बजेटमा कर्णाली : भूकम्पपछिको पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड
१६ जेष्ठ २०८१
•
२ मिनेट पाठ
बजेटमा कर्णाली : भूकम्पपछिको पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड
संघीय सरकारले जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपछिको पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड रुपैयाँ छुट्याएको छ।




अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा बजेट प्रस्तुत गर्दै जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लामा भूकम्पले क्षति भएका व्यक्तिका घर निर्माणका लागि उक्त रकम छुट्याइएको बताए।

‘जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लामा गएको भूकम्पबाट क्षतिग्रस्त निजी घरको सर्वेक्षण सम्पन्न गरेर पुनर्निर्माणलाई तीव्रता दिइने छ’, बजेट भाषणमा उनले भने, ‘भूकम्पपछिको पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड रुपैयाँ छुट्याइएको छ।’

यस्तै, सरकारले कर्णाली र मधेस प्रदेशको पूर्वाधार विकासका लागि एक अर्ब ५० करोड रुपैयाँ छुट्याएको छ। राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको हेडर्वक्स र विद्युत गृह निर्माण गर्न २ अर्ब विनियोजन गरिएको बजेटमा उल्लेख छ।

बजेट भाषणमा कर्णालीका १० वटै जिल्लामा सञ्चालन हुने गरेर एकीकृत कर्णाली सिँचाइ विकास आयोजनाका लागि ८२ करोड विनियोजन गरिएको छ। सरकारले आगामी मंसिर महिनामा सञ्चालन हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि ६० करोड रुपैयाँ छुट्याएको छ। दशौं राष्ट्रिय प्रतियोगिता कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हुँदै छ।

यस्तै, सरकारले सल्यान र रुकुमको शारदा नदी आसपासका क्षेत्रलाई कृषि करिडोर र जुम्लाको हिमा नदी र तीला नदीआसपासका क्षेत्रलाई मार्सी धान करिडोरका रुपमा विकास गर्ने गरी बजेट विनियोजन गरिएको जनाएको छ।

सरकारले आगामी आर्थिक वर्षमा कर्णाली करिडोरमा पाँचवटा पुल र ५० किलोमिटर सडक स्तरोन्नति गर्ने जनाएको छ।

यस्तै, रत्न राजमार्ग र कर्णाली राजमार्गको स्तरोन्नति गर्नुका साथै सुर्खेतको भेरीगंगा उपत्यकालाई पहाडी क्षेत्रको आधुनिक सहर बनाउन गुरुयोजना तर्जुमा गर्ने नीति सरकारले लिएको छ।

सरकारले डोल्पाको धो, हुम्लाको लिमी उपत्यकालाई नमुना बस्ती निर्माण गरेर पर्यटकीय केन्द्रका रुपमा विकास गर्नुका साथै कर्णालीलाई जडिबुटी केन्द्रका रुपमा विकास गर्ने जनाएको छ। यस्तै, वन पैदावारमा आधारित समृद्ध कर्णाली उद्यमशीलता कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ।

साविकका कर्णालीका हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोट जिल्लामा विद्यार्थीका लागि दिइँदै आएको दिवा खाजा रकम वृद्धि गरिएको छ। सुर्खेतको वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेश अस्पताललाई पाँच सय शय्याको बनाउने बजेट भाषणमा उल्लेख छ।
अर्को समाचार
टर्कीमा भूकम्प : एक किशोरीको मृत्यु, हाम फाल्दा ७० घाइते
२० जेष्ठ २०८२
•
१ मिनेट पाठ
टर्कीमा भूकम्प : एक किशोरीको मृत्यु, हाम फाल्दा ७० घाइते
टर्कीको तटीय शहर मारमारिसमा मंगलबार ५.८ म्याग्निच्युडको भूकम्प गएको छ। स्थानीय अधिकारीहरूले भूकम्पका कारण घरबाट हाम फाल्दा दर्जनौं मानिस घाइते भएकाे जानकारी दिएका छन्। अस्पताल लगिएकी एक किशोरीको मृत्यु भएको हो। 




विपद् व्यवस्थापन प्राधिकरणले भूकम्प स्थानीय समयानुसार बिहान २:१७ बजे गएको जानकारी दिएको छ। त्यसको केन्द्रबिन्दु मारमारिसको रिसोर्ट क्षेत्रभन्दा बाहिर भूमध्यसागरमा रहेको जनाइएको छ। 

ग्रीक टापु रोड्ससहित छिमेकी क्षेत्रमा पनि धक्का महसुस भएको थियो। रातको समय भएका कारण भूकम्पले धेरैलाई निद्राबाट ब्युँझाएको थियो। टर्कीका गृहमन्त्री अली येर्लिकायाले एक्समा लेखेका छन्, ‘एक १४ वर्षीया बालिकालाई अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु भयो।’ 

बालिकालाई कुनै स्वास्थ्य समस्या थियो वा थिएन भन्ने स्पष्ट छैन। उनले थपे, ‘आतंकित भएर हाम फालेका करिब ७० जना घाइते भएका छन्, जसको उपचार भइरहेको छ।’ भवनमा क्षति भएको कुनै जानकारी आएको छैन। भूकम्पको धक्का महसुस गरेपछि मानिसहरूले होटल र घरबाहिर रात बिताएका छन्। 

ग्रीसको भूकम्प योजना तथा संरक्षण संगठनका प्रमुख एफ्थिमियोस लेक्कासले भने, ‘यद्यपि भूकम्प फराकिलो क्षेत्रमा महसुस गरिएको थियो। यसको सतहमा खासै प्रभाव पर्ने छैन।’ उनले भूकम्प ६० किलोमिटर गहिराइमा गएको हुन सक्ने बताएका छन्। 

टर्कीमा बारम्बार भूकम्प आउने गर्छ। सन् २०२३ मा ७.८ म्याग्निच्युडको भूकम्पले टर्कीमा ५३ हजारभन्दा बढीको ज्यान लिएको थियो। भूकम्पमा ११ दक्षिणी र दक्षिणपूर्वी प्रान्तका लाखौं भवन ध्वस्त वा क्षतिग्रस्त भएका थिए। छिमेकी सिरियाको उत्तरी भागमा थप ६ हजारको मृत्यु भएको थियो। एपी
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस