प्रदेशको बजेट खर्च: ६ महिनामा १६ प्रतिशत मात्र
२७ माघ २०८१
•
२ मिनेट पाठ
प्रदेशको बजेट खर्च: ६ महिनामा १६ प्रतिशत मात्र
चालु आर्थिक वर्षको ६ महिनामा प्रदेशहरूको बजेट खर्च निराशाजनक देखिएको छ। सरकारले सार्वजनिक गरेको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनअनुसार हालसम्म प्रदेशको बजेट खर्च वार्षिक लक्ष्यको १६.१८ प्रतिशत मात्रै छ। कुल दुई खर्ब ७८ अर्ब ६९ करोड २४ लाख रूपैयाँको बजेट ल्याएका प्रदेश सरकारले गत पुस मसान्तसम्ममा ४५ अर्ब नौ करोड ३८ लाख रूपैयाँ बराबर मात्रै खर्च गरेका हुन्।




मधेस प्रदेशको बजेट खर्च सबैभन्दा कमजोर देखिएको छ। चालु आवका लागि कुल ४३ अर्ब ८९ करोड २२ लाख रूपैयाँको बजेट ल्याएको मधेस प्रदेशले पुस मसान्तसम्ममा दुई अर्ब ४६ करोड दुई लाख मात्रै खर्च गरेको छ। यो वार्षिक विनियोजनको ५.६१ प्रतिशत हो। पुँजीगत शीर्षकमा २७ अर्ब ८९ करोड रूपैयाँ छुट्याएको मधेस प्रदेशले उक्त विनियोजनको एक प्रतिशत मात्रै खर्च गरेको छ।

सुदूरपश्चिम प्रदेशले अर्धवार्षिक समीक्षा अवधिसम्ममा वार्षिक विनियोजनको १४.८२ प्रतिशत मात्रै खर्च गरेको छ। कुल ३१ अर्ब ६२ करोड १९ लाख रूपैयाँको बजेट ल्याएको सुदूरपश्चिमले पुस मसान्तसम्ममा चार अर्ब ६८ करोड ७० लाख रूपैयाँ खर्च गरेको छ।

त्यसैगरी कर्णाली प्रदेशले १५.१४ प्रतिशत खर्च गरेको छ। चालु आवका लागि ३१ अर्ब ४१ करोड रूपैयाँको बजेट ल्याएको कर्णालीले पुस मसान्तसम्ममा चार अर्ब ७५ करोड ४७ लाख रूपैयाँ खर्च गरेको छ।

लुम्बिनी प्रदेशले कुल ३८ अर्ब ९७ करोड रूपैयाँको वार्षिक बजेट ल्याएको थियो। लुम्बिनीले अर्धवार्षिक समीक्षा अवधिसम्ममा वार्षिक विनियोजनको १९.३६ प्रतिशत अर्थात् सात अर्ब ५३ करोड ६१ लाख रूपैयाँ बराबर खर्च गरेको छ।

गत पुस मसान्तसम्ममा गण्डकी प्रदेशको बजेट खर्च वार्षिक विनियोजनको १९.३६ प्रतिशत छ। कुल ३२ अर्ब ९७ करोड ८६ लाख रूपयाँको वार्षिक बजेट ल्याएको गण्डकी प्रदेशले पुस मसान्तसम्ममा ६ अर्ब ३८ करोड ४७ लाख रूपैयाँ खर्च गरेको हो।

प्रदेशगत रूपमा चालु आवका लागि बागमती प्रदेशले सबैभन्दा ठूलो आकारको बजेट ल्याएको थियो। कुल ६४ अर्ब ५४ करोड चार लाख रूपैयाँ बराबरको वार्षिक बजेट ल्याएको बागमती प्रदेशले अर्धवार्षिक समीक्षा अवधिसम्ममा वार्षिक विनियोजनको १६.२७ प्रतिशत अर्थात् १० अर्ब ५० करोड २९ लाख रूपैयाँ बराबर मात्रै खर्च भएको छ।

तुलनात्मक रूपमा कोसी प्रदेशको बजेट खर्च सबैभन्दा राम्रो देखिएको छ। पुस मसान्तसम्ममा कोसी प्रदेशले २४.८५ प्रतिशत बजेट खर्च गरेको छ। चालु आवका लागि कोसी प्रदेशले ३५ अर्ब २७ करोड ९३ लाख रूपैयाँको बजेट ल्याएकोमा आठ अर्ब ७६ करोड ८२ लाख रूपैयाँ बराबर खर्च गरेको छ।

मधेस र लुम्बिनीबाहेक सबै प्रदेशले चालु आवका लागि वित्तीय व्यवस्था शीर्षकमा बजेट ल्याएका थिए तर कुनै पनि प्रदेशले यो शीर्षकको बजेट खर्च गर्न सकेका छैनन्। वित्तीय व्यवस्था शीर्षकको सबै प्रदेशको बजेट खर्च शून्य छ।
अर्को समाचार
कर्णाली प्रदेशको बजेट: ११ महिनासम्म २७ प्रतिशत, असारमा ३८ प्रतिशत
१४ साउन २०७८
•
३ मिनेट पाठ
कर्णाली प्रदेशको बजेट: ११ महिनासम्म २७ प्रतिशत, असारमा ३८ प्रतिशत
अघिल्लो आर्थिक वर्षको ११ महिनासम्म कर्णाली प्रदेश सरकारले २७ प्रतिशत हाराहारीमा बजेट खर्च गरेको थियो। असार मसान्तमा आइपुग्दा बजेट खर्च बढेर ६५ प्रतिशत पुग्यो। बजेट खर्च गर्न असार कुर्नुपर्ने अवस्था कर्णालीमा अझै छ।  




प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ को जेठ मसान्तसम्म प्रदेश सरकारले पुँजीगततर्फ २४.४६ र चालुतर्फ ३०.०९ प्रतिशत बजेट मात्रै खर्च गरेको थियो। असार एक महिनामा पुँजीगत खर्च ४६.१७ प्रतिशतले बढेर ७०.६३ प्रतिशत पुग्यो भने चालुतर्फ २६.९५ प्रतिशत बढेर ५८.८८ प्रतिशत पुग्यो। ‘अघिल्लो आर्थिक वर्ष मात्रै होइन, प्रदेश सरकार गठन भएयताका सबै आर्थिक वर्षको अन्त्यतिर मात्रै हतार हतारमा बजेट खर्च भएको देखिन्छ,’ मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक दुर्गाप्रसाद सापकोटाले भने, ‘यस्तो गतिले कर्णाली सरकारले लिएको समृद्ध र सुखारी कर्णालीबासीको सपना पूरा हुँदैन।’ हुन पनि कर्णालीमा ११ महिनासम्म पुँजीगत खर्च अत्यन्तै न्यून हुन्छ । 

आर्थिक वर्षको अन्तिम महिनामा दोब्बरभन्दा बढी खर्च हुन्छ । कर्णाली प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षका लागि ३३ अर्ब ७४ करोड १३ लाख बजेट ल्याएको थियो। त्योमध्ये २२ अर्ब १० करोड ८६ लाख रूपैयाँ सरकारले आर्थिक वर्ष २०७७/०७८ मा खर्च गर्‍यो । उक्त बजेटमध्ये ११ महिनामा प्रदेश सरकारले नौ अर्ब सात करोड ९२ लाख ६२ हजार १६६ रूपैयाँ खर्च गरेको थियो । असारमा मात्रै १३ अर्ब दुई करोड ९३ लाख ३७ हजार ८३३ रूपैयाँ खर्च गर्‍यो।

पुँजीगततर्फको १९ अर्ब ६ करोड ९१ लाखमध्ये १३ अर्ब ४६ करोड ८२ लाख ३३ हजार ५७ रूपैयाँ प्रदेश सरकारले खर्च गर्‍यो। पुँजीगततर्फ छुट्ट्याइएको कुल बजेटमध्ये प्रदेश सरकारले ११ महिनामा चार अर्ब ६६ करोड ४७ लाख ८२ हजार १२६ रूपैयाँ मात्रै खर्च गरेको थियो। बाँकी रकम खर्च गर्न असार कुर्नुपर्‍यो।  

चालुतर्फको १४ अर्ब ६७ करोड २२ लाखमध्ये अघिल्लो आर्थिक वर्ष प्रदेश सरकारले आठ अर्ब ४९ करोड २० लाख ३३ हजार ५७३ रूपैयाँ खर्च गर्‍यो। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार योमध्ये असारमा चार अर्ब सात करोड ७५ लाख ५३ हजार ६६४ रूपैयाँ खर्च भएको छ।  

प्रदेश लेखा नियन्त्रक मानबहादुर बमका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुँजीगत खर्च जेठ मसान्तसम्म १०.४६ प्रतिशत थियो। असारमा बढेर १०५.६५ प्रतिशत पुग्यो। यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जेठ मसान्तसम्मको पुँजीगत खर्च २६.९९ प्रतिशत थियो भने आर्थिक वर्ष सकिँदा ५३.४१ प्रतिशत पुग्यो। आर्थिक मामिला तथा योजना मन्त्रालयले ११ महिनासम्म २.१५ प्रतिशत पुँजीगत बजेट खर्च गरेको थियो। असार मसान्तमा पुग्दा ३.४० प्रतिशत बजेट खर्च भयो।

सामाजिक विकास मन्त्रालयले जेठ मसान्तसम्म पुँजीगत बजेट २५.५१ प्रतिशत खर्च गरेको थियो । असार मसान्त हुँदा खर्च प्रतिशत बढेर ७२.८४ पुग्यो। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जेठ मसान्तसम्म ४४ प्रतिशत पुँजीगत बजेट खर्च गरेको थियो। असार मसान्तमा पुँजीगत खर्च बढेर १११.३३ प्रतिशत पुग्यो । उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले जेठ मसान्तसम्म १८.३० प्रतिशत विकास बजेट खर्च गरेको थियो। असार मसान्तमा पुग्दा पुँजीगत खर्च बढेर ८०.८२ प्रतिशत पुग्यो । भौतिक पूर्वाधार विकास मन्त्रालयले ३१.१५ प्रतिशत पुँजीगत खर्च गरेको थियो। असार मसान्तमा पुग्दा ६३.४८ प्रतिशत पुग्यो।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपाली अघिल्ला आर्थिक वर्षको तुलनामा समग्र बजेटको खर्च प्रतिशत राम्रो रहेको बताउँछिन्। ‘कोरोना महामारीका बेला पनि चालुतर्फ ५८.०२ र पुँजीगततर्फ ७१.२९ प्रतिशत बजेट खर्च हुनु राम्रो हो,’ सरकारका प्रवक्ता नेपालीले भनिन्, ‘आर्थिक वर्ष २०७६/०७७ को तुलनामा ३३.३३ प्रतिशत बजेट धेरै खर्च गर्न सफल भएका छौं।’ 
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस