चार वर्षअघि आर्थिक वर्ष २०७६/०७७ मा काठमाडौं महानगरपालिकाले पुँजीगत खर्च २१ प्रतिशत मात्रै थियो। पुँजीगत खर्चलाई साधारण अर्थमा ‘विकास बजेट’ भनेर पनि बुझिन्छ।
महानगरले योजनाबद्ध काम गर्न नसक्दा राजधानी सहरमा पुँजीगत खर्च गर्न नसकिरहेको झल्को उक्त खर्चदरले देखाउँछ।
उक्त अवस्थालाई सुधार गर्न महानगरलाई हम्मेहम्मे नै परिरहेको आँकडाहरूले देखाउँदै आएका छन्। अघिल्लो आव ०७९/८०मा महानगरको पुँजीगत खर्च २६ प्रतिशतसम्म पुगेको थियो।
चालु आव ०८०/०८१ मा भने महानगरको पुँजीगत खर्चदारले १६ प्रतिशतभन्दा बढी उल्लेख्य सुधार गर्दै ४२ प्रतिशतसम्म पुगेको छ। महानगरले चालु आव पुँजीगत खर्चमा उल्लेख्य वृद्धि गरेको छ।
महानगरका अनुसार चालु आवमा १५ अर्ब १० करोड १० लाख रकम पुँजीगततर्फ विनियोजन भएको थियो। जसमध्ये छ अर्ब ३९ करोड ६१ लाख खर्च भएको छ। जुन ४२ दशमलव ३५ प्रतिशत हुन आउँछ ।
कुल खर्च पाँच वर्ष यताकै उच्च
यस्तै महानगरको कुल खर्च पनि पाँच वर्ष यताकै उच्च विन्दुमा पुगेको छ। महानगरले चालु आवमा विनियोजन गरेको कुल बजेट २४ अर्ब मध्ये १२ अर्ब भन्दा बढी खर्च गरेको छ। जुन ५१ प्रतिशत भन्दा बढी हुन आउँछ।
अघिल्लो आव ०७९/८० मा कुल विनियोजित २२ अर्ब ८३ करोड बजेटमध्ये नौ अर्ब १८ करोड मात्रै खर्च गरेको थियो। जुन ४० दशमलव ४ प्रतिशत मात्रै हो।
यस्तै ०७८/७९ मा १६ अर्ब ५२ करोडमध्ये ४४ दशमलव ३ प्रतिशत ९७ अर्ब ३१ करोड०, ०७७/७८ मा १५ अर्ब ५६ करोड १५ लाखमध्ये ३६ दशमलव ७ प्रतिशत ९५ अर्ब ७००, ०७६/७७ मा १२ अर्ब ९८ करोडमध्ये ४९ दशमलव ७ प्रतिशत (६ अर्ब ४५ करोड) मात्रै खर्च भएको थियो ।
चालु खर्च घट्दै
यस्तै महानगरले पुँजीगत खर्च बढाउँदै लैजादा प्रशासनिक खर्चतर्फ हुने चालु खर्च भने घटाउँदै लगेको छ। पाँच वर्षअघि २०७६/७७ मा महानगरको चालु खर्च ७७ प्रतिशत थियो भने, चालु आवमा चालु खर्च दर ६४ प्रतिशतमा झारेको छ।
यस वर्ष कुल विनियोजित नौ अर्ब पाँच करोड चालुतर्फको बजेटमध्ये पाँच अर्ब ८३ करोड अर्थात ६४ दशमलव ४ प्रतिशत खर्च भएको छ।
यस्तै महानगरले ०७७÷७८ मा ६४ प्रतिशत, ०७८÷७९ मा ६५ प्रतिशत, ०७९/८० मा ६४ प्रतिशत चालुतर्फको बजेट खर्च गरेको थियो।
‘योजनाबद्ध कामले पुँजीगत खर्च बढ्यो’
महानगरका प्रवक्ता नवीन मानन्धर पुँजीगत खर्च बढ्नुमा योजनाबद्ध कार्यक्रम कार्यान्वयन गर्दा सफलता प्राप्त भएको बताउँछन्। ‘नीति तथा कार्यक्रम तय गर्दादेखि नै कार्यान्वयन गर्न सकिने र नसकिने भनेर प्राथमिकीकरण गरेर काम थालियो,’ उनले भने,‘त्यसकै कारण पनि प्रगति हासिल गर्न सहज भयो।’
महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार पनि योजनाबद्ध कार्यक्रम सञ्चालन तथा व्यवस्थापनले पुँजीगत खर्च बढाएको दाबी गर्छन्। ‘हामीले कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्न योजनाबद्ध काम गरिरहेका छौँ। यस्तै कामको वातावरण बनाउन सहजीकरण पनि गरियो,’ उनले भने,‘समग्र कर्मचारीको खर्च गर्ने क्षमतामा तुलनात्मक रुपमा अभिवृद्धि गर्न पनि प्रयास भएको छ। सामूहिक प्रयासले यो नतिजा आएको हो।’
आगामी बजेट कार्यान्वयनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न पनि महानगर तत्पर रहेको परियारले बताए। उनले भने, ‘आगामी आर्थिक वर्षमा बृहत् समीक्षा, यथार्थपरक बजेट तर्जुमा, वार्षिक कार्य योजना र अनुगमन योजना तर्जुमा र सोको प्रभावकारी कार्यान्वयनसहित काम गछौं। अहिलेका सिकाई संस्थागत गरेर अघि बढ्छौँ।’
वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर– २०२५ मा छनोट भएकोमा उपप्रमुख सुनिता डंगोललाई काठमाडौं महानगरको नगरसभा बैठकले बधाई दिएको छ।
बुधबार महानगरको १७ औँ अधिवेशनको दोस्रो बैठकमा नगरसभा सदस्य सर्मिला परियारले सम्बोधनका क्रममा उपप्रमुख डंगोल छनोट भएको भन्दै सबै नगरसभा सदस्यलाई उठेर बधाई दिन आग्रह गरेकी थिइन्।
उनले ‘सबैतिरबाट बधाई र शुभकामना आइरहेका बेला यो नगर सभाबाट किन बधाई नभन्ने’ भन्दै यस सभाले हार्दिक बधाई ज्ञापन गदर्छ भनिन्। उनले त्यसो भनेपछि सबै नगरसभा सदस्यहरू उठेका थिए भने मेयर बालेन साहले पनि उठेर सम्मान व्यक्त गरे। सुरुमा बसेरै ताली बजाएका मेयर साहले उठेर ताली बजाए।
त्यसपछि फेरि परियाले उपप्रमुखले पाएको सम्मानले सबैलाई प्रेरणा थपेको भन्दै खुसी व्यक्त गरिन्। संसारभरबाट संस्कृति, सम्पदा, खेल, व्यापार, समाजसेवा, राजनीति लगायत विभिन्न विधामा ४० वर्षमुनिका ११६ जना छनोटमा परेका थिए । दक्षिण एसियाबाट ११ जना छनोट हुँदा नेपालबाट डंगोल मात्र छानिएको थिइन्।
डंगोल राजनीति क्षेत्रबाट छानिएका १९ जनामध्ये एक छिन्। डंगोलसँगै थाइल्यान्डकी प्रधानमन्त्री पाइतोङतार्न सिनावात्रा र भारतका नागरिक उड्डयन मन्त्री किंजरापु राममोहन नायडू पनि राजनीति क्षेत्रबाटै छनोट भएका छन्। वर्ल्ड इकोनोमिक फोरम सुन्दर भविष्य भएका असाधारण व्यक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो। यसमा हजारौँले आवेदन दिए पनि सीमित व्यक्ति मात्र छनोट हुन्छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...