काठमाडौं – सरकारले सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य अनुसार अमेरिका र क्यानडामा नेपालको पर्यटकीय क्षेत्र प्रवद्र्धन कार्यक्रम गरेको छ। नेपाल पर्यटन बोर्ड र टे«किङ एजेन्सिज एसोसियसन अफ नेपालले (टान) ले उक्त कार्यक्रम गरेको हो।
संयुक्त राज्य अमेरिकाको लस एन्जल र सियाटलका स्थानीय टुर अपरेटरसँग नेपालका पर्यटन व्यवसायीले बिटुबी छलफल समेत गरेको पर्यटन बोर्डका प्रबन्ध निर्देशक खड्गविक्रम शाहले नागरिकलाई जानकारी दिए। ‘पर्यटन बोर्ड अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पर्यटन प्रवद्र्धनमा लागिरहेको छ। सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने उद्देश्यसहित युरोपेली देशमा ‘सेल्स मिसन’ नामबाट प्रवद्र्धनमा लागेका छौं,’ शाहले भने, ‘अमेरिकाको दुई सहर र क्यानाडाको दुई सहरमा सेल्स मिसन इभेन्ट गरेका छौं। बोर्डको तर्फबाट नेपालको हिमाल, पहाड, सांस्कृतिक विविधता, धार्मिक तथा पर्यटकीय क्षेत्र, प्राकृतिक दृश्यको विषयमा प्रस्तुति समेत दिएका छौं।’
उनका अनुसार नेपालको मार्केटिङ गर्ने विभिन्न टुलमध्ये सेल्स मिसन प्रयोग गरिएको हो। कार्यक्रममा स्थानीय पर्यटन व्यवसायी तथा मिडियाले उठाएको प्रश्नको जवाफ समेत दिने गरेको शाहको भनाइ छ।
टानका नेपाल प्रवद्र्धन विभागका प्रमुख जीवल लामाले अमेरिका र क्यानडामा गरेको कार्यक्रम उपलब्धिमूलक रहेको बताए।
‘नेपालको पर्यटकीय गन्तव्य, पदमार्ग, राष्ट्रिय निकुञ्ज, राष्ट्रिय संरक्षण क्षेत्रको विषयमा प्रस्तुति दिइयो। नेपालका विभिन्न हिमालय पदमार्गको विषयमा छलफल समेत भएको थियो,’ उनले भने, ‘बैंकिङ ट्राभल र टुरिजम क्यानडाको सहकार्यमा भएको कार्यक्रमले नेपाललाई थप चिनाएको छ।’
नेपाल प्रवद्र्धनका लागि टानका प्रतिनिधिले विगतमा विदेश भ्रमणका क्रममा संस्थाबाटै खर्च गर्ने गरेको थियो। नयाँ कार्यसमितिका सदस्यले भने नेपाल प्रवद्र्धन गर्दा आफैंले सम्पूर्ण खर्च बेहोर्नुपर्ने व्यवस्था गरेको लामाले जानकारी दिए।
कार्यक्रममा सहभागी एसियन अल्पाइन ट्रेक एन्ड एक्सपिडिसनका प्रबन्ध निर्देशक दावा शेर्पाले अमेरिकामा भएको कार्यक्रम उपलब्धिमूलक भएको बताए। लसएन्जलसमा भएको कार्यक्रममा टुर कम्पनी, स्थानीय मिडिया र ब्लगरबीच नेपालको पर्यटनकबारे छलफल भएको शेर्पाको भनाइ छ। ‘नेपाल कहाँ पर्छ भन्ने थाहा छैन। नेपालमा के हेर्न पाइन्छ भन्ने कुराको कल्पना नगरौं। यस्तो विषयलाई बुझाएर आएका छौं,’ शेर्पाले भने, ‘साथै हामीले नेपालको होटल, जंगल सफारी, हेरिटेज तथा टे«ल, एडभेन्चरको विषयमा प्रस्तुति समेत दिएका छौं।’
नेपालबाट गएका ट्रेकिङ तथा एडभेन्चर कम्पनीहरुले नेपालको पर्यटनको विभिन्न विधाको प्रस्तुति दिएको उनको भनाइ छ। ‘कार्यक्रममा कम्पनीको प्रोफाइल देखाउने अवसर मिल्यो,’ उनले भने, ‘नेपालको विज्ञापन जसरी हुनुपर्ने हो, त्यो हुन सकेको छैन। नेपाल प्रवद्र्धन ठूलो भोलुममा लैजान सकेमात्र सन् २०२० मा २० लाख पर्यटक भित्रन सक्छ।’