३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

बढी रेमिटेन्स भित्र्याउने आइएमई सम्मानित

आइएमई लिमिटेड सबैभन्दा बढी रेमिटेन्स भित्र्याउने कम्पनीको रूपमा सम्मानित भएको छ।

राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९-८० मा सबैभन्दा बढी रेमिटेन्स भित्र्याउने कम्पनीहरूमध्येबाट आइएमईलाई सम्मान गरिएको हो।

कम्पनीले २७.५ प्रतिशत रेमिटेन्स भित्र्याएको जनाइएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कम्पनीका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेललाई प्रशंसापत्र प्रदान गरेका छन्।

पौडेलले आफ्ना ग्राहकलाई भरपर्दो र सुरक्षित तथा अत्याधुनिक फिनटेक प्रविधिसहितको रेमिटेन्स सेवा प्रदान गर्न कम्पनी थप उत्साहित भएको बताए।

प्रकाशित: १६ वैशाख २०८१ ०८:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App