काेशी प्रदेश सरकारको आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुने भएको छ।
आजको प्रदेशसभा बैठकमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
प्रदेश प्रमुख खापुङले प्रदेश सभाको आज ३ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यसूची रहेको छ।
बुधबार बसेको कोशी प्रदेशको मन्त्रीपरिषद्को बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको हो।
मन्त्रीपरिषद्को निर्णय बारे जानकारी गराउँदै कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिन्थेपले बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले आगामी आर्थिक वर्ष ०८३/०८४को नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको र उक्त नीति तथा कार्यक्रम बिहिबार बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले सार्वजनिक गर्ने जानकारी दिए।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...