७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

सुनचाँदीको मूल्य स्थिर

स्थानीय बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनकै कारोबार मूल्यलाई बुधबार पनि यथावत राखेको हो।

आज तोलामा १ लाख ३६ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ। अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो। यसअघि वैशाख ९ गते सुनको मूल्य तोलामा १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै चाँदीको मूल्य पनि आज स्थिर रहेको छ। अघिल्लो दिन तोलाको १ हजार ६७५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित: २६ वैशाख २०८१ ११:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App