एक अर्ब २२ करोडको बजेट प्रस्तुत
११ असार २०७६
•
१२ मिनेट पाठ
एक अर्ब २२ करोडको बजेट प्रस्तुत
महेन्द्रनगर – भीमदत्त नगरपालिकाको पाँचौ नगर सभामा आगामी आव ०७६/७७ का लागि एक अर्ब २२ करोड ८२ लाखको बजेट प्रस्तुत गरिएको छ। नगर सभामा वार्षिक नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरिएको छ।

आगामी वर्षका लागि प्रस्तुत बजेट चालु आवको तुलनामा १२ करोड बढी हो। गत वर्ष चालु आवका लागि एक अर्ब १० करोड विनियोजन गरिएको थियो। यसमा चालुतर्फ ८० करोड ३३ लाख र पुँजीगतमा ४२ करोड ४९ लाख विनियोजन गरिएको छ। नगरपालिकाको आन्तरिक आम्दानीबाट १३ करोड ३४ लाख राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नगरवासीको चाहना र मागका आधारमा समृद्ध नगर बनाउने लक्ष्यसहित आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको बताए। ‘यो नगरलाई समृद्ध, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, सबै क्षेत्र समानुपातिक  विकासका लागि नीति तथा कार्यक्रममा समावेश गरिएको छ,’ उनले भने, ‘त्यसैका आधारमा बजेट विनियोजन गरिएको छ।’

नगरको विकासका लागि २५ वर्षे दीर्घकालीन रणनीतिक योजना निर्माण गरी कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ। चालु आवमा दीघकालीन योजना बनाउने कार्य सुरु गरिएको छ।

विकासका योजना निजी, साझेदारी, सहकारी र गैरसरकारी संस्था र नागरिक समाजसित सहकार्य सम्पन्न गर्ने नीति लिएको नगरपालिकाले आफ्नो नगर आफै बनाऔ भन्ने नाराका साथ जनसहभागिता अभिवृद्धि, स्थानीय स्रोतसाधनको प्रयोग, पारदर्शिता र सार्वजनिक सुनुवाई परीक्षण कार्यलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

नगरपालिकाको आन्तरिक राजस्व बढाउन आगमी वर्षदेखि प्रगतिशील कर प्रणाली लागू गर्दै कर संकलन अभियान सञ्चालन गर्ने भएको छ। करका दायरा फराकिलो र करका नयाँ क्षेत्र पहिचान गरी आन्तरिक राजस्व वृद्धि गर्ने नीति लिइएको छ।

योजनाबद्ध महेन्द्रनगर सहरलाई थप व्यवस्थित गरी नमूना सहर बनाउने कार्य सुरु गर्ने र नगरपालिकालाई क्लिन ग्रिन सिटीका रुपमा विकास गर्न नीति र अभियान सञ्चालनलाई प्राथमिकता दिइएको छ।

आगामी वर्षको नीति कार्यक्रममा सोलार बत्ती जडान गरी उज्यालो नगर बनाउने कार्यक्रमलाई निरन्तरता दिइएको छ। संघीय र प्रदेश सरकारको नीतिका आधारमा आर्थिक क्षेत्रलाई प्राथमिकता दिएको नगरपालिकाले आगामी वर्ष नगर क्षेत्रका एक सय युवालाई स्वरोजगार बनाउने भीमदत्त रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ। युवाको प्रत्यक्ष सहभागिता र नेतृत्वमा युवाहरुको हात भीमदत्तको साथ भन्ने नाराका साथ कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ।

आगामी वर्ष स्थानीय स्रोत र साधनमा आधारिकत उद्योग मार्फत कम्तीमा ६० जना महिला उद्यमी तयार गरिने लक्ष्य लिइएको छ। लैङ्गिक समानता र आर्थिक रुपमा सशक्त बनाउन उद्यमी तयार गरिने कार्यक्रम अघि सारिएको छ। नगरका सबै वडामा सार्वजनिक जमिनको पहिचान गरी बालबालिकाहरुका लागि एक वडा एक चिल्ड्रेन पार्क निर्माणलाई वडा कार्यालय मार्फत निरन्तरता दिइएको छ।

कृषि र पशुपालन क्षेत्रलाई व्यवसायीकरणका लागि सम्भाव्यता अध्ययन गरी फार्म सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारसित सहकार्य गरिने नीति लिएको छ। यसै गरी एक वडा एक उत्पादन कार्यक्रम, भीमदत्त पन्त कृषि पुरस्कारलाई निरन्तनरता, किसानलाई उपकरण, नयाँ प्रविधि जडान लगायतका कार्यमा सहयोग गरिने कार्यक्रम समावेश गरिएको छ।

भीमदत्त नगरपालिकाका पर्यटकीय क्षेत्रहरुको पूर्वाधार विकास, प्रवद्र्धन र सञ्चाजीकरण गरी पर्यटन गन्तव्यका रुपमा विकास गर्ने नीति लिइएको छ। महाकाली नदीमा साहसिक जलयात्रा सञ्चालनका लागि सम्भाव्यता अध्ययन, भीम वाटिकाको स्तरोन्नति, भ्यू टावर निर्माण थालनी, साँस्कृतिक महोत्स, होमस्टे सञ्चालनमा सहकार्य दिने कार्यक्रमलाई निरन्तनरता दिईको छ। यसै गरी ब्रह्मदेब क्षेत्रका साँस्कृतिक सम्पदाको संरक्षणका लागि समेत कार्यक्रम सञ्चालन गरिनेछ।

शुक्लाफाँटा, राष्ट्रिय निकुञ्ज, महाकाली नदी झोलुङ्गे पुल, ब्रह्मदेब बजार क्षेत्र, झिलमिला ताल, साकेतधाम, भम्केनी धाम, प्राचिन सिद्धनाथ मन्दिर, विष्णुधाम , बाह्राकुण्डा, कालिताल लगायतका पर्यटकीय एवम् धार्मिक स्थलमा अतिथि गृह, विश्राम स्थल, पर्यटन मार्ग निर्माण र सञ्जालीकरण लगायतका कार्य समावेश गरिएका छन्।

नगरपालिकाले कक्षा ९ देखि प्राविधिक र व्यवसायिक शिक्षाको विकास गर्ने नीति अबलम्बनन गर्दै निजी, सहकारी, गैर सरकारी, स्थानीय तह र विकास साझेदारसंगससित सहकार्य गरी प्राविधिक तथा व्यवसायिक शिक्षाका अवसरहरु विस्तार गरिने नीति लिइएको छ।

नगरका सबै सामुदायिक र संस्थागत विद्यालयहरुमा स्थानीय पाठ्यक्रमका रुपमा योग पाठ्यक्रम लागू गरिने भएको छ। आगामी वर्षमा एक वडा एक नमूना विद्यालय बनाउन विशेष कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

नगर क्षेत्रका गरीब, जेहेन्दार र लक्षित समूहका विद्यार्थीलाई छात्रबृत्तिका लागि भीमदत्त छात्रबृत्ति कोष स्थापना गरिने कार्यक्रम अघि सार्दैै आगामी वर्ष साक्षर नगर घोषणा गरिने लक्ष्य लिइएको छ। नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयका उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत गर्ने र विद्यालयका नयाँ भवनहरु प्रविधिमैत्री, अपाङ्गतामैत्री र भूकम्प प्रतिरोधी बनाउने नीति लिएको छ।

महेन्द्रनगर गड्डाचौकी सडकलाई चार लेन बनाउने र महेन्द्रनगर बजार क्षेत्रमा फेरि सिसीटिभी क्यामेरा जडानका लागि प्रदेश सरकारसंग पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। आगामी वर्ष स्वास्थ्य तथा पोषण अन्र्तगत सुनौलो हजार दिन कार्यक्रमलाई निरन्तरता दिनका साथै नगर क्षेत्रमा सञ्चालित औषधि पसल, क्लिनिक र प्रयोगशालाको अनुगमन निरीक्षणमा कडाई गर्ने नीति बनाएको छ।

नगरपालिकाले अति विपन्न र ज्येष्ठ नागरिकहरुको घरदैलो गएर नियमति एवम् निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ। विपन्न परिवारका अशक्त ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ। नगरपालिकाका सहकारी र विद्यालयलाई एक आपशमा गाभ्ने मर्जर नीति अघि सारेको छ। यसैगरी घरेलु तथा साना उद्योगलाई प्रोत्साहन, ठेला व्यवसायलाई व्यवस्थापन, फोहरको वर्गीकरण  गरी निजी साझेदारी अन्र्तगत संकलन र व्यवस्थापन, खेल मैदान स्तरोन्नति, युवालाई क्लबमा आवद्ध गरी खेलाडी उत्पादन, किशोरीहरुलाई आत्म सुरक्षा तालिम लगायतका कार्यक्रम समावेश गरिएका छन्।

घाँडीघाँच क्षेत्रको धार्मिक पर्यटकीय मार्ग कालोपत्रे गर्नका लागि संघ र प्रदेश सरकारसंग पहल गरी कार्य अघि बढाइने भएको छ। नगर चक्रपथ निर्माण हुने गरी शुक्लाफाँटा पर्यटन मार्ग निर्माणलाई निरन्तरता दिइएको छ। सबै वडामा खोला, नालामा पुल पुलेस र कल्भर्ट निर्माण गर्ने लक्ष्य राख्दै नगरभित्रका सार्वजनिक स्थान र सडकहरुको नामाकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

नगरपालिकाले आगामी वर्षदेखि नगर यातायात गुरु योजना लागू गर्ने भएको छ। यसैगरी सिँचाई, सहरी विकास, विद्युतीकरण, सञ्चार, वन तथा वातावरण, जैविक विविधता, सुशासन, फोहरमैला व्यवस्थापन, सूचना प्रविधि लगायतलाई विषय पनि नीति तथा कार्यक्रममा समेटिएका छन्।

भीनपाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा सुरु नगर सभामा नगर उप प्रमुख सुशिला चन्द सिहले आगामी वर्षको नीति कार्यक्रम र बजेट प्रस्तुत गरेकी थिइन्। नगर उप प्रमुख चन्दले आर्थिक विधेयक २०७६ र विनियोजन विधेयक २०७६ पनि नगर सभामा प्रस्तुत गरिएकी छन्।

नगर सभालाई सुदूरपश्चिम प्रदेशका वन, वातावरण, उद्योग पर्यटन राज्यमन्त्री प्रकाश रावल र प्रदेश सभा सदस्य मान बहादुर सुनारले सम्बोधन गरे। उनीहरुले नगरको विकासका लागि प्रदेश सरकार सहकार्य र समन्वय गर्नेमा जोड दिए। सोमबार दिउँसो २ बजेसम्मका लागि नगर सभा स्थगित गरिएको छ। सोमबार नीति कार्यक्रम बजेट तथा बजेट र दुबै विधेयकमाथि छलफल सुरु गरिने भीनपा नगर कार्यपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले जानकारी दिए।
अर्को समाचार
६ खर्ब १८ अर्ब १० करोडको बजेट सार्वजनिक
२९ असार २०७१
•
२ मिनेट पाठ
६ खर्ब १८ अर्ब १० करोडको बजेट सार्वजनिक
काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०७१/७२ का लागि ६ खर्र्ब १८ अर्ब १० करोडको बजेट प्रस्तुत गरेको छ। अर्थमन्त्री रामशरण महतले व्यवस्थापिका–संसदको बैठकमा प्रस्तुत गरेको बजेटमा चालु खर्च तीन खर्ब ५३ अर्ब ४२ करोड र पुँजीगत खर्च एक खर्ब ६६ अर्ब ७५ करोड ८५ लाख र वित्तीय व्यवस्थातर्फ रु ७८ अर्ब ७२ करोड विनियोजन गरिएको छ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले आर्थिक परिसूचकहरू सकारात्मक रहे पनि आर्थिक विकासको गतिलाई द्रूतरूपमा अघि बढाउनु चुनौतीपूर्ण रहेको बताए। कृषिको आधुनिकीकरण, उद्योगधन्दाको प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण हुन नसकेको, ऊर्जा संकट गहिरिँदै गएको, उत्पादक एवं वितरकको भूमिका नेपाल विद्युत् प्राधिकरणले एक्लैले निर्वाह गर्नुपरेकाले ऊर्जा क्षेत्रमा लक्षित उपलब्धि हासिल हुन नसकेको उनले बताए।

आगामी तीनवर्षभित्र विद्युत् भार कटौती अन्त्य गर्ने लक्ष्यका साथ ‘उज्यालो नेपाल, समृद्ध नेपाल' नवीकरणीय ऊर्जा उत्पादन २५ मेगावाट क्षमताको सौर्यऊर्जा ‘प्लान्ट' काठमाडौं उपत्यकामा स्थापना गरिने बजेट वक्तव्यमा उल्लेख छ।

उच्च आर्थिक वृद्धिदर हासिल हुने र गरिबीको दुश्चक्रबाट मुलुकलाई मुक्त गर्ने आधारशीला खडा गर्नेतर्फ बजेट केन्द्रित रहेको र विभेदमा परेका वर्गको उत्थान, सामाजिक–आर्थिक क्षेत्रमा विविध सुधार तथा उद्योग, वाणिज्यसम्बन्धी नीति परिमार्जनलाई पनि सरकारले उच्च प्राथमिकता दिएको अर्थमन्त्रीले बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस