प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र–२ बाट झिनो मतले पराजित सुरेश पन्थको ध्यान कृषि कर्मले तानेको छ। उनी सुन कागतीको वृहत् खेती, माछापालन र पाडो पाल्ने ध्याउन्नमा छन्। कागती उत्पादन गरेर देशलाईनै आत्मनिर्भर बनाउने अठोट पन्थको छ।
पन्थ यत्तिकैमा रोकिने वाला छैनन्। उनको पाइपलाइनमा सबै प्रकारका तरकारी, अधिकांश फलफूल, मोरिगां, थारु आलु, काँडे बाँसलगायतका बिरुवा र बिउ उत्पादन योजना पनि छन्। यी योजना पनि सँगसँगै कार्यान्वयन गर्दै छन्।
हिजोआज उनी मधुवन र गुलरिया नगरपालिकामा स्थापना गरिएका कृषि फर्ममा व्यस्त छन्। राजनीतिलाई उत्पादनसँग जोड्ने उद्देश्यले कृषि कर्ममा लागेको नेकपा माओवादी केन्द्रका नेता पन्थको भनाई छ।
गुलरिया–४ स्थित चौगुर्जी गाउँको बाझो ३४ बिगाहा जमिनमा सुन कागतीको विस्तारसँगै माछा पालन र अर्ग्यानिक मल उत्पादनका लागि पाडा पाल्न थालिसकेका छन्।
उक्त जमिन लिजमा लिएर सुरु गरिएको कृषि फर्ममा सुन कागती विस्तारसँगै माछा पालन र अर्ग्यानिक मल उत्पादनका लागि फर्ममा खोर निर्माण कार्य भइरहेको छ।
चार वर्ष अघि मधुवनमा कृषि कर्म सुरु गरेका उनले ठुलो क्षेत्रफलमा सदरमुकाम गुलरिया नजिकैको बाँझो जग्गा लिजमा लिएर कृषि फर्म विस्तार गरेका हुन। गुलरियाको फर्ममा लगाइएका कागतीमा फुल फुल्न सुरु भएको छ। ३४ बिघाहामध्ये माछापालनको लागि १२ बिघाहा छुटाएर सरसफाइ गरिएको छ भने पाडा पाल्नका भौतिक पूर्वाधार निर्माणको चरणमा छ।
मधुवनमा उनको आफ्नो जग्गामा लगाएका कागतीको बोटमा बतिला कागती देखिन थालेका छन्। हाईटेक नर्सरीमा बिरुवा उत्पादन गरेर सिजनल तरकारी उत्पादन गर्नका लागि उनको प्रयास जारी छ।
यसवर्ष स्थानीय जातको थारु आलु उत्पादन गरेर थन्काएपछि फर्ममा रोपेका लसुन, प्याज, काँक्रा, भिण्डी, टमाटरका बिरुवा समेत कृषि फर्ममा हुर्कँदै छन्।
‘यस वर्ष उत्पादनको भएको स्थानीय थारु आलुलाई बिउँको लागि राखेको छु’, उनले नागरिकन्यूजसँग भने, ‘आउने सिजनमा स्थानीय थारु आलु भारी मात्रा उत्पादन गरेर यही फर्मबाट बिक्री हुन्छ।’
सरकारले गरेको लकडाउन घोषणासँगै कृषिमा लगानी गर्न पर्ने नयाँ जुक्ति फुरेको पन्थ बत्ताउँछन्। ‘गाउँमै बस्छु ,कृषि कर्म गर्छु, भूगोलको मायाले लगानी गर्न मन लागेको हो’, उनले भने, ‘मधुवनमा सुरु गरेको कृषि फर्म र गुलरिया लिजमा लिएको कृषि फर्मलाई विभिन्न कोणबाट विज्ञको सल्लाह अनुसार विस्तार गरिरहेको छु।’
नयाँ ढङ्गबाट काम गर्ने सोच बनाएका उनले सुरुवातमा पाँच बिगाहामा कागती खेती गर्ने सोच बनाएर अघि बढेका थिए। विज्ञको सहयोगमा माटो परीक्षण गर्दा कृषि कर्मबाट लाभ लिन सकिने देखिएको पन्थले योजना सुनाए। कृषि ईच्छाले गर्दा घाटा ब्यहोर्न परेको उल्लेख गर्दे शिक्षाले गरिएको कृषिबाट दीर्घकालीन रूपमा लाभ लिन सकिने र सफल हुनेमा उनले विश्वास व्यक्त गर्छन्।
धनकुटा कृषि अनुसन्धानबाट केन्द्रबाट टिस्यु कल्चर गरिएका सुन कागतीको बिरुवा ल्याएर हजारौँ बिरुवा बाँझो खेतमा लगाएका हुन। कृषि कर्म बिस्तार गर्न मोरिगां (शीतल चिनी) लागाउने उनको थप योजना छ।
जङ्गली जनवारबाट पीडित किसानलाई लाभ हुने काँडे बाँस लगाउनका लागि हाइटेक नर्सरीमा उनले बाँसको बिरुवा उत्पादन सुरु गरेका छन्। अघिल्ला वर्षमा कागतीसँगै मेवा खरबुजा लगाएको उनी बताउँछन्। नेपालमा कागतीको माग उच्च भएकाले कागती खेतीबाट प्रभावित भएको उनले बताए।
लकडाउन अवधिमा कृषिमा लगानी गर्दा पश्चिम क्षेत्रमा समावेशी कृषि फर्म उदाहरणीय भएको उनी दाबी गर्छन्। बिरुवा उत्पादनको लागि सुविधा सम्पन्न टनेल हाउस निर्माण गरेका उनले बिरुवा उत्पादन सुरु गरेर ठुलो क्षेत्रमा कृषि कर्मलाई बिस्तार गर्ने उनको लक्ष्य छ।
लकडाउनमा पाँच बिगाहा क्षेत्रफलमा कागती लगाएर नमुना काम गरेको चर्चा बटुलेका उनको कृषि फर्ममा सबै बिरुवा सप्रिँदै, फुल्दै र फल्दै छन्। जग्गा बाहेक कागती हुर्काउन पन्थले धेरै लगानी गरेका छन्। उनले कागतीमा मात्र तीन करोड रुपैयाँ लगानी भइसकेको दाबी गरे।
कृषि कर्मबाट देशमै पिछडिएको यस क्षेत्रलाई कृषिको माध्यमबाट चिनाउने उनको धोको छ। ‘म आफू मात्र व्यस्त नभएर सङ्कटको अवस्थामा रोजगारी पाउँदा स्थानीय पनि खुसी भए’, उनले भने, ‘सानो सोच बनाएर कागतीमा रोपेको होइन, कृषि कर्ममा मैले भविष्य देखेको छु।’
देशलाई नै कागतीले आत्मनिर्भर गराउने उद्देश्यले कृषि क्षेत्र विस्तार गरिरहेको उनले सुनाए। ‘बर्सेनि तीन अर्ब बढीको कागती नेपाल भित्रिएको थाहा पाएपछि बल्ल मेरो आँखा खुलेको हो,’ उनले भने, ‘परम्परागत तरिकाले कृषि कर्मबाट फाइदा लिन नसकिएको हो, विज्ञको सल्लाह लिएर काम गरेकाले पक्कै सफल हुन्छु।’
फाइदा मात्र नसोचेर कृषि कर्म नगरेको उनी बताउँछन्। ‘यो मेरो पाइलट प्रोजेक्ट जस्तै हो,’ उनले भने, ‘कृषिमा आश्रित किसानले कृषि फर्मबाट सिक्ने मौका पाउँछन्, यस बाट अधिकांश किसान लाभान्वित हुने विश्वास लिएको छु।’
आजदेखि काठमाडौंमा सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा उनले लगानीका लागि कृषि, पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, जलविद्युत् र सूचना प्रविधिजस्ता क्षेत्र लगानीका लागि खुला रहेको उल्लेख गरेका हुन्।
प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका उनले शिखर सम्मेलनमा भएका छलफल र शिखर सम्मेलनका क्रममा आदानप्रदान हुने विभिन्न सहयोग र साझेदारीले नेपालमा थप लगानी प्रवाहका लागि मार्ग प्रशस्त हुने धारणा व्यक्त गरे।
‘नेपाल अझै पनि कम विकसित मुलुकमा पर्छ। हामीले विकासका ठूला चुनौतीहरूको सामना गरिरहेका छौं। हाम्रो देशमा विकासको प्रचुर सम्भावना छ, तर हामीसँग विकासका फाइदाहरू प्राप्त गर्न पर्याप्त पुँजी र उपयुक्त प्रविधिको अभाव छ’, सभापति देउवाले भने, ‘यस सन्दर्भमा यो उच्चस्तरीय कार्यक्रमको आयोजनाले विशेष महत्व राख्छ।’
कांग्रेसले नेपालमा आर्थिक सुधारको थालनी गरेको र सन् १९९० मा कांग्रेसकै सरकारले अर्थतन्त्रलाई उदारीकरण, निजी क्षेत्रलाई आमन्त्रण र विदेशी लगानीका लागि अनुकूल वातावरण सिर्जना गरेको उनले उल्लेख गरे। ‘त्यो छोटो अवधिमा हाम्रो सरकारले नीतिहरू पुनर्संरचना गर्यो, पुराना कानुन परिमार्जन गर् यो र नयाँ कानुन ल्यायो, सार्वजनिक खर्चलाई तर्कसङ्गत बनायो र उदार कर प्रणालीको थालनी गर्यो’, उनले भने।
सभापति देउवाले विदेशी लगानीका लागि खुला क्षेत्र, कर नीति र आम्दानी फिर्ता गर्ने सन्दर्भमा नेपालको लगानी व्यवस्था अहिले उदार रहेको जानकारी दिए। विदेशी लगानी नेपाल कानुन र हाम्रो देश पक्ष भएका विभिन्न अन्तर्राष्ट्रिय सन्धिद्वारा सुरक्षित रहेको अवगत गराउँदै उनले नेपाललाई लगानीको आकर्षक गन्तव्यका रूपमा प्रवद्र्धन गर्न सरकारले विभिन्न देशसँग द्विपक्षीय लगानी संरक्षण सम्झौता गर्न इच्छुक रहेको थाहा पाएको उल्लेख गरे।
‘लचिलो श्रम कानुन, युवा र ऊर्जावान् जनसंख्याको पर्याप्त हिस्सा भएको जनसांख्यिक लाभांश, बिजुलीको भरपर्दो आपूर्ति, स्थानीय कच्चा पदार्थको उपलब्धताले पनि यस क्षेत्रका अन्य उच्च ज्याला दिने देशहरूको तुलनामा उत्पादन लागत कम बनाउन योगदान पु¥याउँछ’, सभापति देउवाले भने, ‘हामीले सार्वजनिक–निजी साझेदारीअन्तर्गतका ठूला परियोजना र अन्य साना तथा मझौला आकारका लगानीका आयोजनाका लागि उद्योग विभागअन्तर्गतको लगानी बोर्ड समावेश गर्ने एकद्वार प्रणालीस्थापना गरेका छौं।’
उनले नेपालले कम्पनी दर्ताका लागि समय र ऊर्जा बचत गर्न र तुलनात्मकरूपमा छोटो अवधिमा सञ्चालनमा राख्न प्रक्रियालाई सुव्यवस्थित गरेको जानकारी गराए। सभापति देउवाले सबै प्रमुख राजनीतिक दलहरू नेपालमा वैदेशिक लगानी प्रवद्र्धन गर्न र लगानीसम्बन्धी प्रमुख मुद्दाहरूमा सहमति कायम गर्न एकजुट हुन प्रतिबद्ध रहेको स्पष्ट पारे।
‘प्रधानमन्त्रीका रूपमा मेरो कार्यकालमा हामीले महत्वपूर्ण सुधार लागू गर्यौं। विदेशी लगानी प्रवद्र्धन, पर्यटन प्रवद्र्धन, जलविद्युत्को सम्भाव्यता, उद्योग र कृषिको पुनरुत्थान गर्ने उद्देश्य राखेको थिएँ’, उनले भने, ‘सुधारका काम पूरा हुन नसकेकाले वर्तमान सरकारले सुधारका पहलहरूलाई निरन्तरता दिँदै निजी क्षेत्रका लागि थप अनुकूल वातावरण सिर्जना गर्ने विश्वास लिएको छु।’
मानिसको आम्दानीमा वृद्धिसँगै आन्तरिक बजार विस्तार हुँदै गएको र भौगोलिक निकटता र छिमेकी तथा अन्य साझेदारहरूबाट प्राप्त हुने सहुलियतपूर्ण व्यापारिक सुविधाका कारण बाह्य बजार पहुँचयोग्य रहेको उनको भनाइ छ। ‘हाम्रा दुई छिमेकी भारत र चीनले नेपालका लागि ठूलो बजार अवसर प्रदान गर्छन्। हामीसँग संयुक्त राज्य अमेरिका र यूरोपेली युनियनसँग पनि सहायक व्यापारिक सम्बन्ध छ’, उनले भने।
उनले आफू पूर्वप्रधानमन्त्री एवं सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसका सभापतिको हैसियतमा लोकतान्त्रिक ढाँचाअन्तर्गत आर्थिक विकासलाई अगाडि बढाउन बजार र निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उदार आर्थिक नीतिलाई पछ्याउने प्रतिबद्धता व्याक्त गरे।
सरकारले सामाजिक न्याय र नेपाली समाजका सबै खण्डको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न आफ्नो जिम्मेवारी नगुमाई लगानी र व्यवसायका लागि अनुकूल वातावरण सिर्जना गर्ने उनको भनाइ छ।
‘हामी लगानीका लागि तीव्र प्रतिस्पर्धाका युगमा बाँचिरहेका छौं। यसको अर्थ हामीले प्रोत्साहन र लगानी संरक्षण गर्न थप आकर्षक र प्रतिस्पर्धी हुन आवश्यक छ। पैसा त्यहाँ जान्छ जहाँ राम्रो व्यवहार गरिन्छ’, सभापति देउवाले भने, ‘आन्तरिक र बाह्य आर्थिक वातावरणमा आएको परिवर्तनको प्रकाशमा हाम्रो लगानी व्यवस्थालाई समायोजन गर्न सुसङ्गत र व्यावहारिक रूपमा सुधारको प्रयास जारी राख्छौं।’
उनले नेपालले विदेशी लगानीकर्ताप्रति भेदभावपूर्ण नीति नअपनाउने स्पष्ट पार्दै उनीहरूलाई राष्ट्रिय लगानीकर्तासँग समान व्यवहार गरिने र विदेशी लगानीकर्तालाई अतिथिको रूपमा स्वागत गर्ने उल्लेख गरे। नेपालमा वैदेशिक लगानी नाफामुखी रहेको भन्दै सभापति देउवाले यसका लागि प्रमाणित गर्ने भरपर्दो उदाहरण रहेको जानकारी गराए।
नेपालमा काम गर्ने केही बहुराष्ट्रिय कम्पनीले वर्षौंदेखि राम्रो लाभांश फिर्ता गर्न सक्षम भएको उनको भनाइ छ। ‘कृपया नेपाल आउनुहोस् र हाम्रो अर्थतन्त्रमा लगानी गर्नुहोस् जुन तपाईं र हाम्रा जनताका लागि फाइदाजनक हुनेछ। हामी तपाईंलाई पूर्ण सुरक्षा प्रदान गर्नेछौं र सुरुदेखि अन्त्यसम्म हाम्रो निरन्तर सहयोगको आश्वासन दिन्छौं’, उनले भने, ‘विकास र समृद्धिका लागि हाम्रो साझेदारीको कदर गर्नेछौं। नेपालको आर्थिक परिदृश्यलाई रूपान्तरण गर्ने प्रयासमा सहयोग गर्न तपाईंको योगदान उच्च मूल्यवान् हुनेछ। समय सार हो। नेपालमा अपार सम्भावना छ। मलाई विश्वास छ कि हाम्रो साझा प्रयासले हामी फरक पार्न सक्छौं।’–रासस
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...