२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

डिएभीमा ‘तरंग’

ललितपुरस्थित डिएभी सुशिल केडिया विश्व भारती विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरंग’ सम्पन्न भएको छ। भारतीय राजदूतावासका डेपुटी चिफ अफ मिसन प्रसन्न श्रीवास्तवको मुख्य आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

डिएभी विद्यालय र सुशिला आर्ट एकेडेमीले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा भारतीय चर्चित कलाकार शशी रमेशको भरतनाट्यम नृत्य, बिभाहरी आशिश नेभ्रेकारको कक नृत्य र शिवप्रसाद एनएनको गीत र संगीतिक प्रस्तुति थियो।

त्यसैगरी डिएभी विद्यालयका विभिन्न तह र कक्षाका विद्यार्थीले टाट्कर जय पुरी घराना र ठुम्रीमा आधारित कथक नृत्य, काशी विश्वनाथम कथामा आधारित भरतनाट्यम नृत्य र उत्तर–दक्षिण भारतको क्लासिकल जुगलबन्दी नृत्य लगायतका प्रस्तुतिहरू थिए।

साथै केही समसामयिक चर्चित नेपाली र हिन्दी गीत संगीतलाई समेत क्लासिकल विधाका विभिन्न तालमा कार्यक्रममा भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन श्रीवास्तवले कार्यक्रमका आयोजकले दुई देशबीच साहित्य, कला र संस्कृति आदानप्रदान र जगेर्ना गर्ने अभियानमा पुर्‍याइरहेको योगदानको चर्चा गरे। 

प्रकाशित: १४ वैशाख २०८१ ०९:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App