आर्थिक सहायतामा मुख्यमन्त्रीको मनोमानी : गृह जिल्लामा पैसाको खोलो, मनाङ र मुस्ताङलाई उपेक्षा
०५ असार २०८२
•
३ मिनेट पाठ
आर्थिक सहायतामा मुख्यमन्त्रीको मनोमानी : गृह जिल्लामा पैसाको खोलो, मनाङ र मुस्ताङलाई उपेक्षा
सरकार नागरिकको अभिभावक हो । सुशासन, विकासदेखि आवश्यक पर्दा स्वास्थ्य उपचारका लागि दिईने आर्थिक सहयोगमा राज्यले समान रुपमा नागरिकलाई उपलब्ध गराउनुपर्छ । तर गण्डकी सरकारले नागरिकलाई समान रुपमा त्यो सेवा उपलब्ध नगराई विभेदपूर्ण रुपमा दिने गरेको छ । यसको पछिल्लो उदाहरण राज्यले उपलब्ध गराउने आर्थिक सहयोगमा छर्लङ्ग देखिएको छ ।  




गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले क्यान्सर, मुटु, मिर्गौला, पार्किन्सन्स, अल्जाईमर, स्पाइनल ईञ्जुरी, हेड ईञ्जुरी, कलेजो, सिकलसेल एनिमिया, अप्लाष्टिक एनिमिया, थालिसिमिया र मस्तिष्क आघात भएका गरीब तथा विपन्न विरामीहरुलाई आर्थिक सहयोग वितरण गर्दा भुगोल र राजनीतिक आस्थाका आधारमा गरेको पाइएको हो । त्यतिमात्र होईन पहुँचका आधारमा गरीब तथा विपन्न परिवारलाई दिनुपर्ने सहयोग हुनेखाने वर्गलाई वितरण भएको पाइएको छ ।  

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८१-८२ को जेठ मसान्त सम्ममा ६ सय ३५ जनालाई ३ करोड ४० लाख ८५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । त्यस सहयोगमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको गृहजिल्ला गोरखामा सहयोगको खोलो बगाइएको छ भने हिमाल पारिको जिल्ला मनाङ र मुस्ताङलाई भने सौतेनी व्यवहार गरिएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गोरखामा सबैभन्दा धेरै १६५ जनालाई आर्थिक सहयोग उपलब्ध गराउँदा मनाङमा जम्मा एक जनालाई मात्र आर्थिक सहयोग गरिएको छ भने मुस्ताङमा केवल ५ जनालाई आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

कास्कीका ११९ जनालाई, स्याङ्जाका ८५ जनालाई, पर्वतका ६५ जनालाई, तनहुँका ५२ जनालाई, लमजुङका ४६ जनालाई, नवलपुरका ३५ जनालाई र म्याग्दीका ७ जनालाई आर्थिक सहयोग उपलब्ध गराइएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।  

सरकारले उपलब्ध गराएको सहयोगपनि पहुँचवालालाई एक लाख र अन्यलाई १५ हजार मात्रै उपलब्ध गराईने गरेको पाइएको छ । गण्डकी सरकारले पछिल्लो साढे १० महिनामा २१४ जनालाई एक लाख रुपैयाँ उपलब्ध गराएको जनाएको छ । जसमा अधिकांश सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ता रहेका छन् । त्यस्तै, ७५ हजार ३ जनालाई, ५० हजार ४१ जनालाई, २५ हजार ४१३ जनालाई, २० हजार २ जनालाई र १५ हजार ३ जनालाई उपलब्ध गराइएको सूचनामा उल्लेख छ ।  

गण्डकी सरकारबाट एक लाखको सहयोग पाउने गोरखाका मात्रै ४९ जना छन् । बाँकी अन्य जिल्लाका छन् । यसरी आर्थिक सहयोग पाउनेहरु सत्तारुढ दल नेपाली कांग्रेसका जिल्ला स्तरका नेतादेखि पदाधिकारीसम्म रहेको सो पार्टी निकट नेताहरु बताउँछन् । जसमा गोरखाकै कांग्रेस पार्टीका जिल्ला पदाधिकारी रहेको उक्त श्रोतले बतायो ।

गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सूचना अधिकारी प्रवीण ढकालले मागका आधारमा आर्थिक सहयोग गर्ने निर्णय भएको बताए । उनले भने,'यहाँ निवेदन आउँछन्, आएका निवेदनका आधारमा नै आर्थिक सहयोग उपलब्ध गराउने गरिएको छ ।’ तर उनले भनेको औपचारिकतामा मात्रै सीमित छ । सहयोग पाउन राजनीतिक पहुँच अनिवार्यजस्तै रहेको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय श्रोत बताउँछ । स्रोत भन्छ,'निवेदन मात्रै दिएर त कहाँ पाईन्छ र ? त्यसका लागि त मुख्यमन्त्रीको गृहजिल्ला वा राजनीतिक पहुँच चाहिन्छ ।’  

सूचना अधिकारी ढकाल भने आर्थिक सहयोगका लागि निवेदन पर्नुपर्ने र त्यससँगै उसले पेस गरेको कागजात, चिकित्सकले गरेको रोगको पहिचान तथा स्थानिय तहले गरेको सिफारिस चाहिने बताउँछन् । २५ हजार भन्दा कमको मुख्यमन्त्री आफैले तोक लगाएर दिने व्यवस्था छ,उनले भने,'त्यो भन्दा बढीचाहिं मन्त्री परिषदले निर्णय गरेर दिईन्छ ।’ कतिपयलाई सरकारबाट आर्थिक सहयोग पाईन्छ भन्ने नै थाहा नहुने र कतिपयले कागजात नै पुर्‍याउन नसक्ने उनले स्वीकारे । भने,'निवेदन परेपछि ल है यस्तो समस्या भएको विरामी आएको छ, सहयोग गर्दिनूस् है भन्ने त भईहाल्छ । त्यसलाई अन्यथा मान्नु हुँदैन ।’
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
यो पनि पढौँ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस