दुई वर्षभित्र २० लाख पर्यटक
१६ जेष्ठ २०७५
•
११ मिनेट पाठ
दुई वर्षभित्र २० लाख पर्यटक
काठमाडौं– सरकारले दुई वर्षभित्र २० लाख पर्यटक भिœयाउने लक्ष्य लिएको छ। अर्थमन्त्री युवराज खतिवडाले मंगलबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै दुई वर्षभित्र २० लाख पर्यटक ल्याउन ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान घोषणा गरे। 

सरकारले पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०७५÷०७६ मा ५ अर्ब २० करोड ३४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। बजेटमा ‘पहिला देश अनिमात्रै विदेश’ को नारा राखिएको छ। सरकारले मुलुकभर सयवटा पर्यटकीय गन्तव्य पहिचान गरी पर्यटन क्षेत्रको विकास गर्ने लक्ष्य राखेको छ।

पर्यटन क्षेत्रमा ५ अर्ब २० करोड ३४ लाख रुपैयाँ बजेट विनियोजन ।

नेपाल पर्यटन भ्रमण वर्ष २०२० घोषणा ।

पहिला देश, अनि मात्रै विदेश ।

गुणस्तरीय पर्यटक भित्र्याउन विविधिकरण ।

मुलुकभर एक सय वटा पर्यटकीय गन्तव्यको पहिचान गरी प्रवर्द्धन ।

पर्यटन सूचना, जानकारी र वित्तीय पक्षलाई स्याटलाइट लेखा प्रणालीमा लैजाने ।

बजेट वक्तव्यअनुसार साहसिक पर्यटन पूर्वाधार निर्माण गरिने छ । बजार प्रवद्र्धन र सेवा सुविधामा थप सेवा विस्तार गरिने छ। पर्यटनबाट रोजगारी आयआर्जन बढाउन मनोरञ्जन, प्राकृतिक, पुरातात्विक, ऐतिहासिक, धार्मिक क्षेत्रको संरक्षण र प्रवर्द्धन गरिने छ।  

प्रदेश र स्थानीय तहसँगको साझेदारीमा आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनका लागि मुलुकभरका कम्तिमा सयवटा नयाँ पर्यटकीय गन्तव्य पहिचान गरी विकास तथा प्रवर्द्धन गरिने छ। 

गुणस्तरीय पर्यटक भित्र्याउन पर्यटन सेवाको विविधिकरण गरिने छ। केही मौसममा मात्र सीमित हालको पर्यटनलाई बाह्रैमास चलायमान बनाइने छ। नेपाल पर्यटन बोर्डबाट भारत र चीन लक्षित पर्यटन प्रवद्र्धन कार्यक्रमलाई विशेष रुपमा अघि बढाइने बजेटमा उल्लेख छ। 

सरकारले आगामी आर्थिक वर्ष स्तरीय होटल तथा रिसोर्टलगायत पर्यटकीय सेवाका लागि आवश्यक पूर्वाधार निर्माणमा सहजीकरण गर्ने छ। नेपालमा माइस टुरिज्म केन्द्रका रुपमा विकास गर्न आवश्यक पूर्वाधार विकास गरिने छ। 

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानलाई विश्वविद्यालयका रुपमा विकास गर्न आवश्यक पूर्वाधार तयार गरिने छ। पर्यटन सूचना, जानकारी र वित्तीय पक्षलाई स्याटेलाइट लेखा प्रणालीमा आबद्ध गरिने छ । हिमाल आरोही र पदयात्री पर्यटकको सुरक्षा र आकस्मिक उद्धारको व्यवस्था मिलाइने छ। अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रचारप्रसार र बजारीकरण गर्न विदेशस्थित नियोगलाई परिचालन गरिने छ। 

सरकारले पर्यटकीय सम्भाव्यस्थल आसपास निर्माण हुने राजमार्गका पुल कलात्मक बनाउने छ। यसका लागि रणनीतिक सडक–पुल निर्माण सम्पन्न गरी सडक यातायात सुचारु गर्ने लक्ष्य छ। 

हवाई क्षेत्रमा १९ अर्ब ३५ करोड 

सरकारले हवाई उड्डयन क्षेत्र सुरक्षित र प्रविधिमैत्री बनाउन १९ अर्ब ३५ करोड विनियोजन गरेको छ। आन्तरिक तथा वाह्य उडान नियमित, विश्वसनीय र गुणस्तरीय बनाउन सरकारले हवाई क्षेत्रलाई उच्चतम प्रविधि प्रयोग र प्राविधिक जनशक्ति विकास गरिने छ।  

आगामी आर्थिक वर्षमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सुरु गर्ने लक्ष्य छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाइने छ। गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरी सञ्चालन गरिने छ। 

बजेट वक्तव्यअनुसार नयाँ आर्थिक वर्षमा विराटनगर, जनकपुर, नेपालगन्ज र धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नति गरिने छ। ती विमानस्थलबाट छिमेकी मुलुकहरुसम्म उडान सुरु गरिने लक्ष्य छ। आन्तरिक विमानस्थल निर्माणलाई तीव्रता दिइने छ। हवाई क्षेत्रलाई व्यवस्थित बनाउन दाङमा वैकल्पिक विमानस्थल निर्माण कार्य अगाडि बढाइने छ। 

यस्तै त्रिभुवन विमानस्थलको हवाई चाप व्यवस्थित गर्न काभ्रेमा वैकल्पिक आन्तरिक विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अघि बढाइने छ। आन्तरिक विमानस्थल विस्तार सम्बन्धमा गुरुयोजना तयार पारिने छ। 

विपद् प्रभावित पर्यटक तथा अन्य व्यक्तिलाई आपतकालीन उद्धार गर्न सबै स्थानीय तहमा हेलिप्याड निर्माण गरिने छ। यसका लागि स्थानीय तहले उपलब्ध गराउने जग्गामा हेलिप्याड निर्माण गरिने छ। 

दुई वर्षपछि २० लाख पर्यटक कसरीः पर्यटन व्यवसायीको शंका  

सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिकपछि होटल एसोसिएसन नेपाल (हान) का महासचिव विनायक शाहले दुई वर्षमा २० लाख पर्यटक ल्याउने घोषणा स्वागतयोग्य रहेको बताए। अहिले करिब १० लाख पर्यटक नेपाल भित्रिएको तथ्यांक छ । लगत्तै दुई वर्षपछि २० लाख पर्यटक भिœयाउने विषय भने सामान्य नभएको उनको टिप्पणी छ।  

‘हामी २५ लाख पर्यटक व्यवस्थापन गर्न सक्छौं । होटलको तर्फबाट कुनै समस्या छैन । दुई वर्षभित्र ६ हजार कोठा थपिँदै छ। सरकारको सन् २०२० लाई नेपाल भ्रमण वर्ष  मनाउने घोषणाले  होटल व्यवसायी उत्साही छौं,’ शाहले  भने, ‘२० लाख पर्यटक भिœयाउन सरकारले पूर्वाधार विकासमा जोड दिनुपर्छ। यदि हवाई क्षेत्रको सुविधा र सेवा विस्तार गर्न सकिएन भने घोषणाले सार्थकता नपाउन सक्छ।’ 

टे«ेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले २०२० मा २० लाख पर्यटक भित्र्याउने घोषणा सुन्दा लोकप्रिय लागे पनि व्यवहारमा कठिन रहेको बताए। 

नयाँ बजेटमा पर्यटन क्षेत्रका लागि ल्याइएका योजना प्रभावकारी भए पनि दुई वर्षमा २० लाख पर्यटक ल्याउन पूवार्धार समस्या हुने दाहालको भनाइ छ। ‘पर्यटन क्षेत्रमा यही अस्तव्यस्तता रहने हो भने सम्भव छैन तर, सरकारले देखावटी सम्बोधनमात्रै नभएर कार्यन्वयनमा लाग्यो भने सम्भव छ,’ दाहालले भने, ‘यसका लागि पर्यटन व्यवसायी र निजी क्षेत्रको सुझाव आत्मसात गर्दै हातेमालो गर्नुपर्छ। यसमा हामी सहकार्य गर्न तयार छौं। यो हाम्रो पनि चाहना हो।’ 

नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले सरकारको बजेटभित्र पर्यटन विषयमा आकर्षक बजेट विनियोजन गरिएको बताए। ‘दुई वर्षपछि २० लाख पर्यटक ल्याउने  घोषणा भने सम्भव छैन। १५ लाख पर्यटक हम्मेहम्मे गरेर ल्याउन सक्छौं। पर्यटक भनेको प्रतिशतमा वृद्धि हुने हो,’ उनले भने, ‘चाहियो भनेर घोषणा गर्दैमा सम्भव छैन। यसका लागि आधारभूत भौतिक पूर्वाधार विकास पहिलो प्राथमिकता हो। अहिले सम्भावना न्यून छ।’ 

पर्यटन व्यवसायी तथा टानका पुर्व महासचिव कर्ण लामाले २० लाख पर्यटक भित्र्याउने योजना र संकल्प सफल पार्न सरकारले तत्काल्नै निजी क्षेत्र र सबै सरोकारवालासंग रणनीतिक योजना तर्जुमा गर्नु पर्नेमा बताए। ‘गन्तव्यको पहिचान, विकास र प्रवर्द्धन युद्ध स्तरमा गर्नुपर्छ। यसका लागि निजी क्षेत्र पूर्णरुपमा सहभागी र सहयोग गर्न तयार छ,’ लामाले भने,‘संरचनागत विकासका लागि उद्यमशील व्यवसायीहरुलाई लगानी मैत्री वातावरण बनाउनु पर्छ।’
अर्को समाचार
प्रदेश नं १ मा पाँच लाख पर्यटक भित्र्याइने : मुख्यमन्त्री राई
२८ जेष्ठ २०७५
•
२ मिनेट पाठ
प्रदेश नं १ मा पाँच लाख पर्यटक भित्र्याइने : मुख्यमन्त्री राई
विराटनगर - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आगामी पाँच वर्षभित्र प्रदेशमा पाँच लाख विदेशी पर्यटक भित्र्याइने बताएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित वायु सेवा कम्पनीहरुको सेवा प्रवाह एवं विमानस्थलका लागि भावी योजना विषयक कार्यकममा उनले प्रदेशमा रहेका धार्मिकस्थल र हिमाली क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गरी छिमेकी राष्ट्रका पर्यटकलाई आकर्षित गर्ने बताए।

मुख्यमन्त्री राईले विराटनगर विमानस्थललाई प्रादेशिकरुपमा विस्तार गरी छिमेकी देशमा हवाई उडान गरी छिमेकी देशका पर्यटकलाई यहाँ ल्याउने लक्ष्यका साथ सरकारले कार्य गरिरहेको उल्लेख गरे।

उनले प्रदेश मन्त्रिपरिषद् बैठकबाट विराटनगर विमानस्थलको रनवे तीन हजार मिटर पुर्याउने निर्णय गर्ने जानकारी दिँदै आगामी छ महिनाभित्र विमानस्थलको विस्तारका लागि आवश्यक जग्गा अधिग्रहण र अन्य समस्या समाधान गर्ने बताए।कार्यक्रममा यस क्षेत्रमा सञ्चालित विभिन्न वायुसेवा कम्पनीको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियतको उपस्थिति रहेको थियो।  कार्यक्रममा विराटनगर विमानस्थलको रनवे तीन हजार मिटर पुर्याउने मास्टर प्लान निर्माण गर्ने, कञ्चनबारीदेखि विमानस्थलसम्म स्मार्ट रोड बनाउने, विराटनगरबाट माउण्टेन उडान गर्ने, लुक्लाको लागि उडान गर्ने, यस क्षेत्रवाट भारतको पटना, दिल्ली, मुम्बइ हवाई उडान सञ्चालन गर्ने, नेपाल एयरलाइन्सको उडान कम भएकाले उडान थप गर्ने, विमानस्थलमा सिआइपी रुमको निर्माण गर्ने आदि निर्णय गरिएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस