अर्थतन्त्र चलायमान बनाउन लचिलो मौद्रिक नीति
१२ साउन २०८१
•
५ मिनेट पाठ
अर्थतन्त्र चलायमान बनाउन लचिलो मौद्रिक नीति
नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्र चलायमान हुनेगरी चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गरेको छ। लचिलो मौद्रिक नीतिले अर्थतन्त्रमा देखिएको शिथिलतालाई चलायमान बनाउन सहजीकरण गर्ने विश्वास लिइएको छ।




मौद्रिक नीतिले निजी क्षेत्र, निर्माण व्यवसाय, साना तथा मझौला उद्योगलाई प्रोत्साहन गरेको छ। वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋणको व्यवस्था गर्न, कृषि उपजको धितोमा सहज रूपमा कर्जा प्रवाह गर्न, युवामा उद्यमशीलता प्रवद्र्धन गर्न कर्जाको सहज र सरल पहुँच पु¥याउन राष्ट्र बैंकले सहजीकरण गर्ने भएको छ।

निर्माण व्यवसायीको करिब ६० अर्ब रूपैयाँ भुक्तानी नहुँदा त्यसको असर अर्थतन्त्रमा परेको चर्चा भइरहेका बेला राष्ट्र बैंकले निर्माण क्षेत्रलाई राहत दिएको छ। निर्माण व्यवसायीले लिएको कर्जाको साँवा, ब्याज तिर्ने समयसीमा २०८१ मंसिर मसान्तसम्म बढाएर सहुलियत दिइने भएको छ। समयमा ऋण नतिर्दा निर्माण व्यवसायी कालोसूचीमा पर्ने जोखिम थियो।

जोइन्ट भेन्चरमा संलग्न कुनै पनि जेभी पार्टनर कालोसूचीमा परेका कारण अन्य जेभी पार्टनरलाई बैंकिङ काम कारबाही गर्न असर नपर्ने व्यवस्था मौद्रिक नीतिले गरेको छ। गत आर्थिक वर्ष ११.५ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य लिइएकोमा चालु आर्थिक वर्ष थप एक प्रतिशत बिन्दुले बढाएर कर्जा विस्तारको लक्ष्य राखिएको छ।

मौद्रिक नीतिबाट बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तारमा सहज हुने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए। ‘कर्जा विस्तारपछि बजार पनि केही चलायमान हुने अपेक्षा गरिएको छ,’ अधिकारीले भने, ‘बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोष व्यवस्थापनसम्बन्धी व्यवस्थालाई खुकुलो बनाइएकाले कर्जा प्रवाह बढ्छ।’

निर्माणसँग जोडिएको क्षेत्र र सहकारी क्षेत्र समस्यामा परेपछि त्यसको बहुआयामिक असर देखिएको छ।

‘निर्माण व्यवसायीले रकम नपाएको, रकम नपाउँदा चेक बाउन्स भएको, चेक बाउन्स हुँदा कालोसूचीमा परेको गुनासो गर्दै आएका छन्,’ अधिकारीले भने, ‘निर्माण क्षेत्रलाई राहत दिने गरी मौद्रिक नीति आएको छ।’ कालोसूचीमा परेपछि बैंक खाता बन्द भएको र खाता बन्द भएपछि उनीहरूले केही काम गर्न नसकेको अवस्थामा जारी मौद्रिक नीतिले त्यस्तो अप्ठेरो हटाउन सघाउ पुग्ने विश्वास लिइएको छ। सेयर धितो कर्जा संस्थागततर्फ २० करोड रूपैयाँको सीमा हटाइएको छ।

स्टार्टअपमा ऋण लगानी गर्न प्रोत्साहन गर्ने, बचत तथा ऋण सहकारी संस्थामा देखिएका समस्या समाधान गर्न समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारका सदस्यका नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा पाँच लाख रूपैयाँसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था मौद्रिक नीतिले गरेको छ। स्रोत परिचालनमा केन्द्रित हुनेगरी मौद्रिक नीति आएको निजी क्षेत्रको टिप्पणी छ।

अधिक तरलता रहेको समयमा बैंकहरूले स्थायी तरलता सुविधा लिने सम्भावना कम रहेकाले बैंक दर ०.५ प्रतिशतले घटाएर ६.५ प्रतिशत कायम गर्ने मौद्रिक नीतिमा उल्लेख छ। बैंक वित्तीय संस्थाहरूको ब्याजदरलाई स्थिरता दिने नीतिका साथ निक्षेप संकलन दर तीन प्रतिशतमा सीमित राखेको राष्ट्र बैंकले जनाएको छ। ब्याजदर कोरिडोरमार्फत बाह्यस्थिति र मूल्यस्तर सहज अवस्थामा रहेकाले ब्याजदर घटाउँदै कर्जा विस्तार गर्न खोजिएको छ।

सजगतापूर्वक तरिकाले बैंक वित्तीय संस्थाहरूको नीतिलाई संरक्षण गर्नेगरी मौद्रिक नीति आएको छ। पुँजीकोषको समस्या समाधान गर्न राष्ट्र बैंकले ‘रेगुलेटरी रिटेल फोर्टफोलियो’को सीमा बढाएर २.५ करोड रूपैयाँ पुर्‍याएको छ। यसअघि दुई करोड रूपैयाँको सीमामा थप ५० लाख बढाएर २.५ करोड बनाइएको हो।

दुई करोड रूपैयाँसम्मका लघु, घरेलु, साना तथा मझौला, कृषि र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरूलाई प्रवाह हुने कर्जा आधार दरमा दुई प्रतिशतभन्दा बढी प्रिमियम थपेर ब्याजदर निर्धारण गर्न नपाउने व्यवस्थामा राष्ट्र बैंकले पुनरवलोकन गर्ने भएको छ। कृषिका लागि सहयोगी उद्योग, कृषि औजार उत्पादन, सूचना प्रविधि, पर्यटनलगायत आन्तरिक उत्पादनसँग सम्बन्धित क्षेत्रहरूलाई आधार दरमा दुई प्रतिशत ब्याजदर थपेर कर्जा दिने व्यवस्था गर्ने नीति राष्ट्र बैंकले लिएको छ। यसले किसानलाई राहात पुग्नेछ।

मौद्रिक नीतिमार्फत बैंक, वित्तीय संस्थाले प्रयोग गर्दै आएको ‘आर्टिफिसिल इन्टेलिजेन्स (एआई)’ को पनि नियमन गरिने भएको छ। एआईको बढ्दो प्रयोग र त्यसले निम्त्याएको जोखिमको अध्ययन तथा विश्लेषण गर्दै नयाँ मार्गदर्शन तर्जुमा गरिने भएको छ। चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन कार्यान्वयन अवधि एक वर्षले बढाएर बैंक, वित्तीय संस्थाहरूको कर्जाको वर्गीकरणमा सहजीकरण गर्ने नीति राष्ट्र बैंकले लिएको छ।

पूर्वअर्थमन्त्री वर्षमान पुनले ल्याएको चालु आव २०८१÷८२ को बजेट कार्यान्वयनमा सघाउ पुग्ने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ। व्यावसायिक शिक्षा तथा आन्तरिकरूपमा अध्ययन गर्ने चिकित्सा, इन्जिनिरिङ, सूचना प्रविधि, एकाउन्टिङ जस्ता व्यवहारिक शिक्षा आर्जनका लागि बजेटमा ऋण उपलब्ध गराउने घोषणा गरएको छ। बजेटको यो व्यवस्थालाई कार्यान्वयनमा लैजान ऋण सहजीकरण गरिने भएको छ।

बैंकमा विदेशी मुद्राको सञ्चिति बढेपछि राष्ट्र बैंकले विदेश घुम्न जानेलाई दिने डलर सटहीको सुविधामा पनि सहजीकरण गर्ने भएको छ। वर्षमा दुई पटकसम्म विदेश जानेका लागि राष्ट्र बैंकले एक पटकमा २५ सय डलर सटहीको सुविधा दिँदै आएको छ। यो व्यवस्थामा पनि राष्ट्र बैंकले थप सहजीकरण गर्ने भएको छ।

ड्राफ्ट/टिटीको माध्यमबाट वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधाको विद्यमान सीमा बढाउने नीति लिइएको छ। राष्ट्र बैंकले यस्तो सीमा अमेरिकी डलर ३५ हजारबाट वृद्धि गरी ५० हजार कायम गरेको छ।

त्यसैगरी मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरूले ऊर्जा बन्ड, ऊर्जासम्बन्धी ऋणपत्रमा गरिएको लगानीलाई ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न पाउने व्यवस्था गरिएको छ। ऊर्जा क्षेत्रमा लगानी अभिवृद्धि गर्न यस्तो व्यवस्था गर्न लागिएको हो। ऊर्जा क्षेत्रसँग सम्बन्धित विशिष्टीकृत संस्थाहरूबाट जारी गरिएका ऊर्जा बन्डलगायका ऊर्जासम्बन्धी ऋणपत्रमा गरिएको लगानीलाई ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने गरी तोकिएको सीमा गणना गर्न सकिने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ।

लघुवित्तलाई कर्जाको पुनर्तालिकीकरण र ब्याजदरसम्बन्धी व्यवस्थामा पुनरवलोकन गरिने भएको छ। परिस्थितिवस ऋण तिर्न नसकेका लघुवित्तका ग्राहकलाई निश्चित प्रतिशत ब्याज भुक्तानी गरी कर्जा पुनर्तालिकीकरण गर्न सक्ने नीति लिइएको छ।
अर्को समाचार
गर्भनर पौडेलद्वारा मौद्रिक नीति सार्वजनिक
२७ असार २०८२
•
१ मिनेट पाठ
गर्भनर पौडेलद्वारा मौद्रिक नीति सार्वजनिक
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट गभर्नर विश्व पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेका हुन् । गर्भनर पौडेलले अहिले मौदिक नीति पढेर सुनाइरहेका छन्। 


सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५२ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस