिलो भयो, झट्का नै लाग्यो। पार्टी उत्थानको पृष्ठभूमि, यसपछाडि जनताको प्रचण्ड आशा र रवि लामिछानेको आक्रामक व्यक्तित्वका कारणले त्यो सब भयो।
केही महिनाअघिको उपनिर्वाचनमा चितवन र तनहुँमा डाँडाकाँडा ढाकेको रास्वपाको मत देख्नेहरू केहीलाई त इलाममा खस्ने ७० हजार मतमा ६० हजार नै रास्वपाको पोल्टामा जाने हो कि भन्ने लागेको देखिन्थ्यो। अरू त अरू, कांग्रेसले समेत रास्वपालाई मुख्य प्रतिद्वन्द्वी जस्तो मानेर चुनावी अभियान अघि बढाएको कुरा चाखलाग्दो थियो।

यो चुनाव रास्वपाका लागि उसको जीवनमा नामकरण, अन्न–प्राशन जस्तै महत्त्वपूर्ण थियो र यसलाई सफल पार्न उसले गर्न सक्ने जति कुनै कुरा गर्न बाँकी पनि राखेन। पार्टीको सारा बल इलाममा परिचालित थियो तर पनि युवा मिलन लिम्बूले जमानत जोगाउन सकेनन्। कतिलाई त यो अपत्यारिलो भयो, झट्का नै लाग्यो। पार्टी उत्थानको पृष्ठभूमि, यसपछाडि जनताको प्रचण्ड आशा र रवि लामिछानेको आक्रामक व्यक्तित्वका कारणले त्यो सब भयो।

तर जनता उनको कुरामा चार खत माफ दिने जस्तो देखिएकै हुन्–सोसल मिडियामा या जताततै। उनका लागि छुट्टै, अरूका लागि छुट्टै कानुन बनाए पनि स्वीकार्ने जस्तो चेस्टा एउटा ठूलो तप्काले देखाएकै हो। 
रास्वपाले जनताले युवा खोज्छन् भनेर युवा नै उठायो, लिम्बू खोज्छन् भनेर लिम्बू नै उठायो, माओवादीको मत पनि तान्न सकियोस् भनेर पूर्वमाओवादीकै कार्यकर्तालाई उठायो। उसले जाने बुझे जति, सक्ने जति गर्‍यो। सबै गर्‍यो तर जनताको मनले अरू थोक नै खोजेको उसले बुझेको देखिएन। कतिले रास्वपाको उम्मेदवार ठीक भएन पनि भन्लान् तर रास्वपाको दयनीय मत परिणामका लागि उम्मेदवार छनोट कुनै कारण हो जस्तो देखिन्न।

कतिपयले सहकारी प्रकरणले रविलाई वा यसपालि रास्वपालाई डुबायो पनि भन्छन्। झट्ट हेर्दा यो दह्रो तर्क जस्तो देखिन्छ। गहिरो गरेर हेर्‍यो भने यो नै पनि मूल कारण हो जस्तो देखिन्न । रविलाई पासपोर्टदेखि अनेक कुराको आरोप त अघिल्लो चुनावअघिदेखि नै लागेकै हो। तर जनता उनको कुरामा चार खत माफ दिने जस्तो देखिएकै हुन्–सोसल मिडियामा या जताततै। उनका लागि छुट्टै, अरूका लागि छुट्टै कानुन बनाए पनि स्वीकार्ने जस्तो चेस्टा एउटा ठूलो तप्काले देखाएकै हो। 

पहिलोमा त नेपाली जनताको उग्र निराशा, वेदना, र असन्तुष्टि थियो–राज्यको काम गराइप्रति, अरू देशको तुलनामा आफ्नो देशको विकास र व्यवस्थाप्रति, भ्रष्टाचारप्रति, अन्यायप्रति, भेदभावप्रति, सुशासनप्रति। यी कुराका प्रति सशक्त वाणी दिएर रवि लामिछानेले आफ्नो पहिचान बनाएका थिए। 
त्यस अर्थमा रवि भाग्यमानी पनि हुन्। त्यसैले म यसलाई पनि रास्वपाको हारको मुख्य कारण जस्तो देख्दिन। नेपालको प्रचण्ड जनमत दुइटा कुराका लागि रवि र रास्वपाको पछि दौडेको थियो। इलामको उपनिर्वाचनले प्रष्टै देखायो कि जनताको त्यो आशा रवि र रास्वपाले पूरा गरेको वा पूरा गर्ने दिशामा, मनोदशामा वा क्षमतामा त्यो पार्टी नरहेको भन्ने निर्क्यौल जनताले निकालेका देखियो।

पहिलोमा त नेपाली जनताको उग्र निराशा, वेदना, र असन्तुष्टि थियो–राज्यको काम गराइप्रति, अरू देशको तुलनामा आफ्नो देशको विकास र व्यवस्थाप्रति, भ्रष्टाचारप्रति, अन्यायप्रति, भेदभावप्रति, सुशासनप्रति। यी कुराका प्रति सशक्त वाणी दिएर रवि लामिछानेले आफ्नो पहिचान बनाएका थिए। 

नीतिगत परिवर्तन र देश रूपान्तरणको कुरामा उसको भिन्न आवाज र पदचाप जनताले सुनेन। बरु आफैँले चिच्याइ चिच्याइ विरोध गरेको पुराना पार्टीसँग सत्ता मोलमोलाइ गरेको देखेपछि जनता आंफूले पात्र र प्रवृत्ति चिन्न नसकेको निर्क्यौलमा पुगेका देखिन्छ।
जनता यी कुराको अझ सशक्त भण्डाफोर चाहन्थे। विद्यमान प्रणाली र प्रक्रियालाई हरेक मोर्चामा रास्वपाले चुनौती दिनेछ भन्ने आशा गर्थे। तर एक वर्षमा रास्वपाले त्यस्तो ल्याकत देखाएन, कमसेकम जनताले चाहेजसो गरी उसले त्यो गरेन। सडक, सदनमा सामान्य विरोध त प्रतिपक्षी पार्टी हुँदा सबैले गरेकै हो। त्यस्तो परम्परागत विरोधको शैलीबाट जनता रास्वपासँग खुसी भएनन्।

दोस्रोमा रास्वपाले कामको पनि खुबै कुरा गरेको थियो। सरकारमा महत्त्वपूर्ण हिस्सा लिएर रहँदा पनि गति देखाउन सकेन। नीतिगत परिवर्तन र देश रूपान्तरणको कुरामा उसको भिन्न आवाज र पदचाप जनताले सुनेन। बरु आफैँले चिच्याइ चिच्याइ विरोध गरेको पुराना पार्टीसँग सत्ता मोलमोलाइ गरेको देखेपछि जनता आंफूले पात्र र प्रवृत्ति चिन्न नसकेको निर्क्यौलमा पुगेका देखिन्छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस