मदन भण्डारी राजमार्गले चुरे फेदीका बासिन्दा लाभान्वित
२६ फागुन २०८०
•
३ मिनेट पाठ
मदन भण्डारी राजमार्गले चुरे फेदीका बासिन्दा लाभान्वित
मदन भण्डारी राजमार्गले भित्री मधेसका साथै चुरे फेदीका बासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित भएका छन्। पूर्व–पश्चिम राजमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गका साथै मदन भण्डारी राजमार्गले मुलुकको पूर्वी–पश्चिमी भेगलाई जोडिरहेको छ।




पूर्वीनेपाल इलामको पाटापुरदेखि पश्चिम नेपालको डडेल्धुराको रुपालसम्म करिब एक हजार दुई सय ५० किलोमिटर लामो मदन भण्डारी राजमार्गले व्यापार व्यवसाय र जग्गाको मूल्य मात्र वृद्धि भएको छैन, कृषि क्षेत्रलाई पनि उत्तिकै महत्व दिएको छ। सडक निर्माण भएसँगै गाउँमा उत्पादित सामग्री बजारसम्म पुर्‍याउन किसानलाई सहज भएको छ।

विसं २०६५ भदौमा सप्तकोशीको बाढीबाट बस्ती जोगाउन लगाइएको तटबन्ध सुनसरीको पश्चिम कुसाहा भान्टाबारी नजिक फुटेपछि झन्डै ६ महिनासम्म कोशी वारिपारि गर्न छिमेकी मुलुक भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता बनेको थियो।

एउटा मात्र राजमार्ग हुँदा त्यसमा कुनै समस्या आए समग्र यातायात अवरुद्ध हुने हुँदा त्यसको विकल्पमा मदन भण्डारी राजमार्ग निर्माण गर्न थालिएको मोरङ क्षेत्र नं १ का सांसद डिगबहादुर लिम्ब बताउँछन्।
मदन भण्डारी राजमार्गले मोरङको उत्तरी भेग मात्र नभएर समग्र प्रदेशकै विकास निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ।

मोरङको उत्तरी भेगका मिक्लाजुङ गाउँपालिका, लेटाङ नगरपालिका र केराबारी गाउँपालिका जोडेको यो राजमार्गमा तीनवटा पालिमा मात्रै १७ पक्की पुल निर्माण भइसकेका मोरङ क्षेत्र नं १ का पूर्वसांसद घनश्याम खतिवडाले बताए।

‘बीस वर्षअघिदेखि नै चुरे फेदीमा वैकल्पिक मार्गको आवश्यकता महसुस गरेर स्थानीय र जिल्ला विकास समितिको बजेटबाट बाटोको सामान्य ट्र्याक खोल्ने कार्य  सुरु गरेका थियौँ। पछि राष्ट्रिय गौरवको योजनाका रुपमा राजमार्ग बन्ने भएपछि उत्साहित छौँ’, उनले भने।

दुई लेनको मदन भण्डारी राजमार्ग मेची खोलादेखि सुनसरीको धरान–चतरा, उदयपुरको गाईघाट–कटारी, सिन्धुलीको सिन्धुलीमाढी, मकवानपुरको हेटौंडा, नवलपरासीको गैंडाकोट, पाल्पाको रामपुर, गुल्मीको रिडी–तम्घास, प्युठानको बागदुला–देवीस्थान, दाङको घोराही–तुलसीपुर–पुरनधारा, सुर्खेतको बोटेचौर–बड्डीचौर, डोटीको सिमचौर–बीपीनगर, कैलालीको सहजपुर–बुडर हुँदै डडेल्धुराको रुपालसम्म पुर्‍याउने काम भइरहेको छ।

सरकारको प्राथमिकतामा रहेकै कारण राजमार्गको कामले तीव्रता पाएको छ। कोशी प्रदेशका झापा, इलाम, मोरङ, सुनसरी र उदयपुर जिल्लालाई यसले छोएको छ।

राजमार्ग आयोजना कार्यालयले सातवटा प्याकेजमा पूर्वीखण्डको ९५ दशमलव आठ किलोमिटर सडक निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाएको छ ।

पहिलो खण्ड सर्दु–भलुवाको २४ दशमलव आठ किलोमिटर सडक रु ९३ करोड ३३ लाखमा ठेक्का लागेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलले बताए ।
यस्तै दोस्रो खण्ड भलुवा खोला–बेलडाँगीको २८ किलोमिटर सडक एक अर्ब चार करोडमा ठेक्का लागेको छ । यी दुवै खण्डका लागि २०७८ असारमा ठेक्का सम्झौता भएको थियो । दुवै ठेक्काको म्याद म्याद २०८१ पुससम्म थपिएको छ । यस अवधिमा पहिलो खण्डको भौतिक प्रगति ६५ प्रतिशत तथा वित्तीय प्रगति ५० प्रतिशत भएको प्रमुख खकुरेलले बताए।

यसैगरी दोस्रो खण्डको काम ५३ प्रतिशत तथा वित्तीय प्रगति ५१ प्रतिशत भएको छ। ‘सरकारले न्यून बजेट उपलब्ध गराएका कारण काम सुस्त गतीमा भइरहेको  छ, सोचेअनुरूप प्रगति गर्न सकिएको छैन’, प्रमुख खकुरेलले भने।

दैनिकजसो हजारौँको संख्यामा सवारी साधन ओहोरदोहोर हुने उक्त राजमार्गमा होटल व्यवसायका साथै अन्य व्यवसाय पनि उत्तिकै फस्टाएको छ।

केराबारी व्यापार प्रबन्ध समितिका अध्यक्ष किशन साही मदन भण्डारी राजमार्गका कारण स–साना बजार पनि व्यापारिक केन्द्र बन्न थालेका बताउँछन्। –रासस
अर्को समाचार
६ वर्षमा आधा मात्र प्रगति, तीन वर्ष म्याद थप्न प्रस्ताव
१४ वैशाख २०८१
•
३ मिनेट पाठ
६ वर्षमा आधा मात्र प्रगति, तीन वर्ष म्याद थप्न प्रस्ताव
फाइल तस्वीर
पूर्व झापादेखि पश्चिम डडेलधुरासम्म चुरे क्षेत्र (भित्री मधेस)मा बसोबास गर्ने जनतालाई सहज यातायात सुविधा प्रदान गर्ने उद्देश्यबाट ६ वर्षअघि सुरु गरिएको मदन भण्डारी राजमार्ग आयोजनाको प्रगति ६ वर्षमा आधा मात्र पुगेको छ। समयमा आयोजनाको काम पूरा नहुने निश्चित भएको छ भने भइरहेको काम पनि सुस्त छ।




आयोजना प्रमुख दीप बाराहीका अनुसार आयोजनाले थप तीन वर्ष म्याद थप गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पठाएको छ। पठाइएको प्रस्तावलाई मन्त्रालयले स्वीकृति जनाएमा २०८५ साल असार मसान्तसम्म मात्र आयोजना पूरा हुने भएको छ।

‘बन, जग्गामा विवाद, बजेट अभाव, कोरना महामारीलगायतका विभिन्न कारणले तोकिएको समयभित्र यस आयोजनाको काम पूरा हुन सकेन,’ बाराहीले भने, ‘अहिलेसम्म आयोजनको समग्र भौतिक प्रगति करिब ५२ प्रतिशत र वित्तीय प्रगति ४८ प्रतिशत पुगेको छ।’

ठेकेदारलाई दिने पैसा अर्थ मन्त्रालयले निकासा नगरेकाले वित्तीय प्रगति भौतिकभन्दा कम देखिएको उनको भनाइ छ।

२०७५ जेठ ६ देखि आयोजनाको काम सुरु गरिएको थियो। सुरुमा २०८२ असार मसान्तभित्र आयोजनाको सबै काम पूरा गर्ने लक्ष्य राखिएको थियो। तर समयमा काम हुन नसक्दा अबको एक वर्षभित्र सबै काम पूरा हुने सम्भावना छैन। आयोजनाका अनुसार अहिलेसम्म करिब ३६ अर्ब रूपैयाँ खर्च भइसकेको छ।

चालु आर्थिक वर्षमा मात्र आयोजनाका लागि दुई अर्ब ५५ करोड रूपैयाँ छुट्टयाइएको छ। त्यसमध्ये अहिलेसम्म एक अर्ब ९४ करोड रूपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ। आयोजनाको कुल लागत ७५ अर्ब रूपैयाँ पुग्ने अनुमान गरिएको छ।

आयोजनाका अनुसार राजमार्ग झापाको बाहुनडाँगीदेखि सुरु भएर डडेलधुराको रूपालसम्म पुग्ने छ। त्यस बेलासम्म यस राजमार्गको कुल लम्बाइ एक हजार तीन सय ९० किलोमिटर हुनेछ। त्यसमध्ये सात सय ४० किलोमिटर दुरी मदन भण्डारी राजमार्गले मात्र छुनेछ।

‘राजमार्गको कुल लम्बाइ एक हजार तीन सय ९० भए पनि केही ठाउँमा यो अन्य राजमार्गसँग जोडिएको छ। अन्य राजमार्गसँग जोडिएको लम्बाइ घटाई मदन भण्डारी राजमार्गलाई मात्र जोड्ने हो भने यसको लम्बाइ सात सय ४० किलोमिटर हुनेछ,’ आयोजनाका इन्जिनियर कृष्णबहादुर कँुवरले भने।

उनका अनुसार राजमार्गको कुल लम्बाइमध्ये तीन सय १७ किलोमिटर बाटोमा अहिलेसम्म कालोपत्र भइसकेको छ। चार सय ५४ किलोमिटर दुरीमा कालोपत्र गर्न ठेक्का सम्झौता भइसकेको छ भने बाँकी दुई सय ८६ किलोमिटर दुरीमा ठेक्का सम्झौता हुन सकेको छैन। बजेट अभावमा सबै ठाउँमा ठेक्का सम्झौता हुन नसकेको आयोजनाले जनाएको छ।

राजमार्गमा निर्माण हुने एक सय ८५ वटा पुलमध्ये अहिलेसम्म एक सय २७ वटा बनिसकेका छन्। करिब एक सय ८० वटा पुल बनाउन ठेक्का सम्झौता भइसकेको छ। बाँकी करिब २५ वटा पुलको ठेक्का सम्झौता नभएको आयोजनाले जनाएको छ। राजमार्गले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम गरी ६ वटा प्रदेशलाई पूर्व–पश्चिम राजमार्गसँज जोड्ने भएको छ।

यसैगरी, यसले झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी पूर्व, पाल्पा, गुल्मी, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, डोटी, कैलाली र कञ्चनपुर गरी १८ वटा जिल्लाई जोड्नेछ। यस आयोजनाबाट ८४लाख ३३ हजार नागरिक प्रत्यक्ष्य लाभान्वित हुने अनुमान गरिएको छ। यस आयोजनाले चुरेको वन क्षेत्र भन्दा तल रहेका क्षेत्रमा औद्यौगकि तथा आर्थिक विकासमा टेवा पुर्‍याउने अनुमान गरेको छ। सरकारले यस आयोजनालाई राष्ट्रिय प्राथमिक आयोजनाको रूपमा राखेको छ। तर काम भने निकै ढिलो भइरहेको छ।
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस