पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै ऐनापहरा
३० भदौ २०८१
•
२ मिनेट पाठ
पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै ऐनापहरा
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरा झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ। पृथ्वीराजमार्गसँगै रहेको ऐनापहरा झरनासहितको उद्यानले आन्तरिक पर्यटकको ध्यान खिचेको छ।




झरनामा रमाउँदै गर्मी छल्न आउने पर्यटकको घुइँचो लागेको स्थानीय पवन नेपालीले बताए। पछिल्लो समय यो ठाउँ पृथ्वीराजमार्ग भएर यात्रा गर्ने यात्रीको समेत गन्तव्यस्थल बनेको उनले बताए। नेपालीले भने, ‘गर्मी मौसममा यात्रा गर्नेलाई विश्रामस्थलका रूपमा यो ठाउँ विकास भइरहेको छ। अन्य दिनको तुलनामा बिदामा घुइँचो हुन्छ।’

राजमार्गको नजिकै रहेको उक्त ठाउँ पर्यटकीयस्थलका रूपमा विकास भएपछि यस ठाउँलाई थप सुन्दर र आकर्षक बनाउन उद्यान निर्माण गरिएको छ। गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले ऐनापहरालाई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यस्थल बनाउने अभियानमा लागिपरेको बताए। चुमानका अनुसार गाउँपालिकाले यहाँ रहेका ढुङ्गामा आकृति खोपेपछि यस ठाउँमा घुम्न आउनेको सङ्ख्या बढेको छ। यहाँ दैनिक तीन सयभन्दा बढी पर्यटकले भ्रमण गर्ने गरेको अध्यक्ष चुमानले बताए।

उनले भने, ‘यसै रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाउन यो कामलाई अगाडि बढाइएको हो।’ झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छभने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ऐनापहरामा उद्यान निर्माणको कामलाई अगाडि बढाइएको अध्यक्ष चुमानले बताए। ऐनापहरामा उद्यान निर्माणका लागि गत आर्थिक वर्षमा रु एक करोड ४० लाख बजेट विनियोजन गरिएको थियो।

गाउँपालिकाले यस ठाउँमा स्काइ साइक्लिकिङ, सिसाको पुल बनाउने योजना अगाडि सारेको छ। सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ। गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, टिकटक बनाउन सर्वसाधारणको भीड लाग्छ।

तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढीखोलाको पानी बगेर झरनामा मिसिएको छ। ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ। यस ठाउँलाई व्यवस्थित गर्न डिपिआरअनुसार रु १० करोड बजेट आवश्यक पर्छ। डिपिआरअनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायत संरचना निर्माण गर्ने उल्लेख छ। रासस
अर्को समाचार
तनहुँ र कास्कीमा डेंगी संक्रमण तिब्र
२४ साउन २०८१
•
४ मिनेट पाठ
तनहुँ र कास्कीमा डेंगी संक्रमण तिब्र
कास्की र तनहुँमा यो सिजनमा फेरि डेंगी संक्रमण बढेको छ। तनहुँको आँबुखैरेनीमा डेंगी संक्रमण बढेपछि विद्यालय नै बन्द गरिएको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका अहिले डेंगीको ‘हटस्पट’ बन्दै गएको स्वास्थ्यकर्मीले बताएका छन्। कास्कीमा पनि संक्रमण बढ्न थालेपछि सचेतना अपनाउन पोखरा महानगरले आग्रह गरेको छ।  




डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। अघिल्लो वर्ष डेंगीले कास्की लगायतका जिल्लामा निकै नै सताएको थियो। तनहुँको दमौलीमा पोहोर २५ सय मानिस बिरामी परेका थिए। तनहुँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानका अनुसार डेंगी संक्रमणले विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय नै बन्द गरिएको छ। विहीबारदेखि बन्द भएका विद्यालयमा साउन महिनाभर पठनपाठन नहुने उनले बताए।  

‘विद्यालयका बालबालिका बिरामी पर्न थाले। दिनहुँजसो संक्रमण बढेपछि त्रास पनि फैलियो,’ उनले भने, ‘संक्रमण कम गर्नका लागि विद्यालयमा बिदा गरिएको हो।’ उनका अनुसार बजार क्षेत्र पर्ने आँबुखैरेनी गाउँपालिका–३ का चारवटा विद्यालय बन्द भएका छन्। आँबुखैरेनीमा संचालित रामशाह मावि, मर्स्याङ्दी बालज्योती बोर्डिङ स्कुल, बाल शिक्षा बोर्डिङ र नमोबुद्ध विद्यालय बन्द भएका छन्।  

‘अहिलेका लागि आँबुखैरेनी गाउँपालिका–३ का चारवटा विद्यालय मात्र बन्द भएका हुन्। अरु त सुचारु छन्। तर, संक्रमण बढ्दै गएमा अरु विद्यालय पनि बन्द हुने सक्नेछन,’ उनले भने, ‘संक्रमण डरलाग्दो गरि फैलिएको छ। त्यसैले आवश्यक अनुसार अहिलेको बन्द अवधि लम्बिन पनि सक्छ र अरु विद्यालय पनि बन्द हुन सक्छन्। तर, हामी विद्यार्थीको पठनपाठन प्रभावित हुनेमा पनि सचेत छौं।’ 
उनका अनुसार विद्यालयका विद्यार्थी मात्र नभई शिक्षक पनि प्रभावित भएका छन् । अभिभावक पनि संक्रमित बनेको उनले बताए।अध्यक्ष चुमानका अनुसार अहिलेसम्म गाउँपालिकाभित्र करिब ४ सय ५० जना संक्रमित भईसकेका छन। दिनमै ४० जनाको हाराहारीमा संक्रमित थपिएको उनले बताए। अहिले पनि करिब एकसयजना जति विद्यार्थी संक्रमित छन्।

अध्यक्ष चुमानका अनुसार बिरामीको उपचारका लागि अस्पतालको क्षमता बिस्तारदेखि लामखुट्टेबाट जोगिनका लागि सचेतनाका कार्यक्रम पनि संचालन गरिएको छ। लामखुट्टेको टोकाइबाट संक्रमण सर्ने भएकोले लामखुट्टे फैलाउने लार्भा नष्ट गर्ने उपाय गाउँपालिकाले अवलम्बन गरेको उनले बताए। ‘सहरी क्षेत्र नै बढी प्रभावित भएको छ। संक्रमणको यो तिब्र गति कम गर्नका लागि विद्यालय नै बन्द गरिएको हो,’ उनले भने।  

आँबुखैरेनी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. धनबहादुर क्षेत्रीका अनुसार पछिल्लो समय डेंगी संक्रमण निकै नै डरलाग्दो गरि फैलिएको छ। यो वर्ष पहिलोपटक गत जेठ ३१ गते डेंगीका पहिलो बिरामी पहिचान भएका थिए। त्यसपछि असार महिनाभर खासै संक्रमणले गति लिएको थिएन। त, साउन लागेपछि दैनिक रुपमा संक्रमण बढ्दै जाँदा अहिले दिनमा ४० जनाको हाराहारीमा बिरामी पर्ने गरेका छन्। सरकारी अस्पताल देखि निजी क्लिनिकमा उपचार गराउने र घरमै आराम गर्ने बसेका समेत गरि धेरै संख्यामा बिरामी भएको उनले बताए।  

‘अहिले आँबुखैरेनी नै हटस्पट बनेको छ। १५ शैयाको अस्पतालमा बिरामीको भीडभाड छ। बिरामीको चाप बढेपछि एउटै बैडमा तीनजनासम्म राखेर उपचार गरिरहेका छौ,’ क्षेत्रीले भने। उनका अनुसार स्थानीय अस्पतालमा भीडभाड बढेपछि बिरामीहरु थप उपचारका लागि करिब ४५ किलोमिटर परेको चितवनका विभिन्न अस्पतालमा गएका छन्।  
‘बिरामीको अवस्था सामान्य नै थियो। तर अब भने बिरामीको अवस्था जटिल हुन थालेपछि उपचारका लागि चितवन पठाएका छौं,’ उनले भने, ‘साना नानीदेखि वृद्धवृद्धासम्म पनि बिरामी परेका छन्। विद्यालयमा त्रास छाएको छ।’ पोहोर तनहुँ सदरमुकाम दमौलीलाई डेंगी संक्रमणले हायलकायल बनाएको थियो।  

पोखरा महानगरपालिकामा पनि पछिल्लो समय संक्रमण बढेको महानगरको स्वास्थ्य महाशाखाले बताएको छ। महाशाखाका जनस्वास्थ्य निरिक्षक राजेन्द्र रेग्मीका अनुसार पोखरा महानगरमा यो वर्ष अहिलेसम्म ३ सय ७१ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। तीमध्ये ४५ जना बिरामी बुधबार मात्र थपिएका थिए। ‘पोखरा महानगरपालिका–८, ९, क्षेत्र बढी प्रभावित छन्। बसपार्क, जनघनत्व बढी भएकोले पनि त्यो क्षेत्रमा सधैं संंक्रमणले गति लिन्छ,’ रेग्मीले भने।

चिकित्सकका अनुसार एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा डेंगी सर्छ। यो लामखुट्टेले दिनको समयमा मात्र टोक्छ। यो लामखुट्टे फैलिनका लागि २० देखि ३० डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त मानिन्छ। फूलबारी, गमला, एसी, फ्रिज, छत, कौसीको पानी जम्ने ठाउँमा यस्तो लामखुट्टेले फुल पार्ने र त्यो फुल एकवर्षसम्म पनि रहन सक्ने भएकोले सधैंभरी जोखिम भने रही रहने स्वास्थ्यकर्मीको भनाई छ।  

पोखरामा २०७२÷७३ सालदेखि डेंगी देखिन थालेको थियो। सुरुका तीनवर्ष पोखरामा एकएकजना मात्र डेंगीका बिरामी भेटिएकोमा चौथो वर्ष ५७१ जना बिरामी परेका थिए। त्यसपछिको वर्ष भने त्यो संख्या झन्डै २ हजार पुगेको थियो। डेंगी फैलाउने यो लामखुट्टेले सफा पानी जमेको ठाउँमा मात्र फुल पार्ने गर्छ। खासगरि वर्षाको पानी जम्ने भाडाकुँडा, टिनका बट्टा, पुराना टायर, खालि ड्रम, फूलदानी, गमला, पानी ट्यांकी लगायतका भाडामा फुल पार्छ। त्यसैले वर्षातको पानी जम्ने सिजनमा यो रोग फैलिने गरेको चिकित्सकले बताएका छन्।  

चिकित्सकका अनुसार डेंगी संक्रमण भएपनि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ। त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकि लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना रहेको चिकित्सकले बताएका छन।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस