भक्तपुरका ट्रक व्यवसायीहरूले सरकारको २४ घण्टामा आठ घण्टा मात्रै ट्रक चलाउन दिने निर्णयप्रति गुनासो गरेका छन्। यस निर्णयले विकासको गतिलाई आफैं रोकिदिएको उनीहरूको आरोप छ।
भक्तपुर ट्रक व्यवसायी सङ्घ लिवाली भक्तपुर ८ द्वारा शुक्रबार आयोजित रजत जयन्ती तथा २५औं साधारणसभामा व्यवसायीहरूले यस्तो बताएका हुन्।
केवल आठ घण्टा मात्र ट्रक चलाउन अनुमति दिएपछि सरकारले २४ घण्टाको कर माग गर्नु अन्यायपूर्ण हुने उनीहरूको भनाई छ। ‘काम आठ घण्टामा सीमित गर्ने, तर हामीसँग २४ सैं घण्टाको कर लिनु कहाँको न्याय हो?’ व्यवसायीहरूको प्रश्न छ।
सरकारले दुर्घटनाका कारण भन्दै ट्रकहरूलाई राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न मात्र अनुमति दिएको छ। भक्तपुर ट्रक व्यवसायी सङ्घ लिवाली भक्तपुरका अध्यक्ष लक्ष्मीप्रसाद गोराले नेपाली ट्रक र टिपरमाथि रोक लगाएपनि भारतीय १६ चक्के ठूला गाडीहरूलाई निरन्तर सञ्चालन गर्न अनुमति दिइएको आरोप लगाउँछन्।
उनका अनुसार नेपालका ट्रक व्यवसायीलाई रोकेर ३५ टनभन्दा बढी भार बोकेको हेभी भारतीय गाडीलाई भने सधैँ छुट दिने गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ट्रक शाखाका अध्यक्ष नवीन प्रजापतिले ट्रक क्षेत्र नेपालको सबैभन्दा ठूलो लगानी भएका क्षेत्रहरूमध्य एक भएको बताएका छन्।
नेपालीहरूको ठूलो लगानी भएको क्षेत्र भएपनि सरकारले यस क्षेत्रलाई मात्र सीमित काम गर्ने अनुमति दिएर व्यवसायलाई अस्तव्यस्त बनाउन खोजेको आरोप लगाए।
भक्तपुर ट्रक व्यवसायी सङ्घ विक्रम संवत् २०५६ सालमा २५ जना अग्रणी व्यवसायीहरूको प्रयासबाट स्थापना भएको थियो। अहिले सङ्घमा ५६६ भन्दा बढी व्यवसायी सदस्य रहेका छन्।