कफीखेतीबाट वार्षिक १३ लाख आम्दानीः ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’
२९ फागुन २०८०
•
७ मिनेट पाठ
कफीखेतीबाट वार्षिक १३ लाख आम्दानीः ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’
इलामको माङसेबुङ गाउँपालिका–१ जगरमुखीका याम कार्की ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’ भन्ने प्रेरणाका स्रोत बनेका छन्। उनी बिहानदेखि बेलुकासम्म नै कृषि काममा व्यस्त देखिन्छन्। उनले ६० रोपनी क्षेत्रमा कफीको बिरुवा लगाएका छन्। विगत छ वर्षदेखि व्यावसायिक कफीखेती सुरु गरेका व्यवसायी कार्कीले सबै जग्गामा कफीखेती विस्तार गरेका छन्।




उनको बगानमा अहिले छ हजार कफीका बोट छन्। कफीका अधिकांश बोटले आम्दानी दिन थालेको छ। उनले कफीखेतीबाट वार्षिकरूपमा १३ लाखसम्म आम्दानी गर्दै आएका छन्। कफीको चेरी र बिरुवा बिक्रीबाट छुट्टाछुट्टैरूपमा आम्दानी लिँदै आएको उनको अनुभव छ।

वि.सं. २०७४ देखि ‘इलाम एग्रो फार्म’ दर्ता गरी उनी व्यावसायिक कफीखेती गर्दै आएका छन्। ‘विगत छ वर्षदेखि मैले आफ्नै निजी जग्गामा व्यावसायिक कफीखेती गर्दै आएको छु, अहिले अधिकांश बोटले आम्दानीसमेत दिन थालिसकेको छ’, उनले भने, ‘फ्रेस चेरी ए ग्रेड कफी प्रतिकिलो रु एक सय पाँच सम्ममा बिक्ने गरेको छ, सरदरमा वार्षिक रु सात लाखसम्म आम्दानी भइरहेको छ।’

‘अरविका’ नामक कफीखेती विस्तार गर्नभएका व्यवसायी कार्कीले बिरुवाबाट समेत मनग्य आम्दानी गरिरहेका छन्। उनले याममा बिरुवा बिक्रीबाट रु छ लाखसम्म आम्दानी हुने गरेको जानकारी दिए। ‘मेरो नर्सरीमा वर्षमा १५ देखि २० हजार बिरुवा उत्पादन हुन्छ, प्रतिबिरुवा रु ३० कार दरले नर्सरीबाटै बिक्री हुन्छ’, उनले भने, ‘बिरुवाबाट मात्र करिब रु छ लाख हात पार्ने गरेको छु।’ बिरुवा विभिन्न पालिका, वडा कार्यालय एवं फार्मले खरिद गरी लैजाने गरेको उनले बताए।

कफीखेतीका लागि प्रशस्त जमिन र उपयुक्त वातावरण भएकाले यसतर्फ किसानको मोह बढेको उनले बताए। ‘वनजङ्गलको आडैमा प्रशस्त खाली जमिनमा लगाइएका कफीका बिरुवाले हरभरा देखिन थालेका छन्’, उनले भने, ‘यसलाई हामी सामुदायिक अवधारणामा विभिन्न सङ्घसंस्था र वडा कार्यालयसँग समन्वय गरी गाउँपालिकाभरि विस्तार गर्ने योजना छ।’

कफीको मूल्य राम्रो पाइने र बिक्रीका लागि समस्या पनि नभएकाले किसानले अन्य पेसा छाडेर कफीखेतीतर्फ लागेको उनले बताए। उनले कफीसँगै व्यावसायिकरूपमा बाख्रापालन गर्दै आएका छन्। कफीखेतीका लागि चाहिने मल बाख्रापालनबाटै उपलब्ध हुने भएकाले दुवै व्यवसाय सँगसँगै लगेको उनको भनाइ छ।

माङसेबुङ गाउँपालिका–२ इभाङका किसान गणेश लिम्बूले पनि राम्रै अन्नबाली उत्पादन हुने जग्गामा व्यावसायिक कफीखेती विस्तार गरेका छन्। उनले २५ रोपनी जग्गामा दुई हजार पाँच सय बोट कफी लगाएका छन्। लगानी धेरै नपर्ने र मेहनत पनि खासै नपर्ने भएकाले चार वर्षदेखि व्यावसायिक कफीखेती सुरु गरेको उनले बताए।

‘चार वर्षदेखि कफीखेती सुरु गरेको मेरो बगानमा अहिले दुई हजार पाँच सय बोट पुगेको छ, यसलाई अझ विस्तार गरी १० हजार पुर्याउने लक्ष्य छ’, उनले भने, ‘पहिलो लटको बिरुवाले उत्पादन सुरु गरेको छ, यो वर्ष चार क्विन्टल उत्पादन भयो, आउँदो सालदेखि आम्दानी राम्रै हुने आशा बढेको छ।’ केटाकेटीले समेत काम गर्न सक्ने तथा दक्ष कामदार नचाहिने भएकाले अन्य खेतीभन्दा कफीखेती गर्न सहज हुने उनको अनुभव छ।

माङसेबुङ गाउँपालिका–१ तोभाङका छत्र कार्कीले चार वर्षदेखि कफीखेती गर्दै आएका छन्। व्यावसायिक रूपमा आफ्नै पाखा पखेरामा करिब पाँच सय कफीका बिरुवा लगाएका उनले राम्रो आम्दानी गरेको बताए। ‘मलजल र स्याहारसुसार पुग्यो भने रोपेको दुई वर्षदेखि नै आम्दानी दिन थाल्दोरहेछ, यो वर्ष रु ७० हजारजति आम्दनी भयो’, उनले भने, ‘यो सालदेखि अझ विस्तार गर्ने योजनामा छु।’ पहाडी क्षेत्रमा विगतमा भन्दा यो वर्ष कफीखेती राम्रो रहेको र किसान यस खेतीबाट सन्तुष्ट भएको उनको भनाइ छ।

माङसेबुङ गाउँपालिका–२ काब्राबोटेका पृथीमान जवेगूले पनि पाँच सय कफीका बिरुवा रोपेर व्यावसायिक कफीखेती सुरु गरेका छन्। पहाडी क्षेत्रको चिसो ठाउँमा कफी लगाउन सकिने र कफीबाट किसानले मनग्य आम्दानी लिन सफल भएपछि आगामी वर्ष आफूले कफीखेती विस्तार गर्ने योजना रहेको उनको भनाइ छ।

माङसेबुङ गाउँपालिका–१ का गजुरमुखी, नाङरुङ, तोभाङ र वडा नं.२ का इभाङ, डाँडागाउँ, काब्राबोटे गाउँका तीन सय ५० जना किसानले व्यावसायिक कफीखेती गर्दै आएका छन्। पहाडी भेगका गाउँमा कफीखेती गर्ने किसान बढ्दै गएका छन्। उनीहरूले खेतबारीमा अन्नबाली लगाउन छाडेर कफी रोपेका छन्। सामान्य कफीखेतीबाट सुरु गरेका किसानले अहिले व्यावसायिक कफीखेती सुरु गर्न थालेका छन्। उत्पादन राम्रो हुँदै गएकाले किसान कफीखेतीतर्फ दिनप्रतिदिन आकर्षित बन्दै गएका हुन्। माङेबुङ गाउँपालिकाभर छ हजार क्षेत्रमा ६० हजार कफीको बिरुवा रोपिएको गाउँपालिकाको तथ्याङ्क छ।

कम मेहनत र थोरै लगानीमा नै मनग्य आम्दानी हुन थालेपछि किसान व्यावसायिक कफीखेतीमा आकर्षित भएका हुन्। खेतबारीमा अन्नबाली लगाउने जनशक्ति अभाव र लगाएको अन्नबाली पनि बाँदरले खाइदिने समस्याले अधिकांश किसानले व्यावसायिक कफीखेती सुरु गरेका छन्। बाँझो पाखा पखेरामा समेत हुने भएपछि किसानले व्यावसायिक कफीखेती सुरु गरेका हुन्। उनीहरूले व्यावसायिक कफीखेती गरी लाखौँ आम्दानी लिइरहेका छन्। उनीहरूले खेतीयोग्य जमिन मासेरसमेत व्यावसायिक कफीखेती गर्दै आएका हुन्। यहाँका किसानले ‘अरविका’ जातका कफीखेती गर्दै आएका छन्।

किसानलाई अहिले बजार र यातायातको पनि कुनै समस्या छैन। घरैबाट सहजैरूपमा बिक्री गर्न पाउँछन्। घरघरमा गएर व्यापारीले कफी किन्ने गरेका छन्। बगानमै मोलतोल गरेर व्यापारीले किन्ने गरेकाले किसानलाई उत्पादन बजारसम्म पुर्याउने झन्झट छैन।  स्थानीयस्तरमा नै कफी प्रशोधन उद्योग स्थापना भएपछि किसानले कफीको मूल्य राम्रै पाएका छन्। त्यस क्षेत्रका किसानले उत्पादन गरेको कफी व्यापारीमार्फत काठमाडौँमा जाने गरेको छ।

कफी प्रशोधन उद्योगले बजारीकरणमा सहज

गाउँमा व्यावसायिक कफीखेती विस्तार भएसँगै माङसेबुङ गाउँपालिका–१ का किसान याम कार्कीले गाउँमै कफी प्रशोधन उद्योग स्थापना गर्नुभएको छ। उनले ‘इलाम एग्रो फार्म’मार्फत उद्योग स्थापना गरेपछि किसानलाई सहज भएको छ। उत्पादित कफीको बजारीकरण उद्योगले नै गर्ने भएपछि किसानले बजारीकरणको समस्या भोग्नुपरेको छैन। स्थानीयस्तरमै प्रशोधन भएर बजारीकरण हुने भएकाले किसानले कफीको मूल्यसमेत राम्रो पाएका छन्।

बजारीकरणका लागि अन्तरराष्ट्रिय सञ्जालमा जोडिएकाले किसानको घरघरमा आउने र बजारीकरणको सुनिश्चित रहेको कार्कीले बताए। ‘कफीको बिरुवाका लागि आफैँ नर्सरी गरेर बिक्रीवितरण गर्ने गरेको छु, उत्पादित दाना सङ्कलन गरेर बजारीकरणमा सहयोग गर्ने गरेको छु’, उनले भने, ‘किसानले उत्पादन गरेको कफी नबिक्ने चिन्ता छैन, काठमाडौँ र पोखरालगायत ठूला सहरबाट माग आउने गरेको छ, अहिले माग पनि पुर्याउन सकिएको छैन, जति उत्पादन भए पनि हामी उठाउँछौँ।’ किसानलाई अनलाइनमार्फत नै भुक्तानीको व्यवस्था गरिएकाले थप सहज भएको उनको भनाइ छ।

उनको फार्ममा दुई स्थायी र छजना सिजनेबल कामदारले रोजगारी पाएका छन्। आफू र आफ्नो परिवारका सदस्यबाहेक आठजना कामदारलाई रोजगारी दिएको उनले बताए। ‘फार्ममा हामी आफैँ पनि खट्ने गरेका छौँ, त्यसबाहेक दुई स्थायी र छजनालाई सिजनेबल कामदारका रूपमा रोजगारी दिएको छु’, उनले भने, ‘आफू स्वरोजगार भई अरुलाई समेत रोजगारी दिन पाउँदा खुसी लागेको छ।’बेरोजगार युवा विदेशिने क्रम रोक्न र गाउँघरमा नै बसेर भए पनि स्वरोजगार बन्न कृषि व्यवसाय प्रवर्द्धन गर्ने लक्ष्यका साथ कृषि व्यवसायमा लागेको उनको भनाइ छ।

जिल्लाका अधिकांश क्षेत्रमा ‘अरविका’ जातको कफी लगाइएको छ। कफीको पाकेको दाना (चेरी) किसानबाट प्रतिकिलो रु एक सय पाँच, प्रशोधन गरिएको (पार्चमेन) प्रतिकिलो रु पाँच सयदेखि रु छ सयसम्ममा करोबार हुने गरेको छ। पूर्ण प्रशोधन वा धुलो बनाउन बाँकी रहेको कफी प्रतिकिलो रु एक हजार आठ सयका दरले बिक्री हुने गरेको छ। धुलो बनाउँदा प्रतिकिलो रु दुई हजार दुई सय ५० का दरले कफी बिक्री हुने गरेको छ।

व्यावसायिक कफीखेती गर्ने किसानलाई प्रवर्द्धन गर्न माङसेबुङ गाउँपालिकाले अनुदान दिन थालेको छ। गाउँपालिकाले अनुदान दिन थालेपछि व्यावसायिक कफीखेती विस्तारमा किसान आकर्षित भएका छन्। कफी उत्पादनमा वृद्धि गराउने उद्देश्यले माङसेबुङले कफीखेती किसानलाई सोझै अनुदान रकम दिन थालेको हो। माङसेबुङ गाउँपालिकाले ५० किलो वा सोभन्दा धेरै कफीको पाकेको दाना (चेरी) उत्पादन गरेका किसानलाई प्रतिकिलो रु २० का दरले अनुदान उपलब्ध गराउँदै आएको छ।

किसानले जति धेरै उत्पादन गर्छ, त्यति नै धेरै प्रोत्साहन अनुदान पाउने व्यवस्था गरिएको माङेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए। माङसेबुङ गाउँपालिकाले गत वर्ष कफीमा ३४ जना किसानले रु एक लाख १६ हजार आठ सय ९० प्रोत्साहनबापत अनुदान पाएको गाउँपालिकाले जनाएको छ। रामकुमार लिम्बू/रासस
अर्को समाचार
इलाममा किन हार्‍यो त रास्वपा?
२५ वैशाख २०८१
•
६ मिनेट पाठ
इलाममा किन हार्‍यो त रास्वपा?
नेपाली कांग्रेस/नेकपा एमाले जस्ता स्थापित शक्तिका लागि इलाममा भएको उपनिर्वाचन ज्यादा अर्थपूर्ण भएन। एमालेका उम्मेदवारले जिते, कांग्रेसकाले हारे, भएको त त्यही हो।




यत्तिले मात्र जनताको मनको आँधीलाई राम्रोसँग झल्काउँदैन। यी दुवै पार्टी सदाझैँ प्रतिस्पर्धी रहे/भए। विगतको विरासत हेर्दा एमालेले आफ्नो दाबी गर्ने इलामको यो क्षेत्रमा माओवादीसमेतको समर्थनमा जित हात पार्नु उसका लागि पनि चमत्कारको कुरा भएन। इलाममा प्रायः दोस्रो रहने कांग्रेस दोस्रो नै रह्यो। उसले पनि आत्तिनुपर्ने वा मात्तिनुपर्ने कारण भएन। दुवै पार्टीको केही हजार तल, केही हजार माथि हुने हो। भएको हो। त्यसले गणितमा त प्रभाव पार्‍यो तर त्यसले राजनीतिक परिदृश्यमा कुनै खास संकेत दिएको मान्न सकिन्न।

एमालेको मतदाताले सुहाङलाई हेरेको पक्कै हैन, मत अन्त दिने स्थिति नभएपछि दिएको एमालेलाई नै हो। यत्ति हो कि एमाले नेतृत्वलाई चाहिँ सुहाङ त्यहाँ भइदिएकाले उम्मेदवार छान्न सजिलो भएको हो।
मान्छेले युवाको कुरा गरेको वा जातीय प्रभावको कुरा गरेको देख्छु। कांग्रेसले खड्काको ठाउँमा कुनै तन्नेरी लिम्बूलाई नै उठाएको भए पनि त्यत्तिको भरमा ज्यादा फरक पथ्र्यो भन्ने कुरामा म सहमत छैन। यसैगरी सधैंझैं ‘मुढा कांग्रेस’ भन्ने भाष्य पनि बनेकै छ, नौलो भएन। त्यसैगरी सुहाङ नेम्वाङको ठाउँमा एमालेले जसलाई उठाएको भए पनि सामान्यतः एमालेले जित्ने नै थियो भन्ने देखिन्छ।

सुहाङलाई बाबुको विरासत र सहानुभूतिको भोट आएको वा उनले युवा भएकाले जितेको भन्ने तर्क पनि वास्तविकताको त्यत्ति नजिक देखिन्न। लिम्बू त अरू पनि थिए, युवा उम्मेदवार अरू पनि थिए। एमालेको मतदाताले सुहाङलाई हेरेको पक्कै हैन, मत अन्त दिने स्थिति नभएपछि दिएको एमालेलाई नै हो। यत्ति हो कि एमाले नेतृत्वलाई चाहिँ सुहाङ त्यहाँ भइदिएकाले उम्मेदवार छान्न सजिलो भएको हो।

पहिचानवादी भनिएका डेकेन्द्र थेगिम स्वतन्त्ररूपमै चुनाव लडे पनि पहिचानको आन्दोलनमा लागेका शक्ति र अझ धरानका चर्चित मेयरको समेत समर्थन उनका लागि एउटा निकै अर्थपूर्ण र जबर्जस्त कुरा थियो। मान्छेले उनले ल्याएको ११ हजार माथिको मतलाई ठूलो उपलब्धि भनेका छन्।

यद्यपि ७० वर्ष पुराना पार्टीसँग चुनाव लडेको एक वर्ष पुरानो रास्वपाको के कस्तो मूल्यांकन गर्ने ? तर यहाँनिर जनताको राजनीतिक मनोविज्ञान र अभिलाषाको कोणबाट विषयलाई हेर्नु जरुरी हुन्छ।
पहिचानवादीहरूको असन्तुष्टिको पृष्ठभूमि र हर्क साम्पाङलगायतको जोडबलमा आएको यो मत उस्तो ठूलो उपलब्धि होइन। दुई–अढाइ हजार मत पहिचानको समर्थकबाट, त्यस्तै त्यस्तै मत हर्कको नाममा, दुई अढाइ हजार कांग्रेस/एमालेबाट बिच्कनेको मत र परिवर्तनका लागि भोट दिन उद्यत र त्यसका लागि रास्वपा विकल्प नहुने देखेपछि बदलिएको मतसहित जसोतसो मुढाले त्यति मत ल्यायो। कुन खास विचारणीय कुरा भयो र?

यो चुनाव, चुनाव जस्तो भएको नै रास्वपाका कारण हो भन्नेमा त शायद कसैको दुईमत नहोला। यद्यपि ७० वर्ष पुराना पार्टीसँग चुनाव लडेको एक वर्ष पुरानो रास्वपाको के कस्तो मूल्यांकन गर्ने ? तर यहाँनिर जनताको राजनीतिक मनोविज्ञान र अभिलाषाको कोणबाट विषयलाई हेर्नु जरुरी हुन्छ।

 कतिलाई त यो अपत्यारिलो भयो, झट्का नै लाग्यो। पार्टी उत्थानको पृष्ठभूमि, यसपछाडि जनताको प्रचण्ड आशा र रवि लामिछानेको आक्रामक व्यक्तित्वका कारणले त्यो सब भयो।
केही महिनाअघिको उपनिर्वाचनमा चितवन र तनहुँमा डाँडाकाँडा ढाकेको रास्वपाको मत देख्नेहरू केहीलाई त इलाममा खस्ने ७० हजार मतमा ६० हजार नै रास्वपाको पोल्टामा जाने हो कि भन्ने लागेको देखिन्थ्यो। अरू त अरू, कांग्रेसले समेत रास्वपालाई मुख्य प्रतिद्वन्द्वी जस्तो मानेर चुनावी अभियान अघि बढाएको कुरा चाखलाग्दो थियो।

यो चुनाव रास्वपाका लागि उसको जीवनमा नामकरण, अन्न–प्राशन जस्तै महत्त्वपूर्ण थियो र यसलाई सफल पार्न उसले गर्न सक्ने जति कुनै कुरा गर्न बाँकी पनि राखेन। पार्टीको सारा बल इलाममा परिचालित थियो तर पनि युवा मिलन लिम्बूले जमानत जोगाउन सकेनन्। कतिलाई त यो अपत्यारिलो भयो, झट्का नै लाग्यो। पार्टी उत्थानको पृष्ठभूमि, यसपछाडि जनताको प्रचण्ड आशा र रवि लामिछानेको आक्रामक व्यक्तित्वका कारणले त्यो सब भयो।

तर जनता उनको कुरामा चार खत माफ दिने जस्तो देखिएकै हुन्–सोसल मिडियामा या जताततै। उनका लागि छुट्टै, अरूका लागि छुट्टै कानुन बनाए पनि स्वीकार्ने जस्तो चेस्टा एउटा ठूलो तप्काले देखाएकै हो। 
रास्वपाले जनताले युवा खोज्छन् भनेर युवा नै उठायो, लिम्बू खोज्छन् भनेर लिम्बू नै उठायो, माओवादीको मत पनि तान्न सकियोस् भनेर पूर्वमाओवादीकै कार्यकर्तालाई उठायो। उसले जाने बुझे जति, सक्ने जति गर्‍यो। सबै गर्‍यो तर जनताको मनले अरू थोक नै खोजेको उसले बुझेको देखिएन। कतिले रास्वपाको उम्मेदवार ठीक भएन पनि भन्लान् तर रास्वपाको दयनीय मत परिणामका लागि उम्मेदवार छनोट कुनै कारण हो जस्तो देखिन्न।

कतिपयले सहकारी प्रकरणले रविलाई वा यसपालि रास्वपालाई डुबायो पनि भन्छन्। झट्ट हेर्दा यो दह्रो तर्क जस्तो देखिन्छ। गहिरो गरेर हेर्‍यो भने यो नै पनि मूल कारण हो जस्तो देखिन्न । रविलाई पासपोर्टदेखि अनेक कुराको आरोप त अघिल्लो चुनावअघिदेखि नै लागेकै हो। तर जनता उनको कुरामा चार खत माफ दिने जस्तो देखिएकै हुन्–सोसल मिडियामा या जताततै। उनका लागि छुट्टै, अरूका लागि छुट्टै कानुन बनाए पनि स्वीकार्ने जस्तो चेस्टा एउटा ठूलो तप्काले देखाएकै हो। 

पहिलोमा त नेपाली जनताको उग्र निराशा, वेदना, र असन्तुष्टि थियो–राज्यको काम गराइप्रति, अरू देशको तुलनामा आफ्नो देशको विकास र व्यवस्थाप्रति, भ्रष्टाचारप्रति, अन्यायप्रति, भेदभावप्रति, सुशासनप्रति। यी कुराका प्रति सशक्त वाणी दिएर रवि लामिछानेले आफ्नो पहिचान बनाएका थिए। 
त्यस अर्थमा रवि भाग्यमानी पनि हुन्। त्यसैले म यसलाई पनि रास्वपाको हारको मुख्य कारण जस्तो देख्दिन। नेपालको प्रचण्ड जनमत दुइटा कुराका लागि रवि र रास्वपाको पछि दौडेको थियो। इलामको उपनिर्वाचनले प्रष्टै देखायो कि जनताको त्यो आशा रवि र रास्वपाले पूरा गरेको वा पूरा गर्ने दिशामा, मनोदशामा वा क्षमतामा त्यो पार्टी नरहेको भन्ने निर्क्यौल जनताले निकालेका देखियो।

पहिलोमा त नेपाली जनताको उग्र निराशा, वेदना, र असन्तुष्टि थियो–राज्यको काम गराइप्रति, अरू देशको तुलनामा आफ्नो देशको विकास र व्यवस्थाप्रति, भ्रष्टाचारप्रति, अन्यायप्रति, भेदभावप्रति, सुशासनप्रति। यी कुराका प्रति सशक्त वाणी दिएर रवि लामिछानेले आफ्नो पहिचान बनाएका थिए। 

नीतिगत परिवर्तन र देश रूपान्तरणको कुरामा उसको भिन्न आवाज र पदचाप जनताले सुनेन। बरु आफैँले चिच्याइ चिच्याइ विरोध गरेको पुराना पार्टीसँग सत्ता मोलमोलाइ गरेको देखेपछि जनता आंफूले पात्र र प्रवृत्ति चिन्न नसकेको निर्क्यौलमा पुगेका देखिन्छ।
जनता यी कुराको अझ सशक्त भण्डाफोर चाहन्थे। विद्यमान प्रणाली र प्रक्रियालाई हरेक मोर्चामा रास्वपाले चुनौती दिनेछ भन्ने आशा गर्थे। तर एक वर्षमा रास्वपाले त्यस्तो ल्याकत देखाएन, कमसेकम जनताले चाहेजसो गरी उसले त्यो गरेन। सडक, सदनमा सामान्य विरोध त प्रतिपक्षी पार्टी हुँदा सबैले गरेकै हो। त्यस्तो परम्परागत विरोधको शैलीबाट जनता रास्वपासँग खुसी भएनन्।

दोस्रोमा रास्वपाले कामको पनि खुबै कुरा गरेको थियो। सरकारमा महत्त्वपूर्ण हिस्सा लिएर रहँदा पनि गति देखाउन सकेन। नीतिगत परिवर्तन र देश रूपान्तरणको कुरामा उसको भिन्न आवाज र पदचाप जनताले सुनेन। बरु आफैँले चिच्याइ चिच्याइ विरोध गरेको पुराना पार्टीसँग सत्ता मोलमोलाइ गरेको देखेपछि जनता आंफूले पात्र र प्रवृत्ति चिन्न नसकेको निर्क्यौलमा पुगेका देखिन्छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस