विपन्नको स्वास्थ्यप्रति बेवास्ता, मेला–महोत्सवलाई प्राथमिकता
२७ माघ २०८०
•
४ मिनेट पाठ
विपन्नको स्वास्थ्यप्रति बेवास्ता, मेला–महोत्सवलाई प्राथमिकता
डुडुवा गाउँपालिकामा कुल जनसंख्या ४३ हजार ३९ छ। यसमध्ये करिब ९५ प्रतिशत नागरिक कृषिमा निर्भर छन् भने कुल जनसंख्याको झन्डै २५ देखि ३५ प्रतिशत नागरिक विपन्न छन्। यही विपन्न नागरिकको स्वास्थ्य सेवा उपलब्ध गराउन भने गाउँपालिकाले प्राथमिकता दिएको देखिँदैन। डुडुवाको बजेटमा हेर्दा विपन्नको उपचार सहायताभन्दा ठूला मेला, भण्डारा र सांस्कृतिक प्रवर्द्धनलाई बढी महत्व दिइएको छ।




यस खालको प्राथमिकताले स्थानीय सरकार जनताभन्दा कार्यकर्ता र आफन्तप्रति उत्तरदायी भएको भन्ने आरोप बेलाबेला वडाध्यक्षहरूले नै लगाउँदै आएका छन्। विपन्नको स्वास्थ्यसँग जोडिएको विषय छ, त्यसलाई सामान्य प्राथमिकता र कार्यकर्ता तथा आफन्तलाई खुसी तुल्याउन डुडुवाले कति महत्व दिएको छ भन्ने कुरा बजेट पुस्तकको सुशासन, संस्थागत विकास तथा सेवा प्रवाहअन्तर्गतको शीर्षक नम्बर एक र दुईले स्पष्ट पार्छन्।

जहाँ विपन्न नागरिकलाई बचाउने विषयमा विपन्न उपचार सहायताको शीर्षक दिई पाँच लाख रूपैयाँ विनियोजन गरिएको छ। यसलाई नै गिजोल्ने गरी दुई नम्बर बुँदामा ठूला मेला, भण्डारा र सांस्कृतिक प्रवद्र्धन शीर्षकमा त्यसको दोब्बर अर्थात् १० लाख रूपैयाँ विनियोजन गरिएको छ।

यसले स्पष्ट छ कि डुडुवा विपन्न नागरिकभन्दा मेला महोत्सवमा बढी उत्तरदायी छ। स्थानीय सरकार विपन्न नागरिकप्रति अझ बढी जिम्मेवार हुनुपर्ने हो। तर, माथि उल्लिखित बजेट प्राथमिकताले त्यस्तो देखिँदैन।

कार्यकर्ता रिझाउन मेला, महोत्सवका नाममा ठूलो बजेट विनियोजन भएको डुडुवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष मोहन मिश्रले बताए। मेला महोत्सवलाई प्राथमिकता दिएको र यहाँका जनताको स्वास्थ्यप्रति स्थानीय सरकार जिम्मेवार नभएको उनको भनाइ छ। ‘जनतालाई बिरामी हुन नदिन सुरुदेखि नै जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने हो,’ उनी भन्छन्, ‘जहाँ जनता बिरामी नै हुनु नपरोस्।’ सरसफाइ, खानपिनलगायत विषयमा जनचेतना फैलाए जनताका लागि औषधि नै खरिद गर्नुनपर्ने उनी बताउँछन्।

मेला, महोत्सव केका लागि गर्ने भनेर प्रश्न गर्दै उनले भने, ‘यहाँको उत्पादन, व्यापार बढाउनुसँगै बजारीकरण गर्ने हो भने आजसम्म यहाँ कुनकुन उत्पादन व्यावसायिक भए, यहाँका उत्पादनले कहाँको बजार पाए ? यसबाट यहाँका जनताले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? यसको लेखाजोखा हुनुपर्दैन ? कार्यकर्ता र आफन्त खुसी पार्ने नाममा यसरी बजेट अनुत्पादक क्षेत्रमा लगाउन मिल्छ ?’ यस्ता खालका नीति तथा कार्यक्रमको आफूहरूले विरोध गर्दै आएको उनी बताउँछन्। उपचार गर्न नसकेर वडामा आउने विपन्नलाई गाउँपालिकामा भन्दा सिधै भेरी अस्पतालमा सिफारिस गर्ने गरेको उनले बताए।

विपन्न वर्गको स्वास्थ्यलाई पालिकाले प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए। स्वास्थ्यसँग जोडिएका अरू कार्यक्रमले घरघरमा स्वास्थ्य सुविधा पुगेको दाबी गर्दै उनले भने, ‘जनताको मागअनुसार सबै धर्म, जातजाति, कला संस्कृतिको संरक्षणका लागि केही पैसा विनियोजन गरिएको छ।’ पछिल्लो समय ठूला मेला, भण्डारा र सांस्कृति प्रवद्र्धन गर्न आवश्यक रहेको उनको भनाइ छ।

विपन्नको उपचार सहायताका लागि विनियोजित रकम कम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरबहादुर सेजुवालले बताए। ‘गाउँसभाबाट विपन्नको उपचार सहायता रकम अलि बढी पारित गर्नुपथ्र्याे,’ उनले भने, ‘प्रायः दैनिक रूपमा विपन्न व्यक्ति सहायताका लागि आइराख्नुभएको हुन्छ। कसरी व्यवस्थापन गर्ने समस्या छ।’

विपन्न नागरिकका लागि पालिकाले बिरामीको स्वास्थ्य र आर्थिक अवस्था हेरेर पाँचदेखि २० हजार रूपैयाँसम्म सहयोग गर्नसक्ने डुडुवाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताए। त्यसभन्दा बढी आवश्यक भए संघीय र प्रदेश सरकारलाई आर्थिक सहायताका लागि सिफारिस गर्ने गरिएको छ।

संघ सरकारबाट एक लाख र प्रदेश सरकारबाट दुई लाख त्यस्ता बिरामीले आर्थिक सहायता प्राप्त गर्दछन्। ‘विपन्नको उपचार सहायता पाउन बिरामीको उपचार भएको कागजात र वडाको सिफारिसका आधारमा दिने गरेका छौं,’ उनले भने, ‘एक-दुई हजार भयो भने अध्यक्षको तोकादेशमा तुरुन्तै निकासा भइहाल्छ। यदि त्योभन्दा माथिको भयो भने कार्यपालिकाको निर्णयानुसार हुन्छ।’

योसँगै गाउँपालिकाले जनताको स्वास्थ्यका लागि घरघर स्वास्थ्य कार्यक्रम, ज्येष्ठ नागरिकसँग स्वास्थ्य गाउँपालिका अध्यक्ष कार्यक्रम सुरु गरेको छ। यसबाट यहाँका नागरिकको स्वास्थ्य परीक्षण र उपचारमा सहयोग हुने गरेको उनको भनाइ छ। यसका लागि डुडुवाले एक करोड ८० लाख रूपैयाँ विनियोजन गरेको छ। यसबाट यहाँका विपन्न समुदायले कति लाभ लिन सक्छन् भन्ने वडाध्यक्षहरूले आशंका भने व्यक्त गरिरहेका छन्।
अर्को समाचार
बालसुधार गृहमा कक्षा ८ सम्म पढाउन अनुमति
०४ चैत्र २०८०
•
२ मिनेट पाठ
बालसुधार गृहमा  कक्षा ८ सम्म पढाउन अनुमति
डुडुवा गाउँपालिका– ६ स्थित जयेन्दु बालसुधार गृहलाई विद्यालयको अनुमति दिन उच्च अदालतबाट परमादेश जारी भएको छ। अधिवक्ता वसन्त गौतमसहितका कानुन व्यवसायीले जयेन्दु बालसुधार गृहमा कम्तीमा पनि ८ कक्षासम्म विद्यालयको अनुमति पाउनुपर्ने दाबी गर्दै दायर गरेको रिटमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले अनुमति दिन बुधबार परमादेश जारी गरेको हो।




उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले जयेन्दु बालसुधार गृह बाँकेमा विद्यालय सञ्चालन स्वीकृति एवं अनुमति दिन डुडुवा गाउँपालिकासमेतका विपक्षीका नाममा परमादेशको आदेश गरेको बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक सरोकारका मुद्दामा वकालत गर्न गठित पीआइएलले जानकारी दिएको छ।

समूहका संयोजक सुनिलकुमार श्रेष्ठले स्वीकृत विद्यालय नहुँदा जयेन्दु बालसुधार गृहमा रहेका बालक शिक्षाको अधिकारबाट वञ्चित रहेकाले रिट दायर गरिएको बताए।

समूहका सचिव वसन्त गौतमले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष लोकबहादुर शाहले विद्यालय सञ्चालन स्वीकृति एवम् अनुमति दिने आदेश गरी पाउँ भनी एडभोकेसी फोरम नेपालका संयोजक संयोजक सार्वजनिक सरोकार कानुन व्यवसायी समूहका सचिव अधिवक्ता वसन्त गौतम, महिला कानुन र विकास मञ्चका संयोजक वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठ, अधिवक्ता लोकबहादुर शाह, अधिवक्ताद्वय विकास आचार्य, बलबहादुर चन्द, सूचना र मानव अधिकार अनुसन्धान केन्दका अध्यक्ष अधिवक्ता विश्वजित तिवारी, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अधिकृत विनोद पाण्डे, अधिवक्ता केवल सिंह थारुले संयुक्तरूपमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा मिति साउन ४ गते परमादेशको रिट दर्ता गरेको जानकारी दिए।

जयेन्दु बालसुधार गृहमा हाल दुई सय ३८ जना बालक छन्। विद्यालय नहुँदा बालबन्दीहरू शिक्षाको अधिकारबाट वञ्चित छन्। बालसुधार गृह बाँकेमा रहेका बालकको शिक्षाको अधिकारसम्बन्धी सार्वजनिक सरोकारको रिटमा अदालतले विद्यालय सञ्चालन गर्न आदेश गरेको हो।

नेपाल मानव अधिकारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय महासन्धि, संविधान र प्रचलित कानुनअनुसार बालबालिकाको शिक्षाको हक बालसुधार गृहमा रहेका बालबालिकाको पनि अन्तरनिहित हकका रूपमा चित्रित गरेको छ।  

बालबालिकासम्बन्धी ऐन २०७५ तथा बालअधिकार महासन्धि १९८९ ले प्रत्याभूत गरेका बालअधिकारहरू र बालन्यायसम्बन्धी संरक्षणात्मक अधिकारका पनि उनीहरू हकदार छन्। तिनका यस्ता संरक्षण र अधिकारहरूको कार्यान्वयन गर्न गराउन र सम्बन्धित बालबालिकालाई ती संरक्षण र अधिकार परिपूर्ति गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दायित्व विपक्षी निकायको रहेको उल्लेखित गरिएको थियो।

अधिवक्ता विकास आचार्यले अदालतबाट भएको आदेश कार्यान्वयन गर्न सरोकारवाला पक्ष जिम्मेवार हुनुपर्ने बताए।
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५७ सेकेन्ड अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस