महिला उद्यमशीलताको विकास नभएसम्म देश समृद्ध बन्दैन : अध्यक्ष ज्ञवाली
१९ माघ २०८१
•
५ मिनेट पाठ
महिला उद्यमशीलताको विकास नभएसम्म देश समृद्ध बन्दैन : अध्यक्ष ज्ञवाली
महिला उद्यमशीलताको विकासका लागि उत्पादित बस्तुको बजारीकरण र वित्तीय पहुँच स्थापितमा विशेष ध्यान दिनु पर्नेमा महिला उद्यमीहरूले जोड दिएका छन।




स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालसँगको सहकार्यमा महिला उद्यमी महासंघले शुक्रबार लुम्बिनीमा आयोजना गरेको ‘महिला उद्यमशीलता प्रवर्द्धनका लागि डिजिटलाइजेसन तथा उद्यम विकासका सिकाइ, अनुभव आदानप्रदान’ कार्यक्रममा सहभागी अगुवा महिला उद्यमीले महिला उद्यमशीलताको दिगोपनका लागि उत्पादित वस्तुको बजारीकरण, वित्तीय पहुँच स्थापित र प्रविधि प्रयोग सम्बन्धी विशेष योजनाहरूको खाँचो औँल्याएका हुन। महिला उद्यमशीलताको विकास र प्रवर्द्धनमा तीन तहकै सरकारले विशेष ध्यान दिनु पर्नेमा उनीहरूले जोड दिए। 

महिला उद्यमी महासंघ अध्यक्ष शोभा ज्ञवालीले महिला उद्यमशीलताको विकास नभएसम्म देश समृद्ध हुन नसक्ने बताएकी छिन्। देशको आधा भन्दा धेरै जनशक्ति महिला रहेको उल्लेख गर्दै उनले महिला उद्यमशीलतालाई अर्थतन्त्रसँग जोड्नका लागि तीन तहकै सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिइन्। 

अध्यक्ष ज्ञवालीले भनिन्, ‘युवा जनशक्ति विदेश पलायन भइरहेका बेला महिला उद्यमीहरू नयाँ सोचका साथ अगाडि बढ्ने प्रयास गरिरहनुभएको छ, यस्तो अवस्थामा प्रदेश र स्थानीय सरकारले महिला उद्यममैत्री नीति बनाउदै भएका कानुनको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्छ।’

सो अवसरमा उनले महासंघले पनि उद्यमशीलता मार्फत महिलाहरूको आर्थिक तथा सामाजिक सशक्तिकरणका लागि विशेष अभियान सञ्चालन गरेको जानकारी पनि दिइन्। ‘महासंघले दूरदराजमा रहेका महिला उद्यमी र तीनका उत्पादनलाई सहरसँग जोड्दै  बजार प्रवर्द्धन गर्न प्रविधिमा आधारित बजारीकरण सम्बन्धी तालिमहरू, बस्तु तथा सेवाको प्रदर्शनी, महिला उद्यमीका उत्पादनहरूको प्रचारप्रसारका लागि सञ्जाल गठन, दक्ष जनशक्ति उत्पादनका तालिमहरू सञ्चालन गरिरहेको छ’ अध्यक्ष ज्ञवालीले भनिन्। 

सात वटै प्रदेशमा महासंघले महिलाहरूद्वारा सञ्चालित उद्योगको संरक्षण, तीनको प्रवर्द्धन, बजारीकरणका कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ रहेको थियो। महिला उद्यमीहरूमा वित्तीय पहुँच स्थापित गर्नु अति आवश्यक भएको भन्दै अध्यक्ष ज्ञवालीले सरकारले दिने सहुलियत कर्जा तथा छुट, अनुदानका कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन प्रदेश र स्थानीय सरकारलाई आग्रह समेत गरिन्। आफूलाई कमजोर नठानी नयाँ उद्यम र प्रविधि तर्फ अग्रसर हुन महिला उद्यमीहरूलाई आग्रह गर्दै उनले देशका जुनसुकै ठाउँमा रहेका महिला उद्यमीको साथ र  सहयोगका लागि महासंघ तत्पर रहेको उनको भनाइ थियो।

 

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्धिन मुसलमानले महिला उद्यमशीलताको विकास र बिस्तारलाई नगरपालिकाले विशेष ध्यान दिएको बताए । गाउँगाँउमा रहेका महिला उद्यमी र तीनका उत्पादनलाई लुम्बिनीको पर्यटनसँग जोड्दै  बजार प्रर्वद्धन गर्न सकिने बताए । महिलाहरूले  उत्पादन गरेका हस्तकलाका सामानहरूलाई लुम्बिनीको पर्यटनसँग जोडेर बिक्रीको व्यवस्था गर्नेगरी योजना बनाएको र त्यसका लागि केन्द्र र प्रदेश सरकारले पनि समन्वय गर्नु पर्नेमा उनले जोड दिए ।  ‘उद्यमी बन्न चाहने महिलाहरूका लागि तालिम चलाइरहेका छौँ, उद्योग, व्यवसाय र कृषिमा लागेका महिलाहरूका लागि बजेटको व्यवस्था गरेका छौँ’ नगरप्रमुख खाँले भने ।  

कार्यक्रममा सहभागी महिला उद्यमी महासंघको जिल्ला शाखाका अध्यक्ष तथा प्रतिनिधिहरूले जिल्ला जिल्लामा महिलाहरूले आफ्नो एकल प्रयासबाट सीमित साधन श्रोतको प्रयोग गरेर उद्यमको क्षेत्रमा निरन्तर अगाडि बढ्ने प्रयास गरिरहेको जानकारी दिए । उद्यमरव्यवसाय गर्दा नजिकका भनिएका स्थानीय र प्रदेश सरकारबाट पाउनु पर्ने सेवा सुविधा तथा छुट अनुदानका कार्यक्रमहरू भने पर्याप्त नभएको गुनासो उद्यमीहरूको थियो।  

महिलाका नाममा उद्योग दर्ता गर्दा राजश्वमा केही छुटको व्यवस्था भएपनि व्यवसाय निरन्तरताका लागि सहुलियत, अनुदानका कार्यक्रमहरू प्रभावकारी नभएको लुम्बिनी प्रदेशका अधिकांश जिल्लाका महिला उद्यमीको गुनासो थियो । रूपन्देहीका अध्यक्ष अनिता केशीले स्थानीय र प्रदेश सरकारले महिला उद्यमीका लागि छुट्याएको बजेट आवश्यकता, सीप, क्षमताका आधारमा नभइ पहुँचका आधारमा वितरण हुने गरेको बताइन्।  

दाङका अध्यक्ष  यशोधा पाण्डेका अनुसार प्रदेश र स्थानीय सरकार  ग्रामीण भेगमा आफ्नै बलबुतामा उद्यम सञ्चालन गर्ने महिला उद्यमीको पहुँचमा पुग्न सकेको छैन।  कपिलवस्तु अध्यक्ष कल्पना कुँवर, नवलपरासी अध्यक्ष दुर्गा कोइराला, रोल्पाका सचिव लालसरी घर्ती, उद्यमीहरू मन्जु घले, बन्दना गुरुङ लगायतले बोल्दै महिला उद्यमीहरूले सञ्चालन गरेका उद्योगका उत्पादन तथा सेवाहरूलाई  विशिष्टीकृत गर्दै बजारीकरण गर्न स्थानीय सरकारले भूमिका खेल्नु पर्ने बताए।  

रोल्पाको गुरुङ होमस्टे समितिका अध्यक्ष हरिजङ्ग गुरुङले महासंघले तालिम दिएर कोभिडले थलिएको रोल्पाको होम स्टेलाई चलायमान गराउन अभियान थालेको भन्दै महिला उद्यमी महासंघलाइ धन्यवाद दिए ।  

लुम्बिनी प्रदेशमा महिलाहरूले स्थानीय साधनश्रोतको प्रयोग गरेर हस्तकलाका समान, अर्गानिक तरकारी, फलफूल, मह, अचार, मसला, अल्लो र सिस्नोका कपडा उत्पादन सम्बन्धी साना तथा मझौला उद्योगहरू सञ्चालन गरिरहेको महासंघका कार्यकारी निर्देशक अभिलाषा पौड्यालले बताइन । त्यस्तै ढाका कपडा, बेकरिज उद्योग, सजावटका समाग्री, सिलाइबुनाइ, व्युटिपार्लर, होमस्टे, साना तथा मझौला होटल, ईड्राइभ, टुर एण्ड ट्राभल्स, लगायतका उद्यम व्यवसाय सञ्चालन गरिरहेको उनले बताइन ।  

महिला उद्यमीहरूले सञ्चालन गरेका तीनै उद्योगका उत्पादन तथा सेवालाई  विशिष्टीकृत गर्दै प्रविधिसँग जोडेर बजारीकरण गर्न सहयोग पुर्याउने उद्देश्यले लुम्बिनी प्रदेशमा पनि डिजिटलाइजेसन तथा उद्यम विकासका सिकाइ, अनुभव आदानप्रदान तथा होमस्टे तालिमको आयोजना गरिएको पौड्यालले बताइन ।  

महिला उद्यमी महासंघले लुम्बिनी प्रदेशको रोल्पामा महिलाहरुका लागि होमस्टे सम्बन्धी तालिमको आयोजना गरेको थियो । तालिममा रोल्पाका २० जना महिलाको सहभागिता रहेको महासंघका परियोजना संयोजक भुपेन्द्र वत्स लम्सालले जानकारी दिए । तालिम शुक्रबार नै समापन गरिएको छ। समापनमा बोल्दै महासंघका अध्यक्ष ज्ञवालीले सिकेको सीपलाई सदुपयोग गर्दै होमस्टे मार्फत आर्थिक उपार्जनमा लाग्न आग्रह गरिन्। सो अवसरमा तालिममा सहभागीहरूलाई होमस्टे संचालनका लागि उपयोगी सामाग्रीहरू समेत प्रदान पनि गरिएको थियो ।

अर्को समाचार
उज्यालो पर्वको समभाव सन्देश
१४ कार्तिक २०८१
•
६ मिनेट पाठ
उज्यालो पर्वको समभाव सन्देश
उज्यालो प्रकाशसँग सम्बन्धित छ। जसले अन्धकारलाई भगाउँछ। ज्योति चम्काउँछ। उज्जर बनाउँछ। धुम्मबाट खुलामा परिणत गर्छ। त्यसैले उज्यालो प्रगतिको प्रतीक हो। प्रकाश संसारलाई चमक प्रदान गर्ने स्रोत हो। सोचौँ त, धर्तीमा अँध्यारोको मात्र राज हुन्थ्यो भने के हुन्थ्यो होला ? कल्पनै पनि कठिन छ। यही कल्पना पनि गर्न नसकिने पक्षमाथि राज गरेर प्रकाशले दुनियादारको प्रगति/उन्नतिमा मुख्य भूमिका खेलेको छ।




त्यसैगरी फूल सुन्दरताको प्रतीक हो। यो सकारात्मकताको प्रतिविम्ब पनि हो। रंगीचंगी फूलले विरक्त मनलाई पनि खुसी तुल्याउने हैसियत राख्छ। चिन्तामा भुलेकालाई पनि चिन्तनमा लाग्न सक्ने बनाउँछ। अझ भगवानप्रति विश्वास गर्ने र उनलाई खुसी पार्न थरिथरिका फूल चढाउने हामी जस्ता हिन्दुका लागि त फूल झनै सुनमा सुगन्ध जत्तिकै भएकामा शंकै छैन।

उज्यालो अर्थात् प्रकाश र फूलको प्रसंग यहाँ त्यत्तिकै ल्याइएको हैन। जब हामी तिहारको वरपर हुन्छौँ, नेपालीको दसैँपछिको दोस्रो ठूलो चाड मनाउने तयारीमा हुन्छौँ, यी दुईबिना यो पर्व सम्पन्न हुनै सक्दैन। त्यसैले प्रकाश र फूल नै तिहारका दुई मुख्य विशेषता हुन् जसले सम्पूर्ण नेपाली मनलाई खुसी तुल्याउँछन्। अभावबीच पनि चम्किलोरूपमा प्रस्तुत गरिदिन्छन्। अनि प्रगति र सकारात्मकताको मार्ग प्रदर्शन गर्छन्। शायदै यही कारण पनि होला– तिहारकै आसपास सयपत्री, गोदावरी, मखमली जस्ता फूल उन्मुक्त हाँसोका साथ सर्वत्र फिँजारिदिएको प्रकृतिले पनि।

त्यसैले त यतिबेला दक्षिणी छिमेकी मात्र नभई उत्तरी छिमेकी चीनलगायत अन्यत्र देशबाट समेत ठूलो परिमाणमा उज्यालो प्रदान गर्ने सामग्री भित्रन्छन्। माला र फूल उत्तिकै ओइरिन्छन्। सप्तरंगी टीकाका सामग्री पनि यसरी नै भित्रन्छन्। जसले गाउँदेखि शहरसम्म, झुपडीदेखि महलसम्म झकिझकाउ तुल्याउन सघाउँछन्। सेलरोटी र मखमली अनि भाइमसलाले प्रत्येक घर चुम्न भ्याएका हुन्छन्। त्यसैले त यो पर्व साँच्चै विशेष उमंगको मानिँदै आएको हो।

दिदीबहिनी–दाजुभाइको सम्बन्ध

तिहारको अर्को विशेषता दिदीबहिनी–दाजुभाइबीचको सम्बन्ध नवीकरण पनि हो। लामो समयदेखि भेट नभएका दिदीबहिनी–दाजुभाइ यतिबेला सकेसम्म भेट गर्छन्। दिदीबहिनीले सप्तरंगी टीका लगाइदिएर दाजुभाइको प्रगति र दीर्घायुको कामना गर्छन्। त्यसैगरी दाजुभाइले पनि दिदीबहिनीको। यही पर्व हो, जसले टुटेका र फाटेका मनलाई पनि एकापसमा जोड्ने गर्छ। टीका लगाउने बेला यस्ता तीता पक्ष सबैले बिर्सन्छन्। त्यसैले यसलाई सम्बन्ध नवीकरण अवसरका रूपमा पनि लिइएको हो।

भाइमसला दिदीबहिनीले दाजुभाइलाई टीकापछि दिने विशेष उपहार हो। जुन अरू पर्वमा खासै दिइन्न। अनि आफ्ना दाजुभाइको गलामा लगाइदिएको माला कहिल्यै नओइलाओस् भन्ने अपेक्षासाथ लगाइने मखमलीको पनि आफ्नै विशेषता छ। यी यस्ता विशेषता हुन् जसले दिदीबहिनी र दाजुभाइबीचको सम्बन्धलाई अझ गाढा बनाउँछ। त्यसैले त तिहार काटमारभन्दा पृथक अस्तित्व राख्छ। त्यसैले त तिहार तडकभडकभन्दा पनि भाइचाराको धारणा अंगाल्छ। त्यसैले त तिहार सकारात्मकताको सन्देशसहित आउँछ र यस्तै सन्देश दिएर बिदा हुन्छ। यसर्थ पनि तिहार सबैलाई प्रफुल्लित बनाउने चाड होभन्दा फरक पर्दैन ।

तिहारको आर्थिक साइनो

भाइमसला प्रत्येक दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीकापछि दिने विशेष उपहार हो। त्यसैले यसको कारोबार लाखौँ होइन, करोडौँ हैन, अबौँमा हुने गर्छ। दियो, मैनबत्ती र विद्युत्द्वारा बालिने झिलिमिली बत्तीको व्यापार पनि एकदमै हुने गर्छ यतिबेला। प्रत्येक घरमा सेलरोटी पाक्ने भएकाले त्यसका लागि हुने किनमेल पनि उत्तिकै हुन्छ। अनि फलफूल र दिदीबहिनीलाई दिइने कपडा, ब्याग, फोन, घडीलगायतका उपहार पनि त्यत्तिकै बिक्री हुन्छ। यस अर्थमा तिहार व्यावसायिक दृष्टिकोणमा पनि सुन्दर छ। यतिबेला प्रयोग हुने दियो, ढक्की, मखमलीलगायतका सामग्री बेचेर त्यसैबाट धेरै समयको गुजारा चलाउनेहरू पनि उत्तिकै छन्। यसबाट पनि पुष्टि हुन्छ कि तिहारको आर्थिक साइनो दरिलै छ।

खर्च गर्न सक्नु अर्थात् किन्ने हैसियत बढ्नु पनि मानिसको सशक्तीकरणको एक मापक हो। त्यसैले जति धेरै किनबेच भयो त्यो मुलुकको आर्थिक कारोबार उत्तिकै चलायमान हुन्छ। यस अर्थमा चाडपर्वले बजारलाई जीवन्त तुल्याउन सक्छ। तिहार यस्तै एक विशेष पर्व हो जसले सुतेको बजारलाई उठाइदिन सक्छ। व्यवसायीमा रौनक ल्याइदिन सक्छ। धनतेरसका अवसरमा आफ्नो गच्छेअनुसारको सुन, चाँदी, तामा जस्ता सामग्री किनेर राख्दा वर्ष दिनभर घरमा सुख/शान्ति मिल्ने विश्वासले पनि व्यापार वृद्धिमा सघाएको छ। त्यसैले पनि तिहारको शीघ्र आगमनको कामना गरेर बस्ने व्यवसायी/व्यापारी टन्नै भेटिन्छन्।

सहयोगीहरूको कदर

मानिस एक्लै बाँच्न सक्ने प्राणी नै हैन। त्यसैले मानिसको जीवन सम्भव तुल्याउन प्रकृतिले नै विभिन्न जीवजन्तु तथा वनस्पति सिर्जना गरिदिएको छ। हुन त मानिस यस्तो स्वार्थी प्राणी हो  जसले आफ्नो फाइदाका लागि बाँकी सबै चिजबिज र जन्तु/जनावरलाई सिध्याउन पनि पछि पर्दैन। तर तिहार मात्र यस्तो एक विशेष पर्व हो जतिबेला उसले ती जनावर र पन्छीहरूको गुन सम्झेर कदर गर्ने गर्छ। तिहारका बेला नेपालीले कुकुरदेखि कागसम्म, गाईदेखि गोरुसम्मलाई पूजा गर्नुको अर्थ आफूलाई प्राप्त उनीहरूको सहयोग नै हो।

जस्तो–तिहारको पहिलो दिन नै कागलाई पूजा गरिन्छ। जुन दिनको नामै कागतिहार हुने गर्छ। नेपाली परम्परागत विश्वासअनुसार काग सन्देशबाहक हो। त्यसैले ऊबाट सधैँ शुभ सन्देश मात्र प्राप्त भइरहोस् भन्ने अपेक्षाका साथ कागलाई पुजिन्छ। दोस्रो दिनको कुुकुर तिहारको प्रयोजन पनि कुकुरको बफादारिताको कदर नै हो। इमानदारिताको प्रतीकका रूपमा कुकुरलाई पुज्नुको अर्थ हामी पनि इमानदार हुन प्रयास गर्छौँ र त्यस्ताको कदर गर्छौँ भन्ने नै हो। प्रायः तेस्रो दिन पर्ने लक्ष्मीको पूजा धनधान्यसँग मात्र सम्बन्धित छैन, नारी शक्तिको सम्मान पनि जोडिएको छ यो पूजासँग। उनको महिमा, शक्ति र समृद्धिको सम्मान सम्पूर्णको यस्तै अवस्था होस् भन्ने अपेक्षासँग सम्बन्धित छ, जुन एकदमै सकारात्मक कामना पनि हो।

यही दिन गाईको समेत पूजा गरेर हामी आफूलाई सधैँ दूध खुवाउने, मल दिने र दुःखजिलो परेका बेला आर्थिक गर्जोसमेत टारिदिने सोझो प्राणीको सम्मान गर्छौँ। जसको अर्थ गुनको कदर गर्नुपर्छ भन्ने नै हो। त्यसैगरी चौथो दिन गोरु तिहारका अवसरमा गोवर्धन पूजाको विधिमार्फत गोरुको पूजाआजा गर्छौँ। हाम्रो बाँझो जमिनलाई जोतेर खेतीयोग्य बनाइदिने र हामीलाई भोको नराख्ने उसको योगदान यो पूजासँग जोडिएको छ। यसरी आफूलाई सदा सहयोग गर्नेहरूको थोरै नै किन नहोस्, कदर गरेर अनुग्रहित हुने बेला पनि हो तिहार। जसको सन्देश निकै सुन्दर छ। र, यस्तो सन्देश भावी पुस्तासम्म हस्तारण गर्न पनि तिहार गतिलैसँग मनाउनुपर्ने देखिन्छ।

भाइटीका

दिदीबहिनी र दाजुभाइबीच स्नेह आदान–प्रदान यो पर्वको मुख्य गहना हो। एकले अर्कोलाई दीर्घायु र समृद्धिको कामना गर्ने भएकाले उनीहरूबीच यतिबेला विशेषखालको सम्बन्ध स्थापित हुन्छ। आफ्नै बाबुआमालाई समेत तीन–चार वर्षमा एकपटक कफी पिउन निम्ता गर्ने पश्चिमा सभ्यताको तुलनामा आमाबाबु मात्र हैन, दिदीबहिनी र दाजुभाइको समेत योखाले वार्षिक मिलन वास्तवमै अनुपम भएकामा शंका छैन। त्यसैले पनि तिहारको विशेषता बहुआयामिक छ भन्ने पुष्टि हुन्छ। जसले हामीलाई हाम्रो चाडपर्वप्रति गौरवान्वित तुल्याउँछन् र बाँकी विश्वका लागि अनुशरणीय। 
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस