सामसङ नेपालले बजारमा ल्याएको ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ का लागि अघिल्लो जेनेरेसनको फोल्डेबलको तुलनामा झन्डै दोब्बर प्रि–अर्डर भएको छ। मंगलबारसम्मका लागि बुकिङ खुल्ला गरेको सामसङले दोब्बर बुकिङ भएको जनाएको हो। ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ भने अहिले बजारमा उपलब्ध छन्।
“नेपालमा हाम्रा नयाँ फोल्डेबलहरू, ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ लाई उपभोक्ताको अत्यधिक प्रतिक्रियाको लागि हामी खुसी र आभारी छौँ। हाम्रा नयाँ छैटौँ जेनेरेसनको फोल्डेबल स्मार्टफोनहरूले ग्यालेक्सी एआइको अर्को अध्याय खोल्न, प्रयोगकर्ताको अनुभवलाई नयाँ उचाइमा पु¥याउन तथा सञ्चार, उत्पादकता र रचनात्मकतामा नयाँ मोबाइल अनुभवहरूको दायरा दिन सक्षम भएको छ,” सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने ।
नयाँ फोल्डेबलहरू ग्यालेक्सी जेड सिरिजको अहिलेसम्मकै सबैभन्दा स्लिम र हलुका स्मार्टफोन भएको सामसङको भनाइ छ। ग्यालेक्सी जेड सिरिजमा परिष्कृत आर्मर एल्युमिनियम र कोर्निङ गोरिल्लाग्लास भिक्टस २ रहेको र यसले स्मार्टफोनलाई अहिलेसम्मकै सबैभन्दा टिकाउ ग्यालेक्सी जेड सिरिज बनाउने कम्पनीका दाबी छ।
मूल्य र उपलब्धता
ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ को अतिरिक्त, सामसङले एआई–इनफयुजड ग्यालेक्सी इकोसिस्टम प्रदक्तहरू– ग्यालेक्सी वाच७ र ग्यालेक्सी बड्स३ पनि प्रस्तुत गरेको छ।
सबै प्रि–अर्डर अफरहरू अहिले उपलब्ध नभए पनि उपभोक्ताहरूले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत १ वर्षका लागि १ पटकको ब्रेकेज बिमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
नेपालको अग्रणी प्रविधि ब्रान्ड सामसङले आफ्नो सबैभन्दा किफायती ट्रू वायरलेस इयरफोन, ग्यालेक्सी बड्स कोर, नेपाली बजारमा सार्वजनिक गरेको छ।
आज अर्थात जुलाई १ देखि उपलब्ध हुने यी बड्स दैनिक उपयोगका लागि डिजाइन गरिएका सामसङले बताएको छ। उत्कृष्ट साउन्ड, एक्टिभ न्वाइज क्यान्सिलेसन र ग्यालेक्सी एआईको इन्टरप्रिटर जस्ता प्रिमियम फिचरहरू भएको यस बड्स मात्र ७ हजार ३९९ रुपैयाँको किफायती मूल्यमा सामसङले उपलब्ध गराएको छ।
कालो र सेतो रंगमा उपलब्ध ग्यालेक्सी बड्स कोर नेपालभर सामसङका आधिकारिक बिक्रेताहरूबाट बिक्री हुनेछ।
कम्प्याक्ट, शक्तिशाली, स्मार्ट
ग्यालेक्सी बड्स कोरले डायनामिक ड्राइभरहरूको प्रयोग गरी डिप इमर्सिभ साउन्ड तथा शक्तिशाली ब्यास प्रदान गर्दछ। एएनसी र कल न्वाइज रिडक्सनको साथमा, प्रयोगकर्ताहरूले धेरै हल्ला भएको ठाउँमा पनि स्पष्ट सँग कुरा गर्न सक्छन्। तीनवटा माइक प्रणालीले उत्कृष्ट भोकल स्पष्टता सुनिश्चित गर्छ, जसले यी इयरबड्सलाई फोन कल, संगीत, वा मिटिङका लागि एक्दम उपयुक्त बनाउँछ।
प्रत्येक इयरबडमा सुरक्षित र सहज विङटिप्स छन्, जसले कठिन गतिविधिहरूको क्रममा पनि आरामदायी महसुस गराउँछ।
यसको प्रमुख फिचरहरू मध्ये एक हो ग्यालेक्सी एआई इन्टरप्रिटर, जसले कुराकानीको क्रममा दुईतर्फी रियल–टाइम अनुवाद प्रदान गर्छ। जुनसुकै भाषामा कुराकानी गरेपनि यस इयरबड्सले त्यसलाई तुरुन्तै अनुवादित उत्तर प्रदान गर्ने सामसङको भनाइ छ।
दैनिक जीवनका लागि सुविधा सम्पन्न
-संगीत, कल, र भ्वाइस असिस्टेन्टका लागि टच कन्ट्रोल
-उपकरणहरूबीच सजिलै स्विच गर्नको लागि अटो स्विच र मल्टि–डिभाइस कनेक्टिभिटी
-सामसङ फाइन्ड एप मार्फत फाइन्ड माई इयरबड्स
-आईपी५४ रेटिंगका साथ पानी र धुलो प्रतिरोधी
-स्थिर र छिटो कनेक्टिभिटीको लागि ब्लुटुथ ५.४
-चार्जिङ केससहित ३५ घण्टासम्मको ब्याट्री लाईफ (एएनसीको साथमा २० घण्टा)
-ग्यालेक्सी बड्स कोरले दैनिक उपयोगिता र नवीनताको मिश्रण गर्दै, उच्चतम् विशेषताहरूलाई किफायती मूल्यमा उपलब्ध गराउँछ।
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...