चितवनमा दुधभन्दा पानी महँगो !
२५ कार्तिक २०८१
•
३ मिनेट पाठ
चितवनमा दुधभन्दा पानी महँगो !
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक लिटर पानीको अधिकतम मूल्य २० रूपैयाँ तोकेको छ। तर केही उद्योगले एउटै गुणस्तर, नापतौल, परिमाणको पानीमा फरक–फरक ‘एमआरपी’ लगाई बजारमा ल्याएका छन्। चितवनबाट उत्पादन हुने हाइल्यान्ड ड्रप र चितवनबाहिरको जलपा उद्योगले एमआरपी मूल्य नै सरकारले तोकेभन्दा तीनगुणा बढी राखेका छन्। हाइल्यान्ड ड्रपले पाँच सय मिलिलिटर बोतलको पानीको एमआरपी मूल्य ३० र जलपाले २५० मिलिलिटर बोटलको पानीको मूल्य २० रूपैयाँ राखेका छन्।  




उद्योगले पानीको मूल्य मनपरी वृद्धि गर्दा उपभोक्ता मर्कामा परेको चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए। पछिल्लो समय पानी र दुधको मूल्य एउटै पर्न गएको उनले बताए। ‘किसानले प्रतिलिटर दुधको मूल्य ६० रूपैयाँ हाराहारीमा मात्र पाउँछन्। अहिले पानीको एमआरपी मूल्य नै ८० रूपैयाँ पर्न आउँछ,’ उनले भने, ‘यहाँ मनपरी चलिरहेको छ ।’  

सरकारले तोकेभन्दा बढी एमआरपी राखेका बोतलको पानी अनुगमन गर्ने कार्यालयमै भेटिन्छन्। भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय चितवनले हाइल्यान्ड ड्रप उद्योगको ५०० मिलिलिटर बोटलको पानी उपभोग गरिरहेका छन्। त्यसको एमआरपी मूल्य ३० रुपैयाँ छ। यसरी आफूखुसी मूल्य राखेर उपभोक्ता ठगिरहँदा अनुमगन गर्ने निकायले नै पानी खरिद गरेर प्रोत्साहन गरेको भरतपुरका शिवहरि देवकोटा बताउँछन्। ‘बढी मूल्य राखेर पानी बिक्री गर्ने उद्योगलाई कारबाही गर्नुपर्ने हो,’ उनले भने, ‘उल्टै उनीहरूलाई संरक्षण गरिएको छ ।’  

उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद ३ दफा ७ बमोजिम उत्पादकले उत्पादन तथा वितरण गर्ने वस्तु वा सेवाको मूल्य प्रचलित कानुनको अधीनमा रही उत्पादन, संकलन, प्रशोधन तथा वितरणका लागि लाग्ने वास्तविक लागत, कर र आवश्यक मुनाफा राखी अधिकतम खुद्रा बिक्री मूल्य तोक्ने कानुनी व्यवस्था छ। पानी उत्पादकहरूले होटल/रेस्टुरेन्ट /व्यावसायिक फर्मसँग सम्झौता गरी उही प्रकारका गुणस्तर, नापतौल, परिमाणको पानीमा फरक–फरक ‘एमआरपी’ लगाई बजारमा ल्याइरहेका छन्। सरकारले तोकेभन्दा बढी मूल्य लगाएर उद्योगले पानीको मूल्य निर्धारण गर्न नहुने चितवन नवलपुर पानी उद्योग संघका अध्यक्ष केशव घिमिरेले बताए। ‘चितवनमा प्रमुख जिल्ला अधिकारीको रोहबरमा सात वर्षअघि प्रतिलिटर पानीको मूल्य २० रूपैयाँ तोकेका हौं,’ उनले भने, ‘त्यसयता वृद्धि भएको छैन। कसैले राखेको भए कारबाही हुनुपर्छ ।’ उनका अनुसार चितवन नवलपुरमा २७ वटा पानी उद्योग छन्। यी उद्योगले प्रतिघन्टा दुई हजार लिटर पानी उत्पादन गर्न सक्छन्। तर, चितवनमा हाल दैनिक चार हजार लिटर पानी पनि बिक्री हुन कठिन रहेको उनले बताए। अहिले यहाँका अधिकांश उद्योग घाटामा रहेको समेत उनले बताए।  

चितवनमा बजार अनुगमन न्यून छ। अनुगमन भए पनि एमआरपी निर्धारण गर्ने अधिकार आफूहरूलाई नहुने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख प्रमोद चन्द्र पौडेलले बताए। ‘एमआरपीमा हस्तक्षेप हुँदैन। यति नै राख्नुहोस् भन्ने आधार पनि हामीसँग छैन,’ उनले भने, ‘हामीले गुणस्तर कायम छ कि छैन भनेर हेर्ने मात्र हो ।’  

ठुल्ठुला होटलले बढी मूल्यमा पानीको बिक्री गर्दै आइरहेका छन्। तर उद्योगबाटै एमआरपी मूल्य नै परिवर्तन भएर आउनु दुःखद विषय हो। फरक–फरक ‘एमआरपी’ लगाई बजारमा पठाउनु उपभोक्ता संरक्षण ऐनले निषेधित गरिएको भन्दै वाणिज्य विभागले यस्ता काम नगर्न र नगराउनसमेत अघिल्लो वर्ष सूचना जारी गरेको थियो। जिल्ला प्रशासन कार्यालयभित्रै सरकारको मापदण्डभन्दा बढी एमआरपी राखिएको पानी प्रयोग भइरहेको छ। सहायक प्रजिअ चिरञ्जीवी शर्मा पानीको विषयमा उजुरी नआएकाले आफूहरूको ध्यान नपुगेको बताउँछन्। ‘हाम्रो अफिसमा हाइल्यान्ड ड्रपको पानी आउँछ। एमआरपी मूल्य किन परिवर्तन गरिएको रहेछ। अब त्यस विषयमा हेर्छु र अनुमगन गर्छु,’ उनले भने। पछिल्लो समय कोकाकोला कम्पनीले उत्पादन गर्ने पानीको उजुरी परे पनि एमआरपीको विषय नभएको उनले बताए ।
अर्को समाचार
वारुणयन्त्रबाट वीरगञ्जमा खानेपानी आपूर्ति
३२ असार २०८२
•
१ मिनेट पाठ
वारुणयन्त्रबाट वीरगञ्जमा खानेपानी आपूर्ति
पानीको समस्या भएपछि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बुधबार जनकपुरधामबाट नेपाली सेनालाई जिम्मा लगाई ८ वटा बारुण यन्त्र पर्सा पठाउँदै । तस्बिर: रासस
वीरगञ्जसहितका मधेसका विभिन्न स्थानमा उत्पन्न खानेपानीको सङ्कट समाधान गर्न मधेस प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले वारुणयन्त्रबाट पानी आपूर्ति गर्ने निर्णय गरेको छ।  




प्रदेश सरकारसँग रहेका पाँच हजार लिटर क्षमताका आठवटा वारुणयन्त्र आज वीरगञ्ज पठाइएको छ। मुख्यमन्त्री सतिशकुमार सिंहले खानेपानी समस्या समाधानका निम्ति आफू  क्रियाशील रहेको बताए। खानेपानीको समस्या भएका स्थानमा वारुणयन्त्र चाबीसै घण्टा परिचालित गरिने जानकारी दिँदै उनले  वारुणयन्त्रको व्यवस्थापन र पानी आपूर्ति नेपाली सेनाले गर्ने बताए।  

साथै सेनाले आफूसँग भएका सातवटा ट्याङ्करबाट पनि पानी आपूर्ति गर्ने तयारी गरेको जनाइएको छ । यसअघि वन विभागले तीनवटा ट्याङ्करमार्फत सुक्खाग्रस्त क्षेत्रमा खानेपानी आपूर्ति गर्दै आएको थियो। रासस
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस